आज असोज३ गतेको कुकुर कविता-
"उत्कृष्ट संविधान"
उत्कृष्ट संविधानमा...
न गुराँसका रंग भरिए
न त सिम्रिरिक रंग नै कुँदिए-
न आमाका आँसुहरु लेखिए
न त जनताको रगत नै टसाए-
त्यहाँ कुँदिएका छन,
बाँस..एउटै रंगका काला अक्षरहरु-
हाँसोका अक्षरहरु नआटिएको संविधान-
आँसुका अक्षरहरुले लेखिएको संविधान-
लाखौं आमाहरुले सरापेको संविधान-
ताप्लेजुङको सुत्केरी बेथाले छट्पटीएकी
महिलाले,
अन्तिम सासमा सरापेको संविधान-
यो संविधानमा अक्षर मात्र काला होइन,
बिधि र निति पनि कालै छन् ।
खोटाङको रातो अलैंची मात्र देख्ने संविधान-
त्यही प्रसव वेदनामा
तड्पेर मर्ने महिलाको रातो रगत नदेख्ने संविधान ।
डोल्पामा पाइने यार्सागुम्बाको मुल्य देख्ने संविधान-
त्यहाँको उत्पीडित बाहुनले
चामल केजिको रु.३०० हालेर किनेको
नदेख्ने संविधान।
यो संविधान-
कर्णालीको तिरमा बस्ने,
दुखी कुप्रो बज्यैले सरापेको संविधान ।
बिहान-बिहानै तुईनबाट खस्ने
तामाङ बाजेले चर्किएको ह्याकुल्ला छाम्दै
सरापेको संविधान।
बैतडी कञ्चनपुरमा,
सिटामोल खान नपाएर
कुप्रो परेको हजुरबुबाले खोक्दै
सरापेको संविधान ।
परिक्षा आउन लाग्दा पनि
किताब छाम्न नपाएका कलिला हातहरुले
माझी औला देखाउदै सरापेको संविधान ।
हिल्चाबाट चारदिन हिडेर
चिराइतो बेच्न आउने सेर्पा बाजेले
रगताम्ये फुटेको पाइतला छाम्दै,
थुक्क! थुकेको संविधान ।
लाखौं बिदेशी युवाहरुले
बाथरुममा गएर हातको ठेला हेर्दै
भक्कानिएर आँखाबाट आँसु चुहाउदै सरापेको संविधान ।
२१ जना मृत्युदण्ड पर्खेर बसेका
नेपालीहरुको आँसुले रातदिन सरापेको संविधान ।
हे !
बहादुर नेपालीहरु हो-
संविधानका थानहरु मुगु जिल्लामा पठाई देउ-
ब्लाङकेट पर्खेर बसेका
कुप्रीएका बुढाबुढी मासुम बच्चाहरुलाई
आगो ताप्न त काम लाग्छ।
र,
नेपालले बिर्सेका नेपालीहरु हो-
संविधानका थानहरु टोइलेट-टोइलेटमा थन्काईदेउ-
कमसेकम,
पानी नआउने धाराहरुमा
"गु" पुछ्न त काम लाग्छ।
धन्यवाद।
कुकुर कवि- बिबश बेनाम
"उत्कृष्ट संविधान"
उत्कृष्ट संविधानमा...
न गुराँसका रंग भरिए
न त सिम्रिरिक रंग नै कुँदिए-
न आमाका आँसुहरु लेखिए
न त जनताको रगत नै टसाए-
त्यहाँ कुँदिएका छन,
बाँस..एउटै रंगका काला अक्षरहरु-
हाँसोका अक्षरहरु नआटिएको संविधान-
आँसुका अक्षरहरुले लेखिएको संविधान-
लाखौं आमाहरुले सरापेको संविधान-
ताप्लेजुङको सुत्केरी बेथाले छट्पटीएकी
महिलाले,
अन्तिम सासमा सरापेको संविधान-
यो संविधानमा अक्षर मात्र काला होइन,
बिधि र निति पनि कालै छन् ।
खोटाङको रातो अलैंची मात्र देख्ने संविधान-
त्यही प्रसव वेदनामा
तड्पेर मर्ने महिलाको रातो रगत नदेख्ने संविधान ।
डोल्पामा पाइने यार्सागुम्बाको मुल्य देख्ने संविधान-
त्यहाँको उत्पीडित बाहुनले
चामल केजिको रु.३०० हालेर किनेको
नदेख्ने संविधान।
यो संविधान-
कर्णालीको तिरमा बस्ने,
दुखी कुप्रो बज्यैले सरापेको संविधान ।
बिहान-बिहानै तुईनबाट खस्ने
तामाङ बाजेले चर्किएको ह्याकुल्ला छाम्दै
सरापेको संविधान।
बैतडी कञ्चनपुरमा,
सिटामोल खान नपाएर
कुप्रो परेको हजुरबुबाले खोक्दै
सरापेको संविधान ।
परिक्षा आउन लाग्दा पनि
किताब छाम्न नपाएका कलिला हातहरुले
माझी औला देखाउदै सरापेको संविधान ।
हिल्चाबाट चारदिन हिडेर
चिराइतो बेच्न आउने सेर्पा बाजेले
रगताम्ये फुटेको पाइतला छाम्दै,
थुक्क! थुकेको संविधान ।
लाखौं बिदेशी युवाहरुले
बाथरुममा गएर हातको ठेला हेर्दै
भक्कानिएर आँखाबाट आँसु चुहाउदै सरापेको संविधान ।
२१ जना मृत्युदण्ड पर्खेर बसेका
नेपालीहरुको आँसुले रातदिन सरापेको संविधान ।
हे !
बहादुर नेपालीहरु हो-
संविधानका थानहरु मुगु जिल्लामा पठाई देउ-
ब्लाङकेट पर्खेर बसेका
कुप्रीएका बुढाबुढी मासुम बच्चाहरुलाई
आगो ताप्न त काम लाग्छ।
र,
नेपालले बिर्सेका नेपालीहरु हो-
संविधानका थानहरु टोइलेट-टोइलेटमा थन्काईदेउ-
कमसेकम,
पानी नआउने धाराहरुमा
"गु" पुछ्न त काम लाग्छ।
धन्यवाद।
कुकुर कवि- बिबश बेनाम
No comments:
Post a Comment