Tuesday 23 May 2017

प्रधानाध्यापकहरुको घुम्ती बैठक सम्पन्न



मंगलबार ९ जेठ २०७४ केराबारी युवराज ठकुरी –


मोरङको केराबारी स्रोत केन्द्रमा आबद्ध बिद्यालयहरुका प्रधानाध्यापकहरुको घुम्ती बैठक केराबारी ५मा रहेको साबित्री माबिमा सम्पन्न भएको छ। जेठ महिनाको तेस्रो बैठक पाठनोट र शैक्षिक सामग्री निर्माण नगरी कक्षाकोठामा नजाने प्रतिबद्धता सहित सम्पन्न भएको हो।

श्रोतकेन्द्र स्तरीय निर्णय अनुसार चैतको दोस्रो मङ्गलबार बुद्ध मावि केराबारी, देवीझोडाबाट सुरु गरिएको बैठक कल्याणकारी मावि सिंहदेवीमा र तेस्रो महिनाको बैठक सावित्री माविमा गरिएको प्रधानाध्यापक प्रेमप्रकाश भट्टराईले बताउनुभयो।

शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्ने ? कुन कुन बिद्यालयले कुन तरिकाले बिद्यालय सुधारका गतिबिधि अगाडि बढाएका छन ? भन्ने कुराको अवलोकन साथै अनुभवको साटासाट गर्ने माध्यम पनि घुम्ती बैठकको औचित्य रहेकाले यसमा प्रधानाध्यापकहरुले सक्रिय सहभागीता जनाएको स्रोत ब्यक्ती बिन्दु लावतीले बताउनुभयो।

केराबारी श्रोत केन्द्र अन्तर्गतका ३३ वटा बिद्यालयहरु मध्ये केही पहाडी भुभागका बिकट वडाहरुमा पनि रहेका छन। बैठकमा उपस्थित प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकले बिद्यालयमा सञ्चालित कक्षा अबलोकन गरिएको थियो।

बिद्यालय सुधारमा सबै पक्षहरु सहभागिता सँगै ध्यानाकर्षण होस, केही नमुना बिद्यालयहरुको अवलोकनले प्रधानाध्यापकहरुमा नयाँ भिजन सृजना गर्न पनि प्रअ बैठकले महत्वपूर्ण भुमिका खेल्ने र बिद्यालय परिवारमा अन्तरकृया, सहकार्य हुन जरुरी रहेको प्रमुख अतिथि बरिष्ठ प्रशिक्षक अशोक कालाखेतीले बताउनुभयो।

बैैठकमा श्रोत व्यक्ति बिन्दु लावती, बरिष्ठ प्रशिक्षक, प्रशिक्षकहरु महेश्वर दाहाल, दीपक पोखरेल, गोविन्दप्रसाद दाहाललगायत श्रोत केन्द्र बिद्यालयभरिका प्रअहरु, प्रतिनिधि शिक्षकको उपस्थिति थियो।

अर्को महिनाको प्रअ बैठक लक्ष्मी मावि केराबारी ९ भलुवामा हुने सार्वजनिक माविका प्रअ रुद्र कार्कीले जानकारी दिनुभयो।

साभार: पूर्वी खबर

No comments:

Post a Comment