Sunday 26 February 2017

डुबायो पापी मायाले : विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

कञ्चनपुर – चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको  ।



मलेसियामा चार वर्ष दुःख गरेर कमाएको १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।
दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् ।
माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए ।
विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने – “उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।”
उनले भने – “भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेका छन् ।
भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए ।
विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन्, “विदेशबाट फर्केर बैंक खातामा हेर्दा एक लाख ८८ हजार नगद रकम मात्रै छ ।”

१५ फागुन  |   रासस

No comments:

Post a Comment