Tuesday 20 February 2018

घुम-घामकै लागि की के कामले फिलिपिन्स .... ? जवाफमा - तेज बान्तवा राई

म मनिला गएर आए पछि आफन्त/साथीहरुको प्रश्नको सामना गरिरहनु परेको छ, "घुम-घामकै लागि की के कामले फिलिपिन्स .... ?" जिज्ञासा अस्वाभाविक पनि होइन । सबैलाई एक्-एक गरेर जवाफ दिनु भन्दा बरु यही स्टाटसमा छोटकरीमा स्पष्ट पार्न चाहेँ ।

हाम्रो टोली घुम-घामको लागि नभएर एउटा तालिममा मनिला गएको हो । एसिया र प्यासिफिक क्षेत्रमा दक्ष जनशक्तिको बिकास गर्न नेपाल सहित् १६ वटा देशहरु सदस्य रहेको "कोलम्बो प्लान स्टाफ कलेज" ले आयोजना गरेको RPL (Recognition of Prior Learning) तालिममा सहभागि हुन १४ जनाको हाम्रो टोली त्यस तर्फ गएको हो ।
दक्ष जनशक्ति उत्पादन गरेर निक्कै राम्रो रेमिटेन्स भित्र्याउन सफल फिलिपिन्समा RPL ले उदाहरणिय भूमिका खेलेको रहेछ । नेपालमा पनि RPL सिस्टम लागु गराएर दक्ष जनशक्ति उत्पादन गर्न सके फिलिपिन्सले जस्तै अहिलेको तुलनामा ३ गुणा रेमिटेन्स भित्राउन सकिने सम्भावना रहेछ ।

के हो त RPL ?
हामीले जिन्दगीमा केही न केही शीप त सिकिरहेकै हुन्छौँ, चाहे त्यो औपचारिक होस् या अनौपक्षरिक, स्व-अध्यायनले होस् या कामको क्रममा सिकिएको होस् । कुनै पनि औपचारिक स्कूल वा  तालिम केन्द्र नगईकनै सिकिएको यस्तो शीपको खास्सै मान्यता पाउँदैन । यसको मुख्य कारण भनेको यस्तो शीपको कुनै लिखित प्रमाण हुँदैन । जस्तो की वैदेशिक रोजगारीमा गएका थुप्रै नेपाली दाजु-भाईहरुले कामको क्रममा आफुले गरेको कामको ज्ञान भएको हुन्छ तर काम जान्दा-जान्दै पनि हेल्पर वा तल्लो स्तरको तलव खाँदै त्यो काम गरिरहनु परिरहेको हुन्छ । हो, यस्तै शीपलाई पहिचान गरी लिखित मान्यता दिने काम नै RPL (Recognition of Prior Learning) हो ।

नेपालमा राष्ट्रिय शीप परिक्षाण केन्द्र (NSTB) ले बर्षेनी हजारौँ युवाहरुलाई उनिहरुले जानेको शीपको परिक्षण् गरेर शिपको प्रमाण-पत्र दिने गरेको भएता पनि यसलाई अन्तरराष्ट्रिय स्तरको प्रणाली र मान्यता अनुसार विकास् गर्ने प्रणालीलाई RPL भनिँदो रहेछ । यही कुरो विस्त्रित रुपमा सिक्न-बुझ्न मनिलामा सञ्चालित प्रशिक्षणमा सहभागि भइएको थियो ।

RPL को फाईदा के त ?
- बिभिन्न कारणले औपचारिक रुपमा शिक्षित वा प्रशिक्षित हुन नसकेको युवा जनशक्तिले पनि लिखित मान्यता पाउनेछ ।
- रोजगारीको क्रममा सिकेको शीपले मान्यता पाउने भए पछि काम्दारको आम्दानी बढ्ने छ साथै वैदेशिक रोजगारीबाट आउने रेमिटेन्स बढ्नेछ ।
- काम गर्ने स्थल नै तालिम केन्द्र पनि भए पछि युवा जनशक्ति उत्पादनमा लाग्ने तालिमको खर्च घट्नेछ ।
-  यस्तो शीप पहिचानको क्रममा सहभगिले, "आफुमा के कमी कमजोरी रहेछ ?" भन्ने कुरा पनि थाहा पाउने र त्यस्तो अवस्थामा कमी-कमजोरी रहेको विषयमा मात्रै छोटो तालिम वा अध्ययन लिएर "दक्ष" बन्न सक्ने भएकोले सिक्ने समयको वचत हुने ।
- युवा जनशक्तिमा आत्म-सम्मान बढ्नेछ भने श्रमबजारले दक्ष जनशक्ति पाउनेछ ।
-  सिकेको शीपले मान्यता आउने भएकोले Life Long Learning लाई प्रोत्साहन गर्छ ।

यो राम्ररी लागु गर्न सके त फाईदै फाईदा रहेछ । नेपाल जस्तै विश्व श्रमबजारमा जनशक्ति पठाएर रेमिटेन्स भित्र्याउने फिलिपिन्सले नेपालीको अनुपातमा ३ गुणा बढी भित्र्याउनुको कारण पनि यही रहेछ । हामीले पनि यसरी नै, "जे काम भए पनि गर्छु ।" भन्दै 3D (Dirty Danger & Difficult) काममा पनि सबै भन्दा तल्लो दर्जाको कामदार पठाउनु भन्दा प्रशिक्षित गरेर वा उनिहरुको दक्षतालाई
प्रमाणित गर्दै दक्ष बनाएर पठाउँदा पो राम्रो हुन्थ्यो की ? (नयाँ प्रधानमन्त्रीज्यूले आफ्नो प्रतिवद्धतामा प्रत्येक् गाउँपालिका र नगरपालिकाहरुमा CCTV आच्या !, CCETV आच्या !, CTEVT बाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रहरु सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएकै छ क्यारे । :P :P :P )

NSTB को Sector Skill Committee - Construction को तर्फबाट मलाई यो तालिममा सहभागि हुने अवसर दिलाउनु हुने NSTB का निर्देशक तथा बालाजु पढ्दा ताकाका मेरा गुरु याम भण्डारी सर, NVQS (Nepal Vocational Qualification System) का टिम लिडर देवी दाहाल सर, NVQS कै क्यापासिटी डेव्लोप्मेन्ट स्पेसलिस्ट Prativa Joshi म्याडम तथा नेपालमा CTEVT का सदश्य सचिव रहिसक्नु भएका र अहिले कोलम्बो प्लान स्टाफ कालेजका महा निर्देशक रहनु भएका Dr. Ramhari Lamichhane सरहरु प्रती हार्दिक आभार ।

फोटो/लेख तेज बान्तवा राई ज्युको फेसबुक पोष्टबाट साभार गरीएको हो । 

No comments:

Post a Comment