Wednesday 8 February 2017

फूल टिपी के दिनु ?

हाङयुग अज्ञात
कागजको फूल दिऊँ !
त्यहाँ पन् त रूखको रोदन हुन्छ 
प्लास्टिकको फूल दिऊँ ?
तेस्ले झन् वातावरण प्रदुषण गर्छ
कुन फूल दिऊँ, भन कुन फूल दिऊँ ?
'तेसो हो भने
फूल होइन पात दिनु' भन्छौ
तर हेर
पातको कथा झनै दु:खदायी छ
हाँगाको पात दिऊँ
रूख नाङ्गो हुन्छ
झरेको पात दिऊँ
किटपतङ्ग भोकै मर्छ
सुकेको पात दिऊँjjjjjjjj
माटो नै रुखो हुन्छ
कुन पात दिऊँ, भन कुन पात दिऊँ ?
बरु एउटा मीठो मुस्कान दिन्छु
यहि नै फूल, पात सम्झ 
फूल टिपी के दिनु ?
एउटा सुन्दर फूलको प्राण जान्छ ।💕💕💕💕💕

No comments:

Post a Comment