Tuesday 11 April 2017

याम्फूहरूलाई मेरो अपील - दिल कुमार याम्फु (अध्यापक)


याम्फूहरूलाई मेरो अपील,
याम्फू एउटा शब्द हो जुन नेपालको पूर्वको संखुवासभामा बाहुल्यता रहेको जाति र त्यस आसपासका जिल्लामा छरिएको जाति र राज्यले अस्तित्व, पहिचान, आफ्नै रीतिरिवाज, संस्कार, भाषा छ भनेर सूचीकृत नगरेको जाति हो याम्फू शब्दको परिभाषा खोज्दा याङ्-फू याङ्को अर्थ रुपैया र फूको अर्थ सुकाउनु हुन्छ रुपैया सुकाउने जात अर्को परिभाषा अनुसार यक्फू भनेको भीर, पहिरो अर्थात् भीर पहिरो वा अप्ठ्यारो ठाउँमा बस्ने याङ्-फू र यक्फू कालान्तरमा याम्फू भएको भनाइ छ /
अब हामी पहिचानको लागि आन्दोलनरत छौं जुन यम्फू र अन्य जातिहरूले बुझ्नु पर्छ आन्दोलन भनेको बन्दा, हड्ताल, ढुंगामुढाले गरेको मागमात्रै आन्दोलन होइन, संगठित हुनु, जातिया संस्कार संस्कृति र भाषाको संरक्षण गर्नु पनि एक प्रकारको संघर्ष हो समय सधै एकैनासको हुदैन पुरानो संरचना, नेतृत्वले काम दिदैन त्यसैले अबको चुनाबमा यम्फूहरू राजनीतिक रूपमा देखा पर्नु पर्छ /
यम्फूहरूले बुझ्नु पर्ने :
१. हामी पहिचानको लागि लड्दै छौं /
२. पहिचानको मुद्दा अन्य जातिले कुनैहालतमा उथाउदैन /
३. अरुले दिएको पहिचानले हुदैन आफ्नो पहिचान आफै बनाउनु पर्छ किनभने अरुले दिएको पहिचान त राई हो जुन पद हो त्यो हामीले त्यागी सक्यौं र त्यागेका छैनौ भने त्याग्नु पर्छ / एस्वर्य राईसंग हाम्रो के नाता छ? राई हाम्रो जात हो भने राईको एकभाषा हुन्थ्यो खोई त त्यस्तो ? बान्तवाको साकेला नाच हाम्रो नाच भनेर स्वीकार्ने? बान्तवा भाषालाई राई भाषा भनि स्वीकार्ने? होइन भने अब सोचौ /
४. फेसबुकमा मात्र यम्फू लेखेर राज्यले चिन्दैन अब आफै काम गरौँ /
५. बल आफ्नो खुट्टामा छ जहिले अर्काको लागिमात्र गोल गर्ने कि ? आफ्नो लागि पनि ? की आफ्नै पोस्टतिर अब विचा गरौँ
६. हामी यो देशका कुन दर्जाका नागरिक हौँ ?
७. हामी अहिलेसम्म किन सूचीकृत हुन सकेनौ ?
८. आदिवासी जनजातीमा कसले अहिलेसम्म हालीमुहाली गरेको छ?
अब गर्नु पर्ने:
१. आफ्नो बाहुल्य रहेको क्षेत्रमा यम्फूलाई स्वतन्त्रमा भए पनि उम्मेदवार उठाउने /
२. पार्टीले फुटाएर उठाउदा उत्कृस्टलाई प्राथमिकता दिने / सकभर समज्दरिमा जाने /
३. कुनै पनि हालतमा यम्फू बाहुल्य रहेकोमा जित्ने रनानितिकसाथ लाग्ने /


साभार: दिल कुमार याम्फु'को फेसबुक वालबाट
2 April at 11:24 ·

No comments:

Post a Comment