Tuesday 23 May 2017

रकम अभावमा अस्पतालले बिरामीलाई सारेन वार्डमा




सोमबार ८ जेठ २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इटहरीकी क्यान्सर पिडित एलिना तामाङ्गको उपचारमा समस्या भएको छ। आर्थिक अभावका कारण तामाङ्गको उपचारमा समस्या भएको हो।

एलिनाको बिराटनगरस्थित नोवल अस्पतालमा उपचार भईरहेको छ। छोरीको उपचारमा करिव ६लाख रुपैँया लागेको भन्दै पीडितकी आमा सिताले भन्नुभयो, “अस्पतालले एकलाख रुपैँया छुट दिएको छ अरु पाँचलाख रुपैँया माग्दैछन दिने एक पैसा छैन के गरुम ?” सिताले अस्पतालले रकम नतिरेसम्म वार्डमा पनि बिरामी नसारेको भन्दै थपऔषधी उपचार नगरिदिने भनेको गुनासो गर्नुभयो। एलिनालाई रोग लागेको थाहा पाउने बित्तिकै बाबुले पनि छोडेको र करिव डेढ बर्षदेखि सानो बुवासँग रहनुभएको छ।

धरान रोडको आईतबारे मोडमा सामान्य चियापसल सञ्चालन गर्ने एलिनाको परिवारमा अरु पनि सदस्य छन। आर्थिक अभावमा पिल्सीएको तामाङ्ग परिवारलाई सहयोग गर्न हाल पूर्वी नेपालमा कृयाशिल बिभिन्न संघ सँस्था एवं फेसबुकको ग्रुपहरु सकृय छन।

एलिनाको उपचारका लागी सहयोग रकम जुटाउन ट्विटेरियन सोसाईटी,बार्सा नेपाल पूर्वाञ्चल, दाह्री ग्याङ्ग,क्विक भोलेन्टीयर अनि वर्क फर नेपाल र डब्लुएसआरआर सकृय छन। तपाँईपनि एलिनाको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने एलिनाकी आमाको मोवाईल नम्बर ९८१३७७९५९० वा सिताको नाममा प्रभु बैँक लिमिटेड इटहरीमा रहेको खाता नम्बर ०६३०१०००८९५७४८०००००१मा रकम जम्मा गर्न सक्नुहुनेछ।



साभार: पूर्वी खबर 

No comments:

Post a Comment