'डीपीआर प्रााप्तीबारे छलफल अघि बढ्यो'
- रबिन्द्र घिमिरे
१४ जेठ, निजगढ । नेपाली सेनाले एकैपटक १० स्थानबाट काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण गर्ने सुरु गर्ने भएको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्र्याक निर्माणका लागि अब तत्काल सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ ।
सेनाले फाष्ट ट्र्याकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने आयोजना प्रमुख नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले जानकारी दिए ।
यसका लागि फास्ट ट्रयाकको रुटका विभिन्न स्थानमा निर्माण कार्यदललाई क्याम्पका रुपमा खडा गरिनेछ । एकैपटक सबै स्थानबाट काम सुरु गरेर अबको ४ वर्षभित्र यसलाई टुंग्याउने योजना सेनाको छ ।
‘आइटम’ छुट्याएर काम
कार्यदलमार्फत फास्ट ट्रयाकमा गर्नुपर्ने कामका प्रकृतिअनुसार विभिन्न कामहरुको ‘आइटम’ छुट्याइनेछ । ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।
सेनाले अहिले सुरु गर्न लागिएको कामलाई प्रारम्भिक निर्माण भनेको छ । आयोजना प्रमुख खाँडले फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएकाले सेनालाई काम अघि बढान समस्या परेको बताए ।
उनले आयोजनाको डीपीआर पनि प्राप्त गर्ने गरी छलफल अघि बढेको बताए । यसअघि नै भारतीय कम्पनीले आयोजनाको डीपीआर तयार गरेको थियो ।
अहिले सोही डीपीआर किन्ने की नयाँ डीपीआर तयार गरेर अघि बढ्ने भन्ने अन्योल छ । नयाँ डीपीआर बनाउन लाग्दा निर्माणमा ढिलाइ हुने भएकाले भारतीय कम्पनीसँग नै डीपीआर किन्न छलफल अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो ।
फास्ट ट्रयाक निर्माणका लागि उच्च स्तरको जनशक्ति पनि आवश्यक पर्ने भएकाले सेनाले राष्ट्रिय/अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्नेबारे आन्तरिक तयारी गरिरहेको खाँडले बताए ।
सडक रुट र ब्यवस्थापन
आयोजना अघि बढाउन सेनाले कार्य सम्पादन संयन्त्र र त्यसको कार्यबिधि पनि बनाइरहेको छ । आयोजना अघि बढाउन र यसमा आइपर्ने समस्या सुल्झाउन सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको अध्यक्षतामा अधिकार सम्पन्न फास्ट ट्र्याक निर्माण निर्देशक समिति पनि बनाइएको छ ।
यसले आयोजनाका लागि आवश्यक पर्ने आवश्यक कानुनी र नीतिगत ब्यवस्थाका लागि छलफल अघि बढाएको खाँडले बताए ।

काठमाडौं तराई फास्ट ट्रयाक ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली- इपा- गढी- छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएरनिजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।
फास्ट ट्रयाकले ललितपुरमा किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।
कस्तो बन्छ ?
यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो द्रुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।
प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने आयोजना प्रमुख खाँडले बताए । फास्ट ट्र्याकमा उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुनेछ ।
सरुङमार्ग पनि
दू्रतमार्गमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण गरिनेछ । मकवानपुरको ठिंगनबाट रातोमाटेसम्म दुई मुख भएका सुरु निर्माण गरिनेछ । सुरुङमार्गको बीचमा बचाव सडक पनि खोलिनेछ ।
सुरुङमा आइपर्ने दुर्घटनालाई मध्यनजर गरेर यस्तो सडक पनि खोल्ने योजना छ । एउटा सुरुङमार्गको चौंडाइ ९.५ मिटरको हुनेछ । यसको उचाइ ५.५ मिटरको हुने आयोजना प्रमुख खाँडले जानकारी दिए ।

दू्रतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।
आकाशे पुल र दस्तुर केन्द्र
सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।
यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्द्रं राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।
यो मार्गबनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।
२-२ किलोमिटरमा टेलिफोन
सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।
सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिने आयोजना प्रमुख खाँडले बताए ।
मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।
२०७४ जेठ १४ गते २२:२४ मा प्रकाशित
News Source By: onlinekhabar.com
- रबिन्द्र घिमिरे
१४ जेठ, निजगढ । नेपाली सेनाले एकैपटक १० स्थानबाट काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण गर्ने सुरु गर्ने भएको छ । आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको फास्ट ट्र्याक निर्माणका लागि अब तत्काल सेनाको निर्माण कार्यदल विभिन्न स्थानबाट खटिनेछ ।सेनाले फाष्ट ट्र्याकलाई १० सेक्टरमा विभाजन गरेर काम थाल्ने आयोजना प्रमुख नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले जानकारी दिए ।
यसका लागि फास्ट ट्रयाकको रुटका विभिन्न स्थानमा निर्माण कार्यदललाई क्याम्पका रुपमा खडा गरिनेछ । एकैपटक सबै स्थानबाट काम सुरु गरेर अबको ४ वर्षभित्र यसलाई टुंग्याउने योजना सेनाको छ ।
‘आइटम’ छुट्याएर काम
कार्यदलमार्फत फास्ट ट्रयाकमा गर्नुपर्ने कामका प्रकृतिअनुसार विभिन्न कामहरुको ‘आइटम’ छुट्याइनेछ । ट्रयाक तथा सडक विस्तार, टेवा पर्खाल, कटिङ क्षेत्र पर्खाल, सुरुङमार्ग, पुल, कल्भर्ट लगायत निर्माणलाई छुट्टा-छुट्टै रुपमा कार्यविभाजन गरेर काम सुरु गर्ने सेनाले बताएको छ ।
सेनाले अहिले सुरु गर्न लागिएको कामलाई प्रारम्भिक निर्माण भनेको छ । आयोजना प्रमुख खाँडले फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएकाले सेनालाई काम अघि बढान समस्या परेको बताए ।
उनले आयोजनाको डीपीआर पनि प्राप्त गर्ने गरी छलफल अघि बढेको बताए । यसअघि नै भारतीय कम्पनीले आयोजनाको डीपीआर तयार गरेको थियो ।
अहिले सोही डीपीआर किन्ने की नयाँ डीपीआर तयार गरेर अघि बढ्ने भन्ने अन्योल छ । नयाँ डीपीआर बनाउन लाग्दा निर्माणमा ढिलाइ हुने भएकाले भारतीय कम्पनीसँग नै डीपीआर किन्न छलफल अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो ।
फास्ट ट्रयाक निर्माणका लागि उच्च स्तरको जनशक्ति पनि आवश्यक पर्ने भएकाले सेनाले राष्ट्रिय/अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्नेबारे आन्तरिक तयारी गरिरहेको खाँडले बताए ।
सडक रुट र ब्यवस्थापन
आयोजना अघि बढाउन सेनाले कार्य सम्पादन संयन्त्र र त्यसको कार्यबिधि पनि बनाइरहेको छ । आयोजना अघि बढाउन र यसमा आइपर्ने समस्या सुल्झाउन सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको अध्यक्षतामा अधिकार सम्पन्न फास्ट ट्र्याक निर्माण निर्देशक समिति पनि बनाइएको छ ।
यसले आयोजनाका लागि आवश्यक पर्ने आवश्यक कानुनी र नीतिगत ब्यवस्थाका लागि छलफल अघि बढाएको खाँडले बताए ।

काठमाडौं तराई फास्ट ट्रयाक ललितपुरको खेकनाबाट सुरु भएर काठमाडौंको चाल्नाखेल हुँदै दक्षिणकाली- इपा- गढी- छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएरनिजगढमा पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।
फास्ट ट्रयाकले ललितपुरमा किलोमिटर छुन्छ भने काठमाडौंको ४, मकवानपुरको ५६.७ र बारामा ७.६ किलोमिटर क्षेत्र दू्रत मार्गमा पर्छ ।
कस्तो बन्छ ?
यो मार्ग ४ लेनको आधुनिक तथा सुविधा सम्पन्न किसिमको हुनेछ । कुल ७६.२ किलोमिटरको यो द्रुत मार्गले पहाडी क्षत्रेमामा २३ मिटर र तराईमा २५ मिटर चौंडाइ ओगट्नेछ ।
प्रतिलेन चौंडाइ ३.७५ मिटरको हुने आयोजना प्रमुख खाँडले बताए । फास्ट ट्र्याकमा उच्च प्रविधिका सहित ९९ सय वटा पुल निर्माण हुनेछ ।
सरुङमार्ग पनि
दू्रतमार्गमा डेढ किलोमिटर २ मुखे सुरुङ पनि निर्माण गरिनेछ । मकवानपुरको ठिंगनबाट रातोमाटेसम्म दुई मुख भएका सुरु निर्माण गरिनेछ । सुरुङमार्गको बीचमा बचाव सडक पनि खोलिनेछ ।
सुरुङमा आइपर्ने दुर्घटनालाई मध्यनजर गरेर यस्तो सडक पनि खोल्ने योजना छ । एउटा सुरुङमार्गको चौंडाइ ९.५ मिटरको हुनेछ । यसको उचाइ ५.५ मिटरको हुने आयोजना प्रमुख खाँडले जानकारी दिए ।

दू्रतमार्गमा ६ वटा इन्टरचेञ्ज अर्थात प्रवेश मार्गहरु रहनेछ । यात्रु र गाडीको ३९ वटा भिन्न सतह क्रसिङ पनि यसमा राखिनेछन् ।
आकाशे पुल र दस्तुर केन्द्र
सडकमा बाटो काट्न ६ वटा आकाशेपुल पनि बन्नेछन् । आयोजनामा कुल १६० वटा कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । ६१ किलोमिटर क्षेत्रमा टेवा पर्खाल र ६२ किलोमिटरमा कटिङ क्षेत्र पर्खाल बनाइनेछ ।
यसैगरी द्रुतमार्गभरिमा २ वटा अर्धस्वचालित प्रविधिको ट्रल प्लाजा अर्थात राजश्व दस्तुर केन्द्रं राखिनेछ । सवारीसँग सडकमा गुडेबापतको कर उठाउन यस्तो प्रविधि जडान गरिनेछ ।
यो मार्गबनेपछि काठमाडौंबाट तराई पुग्न जम्मा १ घण्टा लाग्नेछ । न्युनतम् ६५ देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकिनेछ ।
२-२ किलोमिटरमा टेलिफोन
सडक तथा सवारी सुरक्षाका लागि सडका सुरक्षा र सूचना प्रणलीहरु पनि जोडिनेछ । विभिन्न स्थानमा मेडिकल, सुरुङमार्गमा अग्नि नियन्त्रक र ट्राफिक ब्यवस्थापक प्रणाली पनि ब्यवस्थित गर्ने योजना छ ।
सडकका प्रत्येक २ किलोमिटरमा दुर्घटनाबारे जानकारी दिन मिल्ने गरी हटलाइन टेलिफोनको ब्यवस्था पनि गरिने आयोजना प्रमुख खाँडले बताए ।
मार्गको दयाँतर्फ खानेपानी, अप्टिकल, ग्यास, विद्युत प्रशारणलाइन लगायतका पूर्वाधार पनि राख्न मिल्ने गरी सडक तयार गरिने सेनाले बताएको छ ।
२०७४ जेठ १४ गते २२:२४ मा प्रकाशित
News Source By: onlinekhabar.com
No comments:
Post a Comment