Tuesday 28 February 2017

सरकारलाई ‘नागरिक अगुवा’ को धम्की- चुनावमा गएर त हेर्नोस्

मधेसी र जनजाति भन्छन्- हामी कमजोर छैनौं


डा. दीक्षितले संविधान संशोधन नगरी चुनावमा नजान नेताहरुलाई कडा शब्दमा चेतावनी दिए ।
डा. दीक्षितले भने- ‘संविधान संशोधन पनि नगर्ने, चुनावमा पनि जाने भनिँदैछ । गएर हेर्नुहोस् त । गएर हेर्नुहोस् मात्रै । यो म नेताहरुलाई चेतावनी गर्छु- बी केयरफूल ! यो मुलुकलाई बचाउनु छ भने यस्तो मुख्र्याइँ चाहिँ नगर्नोस् । संविधान संशोधन नगरिकन अगाडि जानुभयो भनेदेखि खतरा छ । भयंकर खतरा छ । साहै्र ठूलो खतरा आउन सक्छ । त्यसैले खबरदार !’
कार्यक्रममा बोल्दै लिम्बुवान नेता कुमार लिङदेनले पनि त्यस्तै चेतावनी दिए । उनले भने- ‘पेल्ने त पेल्ने नै होला, तर पनि केही त हुन्छ । जति सजिलो गरी पेलेर जान खोज्दै हुनुहुन्छ, त्यति सजिलो छ जस्तो लाग्दैन ।’
दीक्षित र लिम्बुलेजस्तै चेतावनी अर्का नागरिक अगुवा बिजयकान्त कर्णले पनि दिए । कार्यक्रममा उनले भने- ‘मधेसी, जनजातिहरुलाई समान अधिकार नदिइकन चुनाव गरियो भने, बझियोस् ज्ञानेन्द्रले चुनाव गरेका थिए, वीरेन्द्रले पनि चुनाव गरेका थिए । यस्ता चुनावहरु हामीले धेरै देखेका छौं । चुनाव गर्दै जानोस्, त्यसको परिणामका लागि तयार रहनुहोला ।’
डा. बाबुराम भट्टराईको आतिथ्यमा आयोजित ‘संविधान संशोधन र निर्वाचन’ विषयक अन्तरक्रियामा नागरिक समाजका अगुवा दमननाथ ढुंगाना लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा एमालेका विजय पौडेल र कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल, एनपी साउद लगायतले बोलेका थिए ।
कार्यक्रममा डा. दीक्षित, पूर्वराजदूत कर्ण र विद्रोही नेता लिम्बूबाट व्यक्त उग्र भाषणको सार यस्तो थियोः
खबरदार ! चुनावमा गएर त हेर्नोस् !
-डा. सुन्दरमणि दीक्षित
अहिले देश एकदमै यस्तो परिस्थितिमा पुगेको छ कि अब अगाडि के हुन्छ भन्ने कुरा चाँहि एकदम अन्धकार छ । टोटल अन्धकार छ । यस्तो अवस्था आज मुलुकमा छ कि नेपालमा बसोबास गर्ने नेपालीले भन्नुपरेको छ कि म नेपाली हुँ । प्रुफ दिनु परिरहेको छ कि म नेपाली हुँ भनेर । यो दुःखलाग्दो कुरा हो कि हैन ?
मुख्य प्रश्न छ, चुनावमा जाने कि नजाने ? जाने त पक्का भइसक्यो । उतापट्टि तयारी भइरहेको छ, संविधान संशोधनको विषयमा । अब संशोधन पहिले कि चुनाव पहिले ? कुखुरा पहिले कि अण्डा पहिले भन्ने कुरा लिएर हाम्रा प्रधानमन्त्री अन्योलमा हुनुहुन्छ । ओलीजी कहाँ पुग्नुुहुन्छ, पहिले चुनाव भन्नुहुन्छ, यता जानुहुन्छ, हैन संशोधन गर्छु ।
छक्काउने पनि हद हुन्छ । हुँदा हुँदा आज बिहान प्रधानमन्त्रीले के भन्दिनु भो भनेदेखि अब चुनाव गरिहालौं, अनि संशोधन गरौंला । के यो कसैलाई बेवकुफ बनाउने कुरा हो यो ? चुनाव गरिसकेपछि संशोधन गर्ला कसैले ? त्यो चान्सै छैन । यो त सुरुदेखि नै धोका हो । हामीले भनेकै छौं यो कुरा ।
मधेस आन्दोलित छ । एकदम आन्दोलित छ । थरुहट आन्दोलित छ । र, गठबन्धनमा मैले देख्छु, पूरा जनजातिहरु आन्दोलित छन् । यस्तो विधि आन्दोलनको वीचमा अहिले चुप लागेर बसेका भएता पनि अब अगाडि बढ्न खोजे भनेदेखि नतिजा के ल्याउला त्यसले ?
यहाँ एमालेका नेता भन्नुहुन्छ, यो संविधान संशोधन गर्‍यो भनेदेखि मुलुक विखण्डनमा जान्छ । संशोधन नगरिकन चुनावमा गयो भने के विखण्डनमा जाँदैन होला त ? सप्पैले यो बुझ्नुहोस् है कुरा ।
अहिले मधेसमा भएका थरुहटमा भएका र जनजातिमा भएका मध्यमार्गी धारका नेताहरु जो छन्, उनीहरुको आवाजलाई हामीले थिचेर, किचेर अगाडि बढ्यौं र मुलुकभरि चुनाव गराउँछु, मधेस, थरुहट र जनजातिकोमा पछि हेर्दै जाऔंला भन्ने सोच गर्‍यो भने त्यो एरियाबाट मध्यमार्गका नेताहरु सप्पै असफल ठहरिन्छन् । अनि अहिले तयार भएका शक्तिहरु बुर्लुक्क ज्वालामुखीजस्तो उठे भनेदेखि अनि के मुलुक बिखण्डनमा जाँदैन ? कस्तो सोचाइ हो यो ?
हामीले नेताहरुले राज्य गर्ने नीति जानेका छन् भन्ठानेका थियौं, यहाँ हेर्दाखेरि त राजनीति हैन, शोषण नीति हो यो । आफ्नो स्वार्थको मात्रै नीति छ यहाँ त । त्यसैले यत्रो मुलुकमा असन्तोष भएको बेलामा पेलेर चुनाव गर्न जानुहुँदैन । चुनाव गरेन भने संविधान खत्तम हुन्छ भनिँदैन । संविधान के सधैं रहन्छ र ? संविधान त ०१७ सालमा पनि गएकै थियो । पछि ज्ञानेन्द्रले पनि हटाइदिएकै थियो । त्यसैले जनता प्रमुख हो, संविधान होइन ।
जनतालाई कसरी एक बनाउने ? यतातिर चाँहि कसैले सोचेकै छैन । सबैलाई समृद्ध गर्ने कि नगर्ने त्यो सोच्नु छैन, तर जसले जे सुकै भनोस्, हामी संविधान संशोधन पनि नगर्ने तर चुनावमा पनि जाने भनिँदैछ । गएर हेर्नुहोस् त । गएर हेर्नुहोस् मात्रै । यो म नेताहरुलाई चुतावनी गर्छुः बी केयरफूल । यो मुलुकलाई बचाउनु छ भने यस्तो मुख्र्याइँ चाहिँ नगर्नोस् ।
संविधान संशोधन नगरिकन अगाडि जानुभयो भनेदेखि खतरा छ । भयंकर खतरा छ । साहै्र ठूलो खतरा आउन सक्छ । त्यसैले खबरदार ! संसदमा संशोधन आउन पनि दिन्न, संशोधनमा बहस पनि नगर्ने अनि पेलेर चुनावमा जान्छु भन्नुभो भनेदेखि त्यो मुलुक र जनताका लागि हैन तिमीहरुले त्यो आफ्ना लागि गरेका हौं ।
पेलेर चुनावमा जान सक्छन् जस्तो लाग्दैन
– कुमार लिङदेन, लिम्बुवान नेता
हामीले विभिन्न पुस्तामा आ-आफ्नो ठाएँबाट लडाइँ लड्दै आइएको छ । र, अहिले हामीलाई के लागिरहेको छ भने यो स्थानीय चुनावचाहिँ केन्द्र रहने, अनि स्थानीय चुनाव गर्ने र प्रान्तलाई बाइपास गर्ने भन्ने लागेको छ । यो होइन भनेर कसले हामीलाई विश्वास दिने त ? हामी कसरी आश्वस्त हुने ? हामीलाई शत प्रतिशत त्यही लागिराखेको छ कि प्रान्तको कुरा चाहिँ बाइपास गर्ने र प्रान्त सिद्धियो भन्नेतिर लागिराखेको छ ।
हामीले भन्न खोजेको के हो भन्दा आजको युरो के ले बन्यो ? आजको युरोप आधुनिक भनिएका धर्म संस्केतिले बनेको होइन । आजको युरोप पुनर्जागरणले बनेको हो । पहिलेको कुरा जागृत भएपछि युरोप बन्यो । त्यस्तै नेपाल पृथ्वीनारायण शाहभन्दा यताको कुराले नेपाल डुबायो । अब नेपाल केही बन्छ भने पृथ्वीनारायण शाह भन्दा पहिलेको सोचाइमा जानुपर्छ । देश त थियो नि । नेपाल कसैले गोजीमा बोकेर ल्याएको होइन । त्यसकारणले पृथ्वीनारायण शाहभन्दा पहिलेको अवस्थाको त्यो विचारलाई जागृत गर्न सकियो भने त्यो पुनर्जागरणले यो नेपाल बनाउँछ ।
जस्तै लिम्बुवान, मधेस, थरुहट भनियो भने चीन, जापान, अमेरिकाले पनि कम्तिमा त्यो त एउटा सभ्यता हो नि त । लिम्बुवान एउटा सिभिलाइजेशन हो । मधेस सिभिलाइजेसन हो । कम्तिमा चाइना पनि मधेसको त्यो सिभिलाइजेशनसँग मिलेर काम गर्न उत्सुक हुन्छ कि ? अमेरिका पनि तमुवानको सिभिलाइजेसनसँग मिलेर अलिकति उत्सुक भएर जान्छ र त्यसले देशमा एउटा परिवर्तन ल्याउँछ कि ? भनेको त अब गाविस सरकारमा पो आयो कुरा ।
गाविस सरकार बनाएर के गर्ने ? नागरिकता दिएर के गर्ने ? पासपोर्ट दिएर के गर्ने ? पासपोर्ट उमालेर खाने ? प्रान्त भर्सेज गाविस लानु भो उहाँहरुले ।
हामीले भन्न खोजेको कम्तिमा १०/१२ वटा सिभिलाइजेसनल प्रान्तहरु भए भने त्यसैमा टेकेर एएटा नयाँ संघीय राष्ट्रवाद उजागर गर्न सकेर एउटा नयाँ नेपाल बन्छ कि ? यति भएपछि त कांग्रेस र एमालेका साथीहरुले हात उठाउनुपर्ने हो । बर्बाद हुनका लागि यहाँभन्दा तल केही छ ? केही छैन नि त । हात उठाउनुपर्ने हो । तर, उहाँहरु हात उठाउने पक्षमा हुनुहुन्न । जबरजस्ती, देश सबै नसिद्धिएसम्म हात उठाउनेवाला हुनुहुन्न ।
लिम्बुवानलाई हिजो त्यस्तै बेवास्ता गरिएको थियो, थिचियो । थरुहटलाई थिचियो, मधेसलाई थिचियो । दलितलाई दलित बनाइयो । अब पनि दलितहरु दलितै भएर रहने ? नयाँ प्रोग्राम खै ? राई लिम्बुहरुको भाषामाथि जुन अन्याय अत्याचार भयो, त्यो त्यत्तिकै रहने ? त्यसमा खोई त नयाँ विकल्प ? नयाँ प्रस्ताव खोई ? जस्तो- १० प्लस १ प्रदेशको कुरा आयो नि । यसलाई सम्वोधन हुनुपर्छ ।
अब यो भएन भने भोलि के हुन्छ, पेल्ने त पेल्ने नै होला, तर पनि केही त हुन्छ । हामी कमजोर भएर यो अगाडि बढेको हो । हामी लिम्बुवान, थरुहट, मधेस, जति पनि छौं, हामी नमिलेर मात्रै हो, तर हामी आशावादी छौं, अहिले अलि मिल्ने क्रममा छौं । र, जति सजिलो गरी पेलेर जान खोज्दै हुनुहुन्छ, त्यति सजिलो छ जस्तो लाग्दैन ।
लिम्बुवानमा मधेस र थरुहटको जस्तो स्थिति छैन । त्यहाँ जे पनि हुन्छ । किनभने वल्लो घर र पल्लो घर एउटै आँगन भएर बसिराखेका छौं । त्यसको म प्रेसिडेन्ट हुँ । मैले हरेक निर्णयहरु धेरैपटक सोचेर गर्छु । किनभने त्यहाँ एकचोटि केही भयो भने त सिद्धियो नि त । मधेसमा, थरुहटमा त एकखालमा मानिसहरु झ्याप्पै झ्याप्पै बसेका हुन्छौं । तर, पूर्वतिर, पहाडतिर विभिन्न खालमा मान्छे एउटै आँगन बनाएर बसेका छौं । त्यहाँ एकचोटिमात्रै ब्यालेन्स खुस्कियो भने त सिद्धियो नि । त्यसले गर्दा कमजोरजस्तो ठानिएको होला, तर त्यो होइन । हामी देशका बारेमा बहुत चिन्तित भएर अगाडि आएका छौं ।
अब संविधान संशोधन गरौं । भोलि गर्नैपर्ने भएकाले १० प्रदेश प्रान्त किन नगर्ने ? २०६ वटा हड्डी प्रकृतिले भाँचिदिएको छ र त हामी हिँड्न सकेका छौं । ओलीजीहरुले भनेजस्तै २०६ वटै हड्डी एकै ठाउँ प्याक भएर जाने हो हिँड्न सक्छौं । प्रत्येक पटक दुर्घटना भएर हड्डी भाँचिन्छ । भाँच्नुभन्दा पहिल्यै भँचाउने सिद्धान्त नै संघीयता हो । फुट्नु भन्दा पहिल्यै फुटाइयो भने कहाँनेर जोड्ने भन्ने पूर्वतयारी हुन्छ नि । त्यही हो संघीयता ।
आन्दोलनचाहिँ अवश्य हुन्छ है । आन्दोलन अवश्य हुन्छ । त्यति सजिलै अहिलेको स्थितिमा पेलेर जान्छन्, मलाई त्यस्तो लाग्दैन । यति पनि कुरा नबुझ्नेहरुले कसरी यो देशको नेतृत्व गरिरहेका छन्, मलाई अचम्म लाग्छ ।
बन्दुक बजारमा किन्न पाइन्छ
– विजयकान्त कर्ण, पूर्वराजदूत
केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने हो भने हामीले आन्तरिक एकतालाई कसरी सुदृढ गर्छौं भन्ने प्रश्न गम्भीर छ ।
हामीले जुन संघीयता, समावेशिताका जुन कुराहरु गरेका छौं, तर यहाँ मधेसी जनता आन्तरिक उपनिवेशमा छन् । पहाडका शासकहरुबाट, २५० वर्षदेखि राजा र राणाहरुबाट र अहिले पार्टीहरुबाट त्यस्तो काम भइरहेको छ । त्यस्तो उपनिवेशबाट मक्ति खोजेको हो । यसलाई यसरी बुझियो भने शायद राम्रो होला । यदि उपनिवेशबाट मुक्ति दिइएन भने लिबरल फोर्सेजहरुलाई डेमोक्रेटिक तरिकाले अघि बढ्न दिइएन भने पृथकतावाद जन्मन्छ ।
डा. बाबुारम भट्टराईले ४० बुँदे माग लिएर सिंहदरबार जाँदाखेरिको घटना र त्यसपछि १० वर्षपछि फर्केर आउँदाखेरिको विषय सम्झाउन चाहन्छु । यो संविधान ‘जिरो सम गेम’ (शून्य परिणामको खेल) हुन सक्दैन । त्यसैले संविधानलाई मधेसी, आदिवासी जनजाति, दलित र महिलाहरुले पनि स्वीकार गरौं भन्नका लागि समानतालाई आधारभूत आधार बनाइएन भने यो संविधानलाई स्वीकार गर्ने अवस्था हुन सक्दैन ।
मधेसी जनतालाई केही व्यीक्तहरुले ४/५ जना मान्छे भन्छन् । ४/५ लाख पो मान्छेहरु ६/६ महिनासम्म सडकमा आएका हुन् । नेपाल इतिहासमा मधेसले गरेको आन्दोलनजस्तो आजसम्म भएकै छैन । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाखेरि रत्नपार्कमा २/४ सय मान्छे, कार्यकर्ता जम्मा गरेर नेकपा एमाले र कांग्रेसको जुलुस मैले ममफुली आन्दोलन देखेकै हो । नेकपा माओवादी त्यो बेलामा आन्दोलनमा नआएको भए राजा ज्ञानेन्द्रले नै शासन गरिरहन्थे कि भन्ने मलाई लाग्छ । अर्काको आन्दोल न चाहिँ ४/५ जनाको, आफ्नो आन्दोलनचाहिँ धेरै ठूलो ? मैले ममफुली आन्दोलन महिनादिनसम्म चलेको देखेको छु । त्यसपछि राजाको शासनमा गएका पार्टीहरु पनि देखेको छु ।
टीकापुर घटनाको कुरो यहाँ चल्यो । टीकापुरमा म एउटा वक्ता थिएँ । म यहाँहरुलाई जानकारी गराउँछु, त्यहाँ कसैले पनि पहाडेहरुको घरमा आतंक गर, आक्रमण गरेर भनेका थिएनन् । त्यहाँ थारुहरु आफ्नो अधिकारका लागि जम्मा हुँदाखेरि शासकहरु साह्रै चिन्तित भएका थिए । र, त्यहाँ एउटा नाटक गरेर प्रहरीहरुको आफैंले हत्या गराए । आजको दिनमा २ हजार थारुहरु भारतमा गएर बस्नुुपरेको अवस्था छ । त्यहाँ प्रहरीमाथि हिंसा भयो भन्ने राजनीतिक दलहरुले आफैं ०४६ सालमा कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्नेमाथि आजसम्म मुद्दा चलेकै छैन । ५७ जना थारुमाथि मुद्दा चलाउने, तर एमाले र कांग्रेसका नेताले कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?
लोकतन्त्रमा यदि लोकतान्त्रिक तरिकाले जनतालाई अधिकार दिनुभएन भने जनताले अर्कोबाटो लिन्छ । हत्या गर्ने खाली प्रहरीसँग मात्रै बन्दुक छ भन्ने होइन, बन्दुक बजारमा पनि पाइन्छ । मैले झिँगा मारें होला, मैले त्यस्तो काम गरेको छैन । म त्यसको समर्थक पनि होइन । तर, ती गर्नेहरुलाई रोक्न सक्ने म क्षमता पनि राख्दिनँ ।
नेताहरुले जनताको आन्दोलनलाई माखे आन्दोलन भन्ने, बिहार र युपी जाउ भन्ने, आफ्नै मान्छेलाई ४/५ जनाको आन्दोलन भन्ने र भर्खर नागरिकता लिएकाहरु भन्ने ?
बैरगनियाँ भन्दा २० किलोमिटर पश्चिममा जन्मेका माधव नेपाल कसरी नेपालका नागरिक भए ? भारतको बिहारमा जन्मेकाहरु, बिहारमा घर भएकाहरु, हिजोका दिनमा युपी बिहारमा रहेका मान्छेहरु यहाँ आएर आफूलाई यहाँको पुस्तौनी भन्ने ? यहाँका शासक भयौं भन्ने ? र, मधेसमा वर्षौंदेखि बसिरहेका मधेसीलाई चाहिँ विदेशी देख्ने ? यो चश्मा उतारिएन भने म एउटा कुरो यहाँहरुलाई बताइदिन्छु- मधेसी जनता अहिले जुन किसिमको अवस्थामा पुगिरहेका छन्, मधेसी जनताले माखे साङ्लो देख्नेहरुलाई जवाफ दिने हेक्का राख्छन् । त्यसैले समावेशी आधारमा संविधानको संशोधन गरेर मधेसीहरुलाई, जनजातिहरुलाई समान अधिकार नदिइकन चुनाव गरियो भने, बझियोस् ज्ञानेन्द्रले चुनाव गरेका थिए, वीरेन्द्रले चुनाव गरेका थिए । यस्ता चुनावहरु हामीले धेरै देखेका छौं । चुनाव गर्दै जानोस्, त्यसको परिणामका लागि तयार रहनुहोला ।
२०७३ फागुन १७ गते १८:३१ मा प्रकाशित

Source By: Onlinekhabar

कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !

बानेश्वरमा यसकारण हुँदैछ लोडसेडिङ
रविन्द्र घिमिरे

१७ फागुन, काठमाडौं कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् खाडीचौरमा ढलेको पोल बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको

गत फागुन गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा पर्ने नम्बर खम्बा ढल्यो सो खम्बा ढल्नुभन्दा अघि त्यहाँको टावर जोखिममा परेका कारण खम्बाको जगमा जाली राखेर मर्मत गरिँदै थियो

फागुन गते राति खम्बाको जगमा जाली राखेर कामदारहरु घरतर्फ लागे तर, कामदारहरु घर फर्किएपछि मध्यरातमा शंकास्प रुपमा टावर ढल्यो यो टावर नढलेको भए गते मर्मतको काम सकिने थियो

प्राधिकरणका प्राविधिकहरुले सो खम्बा प्राकृतिक रुपमा नभई नियतवस जग फोडेर ढालिएको निश्कर्ष निकालेका छन् सो समयमा कुनै हवाहुरी नआएको अन्य कुनै प्राविधिक कारणसमेत नदेखिँदा प्राधिकरणलाई संशयमा पारेको हो यसबारे प्राधिकरणका अधिकारीहरुले आन्तरिक रुपमा अनुसन्धान अधि बढाएको कुलमान निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो

ललितपुरमा अर्को काण्ड
नियतवस फेरि यस्तै अर्को घटना मंगलबार बिहानै भएको ललिपपुरको इमाडोल- स्थित फिडर केबल विनाकारण पडि्कएको गत कात्तिकमा पनि यस्तै शंकास्पद घटना भएको थियो
विद्युत प्राधिकरणले यो घटना कसरी भएको भनेर खोजी गर्दैछ अहिले कतै कुनै प्राविधिक समस्या थियो कि थिएन भनेर पेट्रोलिङ भइरहेको प्राधिकरणले जनाएको अहिलेसम्म कुनै त्यस्तो प्राविधिक कारण प्राविधिकहरुले फेला पारेका छैनन्, जसका कारण यति ठूलो फिडर केबल जलोस्
मंगलबार बिहानको यो घटनाले बानेश्वर सव स्टेशनका वटा १८ एमभीए क्षमताका ट्रान्सर्फमर बन्द भएका छन् , यो ट्रान्सर्फमरबाट वितरण गरिने ३६ एमभीए बराबरको बिजुलीको आपूर्ति बन्द भएको जसले गर्दा बानेश्वर एरियामा लोडसेडिङ भएको हो

शंकास्पद घटना
इमाडोलको फिडर जलेको घटना शंकास्पद देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् विशेष गरी काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा भएपछि लगातार यस किसिमका घटना भइरहेका छन् विभिन्न समयमा विना प्राविधिक कारण प्रणालीमा समस्या ल्याउने प्रयत्न भइरहेको देखिएको
यसबारे जिज्ञासा राख्दा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी प्राविधिक रुपमा वितरण प्रणाली चुस्त भएकै समयमा ठूला किसिमका घटना दोहोरिनुले केही संशय पैदा भएको स्वीकार्छन्

विद्युत प्रणालीमा कहिलेकाँही प्राविधिक समस्या आउने नै गर्छन्, तर यस्ता घटनाहरु बारम्बार आइरहनुले हाम्रो विद्युतीय संरचनाहरुको सुरक्षाप्रति गम्भीर चासो संशय उत्पन्न गराएको अधिकारीले भने, किन यस्ता घटना दोहोरिइरहेका छन् भनेर अब सुक्ष्म निगरानी गर्नुपर्ने अवस्था देखिएको

विद्युत वितरण प्रणालीलाई चुस्त राख्न प्राधिकरणले पछिल्लो समयमा विभिन्न प्रयत्न गरिरहेको तर, प्राधिकरणको वर्तमान काम गराईसँग असन्तुष्ट भएकाहरुले यस किसिमको घटना गराइरहेको आशंका गरिएको

काठमाडौंमा यो वर्ष लोडसेडिङ नहुने पक्का भइसकेको बिजुलीको चरम अभाव हुने फागुनको मध्य अवधिलाई प्राधिकरणले पार लगाइसकेकको अब हिउँ पग्लिएर नदीहरुमा पानीको बहाव बढ्ने भएकाले उत्पादन बिस्तारै बढ्दै जाने अवस्था

यही कारण जसरी पनि प्राधिकरणको वर्तमान नेतृत्वसहित उनको टीमलाई असफल पार्न प्रणालीलाई बिगार्ने गरी विभिन्न बदमासीहरु भइरहेका छन् यसलाई अब बेलैमा छानविनमार्फत नियन्त्रण नगरे षडयन्त्रकै माध्यमबाट काठमाडौंलाई फेरि अन्धकारमा पुर्याउने अदृश्य शक्ति सफल हुने निश्कर्ष प्राधिकरणकै प्राविधिकहरुले पनि निकालेका छन्

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी विद्युत प्रणाली निकै संवेशदनशील हुने भएकाले सानो बदमासी गर्दा पनि त्यसको असर ठूलो पर्ने बताउँछन् पछिल्ला समयमा लगातार विभिन्न मानवीय बदमासीले उत्पन्न समस्या बढ्दै जाँदा सबै पक्ष यसमा चनाखो हुनुपर्ने अवस्था आएको बताउँछन्

प्रहरी प्रशासनले पनि विद्युत प्रणालीमा मानवीय बदमासीमार्फत हुन सक्ने अपराधलाई नियन्त्रण गर्नुपर्ने देखिएको त्यसैगरी प्राधिकरण ऊर्जा मन्त्रालयले पनि यस्ता घटनाहरुबारे छानविन गरेर घटनालाई रोक्न चासो देखाउनुपर्ने अवस्था आएको नत्र फेरि उत्पादन भएको बिजुली पनि वितरण नहुने अवस्था आउन सक्ने देखिएको

प्राधिकरणको वर्तमान नेतृत्वलाई असफल गर्न रचिएका सम्भावित षडयन्त्रलाई पहिले नै पहिचान गर्नुपर्ने सरोकारवाला पनि बताउँछन्

Source By: Onlinekhabar.com
२०७३ फागुन १७ गते १६:२३ मा प्रकाशित