Tuesday 23 May 2017

गाई र सूर्यको दुरुपयोग नगर्न राप्रपा र एमालेलाई लामाको चेतावनी


मंगलबार ९जेठ २०७४ इटहरी न्युजडेस्क-


राष्ट्रिय जनता पार्टी नेपालका सचिव तेञ्जी(छत्रपती) लामाले राष्ट्रिय जनावर गाई र राष्ट्रिय झण्डामा भएको सूर्यको दुरुपयोग नगर्न राप्रपा र एमालेलाई चेतावनी दिनुभएको छ। राजपा नेपाल इटहरी नगरसमितिले इटहरीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामाले त्यस्तो चेतावनी दिनुभएको हो।

तीन करोड नेपालीले गाईलाई राष्ट्रिय जनावर मान्नुपर्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्हमा गाईलिन नपाउँने भन्दै लामाले तुरुन्त निर्वाचन चिन्ह सच्याउन आग्रह गर्नुभयो। लामाले भन्नुभयो, “कमल थापा गाई राष्ट्रिय जनावर हो भने तुरुन्त निर्वाचन चिन्ह सच्याउ गाई तिम्रो प्यावा होईन तिमीलाई राष्ट्रिय जनावरको दुरुपयोग गर्ने अधिकार कसले दियो”?

एमाले प्रति पनि आक्रोश पोख्दै लामाले राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य निर्वाचन चिन्हको रुपमा प्रयोग गर्न एमालेलाई अधिकार छैन। लामाले भन्नुभयो,“ तीन करोड नेपालीले राष्ट्रिय झण्डा मानिरहेका छन,त्यहि झण्डामा प्रयोग भएको सूर्य के एमाले र केपी ओलीको सम्पती हो,तिमीहरुलाई झण्डामा प्रयोग भएको चिन्ह दुरुपयोग गर्न कसले अधिकार दियो”?लामाले राष्ट्रियताका बिषयमा वकालत गर्नेहरुले नै बिभिन्न नदिनाला बेचेको भन्दै त्यो बेच्नुको औचित्य पुष्टि गर्न चेतावनी दिनुभयो।

अगुवा कार्यकर्ता भेलामा करिव सयजना उपस्थित थिए। भेलामा राजपा केन्द्रिय सदस्य कल्पना थारु राजपा सुनसरीका अध्यक्ष मण्डलका अध्यक्ष सिएन पाठक,राजपा नेपाल इटहरी अध्यक्ष प्रविन कुमार राई,खेलकुद मञ्च इटहरीका अध्यक्ष जोखन चौधरी, आदिबासी जनजाती महासंघ इटहरी अध्यक्ष गुञ्ज माझी,प्रेस मञ्चका केन्द्रिय सदस्य चन्दन रौनियार लगायत उपस्थित हुनुहुन्थ्यो।

सोमबार ८ जेठ २०७४ इटहरी न्युजडेस्क-

No comments:

Post a Comment