Tuesday 31 October 2017

कविता: मैले बोल्दा यो देशको नक्शा हल्लिन्छ - : धर्मेन्द्र नेम्बाङ,




आँखाको ढकनिमा, क्षितिजमा, परिधिमा
।छु।हेर्छु।छ।

टाँगेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्शा
कुद्दै आएर शासकहरू बसेको थुप्रिनु । एउटा अतिरिक्त बैठक जस्तो
आफ्नो शासकीय जीवनको अतीत र भविष्यको लेखाजोखा
लेखाजोखाबाट सर्भेक्षण
दर्शकदीर्घा अथवा कचहरी नाटकमा म थपिएको छ

म अथवा नयाँ समय

माइनेट पक्रिनेवाला म

यहाँ म अथवा माइनेट बुक अथवा टिप्पणी कर्ता ।



दृष्य नं १ खुल्दा

आक्रमण हमला युद्ध । युद्ध हमला आक्रमण

नुवाकोट…..काठमाण्डौ….ललितपुर……भक्तपुर…..कीर्तिपुर….

….मकवानपुर….बाइसे….चौविसे….अरू अरू

मुख्य झलकहरू चलिरहनु

आवाजमा बन्दुकको, तोप पड्केको, सैनिक परेड

झिलिकझिलिक कुदिराखेको रङ्गमा रातोको विशेष नेतृत्व

रातोले पेलेको छ ।



म टिप्पणी गर्न शुरु गर्छु ।

यदि म पृथ्वीनारायण शाह भएको भए । अनेकीकरणको पक्षमा लड्ने थिएँ । कब्जा गरेको देशहरूलाई स्वायत्तता प्रदान गर्ने थिएँ । कम्ती सम्बद्धता केन्द्रमा राखेर अरू तत्तत् देशमा जिम्मा लगाउँने थिए । यो अनेकीकरण सिद्धान्तको लडाइँ हुने थियो । यसको अभ्यास गर्ने थिए ।



मैलै एति बोल्दैगर्दा पर्दामा देशको नक्शा हल्लिन्छ ।

हल्लिएको दृश्यपानमा

प्रशिक्षणमा बोल्नु पृथ्वीनारायण

सही गर्नु डाडाँकाडाँमा

कतिपय देशहरू सम्बन्धन लिन कुदेर आइपुग्नु

खोला खोल्सा नाघेर, खोला खोल्सा जस्तै लामबद्ध

डाडाँमा उक्लिनु । स्वस्वायत्तताको प्रमाणपत्र गोजिमा राख्दै फर्किनु ।



दृष्य नं. २ खुल्दा

विजयी अभियान दृष्यहरूमा पुग्नु काँगडा….सतलज….कुमाउ…गडवाल…टिस्टा..

अंग्रेजसँगको युद्धको झाँकिहरू, पराजित हुदै गएको नेपाल,

खिन्न हुनु योद्धाहरू बलभद्र कुवर…भक्ति थापा…अमरसिंह थापा…

सुगौलि सन्धि, खिन्न हुनु भीमसेन थापा

दरवारिया झैझगडा, रणेन्द्रको मृत्यु देखिनु

हेर्दाहेर्दै पर्दामा रातो रङ्ग मलिन हुँदै जानु ।



म आसनबाट उभिएर टिप्पणी थाल्छु ।

यदि म भीमसेन थापा भएको भए इन्डियासँग अनाक्रमणको सन्धि गर्ने थिए । भारतमा अंग्रेजलाई टिकाउन मद्दत गर्ने थिए । देशभित्र बहुदलिय प्रजातन्त्र लागु गर्ने थिए ।



मैले एति बोल्दाबोल्दै देशको नक्शा हल्लिन्छ ।

कहिले ठूलो कहिले सानो देखिनु देश

नागरिकहरूमा श्रम, सिप, मिहिनेत थपिनु

हलो, जुवा काँधमा बोकेर बारीमा हिडेकोहरू

कुटो कोदालो पाखुरामा बोकेर हिडेकोहरू

माथि डाँडामा हेर्नु

मोटो घाटोहरू दुब्लो पातलो

दुब्लो पातलोहरू मोटो घाटो देखिनु

भीमसेन थापा भाइभारदारहरू लिएर गाउँघरतिर हात हल्लाउँदै गर्नु

भाषण मच्चाउँनु झुपडि ताकेर

भीमसेन प्रथम निर्बाचित प्रधानमन्त्रीको सपथ लिदै गर्नु

रङ्गहरू किनारा किनारामा हलचल गरिबस्नु ।



दृष्य नं. ३ खुल्दा

आत्महत्यामा भीमसेन थापा, अरू हत्याहरू काटमारहरू

माथवरसिङ थापा..गगनसिङ भण्डारी…फत्तेजङ चौतारिया…दामोदर पाण्डे…

..विरकिशोर पाण्डे…रणजङ पाण्डे…अभिमान सिङ राना…अभिमानसिङ बस्नेत..अरूअरू

कोत हत्याकाण्ड, काटमारमा मान्छे चिच्याएको कहालिएको आवाज

लस्करै लासहरू आँगनभरि तन्किनु ।

रातो आलो रगतको नदि सुनसान बगिरहनु ।



म टिप्पणी गर्न शुरु गर्छु ।

यदि राजा राजेन्द्र म भएको भए । जंगवहादुर र राज्यलक्ष्मि दुवैलाई जेल चलान गर्ने थिए । भाइभारदारको हत्याको विश्लेषणमा विधिको शासन अगाडि बढाउँथे । संबैधानिक राजतन्त्र अगाडि राखेर अभ्यास गर्थे । सम्बिधान सभाको चुनाव गरेर सम्बिधान बनाउँथे ।



मैले एति बोल्दैगर्दा देशको नक्शा हल्लिन्छ ।

हल्एिकोमा

राजा…जनता कानुनको डोरिले बाँधिनु

राजा संसद भवन तिर फर्केर हिडिरहेको देखिनु

प्रक्रियाले आवतजावत गरिरहनु

जनताहरू संसद भवनतिर ताकेर कुदिरहनु ।

रङ्गहरू आफ्नै प्रणालिमा खेलिरहनु



दृष्य नं. ४ खुल्दा

कोत हत्याकाण्ड ….. श्री ३ को सपथ….राणा परिवारको रोलक्रम….

पारिवारिक हत्याकाण्ड……

राष्ट्रिय ढुकुटिमा राणा परिवारको किचनबाट जोडिएको पुल..

सुक्खा गाउँघर….ख्याउँटिएको जनताहरू….

चार शहिदको हत्याकाण्ड…..

हतोत्साही छ बाहिरतिरको रङ्ग ।



म टिप्पणी गर्न शुरु गर्छु

यदि म जंगवहादुर भएको भए । शक्तिको विकेन्द्रिकरण गरेर सत्ता सञ्चालन गर्ने थिए । चुनावी प्रक्रियामा देशलाई पुर्याउने थिए । राजगद्धि उत्तराधिकारी चरम विवादको व्याख्या गर्दै गणतन्त्रको घोषणा गर्ने थिए । ढुकुटीलाई शिक्षा, श्वास्थ, खानेपानी, उधोगमा प्रयोग गर्ने थिए ।



मैले एति बोल्दा बोल्दै देशको नक्शा हल्लिन्छ

हल्लिएकोमा राष्ट्रपतिको भोट माग्नजंगबहादुर गाउँ गाउँ कुद्दै गर्नु

कान्छि, जेठी रानी, सुरेन्द्र भोट खसाल्नु लाइनमा लाग्दै गर्नु

काठमाण्डु र गाउँघर बाटोले सिधै जोडिएको बन्नु

बाटोमा भीड ओहोर दोहोर गरिरहनु ।



दृष्य नं. ५ खुल्दा

चार शहिदहरू….सातसालको क्रान्ति….आम निर्बाचन…..प्रधानमन्त्रिको सपथ

जेल चलान…..भाषण…..सभा नारा जुलुस चलिरहनु ।

विभिन्न रङ्गमा



म टिप्पणी गर्न शुरु गर्छु

यदि म विपी कोइराला भएको भए । राजा महेन्द्रलाई साइजमा राख्ने थिए । गौतम बुद्धको दर्शनलाई राजनीतिमा मार्ग निर्देशक शिद्धान्तको रुपमा प्रयोग गर्ने थिए । विश्वव्यापि नेपाली दर्शनको विक्रिवितरण गर्ने थिए । यो दर्शनको मुल्य उपयोग गरेर विश्वको अघि एउटा समृद्ध शक्तिशालि राष्ट्र बनाएर देखाइदिने थिए । वि. सं. २०२५ साल जेठ १४ गते प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्दै राजनीतिबाट सन्यास लिएर कविता लेख्ने थिए ।



मैले एति बोल्दै गर्दा देशको नक्शा हल्लिन्छ

हल्लिएको दृष्यमा बिपी कोइरालाले विभिन्नतामा बुद्धको फोटो हस्तान्तरण गर्नु

देश इन्द्रेणी जस्तै खुल्नु

भूमिकाले विभिन्न जाति वर्गहरू मोटाउदै गर्नु

अराष्ट्रिय मन्चमा भाषण मच्चाइरहनु

केन्द्रमा बहुल रङ्ग चलमलाउँदै गर्नु ।



दृष्य नं. ६ खुल्दा

पन्चायतको घोषणा…..नेताहरू थुन्दा तालाचाबी ढोकामा मार्दै गरेको आवाज….

दललाई झटारो हानेर लखेटदै गरेको दृष्यहरू बग्नु….

सडकमा सैनिकहरू परेड खेल्नु….

जनताहरू सुक्तै जानु….गाउँघर मलिन देखिनु…

शोक मग्न रङ्गहरू…



म टिप्पणी गर्न शुरु गर्छु

यदि म राजा महेन्द्र भएको भए । नेपालको सीमा वरीपरि पर्खाल लगाउने थिए । पर्खालदेखि माथि तारजालि लगाउने थिए । अबैध कारोवार, अपराधिक गतिविधि रोक्ने थिए ।



मैले एति बोल्दैगर्दा देशको नक्शा हल्लिन्छ

हल्लिएको नक्शामा

सिमेन्ट, बालुवा, गिटि, इटा, तारजालि, रड मुछतै चलाउँनु

पर्खाल ढडिदै गएको दृष्य बन्नु

नागरिकहरू सहानुभूतिको हाँसो हाँस्नु ।



छवटा दृष्यहरू छन इतिहासको कुर्सी या देशको रंगमन्चमा । एउटा खाली बुद्धको हुनसक्छ । कुर्सी त्यागको नमुना । एक स्नेप फोटो खिच्छन । र कराउँछन ।

अब के हुन्छ ?



म टिप्पणीमा कराउँछु

मैले बोलिरहँदा यो देशको नक्शा यसरी नै हल्लिरहन्छ ।

इतिहासको समिक्षा गर्दा यो देशको भूगोल हल्लिरहन्छ ।

बरु कविता खेल्नु एएउटा

फेसबुकको शासक कवि समुहमा पठाउँनु

दर्शकहरूले आफै लाइक कमेन्ट चढाउँनु ।



(शीर्षक पृथ्वीनारायण शाहको मुक्तक

मैले बनायाको विसाल देश ख्वै ?

मैले विसायाको विशाल केश ख्वै ?

भन्नेहरू जे जे भनुन, अलि खोया विर्के चडाया हुँ

मैले चडायाको अलिकति शेष ख्वै ?

शीर्षक भीमसेन थापाको कविता

मलाई खदाउनेहरू हो

खेदिएर त हेर खेदिन कति गाह्रो छ ।

शीर्षक राजेन्द्रको गीत

वारी कान्छि पारी जेठी

बीचैमा परियो

शीर्षक जङ्गबहादुरको कथा

अग्रगमन प्रतिगमन मात्र हैन रैछ जिन्दगी

सुख सुविधा काम बासनाको भोग चलन पनि रैछ जिन्दगी

विपी कोइरालाको कविता

ए साथीहरू हो लागिदेऊ, कुदिदेऊ, कराई देऊ

मेरो विचारले यहाँ काम पाउनु पर्छ ।

शीर्षक महेन्द्रको गीत

प्रजातन्त्रको कुरा गर्नेहरूलाई लैलै

राखे मैले शुन्दरी जेलैमा)



कविहरूको सिर्जनात्मकतामा लाइक कमेन्ट उफ्रिरहन्छ ।

। आजलाई।म पनि । त्यहिफ्रिज । भइदिन्छु ।

Monday 30 October 2017

सेवा नै धर्म हो सके सहोयोग नसके शेयर गरीदीनु होला है त

 अनिल सुब्बा


डुडामारीमा दुर्घटना परी गम्भीर अबस्थामा रहेका अनिल लिम्बु सुब्बालाई सके सहयोग गर्नुहोस नसके एक-एक शेयर गर्नुहोला

घाइते अनिल सुब्बाको बुवा टिकाराम सुब्बाको तर्फबाट देश बिदेशमा रहनुहुने सबै नेपाली दाजु-भाई दिदी-बहिनीहरुप्रती आफ्नो छोराको ज्यान बचाईदिनु भनी सहयोगीहरुबाट हित फैलाउदै हुनुहुन्छ । कृपया बुवाको मन दुखलाई बुझिदिनु अर्थात सुनिदिनु होला Please यो नम्बरमा बुझ्न सक्नु हुनेछ ।
टेलिफोन नम्बर---
(समिर राई ------------9808294991)
(कुलीप्रसाद राई -----9806063190)
(गणेश राई ------------9813409436 धन्यबाद
https://m.facebook.com/story.php?story_fbid=717248838473332&id=647456108785939

ब्राम्हणले राज्य संचालन गर्दासम्म मुलुक संकटमा

शाही वंसको शासनकाल पछि परिवर्तन भएको राजनीति कहिल्यै दिगो बन्न सकेन । सरकार बनाउने र गिराउने खेलमै समय सकिदै आयो । शात्ताको नेतृत्व कसले र कहिले गर्ने भन्नेमै नेताहरु लाग्नुले समृद्ध नेपाल र नेपाली जनाको जीवनस्तर दिन प्रतिदिन खस्किदै गएको छ ।
बिश्ववनाथ अधिकारी



बषौं बर्ष राणाहरुले देशको शासन शत्ता हातमा लिए । अन्ततः राणा र साह वंसहरुको नेतृत्व नेपालबाट सकियो र राजनीतिक दलहरुले नेतृत्व गर्दै ब्राम्हणहरुको हातमा राज्य शत्ता आयो । तर, क्षेत्रीले चलाएको जस्तो राज्य शत्ता पछिल्लो परिवर्तनबाट जन्मिएको बाहुनवादले चलाउन सकेनन् । र, सम्भव पनि थिएन ।





नेपालमा ब्राम्हणले शक्ता संचालन गर्नु उचित मानिदैन र सम्भव पनि छैन । जब जब ब्राम्हणले देशको शासन शक्ता हातमा लिन्छन् तब तब देशमा कुनै न कुनै किसिमको संकट अवश्य नै देखा पर्छ । र, परि पनि रहेका छन् ।





नेपालमा जहिले सम्म ब्राम्हणहरुले राज्यसत्ता चलाउछन् त्यस समयभर देशमा शन्त्ति कहिल्यै आउदैन । यस पीडा र समस्यालाई विश्वनाथ अधिकारीले गीतका माध्यमबाटै यसरी भनेका छन् ।





ब्राम्हण मूर्ख क्षेत्री कातर् कृपाणीभो राष्ट्र ।
देव धुनी नभैकन शान्तिको बर्षा हुदैन ।
शान्तिको बर्षा नभै अन्न बाली हुन्न ।
अन्न बाली नभएत प्राणी रहदैन् ।
शान्त्ति गर शान्त्ति गर नह ग्रह देव ।
मानव हामी शरण पर्छौैं, शरणमा लेऊ ।
सुर्य पुत्र शनि सर तिम्रो ध्यान गर्छौं ।
हामीलाई दुख नहोस भनी शरण पर्छौं ।
फुल ग्रह शक्ति शाली राहु जवर जण्डल ।
हाम्रो सबै आपत बिपत पार खण्ड खण्ड ।



क्रान्ति गर्न ब्राम्हणहरु अगाडि सरेका छन् तर शान्त्ति गर्न चै सर्दैनन् । किन नेपालमा आजसम्म शान्त्ति भएको छैन त ? कारण यहि हो । ब्राम्हणले राज्य संचालन गर्न नेपालको सन्दर्भमा सम्भव छैन । होला उनीहरुको हितमा फाईदै होला तर जनता र राष्ट्रका निम्ति यो शासन सत्ता राष्ट्रहित विपरित रहेको छ । आजका दिनसम्म जति ब्राम्हणहरुले देशको शासन गरे कहिँ सफल भएको उदाहरण छैन, देख्नुभएको छ ?





राज्य संचालनमा जबसम्म क्षेत्री आउँदैनन् तबसम्म मुलुकको दिको विकास, शान्त्ति र संविधान नेपालमा सम्भव छैन । आज संविधान आएको छ तर खै कार्यान्वयन भएको ? यहि उदाहरण हेरौ हामीलाई काफि हुन्छ ।





बेदमा भनेको छ “क्षेत्र स धि रसी क्षेत्र सी जोनी रसी” भनेर ।



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणमा रहेका बेला तत्कालीन समयमा भनेका छन् । यो नेपाल उच्च शिर हो । यो उच्च शिर भनेको शिवजिको टाउको भनेको हो । कासिमा विश्वनाथ भनेको लिङ्ग हो । अरु कहि पनि छैन शिर भगवान शंकरको शिर कहि पनि छैन् । नेपालको पशुपतिमा मात्रै छ ।





आज सिन्धुपाल्चोक किन प्रकृतिको निशानामा छ । संस्कार संस्कृतिको मान्यता छैन त्यहाँ त्यसैले बेला बेला प्रकृतिक बिपति परिरहन्छ ।


राज्यमा पनि ठ्याक्कै त्यस्तै छ । रत पटक पटक समस्या आइरहेको छ । राज्य रोहण गर्नेले क्रान्ति मात्रै गर्न जानेको छन । शान्ति गर्न जानेको छैन् । बाहुनका छोरा मात्रै छन् क्रान्ति चलाउने ।





संविधान बनाउने भनेर दुई दुई पटक निर्वाचन गरे । तर अझै पुर्णतामा पुर्याउन सकेका छैनन् । यो त नाट कै भयो नी । स्पष्ट कुरा गरेर भन्दा पनि कविता र गितका माध्यमबाट भन्दा केहि लाग्छकी भनेर यसरी गितबाट सम्झाउछु ।





कमीलाले माटो बोकी डाडाँ बनाई दिन्छ ।
मौरिले रस ल्याई घारै भरी दिन्छ ।
मिल नेपाली हो मिल नेपाली ।
नेपाली सबै मिले संविधान दिर्घायु बन्छ ।
मिल नेपाली हो मिल नेपाली ।
नेपाली नमिलेमा संविधान दिर्घायु बन्दैन् ।
मिल नेपाली हो मिल नेपाली ।





कमीलाको बल जति गर नेपाली…मौरिको मतोजस्तो मिलाउ नेपाली ।



अहिले कम्युनिष्ट विचार भएकाहरुले देशको शासन गरिरहेका छन् । यी कम्युनिष्टहरु भनेका सबै मंगोलियनहरु हुन । अब यिनीहरुले ७ पुस्ता भोग चलन गर्छन् । त्यसपछि नयाँ पुस्ता आउनेछन् उनीहरु राता बर्णका हुनेछन् । उनीहरुले ११ पुस्ता राज्य संचालन गर्ने छन् । जे होस अनेक विषय र बाहनामा नेतृत्वो पंत्ति अल्झिरहेको हामी सबैले देखेकै छौं । यसै गरी बलजस्ति अगाडि बढ्न खोजे मुलुक झन संकटको अवस्थामा पुग्ने छ । त्यसैले वास्तममा देश संमृद्ध र जनताको हितमा रहेर सोच्ने अहिलेका नेताहरुले हो भने लोभ लालच नगरि क्षेत्रीलाई राज्य संचालनको जिम्मा दिनु उपयुक्त माध्यम हुनेछ ।

काठमाण्डु टुडे २०७३ कार्तिक १२ गते १२:२५ मा प्रकाशित

Sunday 29 October 2017

याँङ्शिला फोटो ग्यालेरी





यस पोष्टमा याँङ्शिलामा बिविध सामाजिक सांस्कृतिक कार्यक्रमका तस्विरहरु, प्राकृतिक बिपदका तस्विरहरुका साथै ब्याक्तिगत रुपमा हाम्रो याँङ्शिलाका गाउँ घरहरुको तस्विरहरु सङ्कलन गरेर यहाँ राखेको छु ।

यहाँ संग्रहित तस्विरहरु सामाजिक सञ्जाल फेसबुकको फेसबुक समुह Hamro Satisale र फेसबुक पेज   याँङ्शिला सतिसाले र अन्य केही ब्याक्तिगत फेसबुक प्रोफाइलबाट साभार गरिएको छ । आशा गर्छु यहाँ राखिएका यि तस्विरहरुबाट तपाँईहरुको ब्याक्तिगत जीवनमा कुनै पनि किसिमको नकरात्मक असर पर्ने छैन । यदी त्यस्तो अबस्था आएमा यो पोष्ट जहाँ कही देख्नु हुन्छ तुरन्तै त्यही पोष्टको तल वा सिधै ब्लगमा आई हटाउनको लागी भन्न सक्नुहुनेछ ।
धन्यबाद














सतिसाले: बाढी पहिरो

सतिसाले: बाढी पहिरो



सतिसाले: बाढी पहिरो

सतिसाले: बाढी पहिरो पछी स्थानियबासीहरु पुननिर्माणमा












सतिसाले कालोपानी फुटबल ग्राउण्ड





सतिसाले १ नं धारा गौचरन



सतिसाले १ नं धारा माथिबा












































































यस पोष्टमा याँङ्शिलामा बिविध सामाजिक सांस्कृतिक कार्यक्रमका तस्विरहरु, प्राकृतिक बिपदका तस्विरहरुका साथै ब्याक्तिगत रुपमा हाम्रो याँङ्शिलाका गाउँ घरहरुको तस्विरहरु सङ्कलन गरेर यहाँ राखेको छु ।

यहाँ संग्रहित तस्विरहरु सामाजिक सञ्जाल फेसबुकको फेसबुक समुह Hamro Satisale र फेसबुक पेज   याँङ्शिला सतिसाले र अन्य केही ब्याक्तिगत फेसबुक प्रोफाइलबाट साभार गरिएको छ । आशा गर्छु यहाँ राखिएका यि तस्बिहरुबाट तपाँईहरुको ब्याक्तिगत जीवनमा कुनै पनि किसिमको नकरात्मक असर पर्ने छैन । यदी त्यस्तो अबस्था आएमा यो पोष्ट जहाँ कही देख्नु हुन्छ तुरन्तै त्यही पोष्टको तल वा सिधै ब्लगमा आई हटाउनको लागी भन्न सक्नुहुनेछ ।
धन्यबाद ।