Wednesday 1 March 2017

बालिका मृत्यु प्रकरणले धरानमा तनाब, मध्यराती सम्म दाेहाेर झडप (अपडेट)



विजयपुर/धरान –१६ स्थित जोरसखुवा छेउमा धर्मपुत्रीको रुपमा पालिएकी एक १३ बर्षिया बालिकाको हत्यारालाई कारबाहिको माग गर्दै स्थानियले मङगलबार मध्यराती सम्म बिरोध प्रर्दशन गरेका छन् ।
गत सोमबार धरान–१६ स्थित जोरसखुवा छेउका बलिमान राई र पदमकुमारी राईले धर्मपुत्रीको रुपमा पालेकी १३ बर्षिया बालिका अनुसा राईले नाम नखुलेको बिषदी खाएर आत्माहत्या गरेको हल्ला सार्बजनिक भएको थियो ।
बालिका स्थानिय सियोन स्कुलको कक्षा तिनमा पढ्दै थिइन ।तर स्थानियहरुले मृतक बालिकालाई दिनहुँ यातना दिने गरिएको बताउदै बालिकाको आत्माहत्या नभई हत्या भएको बताउदै आएका छन् ।
स्थानियले बलिमान राईको घरमा मङगलबार राती तोडफोड समेत गरेका छन् ।तोडफोड नियन्त्रण गर्न पुगेको प्रहरी र स्थानिय बिच मङगलबार मध्यराती सम्म तनाब सृजना भएको छ ।
स्थानिय र प्रहरी बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३६ राउण्ड अश्रुल ग्यास प्रहार गरेको छ । झडपमा परि ११ जना प्रहरी सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आरोपी बलिकमान राई र पदमकुमारीको घरमालाई अहिले पनि सुरक्षा घेरामा राखेको छ ।
हत्यारालाई कारबाही हुनुपर्ने भन्दै आक्रोशीत भएका स्थानियले आरोपीको घरमा आगजनीको प्रयास समेत गरेका छन् ।स्थानियले घर छेउमाबाट आगजनी सुरु गरेपनि प्रहरीले धरान उपमहानगरपालीकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
घटनामा कति र्घाइते भएका छन् भन्ने बिबरण यो समाचार तयार पार्दा सम्म प्राप्त हुन सकेको छैन । स्थितीलाई नियन्त्रणमा लिन मङगलबार राती सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलको कमाण्डमा थप टोलि धरान आएको पोषराज पोख्रेलको कमाण्डमा थप टोलि धरान आएको छ ।घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिती गराइएको छ ।
के भएको थियो घटना ?
गत सोमबार बलिमान राई र पदमकुमारी राईले बिगत १० बर्ष देखि धर्मपुत्रीको रुपमा पालिएकी बालिका अनुसा राईले नाम नखुलेको बिषदी खाएको भनि पदमकुमारी राई बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थिती पेड्रिएटिक इर्मजेन्सीमा पु¥याएकी थिइन ।
प्रतिष्ठान स्थित प्रहरी पोष्ठका अनुसार गम्भिर अबस्थामा रहेकी अनुसारलाई पिआईयु मा राखेर उपचार सुरु गरिएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठान स्थित प्रहरी पोष्टले जनाएको छ ।
अस्पतालले मृत घोषणा गरेपछि बालिकालाई अन्तिम संस्कार गर्न काठको बाकस बनाउन लागएको कुरा स्थानियले थाहा पाएपछि बालिकाले आत्माहत्या गरेको नभई उसलाई हत्या गरिएको भन्दै प्रहरीमा पुगेका थिए ।स्थानिय मनिका राईले बच्चालाई दिनहुँ जस्तो यातना दिने गरेको आफुहरुले सुनेको बताईन ।
मङगलबार रातीपनि स्थानियले घटनामा बालिकाले आत्माहत्या नगरेर हत्या गरिएको भन्दै तत्काल पक्राउ गरि कारबाहीको माग गर्दै नाराबाजी समेत गरेका थिए ।
आरोपीहरु प्रहरी नियन्त्रणमा,घटनाको अनुसन्धान सुरु
इलाका प्रहरी कार्यालय धरानले घटनाको बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले मृतक बालिकाको शबलाई पोष्टमार्टमका लागि राखिएको राखिएको र घटनको बारेमा अनुसन्धान सुरु भई सकेको जानकारी दिए ।
सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले घटनाका आरोपी बलिमान राई र पदमकुमारी राईलाई नियन्त्रणमा लिईसकेको बताएका छन् । घटनाको छुट्टै अनुसन्धान टोलि अनुसन्धान थालिएको एसपी पोख्रेलले जानकारी दिए ।
‘प्रहरीले अनुसन्धान थालेको छ, घटनाका दोषिलाई कारबाही हुने कुरामा शंका नर्गन म स्थानियलाई आग्रह गर्छु’ उनले भने ।
Source By: BLASTKHABAR.COM

No comments:

Post a Comment