Tuesday 28 February 2017

‘सन्तानले आर्जेको १० प्रतिशत बाबुआमालाई’

फाल्गुन १७, २०७३- महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिकको संरक्षणमा सन्तानले आफ्नो आर्जनको कम्तीमा १० प्रतिशत रकम अनिवार्य रूपमा खर्च गर्नुपर्नेसहितका नीति लागू गर्ने कार्ययोजना अघि सारेका छन् मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्ना कार्ययोजना ज्येष्ठ नागरिकको अधिकार महिलाको स्वास्थ्य सुधारमा केन्द्रित रहेको जानकारी गराए
उनले आफूलाई साना छँदा हुर्काउने शिक्षादीक्षा दिने आमाबाबुका लागि सन्तानले आफ्नो आम्दानीको कम्तीमा १० प्रतिशत रकम खर्चनुपर्ने नीतिगत व्यवस्था गरिने बताए आफ्नो अभिभावकको लालनपालनमा छोरा बुहारी जिम्मेवार हुनैपर्छ, अविवाहित छोरीको हकमा समेत यो नीति लागू हुन्छ,’ उनले भने उनले प्रत्येक जिल्लामा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रमको निर्माण गर्ने लक्ष्यअनुरूप आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशमा एकएक वटा नमुना सशुल्क वृद्धाश्रम निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए
महिलामा लाग्ने पाठेघर स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, महिलामाथि हुने जुनसुकै हिंसाको शारीरिक, मानसिक कानुनीलगायत सबै उपचार सरकारले जिम्मा लिने उल्लेख गर्दै त्यसका लागि आफ्नो मन्त्रालयले जिम्मेवार समूह निर्माण गरेको जानकारी दिए प्रत्येक जिल्लामा बालबालिकाका लागि खेलकुद मैदान, मनोरञ्जनका लागि २१ वटा बाल उद्यान निर्माण गर्ने मन्त्रालयको योजना रहेको उनले बताए खड्काले यसै आर्थिक वर्ष १० वटा बाल उद्यान निर्माण गर्ने प्रतिबद्धता जनाए
उनका अनुसार मन्त्रालयले हिंसा पीडित महिलाको पुन:स्थापना, अध्ययन आर्थिक गतिविधि सञ्चालन हुन सक्ने गरी बहुउद्देश्यीय केन्द्र (महिला ग्राम), अपांगता भएका व्यक्तिको पुन:स्थापना आर्थिक गतिविधि समेत सञ्चालन गर्न बहुउदेश्यीय अपांग ग्राम स्थापना गर्नेछ मन्त्रालयले महिलाको उत्थानका लागि नीतिगत योजना कार्यक्रम बनाउनका लागि सुझाव दिन चाँदनी जोशीको संयोजकत्वमा अनुराधा कोइराला, बन्दना राणा, लिली थापा शान्ता लक्ष्मी श्रेष्ठलगायतको महिला विज्ञ समूह गठन गरेको

यो लेख ई-कान्तिपुरबाट लीइएको छ l



No comments:

Post a Comment