Tuesday 28 February 2017

गायिका मेलिना राईलाई के के मनपर्छ ?






नेपाली साँगीतिक क्षेत्रकी चम्किलो तारा हुन् गायिका मेलिना राई कम्मर माथि पटुकी ,शिरैमा शिरबन्दि ,तिम्ले बाटो फेर्यौ अरे,छपक्कै फुलफुल्यो बोटैमा,दर्पण छायाँ जस्ता उनको गीत  दर्शक श्रोताले निकै मनपराएको पाइन्छ कुनै पनि गीतलाइ राम्रो मिठास छर्न सक्ने गायिका हुन् मेलिना राइ आजको दिनसम्म उनको गीत उनलाइ मनपराउने धेरै छन्,तर उनलाइ के के मनपर्छ ? यो कुरा कमैलाइ मात्र थाहा होला ?आज हामि गायिका मेलिना राईलाइ मनपर्ने केही कुरा जान्ने कोशिश गरेका छौँ हेर्नुस् तपाइ पनि जान्नुस तपाइलाइ मनपर्ने गायिका मेलिना राईलाइ के के कुरा मनपर्छ


मनपर्ने खानेकुरा ?


खानामा त्यस्तो चुजी छैन, मलाइ आम नेपालीलाई मनपर्ने खानेकुरा नै मनपर्छ नामनै लिनुपर्दा मलाइ मनपर्ने खानेकुरा भनेको पोर्क थुक्पा,मिक्स पिज्जा,नान राज्मा पनिर ,चिकेन रोल ,भातसँग लोकल कुखुराको परिकार बिशेष गरी मलाइ मनपर्ने खानेकुरा भनेको यिनिहरुनै हो


मनपर्ने कलाकार ?


सबै अदरणिय स्रस्टाहरु बाट उत्तिकै  प्रभावित  छु सबै बाट धेरै कुरा हरु सिक्ने मौका पाइरहेकी छु त्यसैले एउटा दुइटा कलाकारको नाम लिन सक्दैसक्दिन ।सबै मनपर्छ  त्यैपनि नाम लिनैपर्ने बाध्यता हुन्छ भने मलाइ मनपर्ने  भनेको  गायिका अरुणा लामा,सुक्मित गुरुङ ,अन्जु पन्त, प्राश्न शाक्य,रजिना रिमाल  हुनुहुन्छ, भने गायकमा जगदिश शमाल, राजेश पायल राई ,दिपक लिम्बु,सत्यराज आचार्य,उदय सोताङ ,नायिका हरुपनि मनपर्छ मलाइ मनपर्ने नायिकाहरु भनेको प्रियंका कार्की,मेनुका प्रधान,नम्रता श्रेष्ठ,केकी अधिकारी,बर्षा राउत  मनपर्छ मलाइ हरिबंश आचार्य , मदनकृष्ण श्रेष्ठ, दयाहाङ  राई,दिलिप रायमाझि,आर्यन सिग्देल  सँगै सबै कलाकार मलाइ राम्रो लाग्छ सबैको नाम भनुँ ?(हाँसो)


मनपर्ने ठाउँ ?


मलाइ ठाउँहरुपनि धेरैनै मनपर्छ जसमध्य पनि मुस्ताङ ,पोखरा,इलाम,घले गाउँ,चित्लाङ यी ठाउँहरु मलाइ अन्य ठाउँभन्दा बढि मनपर्छ


मनपर्ने मेकअप सामान ?


मेकअप त्यति गर्दिन त्यसैले यो नै मनपर्छ यो मनपर्दैन भन्ने छैन ,बिशेशगरी भन्नुपर्दा मस्कारा,लिपिस्टिक,ब्लस्चर,कन्सिलर,हाइलाइटर यिनिहरुनै हो

यो लेख सिने चौतारीबाट साभार गरिएको छ



No comments:

Post a Comment