यी कुरा सामान्य हुन, तर जब निन्द्रा भड्केको बेला यिनै चेतनाको अभावले हामिलाइ प्रत्यक्ष अप्रत्यक्ष असर पुर्याइ रहेको हुन्छ।।
प्रसङ्ग ~
#एउटै_कोठामा_बस्दा_बिचार_गरौं ।।
घरमा होस या बिदेशमा दाजुभाइ दिदीबहिनी अक्सर एउटै कोठामा सँगै सुत्नु बस्नु पर्ने अवस्था हुन्छ । आमाको पेट भित्र त छ्टपटाउछ मान्छे
भने पेट बाहिरको दुनियाँमा आफूले आफैलाइ अझ स्वतन्त्रताको हिरो साबित नगर्ने त कुरै भएन । तर त्यसो होइन ,हामिले आफ्नु लागि नसोचे पनि अरुको लागि सोच्नु पर्छ ।
अरुको लागि बाँच्नु पर्छ । हामी त बश: एक जिन्दगीको अभिनयकर्ता न हौ । यो संसारमा अभिनयको कर्तव्य निभाउनको लागि न आएका हौ भन्ने कुरा कहिले कसैले पनि नभुलौ l
[यद्यपि एउटा कोठामा संगै बस्दा ध्यान पुर्याउनु पर्ने केही कुरा हरु]
(१) आफुलाइ निन्द्रा लागेन भने साथीहरू लाई पनि निन्द्रा लागेको छैन भन्ने कदापि नसोचौ।।
(२) मोबाइलमा गित सुन्न फिल्म हेर्न मन भए सधै एयर फोनको प्रयोग गरौ।।
(३) गित गुनगुनाउन मन लागे या फोनमा गफ गर्न मन लागे कोठा बाहिर गएर गरौ ।।
(४) मानसिक तनाब, बिसन्चो,अर्थात विविध समस्या भए कोठाको साथीहरू सँग तुरुन्तै सेयर गरौ।।
(५) कम्पनीको बिदा छ भन्दैमा आफू अनावश्यक कोठामा तास खेलेर रक्सी खाएर बाँकी साथीहरूको मीठो निन्द्रा माथी बलात्कार नगरौ ।
(६) डिउटी जानू अघि साथीहरू लाई पनि उठाउने बानी बसालौ।।
(७) प्रदेशमा १साल होस या २ साल होस । मैले यिनै साथीहरू सँग सयौ साल बिताउनु पर्छ भन्ने हेक्का राखौ ।।
(८) सधै सहयोगी बनौ।
एकले अर्काको सम्मान गर्ने बानी बसालौ ।
-धन्यवाद ।।
हामी जिन्दगीको अभिनयकर्ता हौ अरुको लागि बाँच्नु पर्छ - शैलेन सुहाङ लिम्बु,
No comments:
Post a Comment