Sunday 28 May 2017

सेनाले एकैपटक १० ठाउँबाट फास्ट ट्र्याकको निर्माण थाल्दै

'डीपीआर प्रााप्तीबारे छलफल अघि बढ्यो'
- रबिन्द्र घिमिरे

१४ जेठ, निजगढ । नेपाली सेनाले एकैपटक १० स्थानबाट काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण गर्ने सुरु गर्ने भएको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्र्याक निर्माणका लागि अब तत्काल सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ ।

सेनाले फाष्ट ट्र्याकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने आयोजना प्रमुख नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले जानकारी दिए ।

यसका लागि फास्ट ट्रयाकको रुटका विभिन्न स्थानमा निर्माण कार्यदललाई क्याम्पका रुपमा खडा गरिनेछ । एकैपटक सबै स्थानबाट काम सुरु गरेर अबको ४ वर्षभित्र यसलाई टुंग्याउने योजना सेनाको छ ।

‘आइटम’ छुट्याएर काम

कार्यदलमार्फत फास्ट ट्रयाकमा गर्नुपर्ने कामका प्रकृतिअनुसार विभिन्न कामहरुको ‘आइटम’ छुट्याइनेछ । ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।

सेनाले अहिले सुरु गर्न लागिएको कामलाई प्रारम्भिक निर्माण भनेको छ । आयोजना प्रमुख खाँडले फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएकाले सेनालाई काम अघि बढान समस्या परेको बताए ।

उनले आयोजनाको डीपीआर पनि प्राप्त गर्ने गरी छलफल अघि बढेको बताए । यसअघि नै भारतीय कम्पनीले आयोजनाको डीपीआर तयार गरेको थियो ।

अहिले सोही डीपीआर किन्ने की नयाँ डीपीआर तयार गरेर अघि बढ्ने भन्ने अन्योल छ । नयाँ डीपीआर बनाउन लाग्दा निर्माणमा ढिलाइ हुने भएकाले भारतीय कम्पनीसँग नै डीपीआर किन्न छलफल अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो ।

फास्ट ट्रयाक निर्माणका लागि उच्च स्तरको जनशक्ति पनि आवश्यक पर्ने भएकाले सेनाले राष्ट्रिय/अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्नेबारे आन्तरिक तयारी गरिरहेको खाँडले बताए ।

सडक रुट र ब्यवस्थापन

आयोजना अघि बढाउन सेनाले कार्य सम्पादन संयन्त्र र त्यसको कार्यबिधि पनि बनाइरहेको छ । आयोजना अघि बढाउन र यसमा आइपर्ने समस्या सुल्झाउन सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको अध्यक्षतामा अधिकार सम्पन्न फास्ट ट्र्याक निर्माण निर्देशक समिति पनि बनाइएको छ ।

यसले आयोजनाका लागि आवश्यक पर्ने आवश्यक कानुनी र नीतिगत ब्यवस्थाका लागि छलफल अघि बढाएको खाँडले बताए ।

काठमाडौं तराई फास्ट ट्रयाक ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली- इपा- गढी- छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएरनिजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।

फास्ट ट्रयाकले ललितपुरमा किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।

कस्तो बन्छ ?

यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो द्रुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।

प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने आयोजना प्रमुख खाँडले बताए । फास्ट ट्र्याकमा उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुनेछ ।

सरुङमार्ग पनि

दू्रतमार्गमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण गरिनेछ । मकवानपुरको ठिंगनबाट रातोमाटेसम्म दुई मुख भएका सुरु निर्माण गरिनेछ । सुरुङमार्गको बीचमा बचाव सडक पनि खोलिनेछ ।

सुरुङमा आइपर्ने दुर्घटनालाई मध्यनजर गरेर यस्तो सडक पनि खोल्ने योजना छ । एउटा सुरुङमार्गको चौंडाइ ९.५ मिटरको हुनेछ । यसको उचाइ ५.५ मिटरको हुने आयोजना प्रमुख खाँडले जानकारी दिए ।


दू्रतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।

आकाशे पुल र दस्तुर केन्द्र

सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।

यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्द्रं राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।

यो मार्गबनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।

२-२ किलोमिटरमा टेलिफोन

सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।

सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिने आयोजना प्रमुख खाँडले बताए ।

मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।

२०७४ जेठ १४ गते २२:२४ मा प्रकाशित
News Source By:  onlinekhabar.com

Tuesday 23 May 2017

रकम अभावमा अस्पतालले बिरामीलाई सारेन वार्डमा




सोमबार ८ जेठ २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इटहरीकी क्यान्सर पिडित एलिना तामाङ्गको उपचारमा समस्या भएको छ। आर्थिक अभावका कारण तामाङ्गको उपचारमा समस्या भएको हो।

एलिनाको बिराटनगरस्थित नोवल अस्पतालमा उपचार भईरहेको छ। छोरीको उपचारमा करिव ६लाख रुपैँया लागेको भन्दै पीडितकी आमा सिताले भन्नुभयो, “अस्पतालले एकलाख रुपैँया छुट दिएको छ अरु पाँचलाख रुपैँया माग्दैछन दिने एक पैसा छैन के गरुम ?” सिताले अस्पतालले रकम नतिरेसम्म वार्डमा पनि बिरामी नसारेको भन्दै थपऔषधी उपचार नगरिदिने भनेको गुनासो गर्नुभयो। एलिनालाई रोग लागेको थाहा पाउने बित्तिकै बाबुले पनि छोडेको र करिव डेढ बर्षदेखि सानो बुवासँग रहनुभएको छ।

धरान रोडको आईतबारे मोडमा सामान्य चियापसल सञ्चालन गर्ने एलिनाको परिवारमा अरु पनि सदस्य छन। आर्थिक अभावमा पिल्सीएको तामाङ्ग परिवारलाई सहयोग गर्न हाल पूर्वी नेपालमा कृयाशिल बिभिन्न संघ सँस्था एवं फेसबुकको ग्रुपहरु सकृय छन।

एलिनाको उपचारका लागी सहयोग रकम जुटाउन ट्विटेरियन सोसाईटी,बार्सा नेपाल पूर्वाञ्चल, दाह्री ग्याङ्ग,क्विक भोलेन्टीयर अनि वर्क फर नेपाल र डब्लुएसआरआर सकृय छन। तपाँईपनि एलिनाको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने एलिनाकी आमाको मोवाईल नम्बर ९८१३७७९५९० वा सिताको नाममा प्रभु बैँक लिमिटेड इटहरीमा रहेको खाता नम्बर ०६३०१०००८९५७४८०००००१मा रकम जम्मा गर्न सक्नुहुनेछ।



साभार: पूर्वी खबर 

गाई र सूर्यको दुरुपयोग नगर्न राप्रपा र एमालेलाई लामाको चेतावनी


मंगलबार ९जेठ २०७४ इटहरी न्युजडेस्क-


राष्ट्रिय जनता पार्टी नेपालका सचिव तेञ्जी(छत्रपती) लामाले राष्ट्रिय जनावर गाई र राष्ट्रिय झण्डामा भएको सूर्यको दुरुपयोग नगर्न राप्रपा र एमालेलाई चेतावनी दिनुभएको छ। राजपा नेपाल इटहरी नगरसमितिले इटहरीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामाले त्यस्तो चेतावनी दिनुभएको हो।

तीन करोड नेपालीले गाईलाई राष्ट्रिय जनावर मान्नुपर्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्हमा गाईलिन नपाउँने भन्दै लामाले तुरुन्त निर्वाचन चिन्ह सच्याउन आग्रह गर्नुभयो। लामाले भन्नुभयो, “कमल थापा गाई राष्ट्रिय जनावर हो भने तुरुन्त निर्वाचन चिन्ह सच्याउ गाई तिम्रो प्यावा होईन तिमीलाई राष्ट्रिय जनावरको दुरुपयोग गर्ने अधिकार कसले दियो”?

एमाले प्रति पनि आक्रोश पोख्दै लामाले राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य निर्वाचन चिन्हको रुपमा प्रयोग गर्न एमालेलाई अधिकार छैन। लामाले भन्नुभयो,“ तीन करोड नेपालीले राष्ट्रिय झण्डा मानिरहेका छन,त्यहि झण्डामा प्रयोग भएको सूर्य के एमाले र केपी ओलीको सम्पती हो,तिमीहरुलाई झण्डामा प्रयोग भएको चिन्ह दुरुपयोग गर्न कसले अधिकार दियो”?लामाले राष्ट्रियताका बिषयमा वकालत गर्नेहरुले नै बिभिन्न नदिनाला बेचेको भन्दै त्यो बेच्नुको औचित्य पुष्टि गर्न चेतावनी दिनुभयो।

अगुवा कार्यकर्ता भेलामा करिव सयजना उपस्थित थिए। भेलामा राजपा केन्द्रिय सदस्य कल्पना थारु राजपा सुनसरीका अध्यक्ष मण्डलका अध्यक्ष सिएन पाठक,राजपा नेपाल इटहरी अध्यक्ष प्रविन कुमार राई,खेलकुद मञ्च इटहरीका अध्यक्ष जोखन चौधरी, आदिबासी जनजाती महासंघ इटहरी अध्यक्ष गुञ्ज माझी,प्रेस मञ्चका केन्द्रिय सदस्य चन्दन रौनियार लगायत उपस्थित हुनुहुन्थ्यो।

सोमबार ८ जेठ २०७४ इटहरी न्युजडेस्क-

प्रधानाध्यापकहरुको घुम्ती बैठक सम्पन्न



मंगलबार ९ जेठ २०७४ केराबारी युवराज ठकुरी –


मोरङको केराबारी स्रोत केन्द्रमा आबद्ध बिद्यालयहरुका प्रधानाध्यापकहरुको घुम्ती बैठक केराबारी ५मा रहेको साबित्री माबिमा सम्पन्न भएको छ। जेठ महिनाको तेस्रो बैठक पाठनोट र शैक्षिक सामग्री निर्माण नगरी कक्षाकोठामा नजाने प्रतिबद्धता सहित सम्पन्न भएको हो।

श्रोतकेन्द्र स्तरीय निर्णय अनुसार चैतको दोस्रो मङ्गलबार बुद्ध मावि केराबारी, देवीझोडाबाट सुरु गरिएको बैठक कल्याणकारी मावि सिंहदेवीमा र तेस्रो महिनाको बैठक सावित्री माविमा गरिएको प्रधानाध्यापक प्रेमप्रकाश भट्टराईले बताउनुभयो।

शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्ने ? कुन कुन बिद्यालयले कुन तरिकाले बिद्यालय सुधारका गतिबिधि अगाडि बढाएका छन ? भन्ने कुराको अवलोकन साथै अनुभवको साटासाट गर्ने माध्यम पनि घुम्ती बैठकको औचित्य रहेकाले यसमा प्रधानाध्यापकहरुले सक्रिय सहभागीता जनाएको स्रोत ब्यक्ती बिन्दु लावतीले बताउनुभयो।

केराबारी श्रोत केन्द्र अन्तर्गतका ३३ वटा बिद्यालयहरु मध्ये केही पहाडी भुभागका बिकट वडाहरुमा पनि रहेका छन। बैठकमा उपस्थित प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकले बिद्यालयमा सञ्चालित कक्षा अबलोकन गरिएको थियो।

बिद्यालय सुधारमा सबै पक्षहरु सहभागिता सँगै ध्यानाकर्षण होस, केही नमुना बिद्यालयहरुको अवलोकनले प्रधानाध्यापकहरुमा नयाँ भिजन सृजना गर्न पनि प्रअ बैठकले महत्वपूर्ण भुमिका खेल्ने र बिद्यालय परिवारमा अन्तरकृया, सहकार्य हुन जरुरी रहेको प्रमुख अतिथि बरिष्ठ प्रशिक्षक अशोक कालाखेतीले बताउनुभयो।

बैैठकमा श्रोत व्यक्ति बिन्दु लावती, बरिष्ठ प्रशिक्षक, प्रशिक्षकहरु महेश्वर दाहाल, दीपक पोखरेल, गोविन्दप्रसाद दाहाललगायत श्रोत केन्द्र बिद्यालयभरिका प्रअहरु, प्रतिनिधि शिक्षकको उपस्थिति थियो।

अर्को महिनाको प्रअ बैठक लक्ष्मी मावि केराबारी ९ भलुवामा हुने सार्वजनिक माविका प्रअ रुद्र कार्कीले जानकारी दिनुभयो।

साभार: पूर्वी खबर

Saturday 20 May 2017

महानगरपालिकाको मेयरको तलब ६० हजार, वडा अध्यक्षलाई ३० हजार













२२ बैशाख, काठमाडौं । 
स्थानीय तहको निर्वाचनबाट आउने जनप्रतिनिधिले कस्ता सेवा सुविधा तथा तलब भत्ता पाउँलान् ? यस विषयमा धेरैको चासो छ । किनकी करिब एक सातापछि ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित भएर आउँदैछन् ।

त्यसरी निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ ।

प्रारम्भिक चरणको छलफल भएकाले यो अंकमा केही फेरबदल हुनसक्ने स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए ।

मन्त्रालयले मेयर/उपमेयर तथा गाउँपालिका प्रमुख/उपप्रमुख र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिएको हो ।

महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्नेछन् । महानगरपालिकाको उपमेयरको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमेयरलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै उपमहानगरपालिकाको मेयरका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको मेयरले पनि गाडी सुविधा पाउने छन् । यस्तै विभिन्न शीर्षकमा भत्ताको पनि व्यवस्था प्रस्ताव छ । तर कुन शीर्षकको भत्ता कति हुन्छ भन्ने खुलाइएको छैन । यस्तै उपमेयरका लागि ४५ हजार प्रस्ताव गरिएको छ ।

गाउँपालिका प्रमुख र उपप्रमुखलाई गाडी छैन

नगरपालिकाको मेयरका लागि मासिक पारिश्रमिक ४५ हजार र उपमेयरका लागि ४० हजार प्रस्ताव गरिएको छ । यस्तै गाउँपालिका प्रमुखको मासिक तलब ३५ हजार र उपप्रमुखको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले प्रारम्भिक गृहकार्यमा गाउँपालिका प्रमुख र उपप्रमुखका लागि भने गाडी सुविधा दिन नसकिने प्रस्ताव गरेको छ ।

वडा अध्यक्षको पारिश्रमिक कति ?

मन्त्रालयले वडा अध्यक्षहरुका लागि पनि फरक-फरक दरको मासिक पारिश्रमिक प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक दिनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।

यस्तै उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरेको छ ।

यसअघि कसको तलब कति थियो ?

स्थानीय स्वायत्त शासन ऐन अनुसार २०५६ सालमा महानगर, उपमहानगरका र नगरपालिकाको मेयर तथा उपमेयर र गाविस अध्यक्षको सेवा सुविधा तोकिएको थियो ।

उक्त ऐन अनुसार तत्कालिन महानगरपालिकाका मेयरको तलब ६ हजार ५ सय रुपैयाँ थियो । यसबाहेक गाडी सुविधा र महानगरपालिकाले तोके बमोजिम भत्ताको व्यवस्था हुन्थ्यो । यस्तै उपप्रमुखको तलब ५ हजार ५ सय थियो । उपप्रमुखले पनि गाडी सुविधा र छुट्टै भत्ता पाउथे ।

यस्तै उपमहानगरपालिकाले ५ हजार ५ सय तलब र तोकिए बमोजिम भत्ता र गाडी लगायतका सेवा सुविधा पाउँथे । उपप्रमुखको तलब ४ हजार ५ सय तोकिएको थियो । यसैगरी नगरपालिकाको मेयरको तलब ४ हजार ५ सय र उपमेयरको तलब ३ हजार ५ सय तोकिएको थियो ।

यसैगरी गाविस अध्यक्षको तलब १ हजार ५ सय र उपाध्यक्षको तलब एक हजार रुपैयाँ थियो ।

२०७४ वैशाख २२ गते १९:१२ मा प्रकाशित (२०७४ वैशाख २७ गते १४:४५मा अद्यावधिक गरिएको)
साभारअनलाइनखबर

Thursday 18 May 2017

हङकङ ब्लुज - हाङयुग अज्ञात,

हङकङलाई हिजोआज एसियाको विश्व सहर भनिन्छ । सातै बार, चौबिसै घन्टा जागिरहने यो सहरमा मान्छेहरू जमिनमा, जमिनमुनि र आकाशमा दगुरिरहेका या काम गरिरहेका भेटिन्छन् । कहालीलाग्दो छ यो सहरको उचाइ । विरक्तलाग्दो छ यो सहरको आवाज । काँचका गगनचुम्बी टावरहरूका झ्यालमा बादलहरू खेल्न आउँछन् । त्यहीँनेर चिलले गुँड लगाउँछ । साना–साना चरा यिनै काँचका टावरमा ठोक्किएर मर्छन् । यो कस्तो विकास ? कहिलेकाहीँ आफैँलाई प्रश्न गर्न मन लाग्छ ।

 १४ वर्ष भएछ हङकङमा जीवन घिसारेको । १४ वर्षमा त राम पनि वनवासबाट फर्किसकेका थिए । खोला पनि बाह्र वर्षमा त फर्किन्छ भन्छन् । तर, यो सहरको कुन कुनामा अल्झेँ म ? उत्तर खोज्दाखोज्दै धेरैचोटि घडीको अलार्म बजेको छ । कहिले यो सहर माकुराको जालोजस्तो लाग्छ, कहिले उखुको तेल निकाल्ने मेसिनजस्तो लाग्छ । कहिले यो सहर स्वर्गको एक टुक्राजस्तो लाग्छ, कहिले नर्कको खाडलजस्तो लाग्छ । घर हो भनुँ, घर होइन । डेरा हो भनुँ, डेरा होइन । ‘अब फर्किन्छु, अब फर्किन्छु’ भन्दाभन्दै म त हङकङ भइसकेछु । साँच्चै नै कनसिरीमा फुल्न थालेछन् कपाल फूलहरू ।
बिहान काममा जाँदा करिब ८० वर्षकी चिनियाँसित प्रायः भेट हुन्छ । ऊ मजस्तो छिटो हिँड्न सक्दिनन् । भित्तालाई हातले ठेल्दै एक–एक सिँढी होसियारपूर्वक ओर्लिन्छिन् । मलाई काममा पुग्न हतार हुन्छ । मेरो पदचाप सुनेर उनले बाटो दिएर भन्छिन्, ‘शुभप्रभात ! काममा हिँडेको ?’
‘शुभप्रभात !’ भनेर म कुद्छु । यो सहरमा दुःखको नदी भित्रभित्रै बग्छ, जस्तो केआइसिंह पुलमुनि सेती नदी बग्छ । उमेरले ७० कटेका चिनियाँहरू गल्लीमा कार्टुनबक्स, समाचारपत्र र बियरका क्यानहरू बटुलेर बाँचिरहेछन् ।
यहाँको फराकिलो सडक टुंगिएपछि सुरु हुन्छन् साँघुरो मुसा र साङ्ले गल्ली । ती गल्लीका पुराना घरमा बस्छन् ‘पिँजडा–मान्छे’ । चर्को घर भाडा तिर्न नसकेर पाँच फिटको फलामे पिँजडामा बाँकी जीवन बिताइरहेका वृद्ध चिनियाँको व्यथा सुन्ने हृदय छैन हङकङको । बरु रोबोट मान्छेको दुःख देखेर संवेदित हुन सक्ला तर यो सहरलाई सेक्सपियरको त्रासदीले पनि छुँदैन । व्यापारीहरू हरेक महिना नयाँनयाँ ‘फ्लाट’ बजारमा बेच्न राख्छन् । तर, सामान्य श्रमिकको किन्ने हैसियत पुग्दैन । मुख्य भूमिबाट मेन्डेरिनभाषी चिनियाँ आउँछन् झोलाभरि पैसा बोकेर, किन्ने उनीहरूले हुन् ।
यहाँ रेसको घोडा कुद्न सकेन भने मालिकले उसलाई मासुको भाउमा बेच्छ । त्यस्तै कुद्नुपर्छ मान्छेले यो सहरमा बाँच्न । यो कुरो बुझेकी छिन् भ¥याङमा मलाई बाटो छाडिदिने वृद्ध चिनियाँ आमाले । ऊ यो सहरमा कुद्दाकुद्दै नुनजस्तै फुलेकी हुनुपर्छ ।
सहरले थोरै दिन्छ र धेरै त खोस्छ मान्छेबाट । यद्यपि, हामी गाउँलाई सहर बनाउन मरिहत्ते गर्छौं । अब मान्छेले सोच्ने काइदा फेर्नुपर्छ जस्तो लाग्छ मलाई । सभ्यताको मानक सहर हुनुहुँदैन । ठूलाठूला सहरहरू अहिले धुलोमा पुरिएका छन् । सिन्धुघाटीमा आजभन्दा पाँच हजार वर्षअगाडि अस्तित्वमा रहेको मोहेन्जोदारो भन्ने सहर विश्वकै प्रथम मेट्रोपोलिटन सहर थियो । जुन आज खण्डहर भएको छ । सहरले मान्छे हुनुको बोधलाई मार्छ । सहरले मान्छेलाई मेसिन बनाउँछ । अन्तत्वगत्वा सहरले भत्किनुपर्छ । हङकङले पनि भत्किनु छ । मान्छेले सधैँभरि मेसिनको जीवन बाँच्न सक्दैन । मान्छेले मान्छे हुनुको अर्थ बुझेको दिन सहरले गाउँसँग हार्नुपर्छ । किनभने गाउँसँग प्रकृति हुन्छ । मैले बुझेको अन्तिम सत्य प्रकृति हो ।
कवि हाङयुग अज्ञात
मिस्टर चाउ नाम गरेको चिनियाँ बुढो निरन्तर पाँच वर्षदेखि एक्लै विरोध प्रदर्शन गरिरहेछ कर्पोरेटविरुद्ध । उसले किनेको ‘फ्लाट’ मोर्गेज तिर्न नसक्दा ‘प्रोपर्टी डेभलपर’ले खोसिदिएछ । एउटा लामो डन्डामा माओत्सेतुङको फोटो टाल्छ ऊ र नाराहरू लेखेको कागज टाँसेर फाइभ स्टार होटेल र अफिस टावरको ढोकामा उभिन्छ । उसले भिरेको टेपरेकर्डरमा भाषण बजिरहन्छ । होटेल र अफिसको सुरक्षा गार्डले प्रहरी बोलाउँछ । प्रहरी आएर उसलाई ठाना लैजान्छ । प्रहरीसँग ठाना जानुअगाडि ऊ भन्छ, ‘म भोलि पनि आउँछु ।’ एक दिन मैले उसलाई माओत्सेतुङको फोटो देखाउँदै भनेँ, ‘म उसलाई चिन्छु ।’ ऊ खुसी भयो र मलाई ‘कमरेड’ भन्यो । कहिले सफल होला उसको आन्दोलन ? उसको छेउ भएर मान्छेको नदी बग्छ, तर एक थोपा पानीले छुँदैन उसलाई । यो सहरमा मिस्टर चाउ यत्तिकै मरेर जान्छ ।
हङकङ आएको साल समाचारपत्रमा पढेको थिएँ, ‘छोराले बिरामी आमालाई ह्विलचियरमा बाँधेर समुद्रमा फ्याँक्यो ।’ यो समाचारअनुसार क्यान्सरपीडित आमाको उपचार गर्न छोरालाई मुस्किल परेपछि आमाकै इच्छाअनुसार उसले त्यसो गरेको रहेछ । विश्वकै धनी सहरमा यस्ता गरिब पात्रहरू छन्, जसले आर्थिक अभावकै कारण आफ्नै आमाबुवा या छोराछोरी मार्ने गर्छन्, आफँै मर्ने गर्छन् । एउटी आमाले २२ तलाको झ्यालबाट आफ्ना पाँच र सात वर्षकी छोरीलाई फ्याँकेर आफूले पनि हाम्फालेको घटनाले कसको मस्तिष्क हल्लिँदैन होला ? यस्ता घटना यो सहरका लागि सामान्य भइसकेको छ । यो सहरको झिलिमिलीभित्र दुःखको अँध्यारो सुरुङ पनि रहेछ । यो सहरमा हिँड्ने मान्छेका अनुहारमा एक अनौठो उदासी झुन्डिएका हुन्छन् ।
यतिका वर्षमा कुनै चिनियाँ मान्छेलाई दिल खोलेर हाँसेको देखेको छैन मैले । दिल खोलेर हाँस्नेहरू त फिलिपिन्सबाट आएका घरेलु कामदार मात्रै हुन् । आइतबारको बिदा मनाउन उनीहरू हङकङका पार्क, सडक, बार र डिस्को निस्किन्छन्, जहाँ उनीहरू उन्मुक्त भएर हाँस्छन् । मानौँ उनीहरूसँग कुनै दुःख छैन । उनीहरू हाँसेको हेर्न पार्कमा हिँड्दै गरेको बुढो चिनियाँ टक्क उभिन्छ । सोच्दो हो, हामी मालिकभन्दा नोकरहरू कसरी धेरै खुसी हुन सकेका ? बर्खायाम लागेपछि हरेक हप्ता फिलिपिन्समा उनीहरूको घर समुद्री आँधीले उडाइदिन्छ, बाढीले बगाइदिन्छ । यद्यपि, उनीहरू हाँसेकै छन् । दुःखको पोकालाई लुकाएकै छन् । यहीँका स्थानीय चिनियाँहरू सबै कुरा भएर पनि दुःखी छन् । कि बेलायतीहरूले यति सारो दबाए कि उनीहरूले हाँस्न बिर्से ?
चीनबाट ल्याइएका फुटपाथमा उभिएर शरीर बेच्ने महिलाहरूको कथा हामीले सोचेको भन्दा बेगल हुन सक्छ । चीन विश्वको महाशक्ति बन्ने क्रममा छ, तर चीनबाट ल्याइएका महिलाबाट चल्ने गरेको छ हङकङको अवैधानिक ‘सेक्स टुरिजम’ । यस्ता महिला भियतनाम, फिलिपिन्स र थाइल्यान्डबाट पनि ओसारिन्छन् । रेस्टुरेन्ट या क्लबमा काम गर्न भनेर ६ महिनाको भिसामा ल्याई ‘सेक्स वर्कर’का रूपमा प्रयोग गरिन्छन् । यस्ता पार्टटाइम सेक्स वर्करहरूको व्यथा भिन्दै छ । अघोषित रेडलाइट एरियामा घरीघरी प्रहरीले छापा मारेजस्तो गर्छ । तर, यो पूरै बन्द गर्न चाहँदैन । बर्सेनि लाखौँलाख टुरिस्ट हङकङका गगनचुम्बी टावर हेर्न मात्र कहाँ आउने गर्छन् र ?
दलाललाई हजारौँ डलर तिरेर चीनबाट भिखारीहरूसमेत हङकङ छिर्दा रहेछन् । दलालले हङकङ छिराएपछि अंगभंग भएका भिखारीहरू बाटोमा माग्न बस्छन् । तब उनीहरूलाई हङकङ सरकारले टिपेर ‘केयर सेन्टर’मा राख्दोरहेछ । यति भए उनीहरूको बाँकी जीवन आनन्दले बित्ने भो । 
यहाँ आ–आफ्नै सपना बोकेर आउँछन् मान्छेहरू । पार्टटाइम सेक्स वर्करको पनि आफ्नै सपना हुँदोरहेछ । लोकहार्ट रोडको क्लब लाइनमा भेटिएका थाइल्यान्डबाट ल्याइएका यस्ता सेक्स वर्करको सपना अनौठा हुने गर्छन् । एउटीको सपना थियो, ६ महिनामा कमाएको पैसाले सिलिकन हालेर स्तनलाई गोलो र ठूलो बनाउने । यस्तो पनि सपना हुन्छ र ? मैले सोचेँ । अर्कीको सपना थियो, बैंककमा आफ्नै मसाज सेन्टर खोल्ने । यस्तै सपना उब्जाएर हङकङको अर्को पाटो आफ्नै तालमा हिँडिरहेछ ।
मलाई लाग्छ हङकङको समुद्रको नीलो पानी मान्छेहरूको आँसु र पसिना मिसिएर झनै नुनिलो भएको हुनुपर्छ । बेलायतको भूत बोकेको ट्राम गाडीले ब्लुजको लय निकाल्दै सय वर्षदेखि हङकङ टापुमा कुदिरहेको छ । यो सहरको अर्केस्ट्रामा एम्बुलेन्स र दमकलले डिमाइनरमा भायोलिन बजाइरहेछन् । जब म समयको ऐनाअगाडि उभिन्छु, तब आफँैलाई भारी बोकेर जवानी बिताएको गधाजस्तो देख्दछु । दुई टापुलाई जोड्ने पुल त बनाएँ, तर त्यहाँ आफ्नो नाम लेख्नै भुलेँछु । मैले बनाएको चेक्लापकोक विमानस्थलमा विश्वभरिबाट हवाईजहाजहरू आउँछन् र फर्किन्छन् । तर, मलाई आफ्नो देश फर्काएर लैजाने हवाईजहाज यो विमानस्थलमा अहिलेसम्म आइपुगेन । बैरागी काइँलादेखि श्रवण मुकारुङ, भूपाल राईदेखि व्याकुल माइला सबैसबै हङकङ आएर गए ।
तर, उनीहरूले हङकङ ब्लुज नसुनी गए । झलकमान गन्धर्वले सोधे भनिदिनु– अनुहारका चाउरीमा एक–एक साल बितेको चिह्न लगाउँदै रबिन्सन क्रुसोजस्तो बाँचिरहेछ एउटा कवि हङकङ टापुमा ।
सायद यस्ता कुराको साक्षी बसिदिनलाई म यो सहरमा अल्झिबसेको हुँ । कि म पनि यो सहरको पुर्जा भइसकेँ ? कि यो सहरबाट उम्किनलाई मसँग कुनै इच्छाशक्ति छैन ? यद्यपि, मलाई लाग्छ आफ्नो देशभन्दा पर कुनै पनि कविले मर्नुहुँदैन ।

Monday 15 May 2017

HOAX – ‘Cosmic Rays Entering Earth From Mars’

written by Brett M. Christensen March 30, 2017
Cosmic Rays Entering Earth From Mars
Outline:
Circulating message warns that potentially dangerous cosmic rays will be entering the Earth from Mars between 10:30 pm (or 12:30 am) and 3:30 am tonight and users should switch off their mobile devices. The message claims that the information comes from BBC News.



Brief Analysis:
The claims in the message are nonsense. Depending on their type, cosmic rays come from outside our solar system or from the sun. They do not come from Mars or any other planet. And, the Earth’s atmosphere largely protects us from cosmic rays. There are no reports about this supposed threat on BBC news. Nor is there any evidence that cosmic rays could somehow make cell phones dangerous. Sharing this silly nonsense will help nobody.
Example:
!! ATTENTION !!
Tonight, from 10:30 PM to 3:30 AM
Cosmic Rays will be entering Earth from Mars.
So please switch off your mobile devices.
At night, do not keep your cellular phones beside you and place it away while sleeping because this Cosmic Rays are quiet DANGEROUS
From: BBC NEWS
Kababalita lang a few hours ago.
Please help spread this message to your loved ones and friends to keep them safe.
Thank You!
This is not a Joke or a Hoax!Cosmic Rays Entering Earth Hoax

Example:
VERY URGENT! Tonight at 00:30 to 03:30am make sure to turn off your phone, cellular, tablet etc & put far away from your body! Singapore TV announced on the news! Please tell your family & friends! Tonight 12:30pm to 3:30am for our Planet will be very high radiation! Cosmic rays will pass close to Earth, So please turn off your cell phone! Do not leave your device close to your body, it can cause you terrible damage! Check Google & NASA BBC News! Send this message to all the people who matter to you! Thank you





Detailed Analysis:

Warning Claims Dangerous Cosmic Rays from Mars Will Hit Earth Tonight

According to a rather breathless message that is circulating via social media and the blogosphere, cosmic rays emanating from the planet Mars will hit the Earth tonight, between 10:30 pm (0r 12:30 am) and 3:30 am.
The message supposedly comes via BBC News. It advises us to switch off our mobile devices during the impact time and ensure that our cell phones are not close by as we sleep because the cosmic rays can be quite dangerous.
The post ensures us that the information is ‘not a joke or a hoax’ and asks that we share it to help keep others safe.

Message is a Silly Hoax – No Such Threat Reported

Alas, despite its assurance, the message is indeed a hoax and a particularly silly one at that. No, dangerous cosmic rays will not be entering Earth from Mars tonight or any other night. Or any other day, for that matter.
Direct exposure to cosmic rays could indeed be harmful. But earth’s atmosphere protects us from them. And, cosmic rays might interfere with normal cell phone functioning, but they would not make the devices suddenly dangerous to have around.
Cosmic rays do not come from planets. Not even from our mysterious red neighbour. And, there are no reports about this supposed Mars generated cosmic ray threat on BBC News, NASA, or any other credible news or scientific resource.

Earth Largely Protected From Cosmic Rays Dangers

Depending on their type, cosmic rays may come from outside our solar system or from our own sun. An article about cosmic rays on Windows to the Universe explains:
There are several different types of cosmic rays. Solar cosmic rays come from the Sun. They have less energy than most other types of cosmic rays. Solar flares and other explosions on the Sun make this type of cosmic ray. A second type is the galactic cosmic ray. Galactic cosmic rays have more energy than solar cosmic rays. Astronomers think they come from supernova explosions, black holes, and neutron stars within our own Milky Way galaxy. A third type is the rare extragalactic cosmic ray. Scientist think these particles come from somewhere outside of our galaxy.
And if humans – such as astronauts on interplanetary missions – were exposed to cosmic rays, they could certainly experience significant health problems as a result. Even if they didn’t have their cell phones turned on and close to their beds.
But, thankfully, people and machines on Earth are quite well protected from cosmic rays. The Earth’s magnetic field and atmosphere stops most cosmic rays from getting through and causing us harm.
It is true that ‘space weather’ such as strong solar flares and coronal mass ejections (CME’s) , can potentially disrupt satellite systems and cause minor and temporary interference with GPS and cell phone signals. But, such events will not cause lasting damage or suddenly make our devices dangerous. And, of course, as the name suggests, solar flares come from our sun, not Mars or any other planet.
In fact, this bogus message is just a revamped version of a hoax that started circulating in mid 2012:
Tonight 12:30 am to 3:30 am cosmo rays entering earth from mars. So switch off your mobile at night. Don’t keep your cell with you & put it away while you are sleeping because they are too much dangerous rays: NASA informs BBC NEWS. Pls spread this news.
At least the new variant refers to ‘cosmic rays’ instead of ‘cosmo rays’.
Spreading this silly warning will help nobody. If you receive the hoax message, please do not share it with others. And please let the sender know that the warning is a hoax.

Thursday 11 May 2017

वैशाख १ गते मात्र फुल्ने अनौठो फूल

बिहिबार, ३१ चैत २०७३, १३ : २२ 




सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ ।


सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा प्राणा त्यागी फूल बनेकी थिइन् ।

इसाको छैटौँ–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् । सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ । 

विरेन्द्र कर्ण / रासस

Wednesday 10 May 2017

चुनाव छाडेर छुमचौरवासी यार्सा टिप्न लागे पाटनतिर

'भोट हालेर के हामीलाई वर्षभरी खान पुग्ने पैसा दिन्छन् र ?'
- एलपी देवकोटा, छुमचौर (जुम्ला)


यार्सा टिप्न हिँडेका युवाहरु ।तस्बिर : एलपी देवकोटा






वैशाख २७, २०७४- स्थानीय निर्वाचनको समय नजिकिँदै गर्दा जुम्ला पातारासी गाउँपालिका ३, छुमचौरका युवाहरु भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्नको लागि पाटनतिर लागेका छन् । यार्सागुम्बा टिप्ने सिजन सुरु भएकोले युवाहरु स्थानीय तहको निर्वाचनमा मतदान नगरिकन यार्सा टिप्नका लागि पाटनतिर लागेका हुन् ।

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाभरीका अधिकांश युवाहरु प्रचार प्रसारका साथै नेतृत्वका लागि खटिएका छन् । तर, छुमचौरका युवाहरु भने निर्वाचनभन्दा पनि पैसा कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न पाटन छिरेका छन् । कर्णालीको डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्सागुम्बाको सिजन वैशाखदेखि असारसम्म भएका कारण युवाहरु धमाधम पाटनतिर लागेका हुन् ।










अहिले पाटनमा नगएपछि यार्सा नपाइने भएकोले निर्वाचनलाई छोडेर हिँडेको पातारासीका मिनबहादुर थापाले बताए । 'निर्वानचनमा भोट हालेर के हामीलाई वर्षभरी खान पुग्ने पैसा दिन्छन् र ?’थापाले भने, 'अहिले दुई महिना दु:ख गरेपछि वर्षभरीलाई ढुक्क भइन्छ त्यसैले निर्वाचनभन्दा हामीलाई यार्सा नै महत्वपूर्ण छ ।’विगतका निर्वाचनहरुमा नेता चुनेर पठाए पनि हालसम्म विकासका नाममा केही दिन नसकेकोले मतदान गर्न आवश्यक नभएको उनीहरुको भनाइ थियो । भोट हालेर नेता बनाए पनि युवाहरुलाई रोजगारीका अवसरहरु दिन नसकेकोले आफूहरु निर्वाचनभन्दा पनि यार्सालाई महत्व दिएर पाटनतिर गएको थापाले बताए । एक पटकको सिजनमा एक लाखदेखि चार लाखसम्म कमाइ हुने गरेको स्थानीय प्रविना रावतले बताइन् । 'हामीले एक पटकको सिजनमा एक लाखदेखि चार लाखसम्म कमाउँछौं,’ उनले भनिन्, 'यहाँ नेतालाई भोट हालेर न विकास दिन न त रोजगारी नै दिने हुन् । अनि पाटन नगएर के खानु ?’

तीन महिनाको कमाइले घरपरिवारलाई वर्षभरीको लागि खानपानको जोहो गर्नुपर्ने भएकोले मुखैमा आएको निर्वाचनलाई छोडेर पाटन जान लागेको पाटारासी गाउँपालिका ३ छुमचौरका युवा रमेश रावतले बताए । 'देशमा जति निर्वाचन भए पनि हामीलाई केही दिने होइनन्,’उनले भने. 'यदि लेकमा गएर यार्सा टिपेन भने हामीले वर्षभरी के खाने, चुनावले रोजीरोटी दिने होइन ।’ युवाहरु ऋण गरेरै पाटनतिर छिरेका छन् ।

एकपटकका लागि यार्सा टिप्न जाँदा ५० हजार बढी ऋण लिएर गएको युवाहरुले बताए । देशमा रोजगारी नभएकोले यार्सा पाइने सिजनमा पाटन नगए आफूहरुको रोजीरोटी नै बन्द हुने अर्का युवा हिक्मत रावतले बताए । उनले भने, 'घरमा कमाउने अर्को कोही नभएकोले बालबच्चा पढाउनका साथै अन्य खर्च जुटाउन जोखिम मोलेरै पाटन जानुपर्ने बाध्यता छ ।'

मुगुको छपुखोला, जुम्लाको पानसय, माझपाटन, हाँक, डोल्पाको पाटनमा युवाहरु यार्सा टिप्नका लागि कर्णाली लगायत अन्य जिल्लाहरुबाट समेत हिँडेका छन् । दुई महिनाको दु:खले वर्षभरीको घरखर्च चलाउनु पर्ने भएकोले यसपटक निर्वाचनलाई छोडेर पनि युवाहरु यार्सा टिप्न हिँडेका छन् । बालबच्चा पाल्नकै लागि पाटन जाने युवाहरु मात्रै छैनन्, युवतीहरु समेत छन् ।

कर्णालीका अधिकांश युवाहरुको कमाई हुने भनेको हिउँदको समयमा भारत जाने र वैशाखदेखि असारसम्म पाटनमा यार्सा टिप्न जाने नै हो । चुनावका लागि भारतबाट आएका युवाहरु समेत यार्साको सिजन भएकोले पाटनमा छिरेका छन् । भारतमा कमाइ गरेर भोट हाल्न घर फर्किएका बुम्रमाडीचौरका हरि बुढा निर्वाचनलाई छोडेर पाटनतिर छिरेका छन् । 'भारतमा राम्रो कमाइ हुन सकेन, कमाइ नभए कसरी पेट पाल्नु,’ उनले भने, 'त्यसैले परिवार पाल्नको लागि निर्वाचन छोडेर भए पनि डोल्पातिर यार्सा टिप्न जान लागेको हुँ ।’जुम्लाका पाटनहरुमा जनुसुकै बेला यार्सा टिप्न पसे पनि मुगु र डोल्पाका पाटनहरुमा भने निश्चित समयावधिका लागि खुल्ने गर्दछ ।


प्रकाशित: वैशाख २७, २०७४

Tuesday 9 May 2017

किरात राईको उभौली पर्वको सबैमा शुभकामना


वीर अस्पतालमा आजदेखि निःशुल्क मृगौला प्रत्यारोपन सुरु




२६ वैशाख, काठमाडौ । सरकारको पूर्वघोषित कार्यक्रम अनुसार ‘वीर अस्पताल’ ले आजदेखि मृगौलाको निः शुुल्क प्रत्यारोपन सेवा सुरु गरेको छ ।

अस्पतालले सिन्धुपाल्चोक निवासी २७ वर्षीया रश्मिला श्रेष्ठको मृगौलाको निःशुल्क प्रत्यारोपन गरी यो सेवा सुरु गरेको हो ।
दुवै मृगौला फेल भएकी रश्मिलालाई उनकी दिदी ३१ वर्षीया लक्ष्मी श्रेष्ठले मृगौला दिएकी थिइन् । उनीहरु दुवैको अवस्था सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।

रश्मिला वीर अस्पतालकी नियमित सेवाग्राही हुन् । उनी पहिलेदेखि नै उपचारका लागि वीर अस्पताल आउने जाने गर्थिन् । उनलाई अस्पतालले मृगौलाको निःशुल्क डायलासिस सेवा समेत दिदै आएको थियो । उनी विगत १५ दिनदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ नेतृत्वको टोलीले उनको मृगौलाको सफल प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण गर्ने टोलीमा डा. अनिल बराल, डा. रजनी हाडा, डा.राजेन्द्र, डा. शान्ता सापकोटा, डा.रविराम श्रेष्ठ, डा. विन्दु शाह लगायत रहेका थिए ।

टोलीलाई नर्सिङ्ग इन्चार्ज अञ्जना ज्ञवाली, मुना श्रेष्ठ, र निभा देवकोटा लगायतको नर्सिङ्ग टिमले सहयोग गरेको थियो ।

अस्पतालले निशुल्क मृगौलाको प्रत्यारोपनकै लागि दुई जनाको नाम सिफारिस गरेकोमा आज एकजनाको मात्र मृगौला प्रत्यारोपन गरिएको थियो । अर्का विरामीको आउदो हप्ता मृगौला प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले ‘मृगौला प्रत्यारोपण सम्बन्धि निर्देशिका ०७४’ अन्तर्गत रहेर मृगौलाकेा निःशुल्क प्रत्यारोपण सुरु गरेको बताएका छन् । वैशाख १ गते देखि मृगौलोको निशुल्क प्रत्यारोपण गर्ने सरकारको योजना अनुसार नै वीरले आजदेखि मृगौलाको निशुल्क प्रत्यारोपण सुरु गरेको उनले बताए ।

भने,’मृगौलाको निशुल्क प्रत्यारोपण गर्ने सरकारको घोषणा अनुसार नै वीरले आजदेखि निःशुल्क प्रत्यारोपण सुरु गरेको हो । यसको लागि स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई चार लाख रुपैयाँ सहयोग गर्नुका साथै विरामीलाई थप १ लाख ५० हजार रुपैयाँ सहयोग दिनेछ’ । प्रत्यारोपण पश्चात्त विरामीलाई एक वर्षसम्म औषधी उपचारका लागि सरकारले थप १ लाख सहयोग गर्नेछ ।

मृगौला प्रत्यारोपणकै लागि अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिमा डा.राजेन्द्र कुमार अग्रवाल र टिका पनेरु सदस्य रहेका छन् ।

यस अघिसम्म अस्पतालले प्रत्येक हप्ताको मंगलबार मृगौलाको प्रत्यारोपण गर्दै आएको थियो । जस अन्तर्गत अस्पतालले हालसम्म १२५ जनाको मृगौलाको प्रत्यारोपण गरिसकेको छ ।

२०७४ वैशाख २६ गते १८:२५ मा प्रकाशित

साभार: अनलाइनखबर

आँसु झार्दै कुलमानले भने-२/४ घन्टा लोडसेडिङ गरेको भए करोडौं कमाउँथे होला (भिडियोसहित)










२६ बैशाख, काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् ।

आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’

लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए ।

भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

साभार: अनलाइनखबर


Sunday 7 May 2017

केही लिम्बु भाषा शब्दका खस पर्वते र अंग्रेजी अर्थहरू

LimbuNepaliEnglish
Ajuni/AnjiriAmarEternal, Immortal
Akawama/Akawanama (name of a diety)Mangala
AmlaSunakhariOrchid
AngsiGyani/Mahatma
AnjumMero SaathiMy friend
ChaitlungmaShristee/SirjanaCreation
Cherungma(goddess or spirit who protects humans from the impact of evil look)
ChesungKosheliGift
ChotlungSiddhi/PurnataAchievement/Accomplishment
ChunjunKomalTender
IbuPratik/Laxyan/ShanketSymbol
IchapRachanaComposition
IchingBhawana/BhavFeeling/Emotion
IkkisumRaaginiMusic
IkluDhoniVoice/Sound
IksaPrithvi/BhuwanEarth
IksumPrabhavImpact
IlaKalaActing
ImetChhayaShadow/Image
InaBangshaLineage/dynasty
IndhaBharoshaConfidence
IndhangPratistha/SammanPrestige/Dignity
IngbhanPracharPublicity
IngbhoSancharCommunication
IngdutUpadeshPreaching
IngsoKritiFame
IngsumShakti/PratapPower/energy
InjumSiddhanthaTheory/Principle
Isri (astro – one of the constellations)Ashwani
ItchamBivek/BuddhiConscience
ItchingKalpana/ Bhawana/ Akangsha/AbhilashaImagination/ Ambition / Aspiration /Longing
ItlaMurtiIdol/Image
Ityang (wa)SwoyatataAutonomy
JojiriJuhiJasmine
Kamphura(name of a Limbu god)
Kapsang/KambrangSamrakchanProtection
KettakDhartiEarth/World
Kham/KhambekMato/JaminSoil/Land
KhamaPujaWorship
KhasamShavyatacivilization
KhasingBivek/BuddhiRationality/Knowledge
KhasukTikchyantaTalented, Intelligence
KhemSaundaryaBeauty, aesthetic quality
KhemsingLalitya/ShovaBeauty, loveliness
KudimPurnataAbsolute, Perfection
KujangSikharSummit
KumukShaktiPower
KumunGati/ChalayamantaMotion/Movement
KusangSafaltaSuccessful
KusumSharEssence, Core
Laklungma(The goddess who protects the children)
LaikmaMithuChime sweet or sweet sound
Lajedangma(One of the many forms of Ningwaphuma; name of a goddess; the earth deity)
Labherik(The churning stick or rod of the moon used in creation)
Larak/LasangChandra jyotiMoonlight
Lasari(Holy water pot or vessel with water and flowers installed on the lift side at the time of worship)Kalas
LasemiDeep, DiyaLamp
LingbitShanta, SthirSerene, calm, quiet
Lendangba(Master of the day)Surya devSun God
Lepmuhang(Heavenly god who resides in the blue sky; king of the sky or heaven)
MangIshwor, BhagwanGod
Mangenna(sisters & daughters; a custom of worshipping gods; deities for one’s welfare, peace, prosperity and protection)
Manghama(to invoke god/goddess)AradhanaPrayer, worship
MangjaNaibedh, Prasad
Manghang(King of gods and goddess)
MikNayanEyes
MikkiJeevnLife
MikkisoMaya, PiratiLove (bondage of love)
MiksakDristiEyesight or vision
MikhangmaPupil of eye or the apple of somebody’s eyes
MikhangbaMangalMars
MinglaSunam, YeshGood reputation
Mim/MikiphungMayaLove
MimidingGaurav/MahimaGlory
MingsoYashGlory
MirakJwalaFlame
Misam[Actual meaning of misam in Limbu is the soul of fire. In Mundhum, it is understood as the ceremony or ritual of seeking the fire warmth, light through (the recitation of) incantations)]JyotiLight
MisekJhilkoSpark
MisumFlame of fire or fire ball
Misek SammangFire God
MimmaMayaluSweetheart, darling
MuiAyushman, ChirayuHaving long life
MuigumGyani, PragyaHaving intelligence, wisdom or prudence
MuingSandeshMessage, good news
Muinam/Mainam(it is also a upper garment of a person to be placed on the alter during worship to represent his/her absence)PratikSymbol
Muk(A famous male character in the Kirat folklore)Shakti, shaktimanPower, powerful
Mukkum(The god of potentiality, god of war, one of the names of god Theba or Thebasam)
Mukkuma sam(god or goddess of power or strength)
MuksamShakti, SamarthyaEnergy, power, velour
MujoklungShristhiCreation
Mujoklung mangShristhikarta IshworCreator god
Mujoklung Khambek Sawaro Hang(The sixth renowned legendry leader/king of the Limbu)
MudingMotiPearl
Munam Mang(The god who protects human being from stomach, spleen and heart diseases)
Mundhum(The holy Kirat Limbu scripture based on oral tradition; spiritual knowledge; myth; mythology)
MuyengMuskanSmile
MurmKendraCentre
MuhingJeevan-shakti, SanjivaniVitality
MuhikmangThe deity who facilitates safe and timely delivery of a baby)
NadhimPrabhavInfluence
NagmokPanchatatwoFive elements
Nahangma[female deity]
NamSuryaSun
NambinPrabhat/SuryodayaSunrise
NamdhingoIndriniRainbow
Namnetti[According to Mundhum, it is the rope of the rays of the churning rod of the sun and the moon used (to churn the ocean) during creation]
NamnumaSughandhaSweet smell
Namotti (sun like daughter)
Namsari(the vessel with flowers and water used during worship)
Namtimik/NamsangSurya KiranSun Ray
NamyamAnandaPleasure
NanumaSneha/MayaAffection/Love
NasanBiswasFaith/honest
Ningwa/Ningwaphu (name of supreme goddess – source of wisdom, knowledge and power)Chaitanya
NumaRamriBeautiful
OisumUdar/UdartaGenerous
OmuKhushi/Harsha/PrafullaGlad/Gheerful
Opma(to be illuminated/to be lighted)
OttiPrakash/JyotiLight/Ray
PadhumParakramiValiantly, Gallantly
Pakkandi (a word to express joy, delight or cheer)
ParamPran/JyanLife, Vitality
PennamLekhan-shailistyle (writing)
PhaimoParopakarAltraism
Phejikkum(classical knowledge or traditions, knowledge consist with scriptures or traditions)
Phejiri(chef Limbu priest who is well versed in oral traditions or scriptures)SastriyaClassical, scriptural
Pheyamlung (ma)Mahabharat parbatMahabharat mountain range
PhimBodh, ChetnaSense, knowledge
PhoPragati, Bikash, UnattiProgress, development
PhokwamaKanchhiThe youngest born (daughter)
PhonanYeshFame
PhongmaSachetAwaken
PhungPhulFlower
PhungmaPhul jasti ketiFlower like girl
PhungsamaRajkumaria dear girl, princess
PobaUnattiProgress
PonaMalaNecklace, Garland
PongnisamAshish, BardanBlessing
Porokmi Yambhamiba (Creator god)
PosamJagriti, SajakAlertness
SabatSafaltaSuccess
SabhangUtshavCelebration
SajumSabha, SamitiCommittee, Promotion
SakmaLife, vitality, energy, zeal
SaknimAdhayayanStudy
SangNabin, nayaNew, novel
SangabaMaitiBrother (of a girl)
SangamaCheliSister (of a boy)
SapmeKhushi, HarshtRejoice, delight
SarangHarsha, UllasDelight, Joy
Sirijonga/Sirijanga (Name of a Limbu king who invented Kirat Sirijonga script)
SukumKopilaBud
SuyemAwasarOpportunity
SuyenSubhadinGood day
Tagera (Universal/Omnipresent god)Sarvabyapi
Tagera (Universal/Omnipresent god)Sarvabyapi
Tamsin/TamsimmaKoshish/PrayatnaAttempt/endeavour
Tamsin/TamsimmaKoshish/PrayatnaAttempt/endeavour
TanamPrabhat/MirmireDawan/ (early) morning
TanamPrabhat/MirmireDawan/ (early) morning
Tanchippa/TanchoppaSukraVenus/Morning star
Tanchippa/TanchoppaSukraVenus/Morning star
TangjumGhanistathaIntimacy
TangjumGhanistathaIntimacy
TangsangAkashSky
TangsangAkashSky
TangsepRakchyaProtection/security
TangsepRakchyaProtection/security
Tangsot(offering made to the god)
Tangsot(offering made to the god)
Tappeso Perunghang(on of the first ten Limbu Sardar or principalities in Limbu history)
Tappeso Perunghang(on of the first ten Limbu Sardar or principalities in Limbu history)
TarakSworga/ Sky/ AntarikshyaSky/space/heaven
TarakSworga/ Sky/ AntarikshyaSky/space/heaven
TarangSanghu/PoolBridge
TarangSanghu/PoolBridge
TepkhoAbishkharDiscovery
TepkhoAbishkharDiscovery
ThaingChetenaAwareness/Consciousness
ThaingChetenaAwareness/Consciousness
ThindolungSwyambhuSelf-created god
ThindolungSwyambhuSelf-created god
ThoboPragatiProgress
ThoboPragatiProgress
Thoding Tangsak Sawarohang(One of the ten Limbu kings)
Thoding Tangsak Sawarohang(One of the ten Limbu kings)
ThoknaAbhishek
ThoknaAbhishek
Thosoing Kanglaing Hang(A famous king of ancient Limbu dynasty)
Thosoing Kanglaing Hang(A famous king of ancient Limbu dynasty)
ThumsamChyamataCapability
ThumsamChyamataCapability
Thungdhangba(One of the Him-Sammang i.e. god who lives in house)
Thungdhangba(One of the Him-Sammang i.e. god who lives in house)
TidingUjjwal/Prskashman / JwajalyamanBright/full of light
TidingUjjwal/Prskashman / JwajalyamanBright/full of light
TiyenUjalyoBrightness/Pure
TiyenUjalyoBrightness/Pure
TomangBuddha BhagwanLord Buddha
TomangBuddha BhagwanLord Buddha
Tummihang/TummyangMantriMinister
Tummihang/TummyangMantriMinister
UsuruSaralSimple
UsuruSaralSimple
Yuma(name of goddess or grandmother goddess)
Yumasam(grandmother goddess)
YakGadhiFort, Fortess, Castel
YangwaKarunaCompassion
YamikDristiEye sight
Yambahang(Senior King)
Yakthung Lilimhang(The renowned poet in the Limbu folklore and legend)
YangnimPrakritiNature
YamdungShantiPeace
YamsangAbhishekSprinkling over/of holy water while worshipping
YamsesePabitraHoly
Yehang(The first enlightened person, as
described in Mundhum)



Gods/GodessesThere are several gods and goddesses in Limbu community. Each god has different roles and responsibilities. Here are names of Limbu god and goddesses.


  1. Akawanama = goddess of land
  2. Ashek Sammang = serpent god
  3. Kemba Sammang = god who protects from accidents, illness, etc .
  4. Theba Sammang
  5. Khanjama = goddess who lives in low land
  6. Khabeso Thakphumang = god of home
  7. Khijora Menjora Mang = goddess of loom
  8. Cherungma = goddess who saves from evil eye
  9. Taksangba = god of the jungle, forest god
  10. Taktakunungma = supreme power
  11. Tagera Ningwaphuma = Omnipotent god
  12. Tambhung = goddess of forest
  13. Tungdunge = one of the clan god (god who controls anger, state of mind, etc.)
  14. Tenchhama = goddess of a village (protects from mental illness)
  15. Thakphuppa Kappo = god of house, grandfather god
  16. Namhangma = a god (god who saves from illness of eye, ear, nose, skin, etc.)
  17. Payanglungma = a god (who control anger)
  18. Meyang Sammang =  Cat god (who protects kitchen garden)
  19. Misek = Fire god
  20. Miframa = God who protects children
  21. Mukkum Mujoklungma = Supreme powerful creator
  22. Mukkum Sam = Soul who gives power
  23. Mujoklung Mubokwa = creator
  24. Muden = a god (who protects human)
  25. Munam Mang = goddess who protects from heart disease
  26. Muya Sammang = Eagle god
  27. Musappin Khesappin Mang, Nisammang = god of knowledge and wisdom
  28. Muhik = a goddess (who helps in child birth)
  29. Yang Sammang = goddess of wealth
  30. Yamlenggen Sumnimang = who knows everything (past, present and future)
  31. Yam Sammang = goddess of health
  32. Yuma Mang = Reincarnation of Tagera Ningwaphu Mang in a form of powerful old lady to protect human beings (main deity of Limbus)
  33. Yobadangba = god of land, god who protects from skin diseases
  34. Laklungma = goddess who protects children
  35. Lademma = goddess who protects from blindness
  36. Lepmuhang = reincarnation of god (to protect human beings from calamities)
  37. Warakma = god of water (protects pregnant women)
  38. Sawa Sammang = Monkey god
  39. Sesemang Sangsangmang = holy soul
source: Limbu-Nepali-English Dictionary