Thursday 16 February 2017

मिरा राईलाई ३० लाखसहित सम्मान गर्ने सरकारको तयारी


- कान्तिपुर संवाददाता , काठमाडौं


फाल्गुन ५, २०७३- युवा तथा खेलकुद मन्त्रालयले अल्ट्रा धाविका मिरा राईलाई तीस लाख नगदसहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्ष चर्चित टेलिभिजन नेशनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला सोही पुरस्कार वितरणको तयारीको क्रममा अमेरिका पुगेकी छन् ।
यो पनि पढ्नुहोस्

भोजपुरकी मिरा राई किशोर उमेरमा माओवादी युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै पीएलए स्पोर्टस क्लबदेखि खेल जीवन सुरु गरेकी उनलाई अनमिनले अयोग्य लडाकु भन्दै शिविरबाट बाहिर निकालेको थियो ।

आर्थिक अभावका कारण मलेशिया जान पासपोर्ट समेत तयार पारेकी उनलाई बालाजु कराते डो–प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुबविक्रम मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए ।

मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा १७ वर्षअघि देखिको विश्व बिजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन् ।

प्रकाशित: फाल्गुन ५, २०७३
यो समाचार/तस्वीर कान्तिपुर अनलाइनबाट लिइएको हो l

No comments:

Post a Comment