Tuesday, 14 February 2017

यौवनको नशा

यौवनको नशा
  पोखरी माईला
संसारमा जे छ नशा भेटे सबै पिउनु
यौवनको नशा हजुर कहिले नपिउनु
धुवाँसँग उड्ला जीवन
बोतलसँगै खोलिएला
ओंठको रहर नपुग्दैमा
आँशुसँगै घोलिएला
मनको चाह उध्री जाला संयमताले सिउनु
यौवनको नशा हजुर कहिले नपिउनु
पिए नशा छिनमै छुट्छ रे
सुक्दैन आँशुको मुहान
बैश हुँदा बजारै साथी रे
बुढेशकालमा एक्लो जीवन
भागि जान सकिन्दैन यही रीत हो जिउनु
यौवनको नशा हजुर कहिले नपिउनु




No comments:

Post a Comment