Thursday 14 September 2017

मोरङ केराबारीको बाढीपहिरो पीडितलाई राहत तथा पुर्नस्थापनामा अनुपम र अनुकरणीय एकता, सद्भाव र सहकार्य












केराबारी (मोरङ), भदौ १५ गते । बाढीपहिरो पीडितको पहिचान, वस्तुस्थिति, आवश्यकता तथा राहत वितरण तथा पुर्नस्थापनाका निम्ति विभिन्न टिकाटिप्पणी भईरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ५ याङ्सिलामा भने ठूला तीन दलका तीन नेताहरुको सहकार्य, एकता, सदभावको अनुपम उदाहरणीय एकता देखिएको छ ।
केराबारीको दुर्गम इलाका याङ्सिलामा राजनीतिक ठूला दलका नेपाली कांग्रेस (नवननिर्वाचित वडाअध्यक्ष), नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तीन नेता (जो चुनावी मैदानमा प्रतिष्पर्धीका रुपमा थिए) को एकता, सहकार्य, समन्वय, सद्भावको अनुपम उदाहरण उक्त स्थानमा देखिएको हो।
मोरङसुनसरी सामाजिक अभियानको टिम बुधबार बाढीपहिरो पीडितको अवस्था, अवाश्यकता र राहत तथा पुर्नस्थापनाको अवस्थाको बारेमा स्थलगत अवलोकनका क्रममा उक्त स्थलमा पुग्दा नेपाली काँग्रेसका तर्फबाट नवनिर्वाचित वडा नं. ५ का वडा अध्यक्ष राम राई, उहाँसँग हालैको स्थानिय तहको निर्वाचनमा प्रतिश्पर्धा गर्नु हुने नेकपा एमालेका अजय सुब्बा र अर्का प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रका तेजबहादुर लिम्बू दिनको चर्को घामको परवाह नगरी काँधमा काँध र हातमा हात मिलाएर एकताबद्ध ढंगले त्यहाँ वस्तुस्थिति, अवस्था र आवश्यकताको विषयमा छलफलसहित त्यसको निष्कर्षसहित राहत तथा पुर्नस्थापनामा जुटेको देखियो ।
मोरङसुनसरी सामाजिक अभियान अन्तर्गत कुवेत शाखाका महासचिव उमेश फुयाल, कतारका योगेन चौधरी, नेपालका प्रथम उपाध्यक्ष रामनाथ भण्डारी, पूर्व अध्यक्ष तथा केराबारी स्थानीयबासी गोकलबहादुर थापासहितको टोली उक्त स्थानमा पुग्दा ठूला दलका तीन नेताको उक्त स्थानमा अनुपम एकता, सद्भाव र समन्वयको उदहारणीय काम देखिएको हो ।
मोसु अभियानका पूर्व अध्यक्ष गोकुलबहादुर थापाले भने– केराबारी गाउँपालिका वार्ड नं. ५ याङ्शिला मोसु टिम पुग्दा त्यहाँका बाढीपैह्रो पीडितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि उदाहरणिय रुपमा खटिएका फरक फरक ३ पार्टीका ३ हस्तीहरुलाई देख्दा एउटै पार्टी भित्र पनि बिभिन्न कारणले मतमतान्तर र क्लेश राख्दैसँगै हिंड्न नसक्नेहरुले सिक्नै पर्ने एउटा गतिलो पाठ देखियो । उहाँहरु सँगसँगै खट्दै हुनुहुन्थ्यो,
शारिरिक साथ मात्रै हैन हैन पीडितहरुलाई राहत तथा पुनर्स्थापना गर्ने सम्बन्धमा उहाँहरु बीच समान सोच, चासो र चिन्ता समेत रहेको थियो, जुन यस्तो छ ?
१. प्रकोपित क्षेत्र स्थायी रुपमै बसोबासको लागि जोखिमपूर्ण रहेकाले पीडितहरुलाई कसरी र कुन स्थानमा छिट्टोभन्दा छिट्टो पुनर्स्थापित गर्ने ?
२. हालको अवस्थामा त प्राप्त सहयोग एवं रहतले पीडितहरुको गुजारा भई रहेको छ तर अधिकांस गरी खाने खेतबारी र कूलो बाढीपैह्रोले पुरिएको, भात्किएकोले निकट भविष्यमा पीडितहरुलाई कसरी जिविकोपार्जन गराउने ?
३. पूर्ण रुपमा घर भात्किएकाहरुले ुकु श्रेणीको पीडितमा परी राहत र सहयोग पाई रहेको तर जेनतेन घर बचेँका तर खेतबारी ठूलो क्षती भएकाहरुलाई कसरी तत्कालिन राहत तथा सहयोग जुटाउने ?
४. यस वडाको अधिकाँश क्षेत्र यसपटकको प्राकृतिक प्रकोपमा परेको र सबै तिरका भिरपाखा धराप भएकाले कसरी सरकार, सहयोगी सँघसंस्था, राष्ट्रिय मेडिया आदिको ध्यानाकर्षण गरेर सहयोग जुटाउने ?
५. भविष्यमा गाउँबस्तीलाई कसरी बाढीपैह्रो जोखिमामुक्त बनाउने ?
थापा अगाडि भन्छन– उहाँहरुको यो चिन्तालाई घटाउन र मानविय कल्याणको यो अभियानलाई सफल बनाउन हामी सबैको साथ र सहयोगको अत्यन्तै खाँचो छ र सबैमा सहयोगका लागि विनम्र अपिल छ ?
सबै आग्रह पुर्वाग्रहबाट टाढा रहेर राहत तथा पुनर्स्थापनाको अभियानमा एकमतका साथ जुट्ने राम जी, अजय जी र तेजबहादुर जीलाई हार्दिक धन्यवाद ।
फेसबुकबाट

No comments:

Post a Comment