Sunday, 4 November 2018

कागती पानी पिउनाले हाम्रो शरीरमा हुने फाइदा र बेफाइदा

अनलाइनखबरमा

lemon
कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ ।
कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर ।
सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् :
१. कागतीमा साइटि्रक एसिड पाइन्छ । धेरै कागतीपानीको सेवनले यो अम्लले दाँतसँग रासायनिक प्रतिक्रिया गरी दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ ।
२. यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम गर्नुहोस् । यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।
३. कतिपय मानिसहरु खाना खाइसकेपछि खानेकुरा पचाउने भन्दै कागतीको सेवन गर्दछन् । तर भरिएको पेटमा कागती खानाले असर गर्नसक्छ र यसले पाचन क्रियामा गडबडी उत्पन्न गराउन सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले खाइ खाइसकेपछि होइन की खानासँगै कागती खानुपर्छ ।
४. कागतीमा अम्ल हुनुका साथै अक्जालेट तत्व पनि हुन्छ । यसको अत्यधिक सेवनले सरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।
५. कागतीपानी पिउँदा पटक पटक पिसाब लाग्दछ । यसका कारण सरीरमा डिहाइड्रेसन अर्थात् जलवियोजनको खतरा पनि हुनसक्छ । त्यसैले कागती पानी सँगै सामान्य पानी पनि पर्याप्त पिउनुपर्छ । यदि दिनमा अरु पानी पर्याप्त पिउन नपाउने अवस्था छ भने कागती पानी नपिउनु राम्रो हुन्छ ।

Friday, 2 November 2018

पर्यटक पर्खिरहेको याङशिला(फोटो फिचर)



धरान :  साविक याङशिला गाविस(हाल केराबारी गाउँपालिका ४ र ५) क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । ग्रामिण पर्यटनको प्रचुर सम्भावना बोकेको भएपनि उचित प्रचारप्रसार एवं प्रर्वद्धन अभावले याङशिलाको सुन्दरता ओझेलमा छ ।
याङशिला पदयात्रा, साइक्लिङ र मोटर यात्राको लागि आकर्षक गन्तव्य बन्नसक्छ । याङशिला जाने ४ वटा रुट छन् । धरानबाट पानमारा, सतिसाले हुदै जान सकिन्छ भने केराबारी बजार हुदै खदम खोला निस्केर पनि जान सकिन्छ । यस्तै, मोरङ र धनुकटाको सिमानामा अवस्थित ओख्रे हुदै र अर्को रुट धरानको वडा ४ स्थित हर्दिया, सुमनटार हुदै पनि पुग्न सकिन्छ । प्रकृति, ग्रामिण परिवेश एवं वातावरणसँग रमाउदै पदयात्रा गर्नु, साइक्लिङ वा मोटरमा गुड्नु स्वर्गिय आनन्दको अनभूति हुन्छ ।
याङशिलामा पर्ने धुस्कुटे गाउँ, पिङ डाँडाबाट देखिने सुर्योदय, खोल्याङ गाउँ, चनौटेस्थित गुम्बा र तोप थुम्की डाँडाले पर्यटकीय आकर्षण हो । यस्तै, मिनि भेडेटारको उपमा पाएको चिउरी भञ्ज्याङ र नजिकैको सप्तकन्या गुफा यहाँको प्रमुख पर्यकटीय गन्तव्य हुन् । चर्चित ओख्रे टावर पनि मोरङ( याङशिला )पटि नै पर्छ । याङशिला घुम्नको लागि अहिले उपयुक्त समय हो । जाने होइन त तपाईहरु पनि याङशिला घुम्न ?

यो प्रचार सामाग्री कपुरी न्युज डटकम बाट साभार गरीएको छ
तस्बिरहरु: सनम तामाङ
_DSC0036-01-01DSC_1133-01-01 1DSC_0090-02-02DSC_1217-01-01-01 1IMG_2385-02 1DSC_0097-03-01

Sunday, 14 October 2018

ढाका कपडा पहिचानको उद्यम, - सुम्निमा चाम्लिङ







ढाका कपडा पहिचानको उद्यम
–सुम्निमा चाम्लिङ

धरानः व्यापार, व्यवसाय तथा उद्यम गर्नेहरु धेरैको उदेश्य केवल मुनाफा कमाउने र सम्पती जोड्ने मात्र हुनसक्छ । यसक्षेत्रका थोरैले मात्र आफ्नो समुदाय र मुलुकको मौलिक पहिचान लाई उद्यमको रुप दिएर त्यस्लाई देश, विदेशमा फैल्याउने र त्यसैबाट आम्दामी पनि गर्ने फराकिलो उदेश्य राखेका हुन्छन् । उद्यमी र व्यवसायीका भिडमा त्यस्ता सोच भएकाहरु छुट्याउन गाह्रै हुन्छ । यसैविचमा यमुना तुम्सा लिम्बु (२८) ले उनको उद्यममा आउनेहरु विच वेग्लै उद्यमी महिलाको परिचय बनाएकी छिन् ।
 धरान–१२ चतरा लाइनमा चौविसे सम्यक ढाका वुटिक सञ्चालन गर्दै आएकी धनकुटा चौविसेकी यमुनाको सोच फराकिले छ । उनि आफुले सञ्चालन गर्दै आएको उद्यम लाई नेपालको पहिचान मान्छिन् । ढाका उद्योग संचालन गरेर मौलिकता संरक्षण गर्ने काम गरिहेकी मान्छिन् । आफ्नौ समुदायले परापूर्वकाल देखी मौलिक पहिरनको रुपमा लगाउँदै आएको ढाका आफै बुन्ने परम्परा लाई आफुले व्यवासय बनाएकोले समुदायको पहिचानका लागि पनि केही गरिरहेकी छु भन्नेमा उनलाई गर्व छ । ढाका कपडाको लोकप्रियता फैलदैं गएर यस्को अन्तर्राष्ट्रिय बजार बढ्ने र त्यस्लो मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने कुरामा सचेत छिन् । भन्छिन् ‘त्यसैले सबै भन्दा राम्रो उद्यम र व्यवसाय     यही लाग्न थालेको छ ।’ उनले मौलिक ढाकाको उत्पादनलाई प्रर्वद्धन गर्ने भनि गएको वर्ष देखी धरान १२ चतरालाईनमा चौबिसे सम्यक ढाका बुटिक संचालन गरेकी हुन् । आफ्नो मौलिक संस्कार सस्कृति र पहिचानलाई जोगाउनुपर्दछ भन्ने मान्यता राख्ने उनले ढाका उद्योग स्थापना गर्छु भन्ने सोचेकी भने थिइनन् । ढाका उद्योग संचालन गर्नुअघि उनी स्नातकोत्तर डिग्री अध्ययन गर्दै थिइन् ।


करिब दुई वर्ष अघि किरात लिम्बु जातीको महान चाड चासोक तङनामको समयमा लिम्बु जातीको मौलिक पहिरन मेख्ली लगाउने उनको इच्छा अधुरो रह्यो । पुर्वको विभिन्न शहरमा ढाकाको मेख्ली बनाउने स्थान खोजेपनी नपाएपछी नै उनी व्यवसायी बनेकी हुन् । ढाका कपडाको अभावलाई थोरै भएपनी पुरा गर्ने उदेश्यले उनी करिब तिन महिना ढाका बुन्ने तालीम सिकीन् । सीप आर्जन गरेपछी उनले ढाका उद्योग स्थापना गरेकी हुन् । कक्षा १२ सकाएपछी रिजल्ट आउने समयमा उनले हेन्डीक्राफ्ट अन्तर्गत कुरुसले बनेको सामानहरु र टेलरको ज्ञान हासील गरेको हुनाले उनलाई ढाका बुन्ने काम पनी सजिलो गरी सिकेको उनले बताईन् । आधारभुत ज्ञान पाएपछी विभिन्न बुटाहरु बनाउन सकिने उनको अनुभव रहेको छ ।अहिले त उनी  झारपात,फुल,हरेक चिजमा बुटाहरु देख्ने गरेको उनी सुनाउछीन् ।मास्टर्स डिग्री सकाएकी उनले विभिन्न ठाउंमा जागिर खाने सक्थिन् तर उनले भने हराउदै गएको मौलीकतालाई जोगाउदै आर्थीक उपार्जन गर्ने अठोट गरीन् । आफु संगै कयौ महिलाहरुलाई स्वावलम्बी बनाउने काम समेत गरेकी छिन् । ढाका उद्योगलाई आधुनीकीकरण गरेर उत्पादन गर्न सके युवाहरुलाई आर्कषण गर्न सकिने उनको बुझाई छ ।
उनको उद्योगमा ढाका साडी, रुमाल, टाई, चप्पल, ब्याग, गलबन्दी, टोपी, लिम्बु जातीको पहिरन (मेख्ली, तागाबा दौरा सुरुवाल, सिलामसाक्मा साथै लिम्बु गरगहना) लगायत अर्डर अनुसारको सामानहरु उत्पादन हुने गरेको छ । उनको उद्योगमा न्युनतम ५० रुपैयादेखी २५ हजार रुपैयाको सामाानहरु रहेको छ । काठ वा बाँसको तानको प्रयोग गरेर बनाईएको ढाका मौलिकतासँगै जोडिएका कारण पनि यसको माग बढ्दै गएको उनको भनाई छ । १ लाख रुपैया लगानीमा दुई वटा तान,धागो र एउटा मेशिन खरिद गरी सुरु गरेको व्यवसाय अहिले २० लाखको लगानी बढाउन सफल भएकी छिन् । उद्योग संचालन संगै तालीम समेत प्रदान गर्दै आएकी छिन् । सोचेको भन्दा राम्रो आम्दानी गर्दै आएको उनले सुनाईन् । अर्डरहरु धेरै आउने हुनाले काम थेग्न मुस्किल समेत हुने गरेको उनी बताउछीन् । माग अनुसारको उत्पादन र्पुयाउन नसक्दा व्यवसायीले सोचेजति आम्दानीसमेत गर्न नसकेको उनको अनुभव छ ।


स्वदेशमा मात्र नभएर विदेशमा समेत उत्पादीत सामान निर्यात गर्दै आएकी छिन् । ढाका उत्पादनबाट उनले अहिले मासिक लाखौ आम्दानी गर्दै आएकी छिन् । ढाका कपडा उत्पादन गर्ने महिलाहरुले न्यूनतम ६ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उद्योगमा सिकेका महिलाहरुले अहिले आफ्नै घरमा तान बुनेर मासिक आम्दानी गर्दै आएका छन् । उनीहरुले बुनेको तानलाई उद्योगले खरिद गरीदिने गरेको लिम्बुले बताईन् । पछिल्लो समय युवतीहरुदेखी महिलाहरु समेतको यो क्षेत्रमा आर्कषण बढ्दै गएको छ । उद्योगको व्यवसायीक रुपमा प्रचारप्रसार नगरेपनी यो उद्योगमा स्वत ग्राहकहरु भने बढ्दै गएको उनले बताईन् । पछिल्लो समय भने उनले सामाजीक संचालको माध्यमबाट आफेनो प्रचारप्रसार गरिरहेकी छिन् । यस मार्फत देश तथा विदेशबाट माग आउने गरेकोले उनी निकै उत्साहीत छिन् । पढाई संगै व्यवसायलाई लान सकेकाले थप सहज भएको उनले सुनाईन् ।

ढाकाको माग उच्च भएपनी आवश्यक कच्चा पदार्थ पुर्वमा नपाइने भएकाले राजधानी पुग्नुपर्ने बाध्यता भने रहेको छ । आवश्यक कच्चा पदार्थको अभाव हुदा अर्डर अनुसारको काम गर्न अप्ठ्यारो हुने गरेको छ । ढाकाको कपडा बनाउन सजिलो नहुने भएकाले जनशक्तीको भने अभाव रहेको छ । हातले बुन्नुपर्ने हुनाले ढाकाको सामान थोरै मूल्य बढी हुने गरेको छ । स्नातकोत्तर तह अध्ययन गरेकाले पनी ढाका उद्योग संचालन गरेकोमा उनलाई धेरैले हौसला प्रदान गरेकाले अझ उत्साहीत छन् । महिलाहरु घरको कामसंगै आर्थीक रुपमा समेत सक्षम हुन जरुरी रहेको उनी बताउछीन् । विपन्न महिला,एकल महिलाहरुलाई शुल्कमा विशेष छुट प्रदान गरी यस क्षेत्रमा प्रोत्साहन गर्दै आएको उनले बताईन् । गत साउनमा हङकङमा लिम्बु जातीको फेसन प्रतियोगीतामा उनले बनाएको पहिरन उत्कृष्ट समेत भएको थियो । यसले उनलाई थप उचाईमा पुर्याउने काम भएको छ । यस पेशाले उनलाई देश तथा अन्तराष्ट्रिय स्तरसम्म महिला उद्यामीको रुपमा चिनीने गरेको छ ।
मौलीक भेषभुषा संरक्षण संगै आर्थीक रुपमा समेत सबल हुन पाएकोमा गर्व गर्छीन् । आगामी दिनमा थप उत्पादन बढाउने र प्रचारप्रचार गर्दै यो क्षेत्रलाई निरन्तरता दिने उनको योजना छ । देशको मौलीक पहिचान रहेको ढाकालाई संरक्षण र प्रर्वद्धन गर्न सकनुपर्दछ । राज्यले ढाका कपडा उद्योगका लागी प्रोत्साहन स्वरुप अनुदान तथा क्रणहरु सहज रुपमा उपलब्ध गराए यस क्षेत्रमा आउन प्रोत्साहन मिल्ने थियो । ढाका कपडामा आधुनीकरण गर्दै युवा पुस्तामा आर्कषण बढाउन सक्नुपर्दछ ।

समाचार साभार: Morningtimes Daily

Tuesday, 26 June 2018

लिम्बू जातिले मान्ने मुन्धुम "थुतुरी वेद" हो । मुन्धुम संगीत बारे - झुमा लिम्बु

लिम्बु मुन्धुम संगीत खोजकर्ता - झुमा वनेम लिम्बु
उम्दा मुन्धुमी संगीतकार झुमा लिम्बुको "मुन्धुमी संगीत बिचार" चिन्तन र मनन गरौ । मलाई चित बुझेका केही पंक्तिहरु यहा उल्लेख गरेको छु ।

• नेपालमा शास्त्रीय संगीतको भरपर्दो आधार नभएकोले हाम्रो संगीतको पहिलो आधार "लोक वा रैथाने संगीत नै हो" भन्ने बुझे पर्यान्त म लोक - सांस्कृतिक अन्तर्गतको संगीतमा केन्द्रित छु।

• लिम्बू जातिले मान्ने मुन्धुम "थुतुरी वेद" हो। फेदाङमा,येबा,साम्बा,तुम्याहाङ र बुढापाकाले उहिलेका कुरा नयाँ पुस्तालाई सुनाउने चलन थियो जो अहिले पनि छ। यसरी सुनाउने चलन श्रुति परम्परा हो। लिम्बू जातिको मुन्धुम यहि श्रुति परम्परामा जिवित छ।

• संगीत त धेरथोर मिहिनेत गर्दा जसले पनि बनाउन सक्छ।तर नेपालकै जरामा भिजेको संगीत बनाउन संस्कृति बुझ्न अपरिहार्य छ।भाषाको ज्ञानबिना संस्कृति बुझ्न असम्भवप्राय छ।

• मुन्धुममा जन्मदेखी मृत्यु संस्कार सम्मको जीवन - चक्रलाई समेट्ने संगीत छ।अझ हामिकहाँ गर्भवती हुँदादेखी मृत्यु संस्कारसम्मको कुरा समेट्ने संगीत अभ्यासमा छ ।

• अझै पनि मुलतः श्रुति परम्परामा बाँचेको हाम्रो संगीतको इतिहासलाई श्रव्यदृश्य माध्यमद्वारा दस्तावेजमा संग्रह गर्न नसक्दा यसबारे बौद्धिक बिमर्श छेड्न सकेको छैन ।

• बाजा कसरी बन्छ भन्ने बुझेपछि बल्ल पर्फमेन्सको कुरा आउँछ।पर्फमेन्सबाट एक हिसाबले संगीतबारे बुझ्ने आधार दिन्छ । तर फर्फमेन्स भैसकेपछी पनि सोच्नुपर्ने कुरा संगीत त समाजमा जोडिएको हुन्छ । कस्तो समाजबाट कस्तो संगीत उठ्छ त? कस्ले कसरी बजाइरहेका छन् ?जो संगीतको पेशामा लागेका छन,तिनले त्यसको प्रयोग गरेका छन कि छैनन् ? हामीले हाम्रै गाउ-ठाउबाट उठेको संगीत प्रयोग गरेका छौ कि छैनौ?  माननीय मुख्य कुरा यहि हो।

• भाषा फरक हुँदा संस्कृति पनि स्वभावतः बेग्लै बन्छ। फरक भासाले जन्माउने "टोन" नै फरक हुन्छ। भुगोलले पनि फरक पारिहाल्छ।

• हाम्रा गाँउघरमा गाइने "लोरी" बच्चालाई सुताउन प्रयोगमा आउने संगीत हो।

- कोसेली २०७५/असार /९
यो लेख बिबश बेनाम  ज्युको फेसबुकबाट साभार गरीएको हो ।

Wednesday, 13 June 2018

लिम्बुवान राज्य प्राप्तिको आन्दोलन जायज छ – मुख्यमन्त्री शेरधन राई






Source by Federal Nepal in समाचार



बिराटनगर, लिम्बुवानबाट अशोक चेम्जोङ, जेठ २६ गते/अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश नामाकरणको निमित्त गम्भीर ध्यानाकर्षण गराउन संयुक्त लिम्बुवान संघर्ष समितिले प्रदेश नम्बर १ का प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत विभिन्न दलका नेतालाई हिजो निजहरुकै कार्यालयमा ज्ञापनपत्र बुझायो।


प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी इन्दिरा राईलाई ज्ञापनपत्र बुझाइएको थियो।


ज्ञापनपत्र लिंदै मुख्यमन्त्री राईले भने, ‘लिम्बुवान राज्य प्राप्तिको आन्दोलन जायज छ।’ अरुण, संखुवा खोला, सप्तकोशी पूर्वका लिम्बुवान भनेर एक दसक भन्दा बढी समयदेखि आन्दोलित दलहरु एक भएर बुझाएको लिम्बुवान राज्य प्राप्तिको एजेन्डालाई बाईपास गर्न नसकिने, संविधान संशोधनको लागि संघीय सरकार समक्ष गम्भीर गरि कुरा राख्ने समेत मुख्यमन्त्री राईले बताए।


ज्ञापन पत्रमा के छ?


संघर्ष समितिले बुझाएको ३ बुँदे ज्ञापनपत्रमा भनिएको छ –

१. अरुण, सप्तकोशी, संखुवा खोला पूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापना गरियोस्।

२. अरुण पूर्व लिम्बुवानभित्र लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरियोस्। यस क्षेत्रका अन्य ऐतिहासिक थातथलो खुलेका आदिवासीहरु (अल्पसंख्यक) याम्फु, लोहरुङ, याक्खा, आठपहरिया, राजवंशी, थारु, लेप्चा, मेचे, कोचे, किसान, गन्गाई, वालुङ, धिमाल, सुनुवार आदिको विशेष स्वायत्त क्षेत्र निर्धारण गरी उक्त क्षेत्रहरुमा ती आदिवासीहरुका भाषाहरुलाई सरकारी भाषाको रुपमा प्रयोग गरियोस्

३. लिम्बुवान क्षेत्रभित्रका ऐतिहासिक धरोहरहरु, सम्पदाहरुको सुरक्षा, सम्वद्र्धन तथा कोष खडा गरी विकास र निर्माण गरियोस्।


किरात याक्थुङ चुम्लुङका लिम्बुवान संयोजक ध्रुव सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साम मेन्याङबो, संघीय समाजवादी फोरम लिम्बुवान प्रदेश समितिका मुख्य सचिव लोकसागर साँबा, अखिल नेपाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष केबी फुदोङ, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष फिपराज बेघा, याम्फु स्वायत्त समाजका संयोजक नन्द याम्फु र याक्थुङ युवा मञ्चका अध्यक्ष भूपेन्द्र खुदाङको हस्ताक्षर रहेको छ। ज्ञापनपत्रमार्फत माग पूरा नभए शान्तिपूर्ण र सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ।


ज्ञापन पत्र कसले बुझायो?

लिम्बुवान आन्दोलनको समन्वय किरात याक्थङ चुम्लुङ प्रदेश समितिले गरिरहेको छ। ज्ञापनपत्र बुझाउन कियाचु लिम्बुवान संयोजक प्राध्यापक धु्रव सुब्बाको संयोजकत्वमा संघीय लिम्बुवान मञ्च नेपालबाट महासचिव अशोक चेम्जोङ, उपमहासचिव भविराज तुम्सा, पहिचान सदस्य टार्जन तुम्बाहाम्फे, संसफो लिम्बुवान प्रदेश समितिका मुख्यसचिव लोकसागर साँबा, लिम्बुवान रास्ट्रिय मुक्ति मोर्चा बरिस्ठ उपाध्यक्ष कमल चोङबाङ, अखिल लिम्बुवान रास्ट्रिय मुक्तिमोर्चा उपाध्यक्ष पारस जबेगु, लिवि मञ्च अध्यक्ष फिपराज बेघा, संघीय लिम्बुवान याम्फु स्वायत्त मञ्च अध्यक्ष नन्द याम्फु र याक्थुङ युवा मञ्चका प्रतिनिधि थिए।




Related Articles



लिम्बुवानी आन्दोलन सक्रिय गराउने सामुहिक निर्णय


by Federal Nepal May 08 2018



‘राज्यसँग आफ्नो अधिकारको लागि संघर्ष गरौं’ – अध्यक्ष कुमार लिङ्देन


by Federal Nepal May 06 2018

मञ्चबारे


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान, किरात खम्बुवान, शेर्पा, तामाङसालिङ, नेवा:, तमुवान, मगरात, खसान, मगरात, मधेश र शिल्पी (दलित) वा १०+१ प्रान्त र त्यसभित्र सिमान्तकृत आदिवासीहरुको विशेष स्वायत्त क्षेत्रसहितको पूर्ण संघात्मक शासन व्यवस्था स्थापना गर्न २०६२ सालमा निर्माण भएको राजनैतिक दल हो। यो मञ्चले लिम्बुवानलाई आफ्नो आधार क्षेत्रको रुपमा विकसित गर्दै समग्र नेपालमा ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा संघीय आन्दोलन चर्काउन ठूलो योगदान गरेको छ। २०६४ सालमा अन्य पहिचानवादी दलहरुसँग मिलेर १८ दिने सशक्त आन्दोलन चर्काएर सोही आन्दोलनको बलमा २०६४ साल फागुन १८ गते सरकारसँग लिम्बुवान, खम्बुवान, थरुहट, तामाङसालिङलगायतका प्रान्तहरु स्थापना हुने भन्ने ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी पहिलो संविधान सभाको चुनावमा सहभागी भई दुई जना सभासद पनि पठाएको थियो।

सम्पर्क


सिनामंगल, काठमाण्डौ

FOLLOW US ON TWITTER

Monday, 11 June 2018

आत्मविश्वास र शिक्षासेवीहरुको सहयोग नै सफल हुने आधार - प्रअ देवमान लिम्बु




साविकको याङ्शिला गा.वि.स.हालको केराबारी गाउँपालिका – ५ मा अवस्थित श्री सावित्री मा.वि. मा यो वर्षदेखि कक्षा ११÷१२ सञ्चालन हुँदैछ । यसका लागि आर्थिक संकलन समिति बनाएर आर्थिक संकलनलाई तिब्र बनाइरहेका छन् । यसै विषयमा सो विद्यालयका प्रधानाध्यापक एवम आर्थिक संकलन समितिका सदस्य सचिव देवमान लिम्बुसँग गरिएको कुराकानीको अंश ।

आजकल केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि यस विद्यालयमा ११/१२ सञ्चालन गर्नका लागि बुद्धिजिवीहरुसँग सल्लाह, परामर्श गर्दै रणनीतिहरु तयार गर्दै देश विदेशमा रहनुहुने भु.पु विद्यार्थीहरुसँग आर्थिक सहयोगका लागि पहल गरिदैछ ।

यो विद्यालय आसपासमा पनि प्रशस्तै ११/१२ का कक्षाहरु छन् , फेरि यहाँ पनि किन ?
आसपासमा उल्लेखित कक्षाहरु चलिरहेको अवस्था भए पनि हाम्रा विद्यालयबाट उत्पादित विद्यार्थीहरुलाई योस्तरको शिक्षा हासिल गर्न टाढा जान नपरोस, आºनै घर पायकका विद्यालयमा शिक्षा हासिल गरुन् भनेर हामी लागि परेका हौं ।

यो भन्दा अघि पहल नभएर कि किन यति ढिलो भयो यी कक्षाहरु सञ्चालन गर्न ?
यो भन्दा पहिले पनि सोच त पक्कै बनाउनु भो होला तर पहल चाहीं नभएको होला र हाल चैं नेपाल सरकारको नीति पनि मा.वि हुँदा ११/१२ अनिवार्य जस्तै भएको हुँदा पनि हामीले जोड गरेका हौं ।

११/१२ कक्षा सञ्चालन हुने आधारहरु के के देख्नुहुन्छ ?
पहिलो त हाम्रो आत्मविश्वास हो । त्यसपछि तपाईहरु जस्तो बुद्धिजिवी तथा पत्रकारहरुको सहयोग, गाउँपालिकाको सहयोग, वडा समितिहरुको सहयोग, भु.पु विद्यार्थीहरुको सहयोग सुरु भै सकेको छ । यस्तै स्थानिय बासिन्दाहरु तथा समाजसेवीहरुको सहयोग नै हाम्रो सबै भन्दा ठुला आधारहरु हुन् ।

सो कक्षाहरु सञ्चान भैरहँदा कुन–कुन संकायहरु अध्यापन गराउने सोचमा हुनुहुन्छ ?
हामी तत्काल चाहीं शिक्षा र व्यबस्थापन संकाय सञ्चालन गर्ने सोचमा छौं । पछि अन्य संकायलाई पनि बिस्तार गर्ने सोचमा छौं ।

अन्त्यमा केही भन्नुहुन्छ की ?
अन्त्यमा हाम्रो यो अभियानमा तपा्ईं पत्रकारहरुको यो सहयोगको निम्ति आभारी छौं । हामी याङ्शिलाबासीहरु यो बेला शिक्षाको हकमा ऐतिहासिक क्षणमा छौं । हामीले यो कक्षा ११÷१२ सञ्चालन गर्ने सोच गरेसँगै लगभग ४५ लाख जति रकम आवश्यक पर्दैछ । यो एक्लै सम्भव छैन । यसको लागि हामी समिति बनाएर आर्थिक संकलनमा छौं । यो कार्यमा सहयोग गरिदिनहुन केराबारी गाउँपालिका, यसका वडा कार्यालयहरु लगायत आम शिक्षासेवी, समाजसेवी, भु.पु विद्यार्थीहरु स्थानिय बासिन्दा, विभिन्न संघ संस्थाहरुमा हार्दिक हार्दिक अनुरोध गर्दछु ।

प्रस्तुतिः प्रकाश दिप्साली
साभार नयाँ अनलाइन डटकम

Wednesday, 6 June 2018

सतिसालेको सावित्री मा.वि.मा उच्च शिक्षा सञ्चालन हुने




प्रकाश दिप्साली राई
बराहक्षेत्र, नडाहा

मोरङको केराबारी गाउँपालिका वार्ड नं. ५, सतिसालेमा रहेको सावित्री मा.वि.मा यसै वर्षदेखि उच्च शिक्षा सञ्चालन हुने भएको छ ।

साविकको याङ्शिला गा.वि.स. वर्डा नम्बर ८ सतिसालेमा रहेको २०३० सलमा स्थापित सो विद्यालय हालसम्म माध्यमिक तह सम्म सञ्चालन हुँदै आएका थियो । गत वैसाख २१ गते बसेको आमभेलाले यही वर्षदेखि कक्षा ११–१२ सञ्चालन गर्ने निर्णय गरेको थियो । सो आमभेलाले व्यबस्थापन र शिक्षा संकाय अध्यापन गराउने निर्णयलाई कार्यान्वयन गर्न स्थानियबासी, बुद्धिजिबी, शिक्षासेवी, समाजसेवी तथा सरोकारवालाहरु एकसाथ जुटेका छन् । । यो निर्णयलाई प्रभावकारी रुपमा अघि बढाउन समिति समेत गठन गरिएको छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विमल राईको अध्यक्षतामा २५ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको छ । सो समितिले उच्च शिक्षा सञ्चालनका निम्ति आवश्यकिय रकम संकलनन गर्नुकासाथै विविध पुर्वाधारहरुको समेत व्यबस्थापन गर्नेछ । उक्त येजना सफल पार्नका निम्ति सो समितिले सहयोगको समेत अपिल गरेको छ ।

समितिका संयोजक बिमल राईका अनुसार केराबारी गाउँपालिका, गाउँपालिकाका वडाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यस्तै स्थानिय, समाजसेवी, पूर्व विद्यार्थीहरु अनि प्रवासमा रहेका शुभेच्छुक, शुभचिन्तकहरुमा समेत सहयोगको निम्ति आह्वान गरिएको छ । सहयोग गर्ने क्रम पनि सुरु भइसकेको उनको भनाई छ । सहयोगको श्रीगणेश सोही विद्यालयका पूर्व विद्यार्थी कुमार बस्नेतले गरेको पनि उनले बताए । समितिका सदस्य सचिव तथा विद्यचालयका प्रधानाध्यापक देवमान लिम्बुका अनुसार सो कार्य सम्पन्न गर्न करिब ४५ लाखको हाराहारीमा बजेट चाहिने छ साथै उच्च शिक्षाका लागि भौतिक संरचना भने निर्माण गर्न थालिसकिएको बताए । साथै सहयोग गर्ने सहयोगीदाताहरुलाई विभिन्न तहमा राखेर शिलान्यास कार्यक्रमका दिन सम्मान गर्ने पनि उनले बताए ।

कुनै बेला उच्च शिक्षा हासिल गर्नका निम्ति धरान, केराबारी तथा इटहरी सम्म पुग्नु पथ्र्यो । वर्षाको समयमा खोला बाढीको कारणले कैयौंले पढाई छुटाउनु पथ्र्यो । तर अब त्यो समस्याबाट मुक्त भएको स्थानियहरुको बुझाई रहेको छ । विद्यार्थीहरु पनि आफ्नै विद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउने भए पछि अत्यन्तै खुशी रहेको पूर्व विद्यार्थी एवम विद्यालयका सहयोगी कर्मचारी टंकबहादुर श्रेष्ठले बताए ।

यो समाचार नयाँ अनलाइन डटकम बाट साभार गरीएको छ ।