Saturday 1 April 2017

कथा "अप्रिल फुल" - पोखरी माइला.

कथा "अप्रिल फुल" - पोखरी माइला.

"भाउजु माइँला दाजुले त यहाँ पश्चिम तिर की केटी बिहे गरेर बसेको छ तपाइँ चैं त्यहाँ दाजु को कुरामा बुढा-बुढा भनेर मख्ख पर्दै बस्नुस" भनेर पोखरीनी माइलीलाई निगाले कान्छाले परदेशबाट फोन गर्यो अप्रिल फुलको दिन ।

आयातित हल्लाको चलन अप्रिल फुल बारे अनभिज्ञ पोखरीनी माइली आफ्नो बुढा परदेश गएको ६ महिना नबित्दै बुढासंगै गएको निगाले कान्छाको त्यती कुरा के मात्रै सुनेको थिइन् आब न ताव केही नसोची पोखरीनी माइली पोको बोकेर माइत हिडिन्। पोखरी माइलाले पटक-पटक फोन गरेर सम्झाउने कोशिष नगरेको होइन, यस्तो कुरा कसले सुनायो भन्न भनेर धेरै फकायो पोखरीनी माइलीलाई। माइली सधैं चुप रहने गर्न थालिन् र अब माइली ले माइलाको कुरा सुन्नु त् के फोन उठाउन सम्म छोडी दिइन्। सबै कोशिष नाकाम भएको देखेर माइलाले माइलीलाई बिस्तारै फोन गर्न छोडी दियो। पोखरी माइलाले यो कुरा परदेशमा कसैलाई सुनाएन पनि, यतिसम्म कि संगै परदेश आएको निंगाले कान्छासम्मलाई पनि। यता माइतमा माइली भने सबै बाबु-माइती जम्मा गरी गाउँका अनेक संगठनको साथ लिएर माइला आउनुसाथ पाता कसेर जेल हाल्नु पर्छ l माइलाको आधी सम्पती लिनु पर्छ भनेर नजिकैको चौकीमा उजुरी दिइन् । उता परदेशमा माइलालाई पनि थाहा भयो की पोखरीनी माइलीले अन्देखी सौता र माइलाको बिरुद्ध उजुरी गरेकी छिन् भनेर । तर माइला "घर फर्केपछी देखा जाएगा" भन्दै परदेशमा पसिना बगाई रहेको थ्यो ।

समय बित्दै थ्यो, सेकेण्ड, मिनेट, घण्टा, दिन महिना गर्दै । पोखरीनी माइलीले इलाका चौकीमा उजुरी दिएको पनि ९ महिना बितिसकेछ । अचानक माइलालाई परदेशमै खबर मिल्यो की उसकी माइली त उसैको बिरुद्ध उजुरी दिएकी इलाका चौकीमा कार्यरत एक सिनियर प्रहरीसग हिडिन् रे । माइलीको बारे यस्तो खबर सुनेर एक पटक लामो स्वास लियो परदेशमै माइलाले ।

परदेशी भएको २४ महिना बितिसक्यो र पनि माइलाले खासै अहिले नै घर फर्कने मन गरेन । निगाले कान्छा भने जसोतसो छुट्टी मिलाएर देश फर्किने भो । उसको भिसा, दोहोरो हवाई टिकट सबै भोलीको लागी पक्का थियो ।

निंगाले कान्छाको स्वदेश फिर्तीको खुशिमा २/४ जना मिलर बिदाई पाटी गर्नेभए । दाल भात माछा मासु र साथमा केही बोतल ह्विस्कीको पनि जोहो भयो । सबैले खानुसम्म खाए, पिउनुसम्म पिए, जब पिएकोले चड्नु थाल्यो तब शुरु भयो बहस बाजी, हासी मजाक अनि कुरा खोलाखोल ... यत्तिकैमा निंगाले कान्छा जिब्रो लरबराउन्दै भन्छ "भाउजुलाई त अप्रिल लागेर तिमीलाई छोडेर हिड्यो सोइपरी भोली अप्रिल फुल हो तिमी पनि यतै कुनैलाई अप्रिल फुल मनाउलाउ नी दाजु" ! पोखरी माइला जुरुक्कै उठेर चुपचाप रुम बाहिर निक्ल्यो । निंगाले कान्छाले पछ्याउन खोज्दै थ्यो तर उ ढोकामै लड्यो त्यही निदायो, अरु सबै पहिला नै लेतेपे मात्र नभई पेतलेते भइसकेको थ्यो ।

आज अप्रिल फुलको दिन, अझ निगाले कान्छाको छुट्टीको दिन l गाउ जाने दिन । पोखरी माइला बिहानै रुमको ढोकामा आइपुग्यो, यसो हेर्यो । निगाले कान्छा ढोकामै घुरीरहेको थ्यो । अलि भित्र बाँकीहरु सबै उस्तै । पोखरी माइलाले निगाले कान्छालाई "ओई कान्छा उठ" भन्दै तानेर बिउंझायो । निंगाले कान्छालाई बेलुकीको मातले छाडीसकेको थिएन । उसले माइलालाई सोध्यो "दाजु हौ साह्रै धङ्धङ्गी लाग्यो । हिजोको बाँकी छ? हेर्नुस त" भन्दै ढोकामै घोप्टो मुन्टो लाएर बस्यो । "जाँठा हिजु त तैले ख्याल ख्यालमै निक्कै मजाक गरिस नी कान्छा ... आज म तलाँई त्यस्को बदला चखाएर पठाउँछु" भन्दै भित्र कुना तिर गयो । निगाले कान्छा पनि जिस्किन्दै "चखाउने भए चखाउ हौ दाजु चाखेरै जान्छु" नी भन्दै झुक्रेरै बसेको थियो । ठिक त्यहीबेला पोखरी माइलाले "लु चाख जाँठा" भनेर आधा हात लामो बम्फोक निगाले कान्छाको घुच्चुकमा बजायो । अझ्झै एक अरु खेप थप्यो । निंगाले कान्छाले न त टेर्यो न त प्रतिकार नै ।
गाउमा खबर पुग्यो । पोखरी माइलाले निगाले कान्छा काटी मार्यो अरे । गाउका घरका कसैले पनि यो खबरलाई पत्याएनन् । किनकी आज अप्रिल फुल डे (झुठ बोलेर कसैलाई मुर्ख बनाउने दिन थयो)

आजको दिन पोखरी माइला निंगाले कान्छा पनि अप्रिल फुल मनाउदैछन् एउटाले जेलको चिसो छिडींमा अर्कोले आइसबक्स्मा । पोखरी माइली भने यतिबेला फेसबूकमा पोखरी माइलाले लेखेको यो अप्रिल फुल पढेर कतै आशुं झार्दै छिन् l अनि गाउँमा अप्रिल फुलको अवशरमा खुप ठुलो भोज पाटीको आयोजना गरिएको छ ।

आउनुहोस भरपेट मासुभात खाएर जानुहोस् l

अप्रिल फुल "समाप्त"

No comments:

Post a Comment