Saturday 8 July 2017

हाम्रो सम्बन्ध भनेको एकै रथका दुई पाङ्ग्रा र एकै सिक्काका दुई पाटा हुन् - दिनेश तिल्लीङ लिम्बु

हाम्रो सम्बन्ध भनेको एकै रथका दुई पाङ्ग्रा एकै सिक्काका दुई पाटा हुन् मेरी अर्धांगिनी सुने अर्ती नसुने गाली ठहरिनेछ तिम्रो  भविष्यको लागि,

त्यसैले,

, सत्यता कहिल्यै नछोड्नु।
, कुन बाटोमा लाग्दैछु सहि गलत छुट्याउने सक्षम क्षमताता आफै बनाउनु।
, जीवनमा अर्काको लहै-लहै खराव प्रवृती भएका महिला वा पुरुष कसैको पनि संगत नलिनु।
, धुम्रपान मद्यपान बाट सके सम्म टाढा रहनु,नसके शरिरले पच्ने जति खानु।
, एउटा परिवार सफल लोग्नेको प्रगती हुनुको पछाडी एक असल श्रीमतीको हात रहन्छ भन्ने शब्द कहिल्यै नविर्सनु।
, अरु कसै संग अनावश्यक लफडा झै-झगडा बाट सधै दुर रहनु।
, आफुभन्दा ठुलालाइ सधै मान सम्मान आदर गर्न सिक्नु, आफु सम्मानित हुनु भने अरुलाइ पहिला सम्मान गर्न सक्नु पर्छ।
७, जीवनमा धार्मिक ज्ञान, बुद्धि, विवेक, धैर्यता,नम्रता शहनशिलतालाइ सबैभन्दा उच्च धन सम्पती मान्नु।
, संघर्ष नै जीवनको एक अमूल्य परिचय सफलता हो भनेर मान्नु।
, आमा बुवाको शिक्षा, अर्ती उपदेशलाइ भगवानको वचन मान्नु सधै शिरोपण गरि इश्वर समान पुजा गर्नु।
१०, मानवको जीवन हो जन्म पछी मृत्यु निश्चित तर अनावश्यक पिर चिन्ता नलिनु सुख दुखमा रमाउन सिक्नु यसैमा रमाउन सिक्नु यो सवै इश्वरको एक अनवरत नियमित चल्ने चक्र हो भनेर जान्नु।
११, अरुलाई दोष दिई अनावश्यक वचन छोड्नु धन्दा हजारौ पटक सम्झनु कि कुन ठाउमा छु।
१२, आफ्नो सन्तानलाइ सहि गलत बाटोमा डोर्याउने सम्पुर्ण जिम्मा तिमी मै हस्तान्तरित यो श्रृष्टिको नियम नै हो, कहिल्यै खराव शब्द वाक्य प्रयोग गरि वच्चाहरुलाइ पीडा नदिनु।
१३, यस पृथ्वी लोकमा मानवीय रुप लिइ जन्मे पछी सधै अशल कार्य गर्नमा तल्लिन रहनु।
१४, मानवको जीवन इश्वरको एक अमूल्य वरदान हुन भन्ने बुझ्नु।
१५, आत्मिक ज्ञान परम विज्ञान जान्नु एकै पटक कसैले जानेको हुदैन, कुनै व्यक्ति ज्ञानमा पुर्ण हुदैन त्यसैले क्रमश बुझ्दै लाने प्रयआ गर्नु।
१६, सबै भन्दा उतरदायी,जिम्मेवार पुर्ण कर्तव्य निष्ठ मानव बन्ने चेष्टा गर्नु।
१७, मानवको जीवन हो यहाँ मर्नु बाच्नुको कुनै ग्यारेण्टी हुदैन तर मृत्यु निश्चित , त्यसैले पित्तललाइ सुन बनाउने कोसिस गर्नु।
१८, हाम्रो भेट भयो बाची फर्केर आए भने संगै जीउला सुख-दुखमा रमाउला तिम्रै हुँ तिमी मेरी हौ,न्यानो माया मुटु भरिको सम्झना ,
साभार: दिनेश तिल्लीङ लिम्बु