Tuesday 25 April 2017

इटहरीमा झडप, पाँच प्रहरी घाइते : ६ सेल अश्रुग्यास प्रहार

हिमाल दाहाल मंगलवार, बैशाख १२, २०७४



इटहरी : निर्वाचनको विरोध गरिरहेको संघीय गठबन्धन तथा संयुक्त लिम्बुवान मोर्चाका कार्यकर्ता र प्रहरीबीच मंगलबार सुनसरीको इटहरीमा झडप भएको छ ।
झडपमा पाँचजना प्रहरी घाइते भएका छन्। इटहरीमा र्‍याली तथा विरोध सभा गर्ने क्रममा आफ्नो र्‍यालीमाथि ढुंगाप्रहार भएपछि झडप भएको गठबन्धनका केन्द्रीय सदस्य लोकसागर साँवाले बताए ।
झडपका क्रममा प्रहरीले आधा दर्जन अश्रुग्यास समेत प्रहार गरेको थियो। आक्रमणकारीले थोरै संख्यामा जुलुसको सुरक्षाका लागि हिडेका प्रहरीलाई छेकेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
अश्रुग्यास प्रहार नभएको भएभीडले आफूहरुको ज्यान लिने घाइते प्रहरी सुरेन्द्र अधिकारीले बताए । आन्दोलनकारीको लाठी तथा इँटाप्रहारबाट घाइते हुने अन्य प्रहरीहरुमा भुपाल विष्ट, हरि सुवेदी, पुन्यप्रसाद अधिकारी र वीरेन्द्र नेम्वाङ छन् । नेम्वाङको टाउकोमा चोट लागेको छ।
आन्दोलनकारीले केही पसलमा समेत तोडफोड गरेका छन् भने केही गाडीहरुमा समेत क्षती पुर्‍याएका छन् । झडपपछि इटहरी चोकमा कोणसभा गर्न खोजेको गठबन्धन प्रहरी हस्तक्षेपपछि सभा गर्न असफल भएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको भाटा तथा लठ्ठीसहितको विद्युतीय रिक्सा नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment