Wednesday April 19, 2017 मा प्रकाशित

नेपाल सरकार मुर्दावाद, नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा मुर्दावादको नारा लगाइएको थियो । साथै, नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा चोर देश छोड भन्ने नाराको साथमा व्यापाक मसाल जुलुश प्रदर्शन गरिएको थियो ।
मधेश थरुहट प्रदेशका सदस्य दीपक पाण्डेले सीमांकनसमेत मधेशीको मागलाई सम्बोधन तथा संविधान शंसोधन नभई यदि प्रशासनको आड लिई निर्वाचन गराउने भ्रम सरकारले लियो भने त्यो सपना त्यो सपना कहिल्यै पूरा नहुने दाबी गरेका छन् ।

उनले यदि कुनै पनि पार्टीका नेताले भोट माग्न आए उसलाई कालोमोसो दल्ने र बहिस्कार गर्ने चेतावनी दिएका छन् । बिहीबार मधेशी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।

लाठी जुलुस प्रदर्शनमा प्रहरी प्रशासनले हस्तक्षेप गरे भने तयसको प्रतिकारस्वरुप हतियारसमेत प्रयोग गर्ने चेतावनी उनले दिए ।
मंगलबार भएको मसाल जुलुश तौलिहवा परिक्रमा गरि जिल्ला प्रशासन अगाडी कोणसभामा परिणत भएको थियो । त्यसैगरी, विरोध जनाउँदै मधेशी मोर्चाले कृष्णानगर तथा बहादुरगंज लगायत कपिलवस्तु जिल्लाभरि मसाल जुलुश प्रर्दशन गरेको थियो ।
साभार: पाथीभरा न्युज
No comments:
Post a Comment