Sunday 30 April 2017

हाम्रो जनजातिका छोराछोरीहरु लाई कस्त्तो शिक्षा दिने ?

""असल शिक्षा यस्त्तो हतियार हो । जसले आफू र दुनियाँ लाई पुरै बदल्छ । ""
- मार्टिन लुथर किङ्ग
प्रख्यात रुसि लेखक निकोल गोगोलले ( 1809-1852 ) मर्ने बेलामा भर्‍याङ माग्यो रे । किन रे ? भन्दा उन्नि त्यो भर्‍याङ माथि चढेर स्वर्ग जान चाहन्थे रे ।

रुसि लेखक निकोल गोगोलको भनाई अनुसार उन्निको आमा मारियाले सानोमा भन्थिन रे - निकोल ! मर्ने बेलामा भर्‍याङ लाई आकश माथी फर्काएर भर्‍याङ चढियो भने स्वर्ग पुगिन्छ । स्वर्ग र धर्ती लाई जोड्ने बाटो भनेको नै, भर्‍याङ हो।

आमा मारियाले आफ्नो छोरा निकोल लाई सानो छदा भनेको यो कुरो, निकोल गोगोलको दिमागमा यत्ती गहिरो छाप भएर बस्यो कि निकोल गोगोलले मर्नेबेलामा पनि आफ्नो आमाले भनेको कुरोको याद गर्‍यो । र, त्यसलाई नै पछ्याउनु चाहे । तर के निकोलको आमा मारियाले भने जस्त्तै भर्‍याङ लाई आकश तिर फर्काएर भर्‍याङ चढ्दैमा स्वर्ग पुगिन्थियो र ? के निकोल स्वर्ग पुग्थियो र ? निश्चितरूपमा पुग्दैनथ्यो।

त्यस्त्तै अहिले हाम्रो आदिवासी दुनियाँमा पनि हाम्रो जनजाती आमा / बाउहरुले आफ्नो छोराछोरीहरु लाई रुसि लेखक निकोल गोगोलको आमा मारियाले जस्त्तै बेकामे, कमजोर र आत्मा- बिश्वासहिन ' बनाउने खालको शिक्षा दिईराखेका छन् । आफ्नो छोराछोरीहरु लाई नेपाली समाजमा 'हिनताबोध' गराउने खालको शिक्षा घरमा दिईराखेका छन् । तर आँखिर त्यो 'हिनताबोध' गराउने शिक्षा के हो त ?

त्यो हो - आदिवासी जनजातीहरुले आफ्नो छोराछोरीहरु लाई बाल्यकाल देखि नै , बाहुनहरु भनेका बाँठो हुन् । अन्नि जनजाती भनेकाहरु चै, लाटो हुन् । बाहुनहरु भनेका चै, सभ्य हुन् । अन्नि जनजातीहरु भनेका चै, असभ्य हुन् । बाहुनहरु भनेका जान्ने/ बुझ्ने हुन् । अन्नि जनजातीहरु भनेका चै, मुर्खहरु हुन् । बाहुनहरु भनेका अब्बल बुद्धि भएकाहरु हुन् । अन्नि जनजातीहरु भनेका चै, निर्बल बुद्धि भएकाहरु हुन् ।

हो अहिले जनजातीका अभिभावकहरुले आफ्नो छोराछोरीहरु लाई यस्त्तै शिक्षा बाल्यकाल देखि नै, दिने काम गरिराखेका छन् । उ त्यो बाहुन कत्ती बाँठो । त चै कत्ती लाटो । भन्ने शिक्षा दिईराखेका छन् । बाहुन जन्मजात बाँठो हुन्छन् । अन्नि हाम्मी जनजातीहरु भनेका चै, जन्मजात लाटो हुन्छौं भन्ने हिनताबोध हुँने खालका गलत शिक्षा दिईराखेका छौँ । त्यहीँ भएर जनजातीका छोराछोरीहरुको दिमाग् भित्री जहिल्यै पनि बाहुनहरु भनेका बाँठो, सक्षम र प्रगति गर्ने जाती हुन् । अन्नि हाम्मी जनजातीहरु भनेका चै, निर्बल दिमाग भएका हौं भन्ने छाप परेको छ । दिमागमा त्यस्त्तो प्रकारको गलत शिक्षाको छाप परेको छ। त्यहीँ भएर नै, जनजातीका छोराछोरीहरुको मानसिकता सुस्त देखिएको हो। हाम्रो जनजातीका छोराछोरीहरु लाई बाल्यकाल देखि नै, दिमागमा असल शिक्षाको उर्जाहरु भर्‍रदिनुको साट्टोमा हाम्रो जनजातीका अभिभावकहरुले ' बाहुनहरु देखि सिक । बाहुनहरु नै, ज्ञान / बिज्ञानको स्रोतहरु भन्ने जस्त्तो गलत शिक्षाहरु आफ्नो छोराछोरीहरु लाई दिईराखेका छन् ।अन्नि हाम्रो जनजातीका छोराछोरीहरु कसरी चै, सक्षम हुन्छन् ?

तर यदि हाम्मिले हाम्रो छोराछोरीहरु लाई सानो देखि नै जनजातीहरु भनेका बाँठो हुन् । जान्ने / बुझ्ने हुन् । सक्षम हुन् । उन्नति / प्रगती गर्ने जात्तिहरु हुन् । दुनियाँका जातिहरुले हाम्मी जनजातीहरु देखि नै लेख्नु / पढ्नु जानेका हुन् । हाम्रो सिको गरेका हुन् । यदि हाम्मी जनजातीहरुको अस्त्तित्व यो दुनियाँमा नहुन्थियो भने, यहाँका कुनै पनि बाहुनहरुले लेख्नु / पढ्नु जान्दैन थिए । सभ्य हुँदैनेथे । जस्ता शिक्षाहरु दिने हो भने, हाम्रो जनजातीका छोराछोरीहरुले एकै पुस्तामा महान उपलब्धीहरु गर्नु सक्छन् । त्यसैले हाम्मी जनजातीहरुले आफ्नो छोराछोरीहरु लाई घरमा दुनियाँको सबैभन्दा बाँठो, सक्षम र सभ्य भनेका नै हाम्मी जनजातीहरु हौँ भन्ने शिक्षा दिउँ। तर आफ्नो छोराछोरीहरु लाई बाहुनको दिमाग् भन्दा, जनजातीहरुको दिमाग् कमजोर छ भन्ने गलत शिक्षा किमार्थ नदिउँ ।
नोगेन ।

Thursday 27 April 2017

सिरियामा मृत्यु भएकी माया तामाङको शव उतै गाडियो




वैशाख १४, २०७४- तीन महिनाअघि सिरियामा मृत्यु भएकी लामाटोल–९, थाक्पालढाप्प सिन्धुपाल्चोककी २४ वर्षीया माया तामाङको शबलाई मालिकले त्यही गाडिदिएको छ । गत जनवरी २८ तारिख तामाङको हृदयघातबाट मृत्यु भएको सिरियाको अपराध बिभागको रिपोर्टमा उल्लेख छ ।

सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दुताबासलाई तामाङकी मालिककी छोरी लिना अब्देल घानीले युद्धग्रस्त अवस्थाको शबलाई निकाल्न नमिल्ने भएकोले गाडिदिएको सुचना दिएकी थिइन् ।दुताबासका प्रवक्ता सुजन विडारीले पीडितको परिवारलाई क्षतिपुर्ति दिन पहल भइरहेको बताए । तामाङले आफुलाई उद्धार गर्न संयुक्त अरव इमिरेट्स (युएई)स्थित नेपाली दुताबाससँग नियमीत सम्पर्क गर्दै आइरहेकी थिइन ।

मायालाई दुवाईको अज्मानस्थित टोम लेवर रिक्रुटमेन्टले सिरियाको नुवेला इल साम म्यानपावरमा कामका लागि पठाइएको थियो । उसले त्यहाँको युद्धग्रस्त ठाउँ लजिकीय बस्ने असफ कभारी मोहमद हम्जाको घरमा पठाएको थियो । मायाले आफ्नो इच्छाविपरीत सिरिया पठाएको र घर मालिकले पिट्ने, तलव नदिने र मानसिक यानता दिने काम भइरहेको बताउने गरेको नेपाली दुताबास, युएईकी श्रम सहचारी हिरादेवी यादवले बताइन् ।

‘पीडितलाई उद्धार गर्नको लागि हामीले दुवईबाट पठाउने म्यानपावरसँग समन्वय गरिरहेका थियौ । पीडितसग पनि नियमित सम्पर्क भइरहेको थियो’, यादवले भनिन्, ‘एक्कासी तामाङको मृत्युको खबर सुन्नुपर्‍यो ।’

उनलाई हम्जाले सिरियाबाट पठाउन पाँच हजार डलर र टिकट शुल्क माग गरेको थियो । ‘हामीले माग गरिएको रकम पठाउन दुवईबाट पठाउने म्यानपावरबाट जुटाउन खोजिरहेका थियौं’, दुवई म्यानपावरसँग काम गर्ने राज कार्कीले भने, ‘तामाङलाई सिरिया पठाउने बिषय पनि हामीलाई जानकारी थिएन ।’तामाङकी श्रीमान् पनि दुवईमै कार्यरत छन् । @ इकान्तिपुर |

करेलाबाट स्वास्थ्यमा हुने फाइदाहरु

हामीलाई करेलाको स्वाद तितो लाग्न सक्छ, तर स्वास्थ्यको हिसाबले यो हाम्रो शरीरलाई यसको सेवनले एकदम नै फाइदा हुन्छ ।  अन्य सब्जीहरुको तुलनामा यस भित्र धेरै भन्दा धेरै औषधी युक्त  गुणहरु पाइन्छ   यो  सुखापन भएको सब्जी हो  त्यसैले यो खाएपछी सजिलैसँग पच्ने गर्दछ  
 करेलामा  प्रोटीन,  कैल्शियम,  कार्बोहाइड्रेट,  फास्फोरस   विटामिन  पाइन्छ ।  हाम्रो शरीर मा   किसिमको स्वाद भएको रस चाहिन्छ  : गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रो र तितो l

हामी तितो बाहेक अन्य ५ स्वाद प्राय कहीं न कहिँ खाने गरेको छौं तर तितो भने धेरै कमैले मात्रै खाने गर्छौं।  यसलाई प्रकृतीले तितो स्वाद दिएको छ तर यसको तितो स्वादलाई निचोरेर राखेको हुनाले यसको बोक्रा ताछेर फाल्ने वा यसको रस फाल्ने गर्नु हुँदैन ।  हाप्ता वा पन्ध्र दिनमा एक पटक यसलाई खानु हाम्रो शरीरको स्वास्थ्यको लागी धेरै फाइदा हुन्छ।
१) खोकीको समस्या भएमा करेला सेवन गर्नाले यस भित्र रहेको फासफोरस ले खोकीलाई हटाउँछ ।
२) यसको सेवनले हाम्रो पाचन शक्ति बढाउँछ र जसको कारण भोक लाग्ने बनाउँछ l
३) करेला चिसो हुने हुनाले गर्मीबाट उब्जिन सक्ने बिमारहरुको लागी धेरै हदसम्म रोकथाम हुन्छ ।
४) दमको बिरामीहरुले मसाला प्रयोग नगरी सब्जी बनाई ख़ाएमा फायदा हुन्छ l
५) पक्षाघात भएकाहरुले बिरामी काँचो करेला खाने गरेमा धेरै फायदा हुन्छ ।
६) उल्टी हुँदा वा झाडापखाला लाग्दा करेलाको रसमा थोरै पानी र कालो नून मिलाएर पिउनाले बिरामीलाई तुरन्तै फायदा हुन्छ।
७) कलेजों सम्बन्धी बिरामीहरुको लागी करेला एकदम नै राम्रो मानिन्छ l
८) पेट सम्बन्धी बीमार हुँदा आधा कप पानीमा २ चमच करेलाको रस मिलाएर ठीक नभए सम्म दैनिक ३/४ पटक पिएमा फायदा हुनेछ l
९) जॉन्डिस रोगीहरुले पानीमा करेला पीसेर खाएमा फायदा हुन्छ ।
१०) चीनी रोग हुनेहरुले करेला खाएमा शरीरमा सुगरको मात्रा नियंत्रण हुन्छ l
११) करेलाको सेवनले रगत सफा हुनका साथै हेमोग्लोबिनको मात्रा बढाउँछ ।  
१२) बबासीर बात पीड़ितले दैनिक एक चमची करेलाको रास माँ आधा चमची  चीनी मिलाएर एक महिनासम्म पिउनाले बबासीर को समस्या समाप्त हुने छ l
१३) बाथ को हात-खुट्टा जलन हुने बिरामीहरुले करेलाको रसले मालिस गरे फायदा हुन्छ
१४) करेला र कागतीको रस पानीमा मिलाएर पिउनाले शरीरको वजन घटाउन सकिन्छ l 

कृपया: यो महत्वपूर्ण जानकारी आफ्नो परिवार साथी- संगी सबैमा माझ पुर्याउनु होला धन्यबाद l


 साभार: 

Wednesday 26 April 2017

सिद्दान्त मात्र बोक्ने हैन साच्चै केहि गर्न इच्छाशक्ति भएका लाई चुनौ

असतो मा सद्गमय:
तमसो मा ज्योतिर्गमय:
मृत्योर्मा अमृतं गमय:

आज कसैको आलोचना वा समालोचना गर्न मन छैन! रसीलो निन्दा सधै झै आसन्न चुनाउको हूटहुटिले सामाजिक संजाल पेचिलो नहुने कुरै भएन।नेपाल पछिल्लो समय सूचना को हकमा अरु देश संग तुलनात्मक रूपले संग सँगै उभिएको छ।सामान्यत लेखपढ गर्न सक्ने मान्छेहरु अहिलेको हरेक समसामयिक गतिबिधिहरु बाट बेखबर त छदै छैनन अझ हरेक समाचारमा लोचनात्मक, बिश्लेषणात्मक, स्वीकारात्मक वा समर्थनात्मक टिका टिप्पणी गर्नका निम्ति आफ्ना बूढी औला सलबलाउन समेत खप्पीस भइसकेका छन।अहिले कुनै सामाग्री,संदर्भ वा घटना सामाजिक संजालमा देखा पर्ने बित्तिकै एउटा यस्तो चर्चा बटुल्छ जसले मानिसरूलाई सुसुचित,आ-शिक्षित पनि गराएको देखिन्छ भने दवाब(दिने),प्रसंसा वा निंदा को बाटोमा डोऱ्याएको पनि पाईन्छ।जसरी 'स्वान' चराले दूधपानी बाट दूध मात्र छुट्याएर खान सक्छ,त्यसै गरी हामीले सामाजिक संजालको प्रयोगबाट सकेसम्म राम्रो कुरा मात्र छान्न सके बदलिदो सूचना प्रविधिको खासमाने रहन्थ्यो।



आज हरेक समसामयिक गतिविधिहरुलाई हामीले नजिकै बाट नियाल्न पाएका छौ। येसैबिच हुन गैरहेको चुनाबले सोसियल मेडियामा अहिले रन्को छोडेको छ l हाम्रो बुझाईलाई अब प्रयोगमा ल्याउन आवश्यक छ।माने,अबको चुनाबमा आफ्नो झुकावको दललाई मात्र होइन सक्षम ब्यक्तिलाई प्रतिनिधिपात्र बनाउनु हाम्रो भूमिका रहन्छ।त्यो जिम्मेवारी हाम्रो हो।होइन भने आफैले छानेर पठाएको दल वा ब्यक्तिको असफलतापछि अवांछनीय गाली दिनुमा कुनै तुक रहदैन।नेताहरुले हामीलाई झुक्काएका होइनन् हामी पटक पटक झुक्कीएका हौ।नत्र फेरी पनि ५००को पेट्रोल अनि २०० को खाजा सहित खरीदीएका आदर्शवान कार्यकर्ताहरु पार्टीको झंडा सहित मोटरसाइकलमा जिंदाबाद गर्न दकुरेको झलकलाई हामीले स्ट्रेंज लीनुपर्ने केहि कारण छैन। हामीकहाँ पारिवारिक सदस्य राजनीतिमा भएर वा बाबुबाजे पहिले देखिनै कुनै दलको समर्थक भएर वा विभिन्न राजनीतिक झुण्डहरुको पछि लागेर (चाहे त्यो कलेजमा होस् वा कुनै संस्थामा वा अन्य कुनै इलाका/क्षेत्रमा) आफ्नो व्यक्तिगत वा सतही समर्थन रहेको पाईन्छ l

अब हामी राजनीतिक विचार वा सिद्दान्त बाट पिल्सिसकेउ दलहरुले जे सुकै सिद्दान्त बोकेपनि कालान्तरमा हामीलाई चाहेको शान्ति,सम्बृद्दि र विकास नै हो l हामीले वाम हुँ भनेर कौलास्नेहरु येथास्थितिवादी भएको र दक्षिणपन्थी भनिनेहरु बदलकर भएको पनि देखिसकेउ l लेफ्टिस्ट(Leftist) हरु पुरातन भएको र राइटिष्ट(Rightist) हरु समाजवादी भएको पनि देख्यौ l त्यसैले अब हामी दलहरुबाट कुन सैदान्तिक राजनीति अवलम्बन गर्छन भन्दा पनि अब कसरी देशको गरिबी र बेरोजगारीताको अन्त्य गरि सम्बृद्द देशको मार्गचित्र कोर्नसक्छन भन्ने कुराको स्पष्ट खाका र उत्तर खोजिरहेका छौ lअब हामी जनता परिवर्तनकामी नेतृत्व गर्न सक्ने व्यक्ति लाई मात्र चुन्ने छौ तर, त्यसो भन्दैमा अहिलेको नेपाली राजनीतिको भीमकायहरुलाई टुक्का सिरोमणि ,भारुराम,हत्यारा,लट्याङ्ग्रो जे भनेर गाली दिएपनि उनीहरुको आ-आफ्नो योगदान भोलि इतिहास ले मुल्यांकन गर्नेछ l

यी राजनैतिक शक्तिहरुको अस्तित्व शुन्य गराएर नयाँ भनिने वैकल्पिक राजनीतिले मात्रै देशलाई समुन्नत पार्छ भन्ने कुरा हामीले विश्वास गरेउ भने त्यो पनि हस्यास्पद त हुन्छ नै त्यसले भविष्यमा नैराश्यता समेत पैदा गर्ला भन्ने कुरा नकार्न सकिन्न lकिनकी पुरानाहरुको लामो समय देखिको अस्तित्व राजनीतिक इतिहासमा छ,अझ भनौ जनताहरु उनीहरुले केहि नगरे पनि आजसम्म आँखा चिम्लेर भोट दिइरहेका छन्। यद्यपि, नयाँहरुको तदारुकतालाई सम्मान गरी मौका दिनुपर्नेमा दिनुपर्छ। उनीहरुलाई बिश्वास गर्ने आधार उनिहरुकै वयत्तिक त्याग हो। त्यसैले अब चाहे जुनै राजनीतिक दल र सिद्दान्तबाट प्रेरित वा परिचालित व्यक्ति किन नहोस् ति सबैबाट हामीले सक्षम र सम्भावित व्यक्ति छान्नु बाहेक हामीसंग केहि विकल्प छैन l

सामाजिक संजालमा पक्ष विपक्ष तर्क वितर्क गाली गलौज बाट अतिरन्जित हुनुको साटो आजसम्मको समर्थनले के पायौ त्यो महसुस गर्नु राम्रो हुन्छ l अबको चुनाब स्थानीय निकाय को चुनाब नभई स्थानीय सरकारको हुदैछ भन्ने मनन गरि पार्टीगत धारणा त्यागेर सक्षम र दुरदर्शी उम्मेदवारको पहिचान सहित उसको चयनको भोलिपल्टै देखि हामीले कसरि राहत महसुस गर्न सक्छौ भन्ने आँकेर मत हालौं l अबको समग्र बुझाई हाम्रालाई हैन राम्रालाई चुनौ,राम्रा जुनसुकै पार्टिको भएपनि हुन्छ भन्ने होस् l

बिपिन शर्मा -बालाजु, काठमाडौँ l
साभार: संसारपाटी डटकम

Tuesday 25 April 2017

इटहरीमा झडप, पाँच प्रहरी घाइते : ६ सेल अश्रुग्यास प्रहार

हिमाल दाहाल मंगलवार, बैशाख १२, २०७४



इटहरी : निर्वाचनको विरोध गरिरहेको संघीय गठबन्धन तथा संयुक्त लिम्बुवान मोर्चाका कार्यकर्ता र प्रहरीबीच मंगलबार सुनसरीको इटहरीमा झडप भएको छ ।
झडपमा पाँचजना प्रहरी घाइते भएका छन्। इटहरीमा र्‍याली तथा विरोध सभा गर्ने क्रममा आफ्नो र्‍यालीमाथि ढुंगाप्रहार भएपछि झडप भएको गठबन्धनका केन्द्रीय सदस्य लोकसागर साँवाले बताए ।
झडपका क्रममा प्रहरीले आधा दर्जन अश्रुग्यास समेत प्रहार गरेको थियो। आक्रमणकारीले थोरै संख्यामा जुलुसको सुरक्षाका लागि हिडेका प्रहरीलाई छेकेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
अश्रुग्यास प्रहार नभएको भएभीडले आफूहरुको ज्यान लिने घाइते प्रहरी सुरेन्द्र अधिकारीले बताए । आन्दोलनकारीको लाठी तथा इँटाप्रहारबाट घाइते हुने अन्य प्रहरीहरुमा भुपाल विष्ट, हरि सुवेदी, पुन्यप्रसाद अधिकारी र वीरेन्द्र नेम्वाङ छन् । नेम्वाङको टाउकोमा चोट लागेको छ।
आन्दोलनकारीले केही पसलमा समेत तोडफोड गरेका छन् भने केही गाडीहरुमा समेत क्षती पुर्‍याएका छन् । झडपपछि इटहरी चोकमा कोणसभा गर्न खोजेको गठबन्धन प्रहरी हस्तक्षेपपछि सभा गर्न असफल भएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको भाटा तथा लठ्ठीसहितको विद्युतीय रिक्सा नियन्त्रणमा लिएको छ ।

१५ करोडको जग्गा हडप्न अपहरण ! मन्त्रीकै पीए संलग्न गौरव पोखरेल

२०७४ वैशाख ११ गते २१:२१ मा प्रकाशित (२०७४ वैशाख १२ गते ७:१४मा अद्यावधिक गरिएको)


११ बैशाख, झापा । करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि भएको अहपरणमा सञ्चारमन्त्रीका स्वकीय सचिवसमेत संलग्न रहेको भेटिएको छ । अपहरणका योजनाकार भने पत्रकार भएको खुलेको छ । अपहरण काण्डमा सञ्चारकर्मी, माओवादी र कांग्रेसका कार्यकर्ताको समेत संलग्नता रहेको प्रहरीको दाबी छ ।


झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्नका लागि जीवन विष्टलाई अपहरण गरिएको थियो ।


प्रहरीका अनुसार अपहरण काण्डमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य -अग्नि), सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरे, माउन्टेन टीभीका झापा प्रतिनिधि शम्भु दाहाल, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटीलगायतको संलग्नता भेटिएको प्रहरीको भनाइ छ ।


प्रहरीका अनुसार उनीहरु अहिले फरार छन् । उनीहरु भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको आशंका छ ।


चार जना सार्वजनिक


घटना संलग्न भएको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गरी कांग्रेस कार्यकर्ता मेचीनगर-६ निवासी ४२ वर्षीय भूपू कान्छा नामले चिनिने भूपू राई, भद्रपुर-७ का ४३ वर्षीय तेजेन्द्र न्यौपाने, भद्रपुर-६ का ४० वर्षीय प्रेम न्यौपाने र मेचीनगर-४ का ४४ वर्षीय राजु कुँवरलाई सार्वजनिक गरेको हो ।


भूपू कांग्रेस कार्यकर्ता हुन् भने तेजेन्द्र जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार र प्रेम भद्रपुरका व्यवसायी हुन् ।


जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी सैलेश थापाका अनुसार अनारमनी-४ मा रहेको कित्ता नम्बर १६९ र १७० को लगभग ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरी हडप्न खोजिएको थियो ।


गत माघ १३ गते बिर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धन बनाएर जग्गा हडपेको भन्दै विष्टले इलाका प्रहरी कार्यालय, बिर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए ।


यसरी बन्यो अपहरणको योजना


प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार पत्रकार पुजन घिमिरे हुन् । जग्गाधनी जीवन बिष्ट गैरनेपाली हुन सक्ने भन्दै घिमिरेले ब्ल्याकमेल गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।


घिमिरे र बिर्तामोडका ओम शिवाकोटीले असार १९ गते होटल सञ्चालनका लागि ५ वर्षका लागि जग्गा भाडामा लिएका थिए । त्यसको केही समयपछि विष्टलाई १० वर्षे सम्झौताका लागि उनीहरुले आग्रह गरे ।


माघ १२ गते १० वर्षका लागि जग्गा सम्झौता गर्न बिर्तामोड आएका विष्टलाई उनीहरुले बन्धक बनाएको प्रहरीको भनाइ छ ।


बाहुनडाँगीका राजु कुँवरले माघ २० गते मालपोतबाट आएका डोरलाई जग्गाधनी आफू भएको भन्दै भऽपुरका प्रेम न्यौपानेका नाममा जग्गा नामसारी गर्न भनेपछि जग्गा पास भएको थियो ।


जग्गाधनी जीवन विष्टको नाममा राजु कुँवरको फोटो टाँसी कीर्ते नागरिकता पनि तयार गरिएको भेटिएको छ ।


कांग्रेस कार्यकर्ता भूपू ‘डन’ !


बिष्टलाई तर्साउनका डनको रुपमा चिनिएका भूपू कान्छालाई प्रयोग गरिएको प्रहरी बताउँछ । राजु आचार्य जग्गा नामसारी गर्दा साक्षी बसेको तथा बाँडफाँडमा अंशीयारी रहेको प्रहरीको भनाइ छ ।


साथै, शम्भु दाहालले साक्षी बसेर पैसासमेत लिएको प्रहरीले जनाएको छ ।


अदालतबाट आरोप पुष्टि भए मानव अपहरण तथा शरीर बन्धक मुद्दामा ७ वर्षदेखि १५ वर्षसम्म जेल र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन सक्ने व्यवस्था छ ।


२२ वर्षीय अस्ट्रेलियन युवा भन्छन्: नेपालीले जिन्दगीभर अरूको भरमा बाँच्नु नपरोस्

काठमाडौं, वैशाख १२




वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए। विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन्। परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन्। तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक 'निक अब्राहिम' भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा 'नमस्टे' भने। कुरा गर्दागर्दै उनले आफ्नो नेपाल बसाइको व्याख्या गरे। काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका-८ (साविक १२) घुमारचोकको तामाङ बस्तीमा बसेका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन्। त्यो नाम आफैं सुनाए, 'मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ।'

गोरखा भूकम्पको तीन महिनापछि नेपाल आएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र एउटा स्वास्थ्यचौकी बनाइसकेका छन्।

कसरी नेपाल आए?

'आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्‍यौं', घर छाड्दाको अवस्था सम्झिँदै निक भन्छन्, 'त्यसपछि म सहर पसेंँ, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें।' बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो। 'त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम 'अमेजिङ' छन्', निक भन्छन्, 'नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे।'

निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ। एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो। सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाए। 'त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थालें', निक भन्छन्, 'सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो।' निकसँगै उनका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहन्थे। तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए।

'नेपालमा भूकम्प गएको भनेपछि उहाँ पनि मसँगै आउन लाग्नुभएको थियो तर डाक्टरले हजुरबुबालाई नजानू भन्यो', निकले हजुरबालाई सम्झँदै भने, 'हजुरबुबा नआए पनि म भूकम्प गएको तीन महिनापछि नेपाल आएँ, भूकम्पले भत्काएका विद्यालय भवन बनाउन सुरु गरेँ।'

निकले जति काम गरेका छन्, सबै निस्वार्थ छन्। ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो। 'गरेपछि काम किन हुँदैन ? हुन्छ। म सक्षम छु। म काम गर्न सक्छु', निक आत्मविश्वाससाथ भन्छन्, 'मैले अहिलेसम्म जति पनि काम गरेँ, त्यसमा मेरो कुनै स्वार्थ छैन, व्यक्तिगत परि श्रमबाहेक मैले विद्यालय निर्माणमा मात्र अहिलेसम्म २८ हजार डलर खर्चिएको छु, नेपालीलाई सहयोग गर्न पाउँदा खुसी छु।'

निक घुमारचोककै भोलेन्टियर भवनमा बस्छन्। बिहान साढे ५ बजे उठ्ने निक राति ११ बजे मात्र सुत्छन्। उनलाई नेपालको इन्टरनेटले भने खुब दुःख दिएको रहेछ। 'सुत्नुअघि ई-मेल हेर्छु तर इन्टरनेट नै राम्रो चल्दैन', निक भन्छन्, 'त्यसले गर्दा पनि छिटो सुत्न पाउँदिनँ।'

निक अहिले भने दुई प्रोजेक्टमा व्यस्त छन्। वनदेवी आधारभूत विद्यालयको ६ कोठे दुईतले भवन र स्थानीय नौ परिवारका भूकम्पपीडितका घर बनाउने चटारो निकलाई छ। वनदेवी विद्यालयको भवन निर्माणका लागि ५१ लाखको योजनासहित काम भइरहेको छ। त्यसमा निक र उनका भोलेन्टियर साथी सक्रिय छन्।

यता, घुमारचोककै नौ परिवार भूकम्पपीडितका घर निर्माणका लागि हेमसरिता फाउन्डेसनका संरक्षक हेम पाठकले प्रतिपरिवार दुई-दुई लाख सहयोग रकम दिइसकेका छन्। थप दुई लाख रकम सरकारबाट प्राप्त हुनेछ। यी घर निर्माणमा निकले भने भोलेन्टियरका रूपमा सहयोग गर्दै हुनुहुन्छ।निकले योसँगै साँखुमा वर्षको २५ हजार भाडा तिरेर साढे दुई रोपनी जग्गा भाडामा लिएर पुनर्निर्माणका निम्ति इँटा उत्पादनको काम सुरु गरेका छन्।

काठमाडौं जिल्ला प्रशासनमा 'फ्रम द ग्राउन्ड अफ इन्टरप्राइजेज लिमिटेड नामको कम्पनी दर्ता गरेर उनले माटो, सिमेन्ट र बालुवा मिसाएर इँटा बनाउने काम सुरु गरेका हुन्। 'यो कम्पनी नाफामूलकभन्दा पनि समाजसेवामा केन्द्रित हुन्छ', कम्पनीको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा निकले भने, 'यसबाट आएको नाफा सबै नेपालको पुनर्निर्माणमा खर्च गर्छु।' उक्त कम्पनीबाट इन्टरलक ब्लक र पेबर उत्पादन कार्य सुरु गर्दै छन्।

को हुन् निक ?

निक अस्ट्रेलियाको सानो सहर मेरेन्जमा जन्मिएका हुन्। उनका पिता कृषि पेसामा सक्रिय थिए। गाईभैंसी, भेडालगायत पशुमा देखिएको जस्तोसुकै रोगको उपचार गर्नुपरे पनि निकका बुबाको खोजी हुन्थ्यो। निकलाई विद्यालय तहको पढाइ सकेपछि बुबाको भन्दा हजुरबुबाको पेसाले आकर्षित गर्‍यो। 'मेरो विद्यालय जीवन सकिएपछि मैले घर निर्माणको काम सुरु गरें', निक भन्छन्, 'मेरा हजुरबुबा घर बनाउने काम गर्नुहुन्थ्यो, त्यसैबाटै मलाई घर बनाउने काम गर्ने प्रेरणा मिलेको हो, मलाई घर बनाउन निकै मन लाग्छ। ठुल्ठूला घर बनाउनु मेरो रहर हो।'

नेपाली संस्कृतिको सम्मान

निकलाई नेपाली संस्कृति खुब मनपर्छ। नेपाली समाजको प्रशंसा गर्दै भन्छन्, 'यहाँ जो-कोही पनि एकअर्कालाई हेरेर मुस्कुराउँछन् तर अस्ट्रेलियामा कसैले कसैको वास्ता गर्दैन। हाम्रो समाज सामाजिक सञ्जाल फेसबुकजस्तै छ, एकैछिनमा जोडिने अनि एकैछिनमा तोडिने।'

छोटो नेपाल बसाइका क्रममा निकले नेपालको सामाजिक दृष्टिकोणलाई समेत नजिकबाट अध्ययन गरिसकेका छन्। 'नेपालको वैवाहिक जीवन पनि राम्रो लाग्छ। तर, यहाँ हाम्रोमा जस्तो विवाहपछि सम्बन्धविच्छेद भइहाल्दैन, विवाह गर्ने जोडी एकअर्काप्रति प्रतिबद्ध र समर्पित हुन्छन्', निक भन्छन्, 'तर हाम्रोमा जीवनसाथीको सोचाइ कुनै बेला पनि परिवर्तन हुन सक्छ।'

- See more at: सेतो पाटी डटकम

मधेसी दलहरु चुनावी तयारीमा, राजपाको चुनाव चिह्नका यस्तो विकल्प

काठमाडौं, वैशाख १


सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ। छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ। यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्‍याइएको छ।

छलफलमा राजपाले छाता चुनाव चिह्न दिन गरेको आग्रह निर्वाचन आयोगले मतपत्र छापिइसकेको कारण देखाउँदै अस्वीकार गर्‍यो। यसको विकल्पमा राजपाका नाममा एकीकरण हुनुअघिका ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न आयोगले सुझायो। प्रचारप्रसार भने राजपाकै नामबाट गर्न सकिने आयोगका पदाधिकारीहरुले बताए।

'हामीले छाता चुनाव चिह्न माग गर्‍यौँ त आयोगका पदाधिकारीले राजपामा आबद्ध ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न र राजपाको नामबाट जनतामा जान सकिने सुझाव दिनुभयो,' राजपाका नेता केशव झाले भने।

उम्मेदवार मनोनयनका लागि पार्टीका तर्फबाट दिइने टिकटमा आधिकारिक हस्ताक्षर राजपामा आबद्ध ६ दलमध्ये कुनै एक दलको नामबाट अध्यक्ष मण्डलका सबै ६ सदस्यले गर्न सक्ने सुझाव आयोगले दियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई चुनावमा ल्याउन आयोगका तर्फबाट आवश्यक बातावरण बनाइदिन आग्रह गरेका थिए।

झापादेखि कञ्चनपुरसम्म नै स्थानीय तहको संख्या बढ्ने

बिष्णु बुढाथोकी काठमाडौं, वैशाख ११




सरकार र मधेसी मोर्चाबीच भएको पछिल्लो सहमति अनुसार तराईका सबै जिल्लामा स्थानीय तहको संख्या बढ्ने भएको छ।

सत्तारूढ दलसँग भएको पछिल्लो वार्तामा मधेसी मोर्चाले तराई मधेसमा स्थानीय तहको संख्या बढाउने सहमति भएसँगै सरकारले पूर्वको झापादेखि कन्चनपुरसम्मका जिल्लामा स्थानीय तहको संख्या पुनरावलोकन गर्न लागेको हो।

योसँग सरकारले वैशाख ३१ गतेको निर्वाचन जेठ ३१ गतेलाई सार्न प्रस्ताव राखेको थियो।

यसका लागि आइतबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा गठित समितिको कार्यविधि थप गर्दै तत्काल स्थानीय तहको संख्या बढाउने विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।

त्यसको भालिपल्ट सोमबार नै समितिमा सदस्यका रूपमा रहेका मन्त्रीहरुले तराईका २० जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राजनीतिक नेताहरुलाई आवश्यक सुझाव तीन दिनभित्र दिन आग्रह गरेका छन्।

थापा नेतृत्वको समितिमा कांग्रेसका तर्फबाट रक्षामन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रबाट कानुनमन्त्री अजयशंकर नायक र राप्रपाबाट आपूर्तिमन्त्री दिपक बोहोरा सदस्य छन्।

तराईका २० जिल्लामध्ये प्रदेश नम्बर ३ मा पर्ने चितवनमा वैशाख ३१ गते पहिलो चरणमा स्थानीय निकायको निर्वाचन हुने कार्यक्रम रहेको कारण उक्त जिल्लामा भने हाल कायम रहेकै संख्यामा चुनाव हुनेछ। सरकारले तयार पारेको नयाँ कार्यविधि अनुसार, तराईका बाँकी १९ जिल्लामा स्थानीय तहको संख्या पुर्ननिर्धारण गर्दा जनसंख्यालाई नै पहिलो र एक मात्र आधार बनाएको छ। जस अनुसार, गाउँपालिकाको संख्या बढाउँदा कम्तिमा २२ हजार जनसंख्या हुने गरी र नगरपालिकामा कम्तिमा ३२ हजार जनसंख्या हुनुपर्ने व्यवस्था गरिएको छ।

‘सरकारले तयार पारेको कार्यविधि र जनसंख्याको आधारमा हामीलाई तीन दिन भित्र थपिने गाउँपालिका र नगरपालिकाको संख्या र सीमा सिफारिस गर्न सरकारी समितिले आजै आग्रह गरेको छ,’ कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले भने।

पहाडमा पनि गाउँपालिका र नगरपालिकाको संख्या निर्माण गर्दा जुन मापदण्ड अपनाइएको छ त्यही मापदण्ड बमोजिम तराई मधेसका जिल्लामा पनि बनाउन सकिने व्यवस्था गरेको उनले बताए। यसअघि सीमा निर्धारण आयोगले तराई मधेसमा तय गरेको संख्यामा सरकारले केही बृद्धि गर्दै ७ सय ४४ तहको ३४ प्रतिशत संख्या कायम गरेको थियो।

मधेसी मोर्चाले तराई मधेसका २२ वटा जिल्लामा ५१ प्रतिशत जनसंख्या रहेको भन्दै त्यही अनुपातमा स्थानीय तहको निर्धारण गर्न माग गरे पनि सत्तारुढ दलले यसमा वार्ता र सहमतिका आधारमा ४० प्रतिशत देखि बढीमा ४५ प्रतिशतसम्म बनाउन सक्ने स्रोतले बतायो।

यसैबीच निर्वाचन आयोगले तराई मधेसमा स्थानीय तहको संख्या थप गर्दा हाल कायम रहको वडालाई विभाजित नगर्न सुझाव दिएको छ।

मधेसी मोर्चाको माग अनुसार वैशाख ३१ गतेको निर्वाचनका लागि तय गरिएको कार्यतालिकामा केही परिमार्जन तथा नयाँ दल दर्ता र नयाँ चुनाव चिन्ह थप समय दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान बालुवाटारमा डाकेको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त र पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन्।

मोर्चाका नेताहरुसँगको छलफलमा आयोगका पदाधिकारीले अहिलेको संख्या बृद्धि गर्दा हाल रहेको वडा विभाजित गर्दा निर्वाचनमा व्यवस्थापनको कठिनाइ हुने बताएका थिए।

उक्त बैठकमा मोर्चाका नेताहरुले आफ्नो दल दर्ता र नयाँ चुनाव चिन्ह पाउनु

पर्ने माग गरे पनि प्रमुख आयुक्त अयोधीप्रसाद यादवले यसमा व्यवहारिक कठिनाइ भएको बताएका थिए।

वैशाख ३१ गते सबै जिल्लामा एकैचरणमा निर्वाचन गर्ने गरी ४४ दिन लगाएर मतपत्र छपाइ गरिसकेको भए पनि अब फेरि अत्याधिक जनसंख्या भएका तराई मधेसका जिल्लाका स्थानीय तहमा नयाँ मतपत्र छपाउन अर्को डेढ महिना लाग्नसक्ने भन्दै आयोगको समस्या प्रमुख आयुक्त यादवले राखेको बैठकमा सहभागी एक नेताले सेतोपाटीलाई बताए।
साभार: सेतो पाटी डट कम

यसरी चिन्न सकिन्छ नक्कली नोट

काठमाडौं, वैशाख १२




बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू. ५ सय र १ हजारका नोट छन्।

आर्थिक अभियान दैनिकमा ममता थापा अगाडि लेख्छिन्-नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन्। राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ। यस्तै, केही महीनाअघि जाजरकोटमा नक्कली नोट छाप्ने मेशिनसहित व्यक्ति पनि पक्राउ परेका थिए। नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीका अनुसार केन्द्रीय बैङ्कमा प्रायः ८—१० दिनमा एक÷दुईओटा नक्कली नोट आउने गरेको छ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ। घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्ने निर्देशक उप्रेतीको सुझाव छ।

केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल अपरिचित व्यक्तिसँग कारोबार नगर्ने, भीडभाडमा सतर्क रहने, ठूलो कारोबार नगर्नेलगायत सावधानी अपनाउने र रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा जोड दिन्छन्। ‘यसले पनि सर्वसाधारणलाई नक्कली नोटबाट बचाउँछ तर विशेष गरेर नोटको कागजबारे जानकारी राख्नुपर्छ। नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ,’ उनले भने।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छाप रहेको बारे जानकार हुन जरुरी भएको उनको भनाइ छ। सर्वसाधारणले नक्कली नोट र सक्कली नोटबारे थाहा पाउन सचेत हुन जरुरी भएको तर नेपाल राष्ट्र बैङ्कले यसका लागि जनचेतना गर्न कमी भएको नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार गरे। उनका अनुसार ऐनले नक्कली नोट फेला परेमा राष्ट्र बैङ्कले जफत गर्ने व्यवस्था गरेको छ। तर, कारबाहीका लागि कडा व्यवस्था छैन।

सक्कली–नक्कलीबीच फरक
सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ।

नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ। नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन।

सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ।
जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ।

नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ। तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ। यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ।

नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुनु जरुरी छ। सक्कलीमा सुरक्षण धागोमाथि अक्षर हुन्छ। तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन। नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन।
सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन।

बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि छ। सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ। यसले नक्कली नोट फालिदिन्छ। यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ।
साभार: सेतो पाटी डट कम


भूकम्पको दुर्इ बर्ष, सबै सरकार असफल

काठमाडौं, वैशाख




दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन्।
चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा भूकम्पपछिको पुनर्निर्माणमा सरकार असफल देखिएको छ। निजी आवास पुनर्निर्माणमा ९.५२ प्रतिशत, विद्यालय पुनर्निर्माणमा १४.४० प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा २१.५५ प्रतिशत, खानेपानी आयोजना पुनर्निर्माणमा ४.६८ प्रतिशत र पुरातात्विक सम्पदा पुनर्निर्माणमा १२ प्रतिशत मात्रै प्रगति देखिएको छ। प्राधिकरणलाई राष्ट्रिय योजना आयोगको महाशाखाका रूपमा सीमित गरिएका कारण पुनर्निर्माणले गति लिन नसकेको प्राधिकरणका अधिकारी स्विकार्छन्।
पुनर्निर्माणमा शिथिलता आउनुमा प्राधिकरणका अधिकारी र सरकारी कर्मचारीबीच समन्वय अभावलाई मुख्य जिम्मेवार ठहर्‍याउने गरिएको छ। 'लक्ष्य पूरा गर्न सकेका छैनौं', प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वीकारे, 'प्राधिकरणले नीति, बजेट र कार्यक्रम मात्रै बनाउँछ, समन्वयको चुनौती देखिएको छ।'
निर्वाचन मिति घोषणासँगै ग्रामीण क्षेत्रका कर्मचारीलाई निर्वाचन आयोगका काममा परिचालन गरिएपछि पुनर्निर्माणको काममा थप शिथिलता आएको छ। एक वर्ष म्याद थप्नसक्ने व्यवस्थासहित पाँच वर्षका लागि गठन गरिएको प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भने, 'हामी ढिलो भएका छौं, जनशक्ति परिचालनसहितका उपाय खोजिरहेका छौं।' पोखरेलले ४० प्रतिशत भूकम्पपीडितले घर बनाएको दाबी गरे पनि सरकारले पहिचान गरेका पीडितको विश्लेषण गर्दा त्यो तथ्यांक सही सावित हुने देखिँदैन।
सरकारले ३१ जिल्लामा सात लाख १७ हजार दुई सय ५१ भूकम्पपीडित पहिचान गरेको छ। भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा अनुदान सम्झौता गर्नेको संख्या पाँच लाख ६२ हजार दुई सय ७८ छ भने पहिलो किस्ताको रकम लिने पाँच लाख ४३ हजार ६ सय ६ जना मात्रै छन्। तीमध्ये घर निर्माण गर्न थाल्ने ४९ हजार ६ सय ८१ जना मात्रै छन्। घर निर्माण गर्न थालेकामध्ये ३४ हजार दुई सय ९४ जनाले दोस्रो किस्ताका लागि निवेदन दिएका छन्। तीमध्ये १४ हजार पाँच सय ५७ जना दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण भएका छन्। आफैं घर निर्माण गर्ने भूकम्पपीडितको संख्या १८ हजार ६ सय ३३ छ।
जनशक्ति अभाव, ग्रामीण क्षेत्रमा अनुपयुक्त घरका डिजाइन, विकट ग्रामीण क्षेत्रमा प्राविधिक र कर्मचारी नपुग्नु, सरकारले दिएको अनुदानले घर बनाउन अपर्याप्त हुनु, थप रकम जुटाउन ऋणको सहज व्यवस्थापन नहुनु, पैसा कमाउन घरधनी स्वयं विदेश वा सहर पस्नुजस्ता कारणले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम लिएकाले पनि घर निर्माण थालेको देखिँदैन।
एक सय ३३ वटा पूर्ण क्षति र ६ सय १७ वटा आंशिक क्षति भएका पुरातात्विक सम्पदामध्ये बौद्धनाथ क्षेत्रबाहेक अन्यको पुनर्निर्माण पूरा भएको छैन। पाटन दरबार क्षेत्रका २८ वटा, वसन्तपुर दरबार क्षेत्रका १२ वटा, भक्तपुर दरबार क्षेत्रका १९ वटा, स्वयम्भू क्षेत्रका चारवटा, पशुपति क्षेत्रका २१ वटा, चाँगुनारायण परिसरका पाँचवटा सम्पदा पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
पुनर्निर्माण गर्नुपर्ने सात हजार नौ सय २३ वटा विद्यालयमध्ये जाइकाको सहयोगमा ६ वटा जिल्लामा निर्माण गर्नुपर्ने दुई सय ८३ वटा छन्। तीमध्ये ८३ वटा विद्यालय निर्माण भइरहेका छन्। एसियाली विकास बैंकले आठवटा जिल्लामा निर्माण गर्ने जिम्मा लिएका एक सय ६० मध्ये ४९ वटा विद्यालय भवन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ। विभिन्न गैरसरकारी संस्थाले निर्माण गर्ने जिम्मा लिएका एक हजार दुई सय ५० वटामध्ये तीन सय २५ वटा विद्यालय निर्माण सम्पन्न भएका छन् भने नौ सय २५ वटा निर्माण भइरहेका छन्। विद्यालय व्यवस्थापन समितिले जिम्मा लिएका आठ सय १६ वटा विद्यालय निर्माण सम्पन्न भएका छन्। हालसम्म एक हजार एक सय ४१ वटा विद्यालय निर्माण भएका छन् भने एक हजार ५९ वटा पुनर्निर्माण भइरहेका छन्।

साभार: सेतो पाटी डटकम 

Sunday 23 April 2017

भोट माग्न आए कालोमोसो दल्ने चेतावनी


  • पाथिभारा न्युज संबाददाता
    Wednesday April 19, 2017 मा प्रकाशित
  • , कपिलवस्तु, ६ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा ब्यापाक विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेको छ । यसैक्रममा मधेशी मोर्चाले मंगलबार मसाल जुलुश निकाली प्रदर्शन गरेको छ ।
    नेपाल सरकार मुर्दावाद, नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा मुर्दावादको नारा लगाइएको थियो । साथै, नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा चोर देश छोड भन्ने नाराको साथमा व्यापाक मसाल जुलुश प्रदर्शन गरिएको थियो ।मधेश थरुहट प्रदेशका सदस्य दीपक पाण्डेले सीमांकनसमेत मधेशीको मागलाई सम्बोधन तथा संविधान शंसोधन नभई यदि प्रशासनको आड लिई निर्वाचन गराउने भ्रम सरकारले लियो भने त्यो सपना त्यो सपना कहिल्यै पूरा नहुने दाबी गरेका छन् ।
    उनले यदि कुनै पनि पार्टीका नेताले भोट माग्न आए उसलाई कालोमोसो दल्ने र बहिस्कार गर्ने चेतावनी दिएका छन् । बिहीबार मधेशी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
    लाठी जुलुस प्रदर्शनमा प्रहरी प्रशासनले हस्तक्षेप गरे भने तयसको प्रतिकारस्वरुप हतियारसमेत प्रयोग गर्ने चेतावनी उनले दिए ।
    मंगलबार भएको मसाल जुलुश तौलिहवा परिक्रमा गरि जिल्ला प्रशासन अगाडी कोणसभामा परिणत भएको थियो । त्यसैगरी, विरोध जनाउँदै मधेशी मोर्चाले कृष्णानगर तथा बहादुरगंज लगायत कपिलवस्तु जिल्लाभरि मसाल जुलुश प्रर्दशन गरेको थियो ।


    गोरुले हान्दा ९ वर्षीया बालिकाको मृत्यु

     भगीरथ अवस्थी आइतवार, बैशाख १०, २०७४



    बैतडीः गोरुले हान्दा बैतडीमा एक बालिकाको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिका–६ बरायलगाडाका अमर कुँवरकी ९ वर्षीया छोरी जानकी कुँवरको ज्यान गएको हो। शनिबार दिउँसो २ बजेतिर गोठालो गएकी जानकीलाई गोरुले हान्दा घाइते भएकी थिइन्। घाइते जानकीको आइतबार अस्पताल लैजाँदै गर्दा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
    स्थानीय केदार आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका कुँवरलाई शनिबार गोरुले हानेपनि उहाँलाई अस्पताल नलगेर धामीझाँक्रीलाई देखाएको र आइतबार दिउँसो स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका बुवा अमर कुँवरले बताउनुभयो।
    बालिकाको आइतबार दिउँसो १२ बजे बिजयपुर स्वास्थ्यचौकी लैजाँदै गर्दा लेटिदोबाटा भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    साभार: अन्नपूर्ण पोष्ट 

    परिमार्जनसहितको संशोधन प्रस्ताव सरकारले भोलि संसद्‍मा दर्ता गर्ने

    गोविन्द परियार आइतवार, बैशाख १०, २०७४ 





    काठमाडौंः काठमाडौंः सरकारले परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव भोलि संसदमा दर्ता गर्ने भएको छ।
    सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मधेसवादी दलहरुसँग भएको सहमति अनुसार परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव भोलि सोमबार संसदमा दर्ता गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
    बैठकले पहिलो चरण वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन गराउने र १,२, ५ र ७ नम्बर प्रदेशमा जेठ ३१ मा चुनाव गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनु भयो। उहाँले निर्वाचनको कार्यतालिका सार्न सोही अनुरुपको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि तोकिएको १६ गतेको समय २० गतेका लागि सार्न पनि निर्वाचन आयोगलाई अनुरोध गरिनेछ।
    यस्तै संविधान संशोधन प्रस्ताव पारित भएपछि सीमांकन आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ। बैठकले सीमांकन आयोगको नाम परिवर्तन गरेर समावेशी, समानुपातिक सीमांकन आयोग राख्ने पनि निर्णय गरेको कार्कीले बताउनुभयो।
    बैैठकले परिमार्जन गरिएको संविधान संशोधन प्रस्तावमा प्रदेशको सीमांकनको हेरफेर सम्बन्धित प्रदेशको परामर्शमा मात्रै गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै भाषा सम्बन्धि धाराको उपधारा ३ लाई उपधारा ४ मा सार्ने र उपधारा ३ लाई उपधारा ४ मा सार्ने निर्णय पनि मन्त्रिपरिषदले पास गरेको संशोधन प्रस्तावमा उल्लेख छ।
    बैठकले सरकारले दर्ता गर्ने परिमार्जनसहितको संशोधन प्रस्तावका पक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुलाई आग्रह गरेको छ। मन्त्री कार्कीका अनुसार सरकारले स्थानीय तहको संख्या बढाउन यसअघि गठन गरिएको उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा गठित समितिको कार्यविधि बढाइएको छ। उक्त समितिमा मधेसवादी लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि राखिने छ।

    चुनावमा जाने सहमति भएको छैन : मधेसी नेता

    कुमार लुइँटेल आइतवार, बैशाख १०, २०७४





    विराटनगर : मधेसी मोर्चा सम्बद्ध नेताले चुनावमा जान सरकारसँग कुनै सम्झौता नभएको स्पष्ट गरेका छन्।
    मोर्चा र संघीय गठबन्धनले आइतबार विराटनगरमा आयोजना गरेको विरोध सभामा सहभागी केन्द्रीय नेताले सरकारसँग कुनै सहमति नभएको स्पष्ट गर्दै संविधान संशोधन नभए चुनावमा नजाने बताउनुभएको हो।
    संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मिडियाले सहमति भयो भनेर आंतक मच्चाएको आरोप लगाउँदै भन्नुभयो, ‘हाम्रा साथीले प्रधानमन्त्रीलाई यो संविधान संशोधन गर्नुहोस्। मधेसी, आदिवासी, दिलत, थारु, सीमान्तकृत, मधेशी समुदायलगायतका मुद्दा सम्बोधन गर्नुहोस भनेको हो। सहमति गरेको होइन।’ यादवले ‘विकृतिले भरिएको’ संविधान संशोधन गर्नुहोस भनेको तर त्यो नहुञ्जेल चुनावको कुरै नहुने बताउनु भयो।
    विगतमा भएको जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह र जनजातिका आन्दोलनको भावनलाई समेट्न नसकेको संविधानमा संघीयता, गणतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, विभेदको अन्त्य, समानुपातिक समावेशीता, समाजिक न्याय र पहिचान सहितको संघीय राज्यको निर्माण गरी गल्ती सच्याउन सुझाव दिएको तर सम्झौता नगरेको यादवले बताउनु भयो।
    ‘संविधान संशोधन र हामीले राखेका मागको सम्बोधन नहुञ्जेल चुनावमा सहभागी हुँदैनौं,’यादवले भन्नुभयो, ‘चुनाव यो मुलुकमा हुँदैन, हामी सहभागी हुँदैनौं।’ चुनावमा हामफाल्ने लोभीपापीको आफूहरुलाई चिन्ता नभएको यावदले बताउनु भयो। राज्यले सहमतिको अफवाह फैलाएको आरोप लगाउनु भयो।
    लिम्बुवानी नेता कुमार लिङ्देनले मधेशका मधेशी र पहाडका जनजातिलाई राज्यले चरम विभेदको सिकार बनाएको बताउँदै मधेशी र जनजातिको संयुक्त आन्दोलनले मात्र वास्तविक संघीयता तथा गणतन्त्र संस्थागत हुने बताउनु भयो।
    नयाँ पार्टी पुरानै झन्डा
    विराटनगरमा आइतबार आयोजना भएको विरोध सभामा मधेशी मोर्चा सम्बद्ध एकीकृत भएका दलका कार्यकर्ताहरु पुरानै झन्डा लिएर कार्यक्रममा सहभागी भएका थिए।
    रंगेलीबाट आएका सद्भावना पार्टी सम्बद्ध धेरै कार्यकर्ताले तीर चुनाव चिन्ह भएको झन्डा बोकेका थिए। सहभागी कार्यकर्ताले आफूहरुलाई पार्टी एकीकरणको जानकारी मिडियाबाट भएपनि नयाँ झन्डा परिवर्तन गर्नेलगायत विषयमा परिपत्र नभएको बताए। विरोध सभामा महिला उपस्थिति पनि उल्लेख्य थियो।

    दोस्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ मा हुने

    गाेविन्द परियार आइतवार, बैशाख १०, २०७४






    काठमाडौंः स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएको छ। सिंहदरबारमा अाइतबार बसेको मन्त्रिपरिषदको बैठकले मधेसवादी दलहरुसँग भएको सहमति अनुसार दुई चरणमा चुनाव गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।
    बैठकले पहिलो चरण बैशाख ३१ मै प्रदेश नम्बर ३, ४ र ६ नम्बरको र दोस्रो चरणमा जेठ २९ गते १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो।
    मन्त्रिपरिषदको बैठकले निर्वाचनको कार्यतालिका सार्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको पनि गरेको छ। कार्कीका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि तोकिएको वैशाख १६ गतेको समय २० गतेका लागि सार्न पनि निर्वाचन आयोगलाई अनुरोध गरिनेछ।

    Newer Posts Older Posts Home