Saturday 25 September 2021

हाम्रो समाजले महिलालाई दुइ रुपमा मात्रै देख्न चाहन्छ 'एउटा सति सावित्री र अर्को सेक्स वर्कर' कमला भासिन

दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभिन्यता हुन् कमला भासिन

दक्षिण एसियाकै नारिवादी आन्दोलनलाई एउटा उचाइमा उठाउने अभियान्ता जसले कहिल्यै आफू महिला हुनुमा हिनता गरिनन् र महिला भएरै निरन्तर मुक्तिको युद्ध लडिरहिन् ।


उनी महिलालाई घर घरमा थुनेर घरेलु कामदार र यौनदासी बनाउने सामन्ती पितृसत्तासँग मात्रै भिडिनन् , बरु महिलालाई सिङ्गार पटारमा अभ्यस्त बनाउने र घरबाट निकालेर विश्व पुँजी वजारमा 'माल' बनाउने पुँजिवादी चरित्रको पनि कट्टर आलोचक रहिन् ! 


'महिला शरीर मात्रै होइन विचार पनि हो' भन्ने कुरालाई जोडदारका साथ उठाउदै 'नारिवाद भनेको पुरुष विरोधी आन्दोलन होइन अर्थात् मातृसत्ता पितृसत्ताको विकल्प होइन बरु पितृसत्ता स्वयं पुरुष प्रताडित व्यवस्था पनि हो यसको आमूल नस्ट नै महिला पुरुष दुबैको हितमा छ' भन्ने धारणा उनले निरन्तर व्यक्त गरिरहिन् । 


हाम्रो जस्तो समाज जसले महिलालाई दुइ रुपमा मात्रै देख्न चाहन्छ 'एउटा सति सावित्री र अर्को सेक्स वर्कर' जस्ता धारणाहरू व्यक्त गर्दै यस्तो समाजसँग निरन्तर भिडेर महिला मुक्तिको पक्षमा आफ्ना आवाज बुलन्द गराइरहने एक मजबुत अभियान्ता र प्रखर बक्ता कमला भासिनबाट नेपाली महिला आन्दोलनले पनि धेरै कुरा अनुकरण र अनुसरण गर्न आवस्यक छ । 


भौतिक देहको समाप्ती निश्चित छ तर विचार निरन्तर बाँचिरहने छ कमला भासिन अब विचारमा बाँचिरहने छिन् । 


हार्दिक श्रद्धाञ्जली


साभार: सु मिना जीको फेसबुक पोष्ट




<