Monday 30 April 2018

दस हजार बुद्ध भेटेपछि – हाङयुग अज्ञात






हाङयुग अज्ञात


मैले कहिले सोचिनँ जिन्दगी यति सुन्दर हुन्छ । यति निर्मल हुन्छ । यति सफेद हुन्छ । बुद्ध हुन जो कोहीले सक्ने रहेछ । आज यही अनुभूतिले आनन्दित भइरहेको छु । हरेक मान्छेले आफूभित्रको रित्तोपन महशुस गर्न सके संसारमा दु:ख नै हुँदैन । तर आफूभित्रको रित्तोपनसँग डराउँछ आम मान्छे ।


कुवाबाट फुत्केर जब भ्यागुतो महासागरमा पुग्छ त्यो नै बुद्धत्व हो, इन्लाइन्टेन्मेन्ट हो । तर कुवाको भ्यागुतो महासागरमा पुग्नु प्राय असम्भव नै हुन्छ । किनभने कुवाबाट उफ्रेर त्यो भ्यागुतो खोल्सो पुग्नु पर्छ खोल्सोबाट खोलामा पुग्नु पर्छ । खोलाबाट नदीमा पुग्नु पर्छ । अनि नदीको लामो यात्रा तय गर्नु पर्छ । यसरी महासागरमा पुगिहाले पनि कुवाको भ्यागुतो महासागरको विशालता देखेर छक्कै परेर भुँडी फुटेर मर्छ अरे । कति भ्यागुतोको जिन्दगी कुवामै बित्छ, कति भ्यागुतो खोल्सो पुगेर बित्छ, कति खोला पुगेर बित्छ, कति नदी पुगेर बित्छ । थोरै छन् महासागर पुगेर बाँच्नेहरू भ्यागुतोहरू । म यतिबेला महासागरको किनारामा उभिएको छु । कुवा, खोल्सा, खोला र नदीका यादहरूले फुट्न खोज्छु तर अगाडिको महासागरको विशालता देखेर रोकिन्छु । रोकिनु, थामिनु या स्थित हुनु बुद्धत्व प्राप्ति नै हो ।


दस हजार बुद्ध ! अरे वाह ! हाँसिरहेको बुद्ध, नाचिरहेको बुद्ध, रोइरहेको बुद्ध, सोचिरहेको बुद्ध, सुतिरहेको बुद्ध, कुदिरहेको बुद्ध, उफ्रिरहेको बुद्ध, बसिरहेको बुद्ध, रिसाइरहेको बुद्ध, चिच्याइरहेको बुद्ध, बोलिरहेको बुद्ध, आदि अनेकौं बुद्धहरू देखेपछि बुद्धको एउटा भ्रम टुट्यो । बुद्ध एउटै हुन्छ भन्ने भ्रम टुट्यो । कति सुन्दर अवधारणा ! दस हजार बुद्ध देखेपछि ठूलो र सानो बुद्धको प्रतिमा फिका लाग्न थालेको छ । कति अबेर गरें यति बुझ्न ।


माछालाई पानीभित्रको संसार नै सत्य हो । त्यो बाहेक अर्को संसार उसको लागि छैन । कुनै एउटा माछाले पानी बाहिर पनि संसार हुन्छ, दुई खुट्टाले हिँड्ने प्राणी हुन्छ, उनीहरूलाई सास फेर्न पानी चाहिन्न भन्यो भने त्यो माछालाई अरू माछाले ‘पागल’ भन्छन् । तेस्तै अर्को संसारको अनुभूति गर्ने मान्छेलाई सुरुमा त हामी पनि पागल भन्छौं । लक्ष्मीप्रसाद देवकोटाले अर्को संसार देखेका थिए, उसलाई पागल भन्यौं । कपर्निकसलाई पागल भन्यौं । विलक्षण कल्पनाशक्ति, सोच र चिन्तन भएका व्यक्तिहरू प्रचलित समाजको निम्ति पागल घोषित हुन्छन् । प्रचलित समाजको अँध्यारोमा बस्न नरुचाउने म पनि तेस्तै पागल हुँ । पागल हुनुमा गर्व लाग्न थालेको छ ।

एउटा कथा छ भ्यागुतो र खजुरोको । खोल्सामा पुगेको भ्यागुतोले खजुरोलाई दर्जनौं खुट्टाले हिँडिरहेको देखेछ । भ्यागुतोले सोचेछ- म चारवटा खुट्टाको तालमेल मिलाउन सकिरहेको छुइनँ, घरी भित्तातिर उफ्रिनु खोज्दा छेउतिर हुत्तिन्छु, घरी भुइँमा पछारिन्छु । यो दर्जनौं खुट्टा हुने खजुरोले कसरी आफ्नो चाल मिलाएको होला ? यस्तो सोचेर भ्यागुतोले खजुरोको बाटो छेकेर सोधेछ । तब खजुरोले भनेछ- यो बारेमा त मैले सोचेकै थिइनँ । पख है म सोचेर भन्छु । खजुरोले सोच्न थालेछ । सोच्दासोच्दै उसका दर्जनौं खुट्टाहरू एकआपसमा बटारिन पुगेछ र हिँड्नै नसक्ने भएछ । त्यसकारण कति कुराहरू सोचिरहन जरुरी छैन ।


मलाई लाग्छ बुद्ध हुनु भगवान हुनु होइन, दार्शनिक हुनु हो । दार्शनिक हुनु भनेको कवि भन्दा अलि माथिल्लो तह हो चेतनाको । कविले प्रश्न गर्छ, विस्मित हुन्छ, छक्क पर्छ । दर्शनमा पुगेर सबै प्रश्न टुङ्गिन्छ । दार्शनिक हुनु प्रकृतिसित जिउँदोमै एकाकार हुनु हो । तर दार्शनिकको चेतनामा पुग्नु सुरुमा कवि हुनु पर्छ । प्रश्न गर्नु पर्छ, विस्मित हुनुपर्छ, छक्क पर्नु पर्छ । तर, कतिपय दर्शनको उठान प्रश्नबाट भएको छ । जस्तो भागवत गीता । ग्रिकका स्रोक्रेटस पनि प्रश्नबाट सुरु हुन्छन् । फरक के त भन्दा गीता र सोक्रेटस प्रश्नमै टुङ्गिदैन ।

नाङ्गै सडकमा हिँड्ने सम्राटले बहुमूल्य र सुन्दर पोशाक लगाएको सबैले देख्छन् । तर, त्यो भीडमा एउटा बालकले नाङ्गै हिँडिरहेको सम्राटलाई नाङ्गै देख्छ । त्यो बालकमा कुनै दृष्टिभ्रम छैन । उसको मस्तिष्कले सत्यलाई आफू अनुकूल परिवर्तन गर्दैन । हामी बौद्धिकहरू नाङ्गो सम्राटलाई आफ्नै तर्कले पोशाक लगाइदिन्छौं । बुद्ध हुनु त्यो बालक हुनु पनि हो ।

एसपको एउटा कथा छ । एकजना व्यापारी भगवानको मूर्ति गधालाई बोकाएर बजारमा हिँडिरहेको हुन्छ । गधाको पिठ्यूँमा भगवानको मूर्ति देखेर बाटो छेउछाउका मान्छेहरू मूर्तिमा फूल बर्साउँछन्, मूर्तिमा निधार राखेर ढोग गर्छन् । तब गधाले सोच्दछ – अरे वाह ! मलाई कति सम्मान दियो मान्छेले । मेरो पूजा नै गर्‍यो । यो सोचेर मुस्कुराउँदै बिस्तारै हिँड्न थाल्यो गधा । आफ्नो गधा बिस्तारै हिँड्न थालेको देखेर मालिकले पछाडिबाट एक चाबुक लगायो । गधा तिरिङ्गै तर्सेर छिटो हिँड्न थाल्यो । हाम्रो अनुहारलाई मान्छेले सम्मान गर्दैन, हामीले बोकेको विचारलाई सम्मान गर्छन् ।

दस हजार बुद्ध भेटेपछि मलाई लाग्यो एउटा एउटा बुद्ध हामी सप्पैभित्र छ ।


साभार हत्तेरी डटकम

Wednesday 4 April 2018

कागती र यसबाट हुने फाइदाहरु


कागती


वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Sapindales
परिवार: Rutaceae
वंश: Citrus
प्रजाति: C. × limon
वैज्ञानिक नाम
Citrus × limon
(L.) Burm.f.


कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । यो एक काँडेदार रुखमा फल्दछ ।


औषधोपचारसम्पादन


ईतिहास नियाल्ने हो भने कागतीलाई चीन तथा भारतमा झन्डै २५०० वर्ष अघिदेखि औषधोपचारमा उपयोग गरिएको पाइन्छ। [१]
दाद रोगमापाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
घाँटी बसेमामनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
ओठ फुट्ने भएमादूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।
दाद आएमाहर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
फियो बढेमाकागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।
अजीर्ण (खाएको नपच्ने) भएमाछोकडा, मरिच, सिदेनुन, मुनक्का दाखजीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
ढाड दुखेमादुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।

कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । यस्को औषधीयगुण निम्ननुसार छन् :-
१. कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।
२. भात पकाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।
३. डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।
४. कागतीको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ ।
५. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।
६. तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।
७. कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।
८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।

कागती सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यस्ले खानामा मात्र स्वाद बढाउँने नभै यस्मा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ । यस्मा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ । सौन्दर्य निखारकोलागिः
१. नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको "खुश्की" हट्दछ ।
२. कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ ।
३. नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।
४. विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।
५. कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।
६. कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।
७. अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ ।

औषधीको रुपमा कागतीः
१. बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ ।
२. जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।
३. यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ । बमन रोकिन्छ ।
४. एक ग्लास पानिमा एउटा कागतीको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ ।


कागतीमा भिटामिन सी को स्त्रोत भण्डार रहेको हुन्छ । यस्लाई स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याकोलागि कागतीको अनेकन तरिकाले प्रयोग गर्ने गरिन्छ । १. कागतीको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न । स्कर्वी रोगमा कागतीको एकभाग रस तथा आठभाग पानि हालेर दैनिक सेवन गर्नाले या कागतीको रसमा थोरै सक्खर मिलाएर यस्लाई तताएर सिरप बनाई यस्मा थोरै पानि हालेर पिउँने गरेमा पित्तकोलागि यो अचुक औषधी बन्दछ । २. आधा कागतीको रसमा दुई चम्मच मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ । ३. कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ । ४. उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा यस्ले शक्ति प्रदान गर्दछ । ५. एक कागतीको रसमा तीन चम्मच सक्खर, दुई चम्मच पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा चायाँ रहन्न । कपालको मैलापनि सफाहुने गर्दछ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतीको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ । ६. शरीरको मोटापा हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापा कम हुन्छ । ७. मलेरिया तथा हैजा जस्तो विरामीकोलागि कागतीको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतीमा पिंधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ । कागतीमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यस्ले मलेरियाको जरोमा समेत फाइदा गर्दछ । ८. कालो कोहनियों सफागर्न कागती दुई भागमा काटेर त्यसमा खानेसोडाको पाउडर हालेर कोहनियों मा रगड्नाले मैलो हटेर कुहिनो सफा तथा मुलायम बन्दछ । ९. कागतीको सेवनले सुखा रोग निको हुन्छ । १०. कागतीको बोक्रालाई पिंधेर त्यस्को लेप शिरमा लगाएमा माइग्रेन ठीक हुन्छ । ११. कागतीको बीजलाई पिंधेर लगाउँनाले गंजापन रहन्न । १२. बहिरोपन भएमा कागतीको रसमा दालचिनीको तेल मिलाएर कानमा हाल्नाले फाइदा गर्दछ । १३. आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन्न ।