Wednesday 3 May 2017

काठमान्डू महानगरपालिका को मेयर पदमा उम्मेद्वारी दिएर एकाएक चर्चित बनेकी उम्मेदवार रञ्जु दर्शनाको भित्री कथा

प्रकाशित मिति: May 3, 2011 केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन ।


‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै फर्किइन । हिजोआज ‘तरकारीवाली’ नामोनिसान सुन्न पाइँदैन । किनकि ‘तरकारीवाली’ प्रायोजित थियो भने कुसुम यर्थाथ । ‘यर्थाथ कहिल्यै डक्दैन’ भन्ने कथन यहँनेर मनन्योग्य छ ।


अहिले फेरि त्यस्तै झल्को दिने गरी स्थानीय तहको चुनावमा अर्की एक ‘वाली’ देखिएकी छिन् । उनी हुन् काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार दर्ता गरेकी रञ्जु न्यौपाने अर्थात ‘दर्शना’ । उनी देशभरकै चुनावी उम्मेद्वारका बिचमा बढी चर्चाको केन्द्रमा रहेकी छन् । यो कुरा उनले नबुझेकी कहाँ नहोलान् र । तर भनिन्छ, चर्चा हुनु राम्रो, तर छिट्टै सेलाउनु धेरैगुण नराम्रो ।


राजधानीको महाराजगन्जकी बासिन्दा उनले मंगलबार राजधानीको राष्ट्रियसभा गृहमा पुगेर विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन् । दर्तापछि उनले ‘आफ्नो उम्मेदवार वर्तमान राजनीतिक परिपाटीलाई चुनौति सावित हुने’ प्रतिक्रिया दिएकी छन् । मेयर पद आफूले जित्ने दाबी समेत गरेकी छन् ।


संसदवादी दल एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपालगायत ठूला संख्या समर्थक रहेका दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न ताम्सिएकी छन् । धेरैले उनलाई सानै उमेरमा साहसी उम्मेदवारको रुपमा चर्चा गरिरहेका छन् भने कसैले फगत चर्चाका लागि उम्मेदवार बनेकी तर्क गरिरहेका छन् । उनको उमेर २१ पुगेको तथ्य पेश गरिएको छ ।


कुन तर्क सही हो भन्ने विषय चुनाव भएको खण्डमा परिणामले बताउला । तर चुनावलाई संसदवादी फोहोरी खेल मान्नेहरुका लागि दर्शनाको मेयर बन्ने चाहना अनौठो विषय बन्दैन । तर सामाजिक सञ्जालदेखि सानाठूला सबैखाले मिडियाले ‘तरकारीवाली’कै शैलीमा दर्शनालाई ‘चुनाववाली’को रुपमा प्रचार गरिरहेका छन् ।


रञ्जु अर्थात ‘दर्शना’को पार्टी विवेकशील नेपाल एनजीओको गर्भबाट जन्मिएको दल हो । नेपालमा अमेरिकी डलर प्रत्यक्ष लगानी भइरहेको संस्था हो यो । उसले ०७२ को भूकम्पमा प्रभावित क्षेत्रमा पुगेर सहयोगीको भूमिका निभाउने नाममा अमेरिकी डलर पचाएको संस्थाको रुपमा परिचित छ । डलरकै प्रलोभनमा संस्थाले थुप्रै युवायुवतीहरु सदस्यता दिलाउने काम जारी राखेको छ । त्यही सिलसिलामा विवेकशीलकी सदस्य बनेकी हुन् दर्शना । तिनै पात्र आज ठूलो रकम खर्च गर्ने प्रतिस्पर्धामा मेयरकी उम्मेदवार उठेकी छन् ।



त्यही संस्था हो जससँगआवद्ध युवायुवतीलाई डा. गोविन्द केसीको आमरण अनसनको पक्षमा र्याली बनाएर उतार्ने र केसी–सरकारवीचको सम्झौता कार्यान्वयन नहुँदा सडकमा ओराल्ने । यिनै दर्शना ¥यालीमा अग्रपंक्तिमा हुन्थिन् । मिडियामा आएका फोटोसमाचारले दिएको तथ्य हो यो । डलरले नै रञ्जु न्यौपानेलाई ‘दर्शना’ बनाएको चर्चा महानगरका मतदातामाझ् चर्चा व्यापक छ । नजिकबाट देख्नेजान्नेहरु उनीसँग कुनै ठोस भिजन र उद्देश्य नभएको बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा विवेकशील नेपाल दलकी एक सदस्यले दर्शना उम्मेदवार जित्नका लागि भन्दा चर्चाका लागि मेयरमा उठेकी बताए ।


उनका अनुसार राजनीति दर्शनशास्त्र, अर्थशास्त्र र इतिहासको संयुक्त रुप हो । तर दर्शनासँग यी तिनै चिज छैन । ती सदस्यले यतिसम्मन टिप्पणी गरे कि ‘दर्शना एक मोडल हुन्, अहिले राजनीतिक मोडल बन्न पुगेकी छिन् ।’ यही टिप्पणीलाई मान्ने हो भने चुनावका बेला फोटो खिचाउने र चुनाववाली बन्नेबाहेक अन्य केही हुन सक्दैन भन्न धक मान्नु पर्दैन ।


देश, समाजको विकास र मानव जीवनलाई समृद्ध बनाउने भन्ने कुरा चुनावबाट निर्वाचित प्रतिनिधिमार्फत व्यक्त हुँदा ठीक मान्ने प्रचलन शताब्दीयौं पुरानो प्रणाली हो । तर चीन, उत्तरकोरिया, क्युवा, भेनेजुएलाजस्ता देशको विकासको गतिले यो प्रणालीलाई सिधै खारेज गरिदिएको छ ।


यस मानेमा वर्तमान राजनीतिक परिपाटीलाई चुनौति भनेको वैज्ञानिक समाजवाद मात्र हो । तर दर्शना वैज्ञानिक समाजवादको सिद्धान्तमा निष्ठावान हुनै सक्दिनन् । वैज्ञानिक समाजवादमा परनिर्भरतामा बाँच्ने भन्ने विषय नै हुँदैन । बरु वैज्ञानिक समाजवादको सिद्धान्त पछिल्लो सयममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको छ । यसलाई देश र जनताको जीवन पद्धतिको रुपमा ग्रहण गरिरहेका छन् । तर उनको दल विवेकशील विदेशी रकममा आश्रित छ । डलरबाहेक अन्यले उपचारै हुन नसक्ने अवस्थामा पुगेको छ । त्यसकारण उनीसँग विचार, दर्शन र उद्देश्य छैन भन्नेहरुको तर्क उनको उम्मेदवार दर्तासँगै जबर्जस्त अगाडि आएको छ, रविन्द्र मिश्रको साझा पार्टीको जस्तै ।


एकजना नेपाली नागरिक भएकैले त्यसमा पनि युवा जोशमा देश र नागरिकको समृद्धिको चाहना राख्नु ठीक हुन सक्ला तर बिना दर्शन र राजनीतिक धरातलको चाहना सिमलको भुवाझैं बिलाएर जान्छ भन्ने तर्कलाई नकार्न सकिँदैन । यस अर्थमा काठमाडौं महानगरका मतदाताले ‘तरकारीवाली कुसुम र चुनावली दर्शना उस्तउस्तै हुन्’ भन्ने गरेको कुरालाई अन्यथा मान्न सकिँदैन । तर कुसुम आफनै मेहनत र पसिनाबाट ‘तरकारीवाली’ बनेकी थिइन् भने दर्शना डलरबाट ‘चुनाववाली’ बनाइएको हो ।


जसरी ‘तरकारीवाली’ एकाएक छोटो पहिरन पहिरिएसँगै एक पोज तस्बिरका साथमा विलय भइन् त्यस्तै जेठ १ पछि दर्शनाको चर्चा लुप्त हुनेमा कुनै शंका छैन ।


- See more at: अनलाइनडवली

No comments:

Post a Comment