लिम्बु मुन्धुम संगीत खोजकर्ता - झुमा वनेम लिम्बु |
• नेपालमा शास्त्रीय संगीतको भरपर्दो आधार नभएकोले हाम्रो संगीतको पहिलो आधार "लोक वा रैथाने संगीत नै हो" भन्ने बुझे पर्यान्त म लोक - सांस्कृतिक अन्तर्गतको संगीतमा केन्द्रित छु।
• लिम्बू जातिले मान्ने मुन्धुम "थुतुरी वेद" हो। फेदाङमा,येबा,साम्बा,तुम्याहाङ र बुढापाकाले उहिलेका कुरा नयाँ पुस्तालाई सुनाउने चलन थियो जो अहिले पनि छ। यसरी सुनाउने चलन श्रुति परम्परा हो। लिम्बू जातिको मुन्धुम यहि श्रुति परम्परामा जिवित छ।
• संगीत त धेरथोर मिहिनेत गर्दा जसले पनि बनाउन सक्छ।तर नेपालकै जरामा भिजेको संगीत बनाउन संस्कृति बुझ्न अपरिहार्य छ।भाषाको ज्ञानबिना संस्कृति बुझ्न असम्भवप्राय छ।
• मुन्धुममा जन्मदेखी मृत्यु संस्कार सम्मको जीवन - चक्रलाई समेट्ने संगीत छ।अझ हामिकहाँ गर्भवती हुँदादेखी मृत्यु संस्कारसम्मको कुरा समेट्ने संगीत अभ्यासमा छ ।
• अझै पनि मुलतः श्रुति परम्परामा बाँचेको हाम्रो संगीतको इतिहासलाई श्रव्यदृश्य माध्यमद्वारा दस्तावेजमा संग्रह गर्न नसक्दा यसबारे बौद्धिक बिमर्श छेड्न सकेको छैन ।
• बाजा कसरी बन्छ भन्ने बुझेपछि बल्ल पर्फमेन्सको कुरा आउँछ।पर्फमेन्सबाट एक हिसाबले संगीतबारे बुझ्ने आधार दिन्छ । तर फर्फमेन्स भैसकेपछी पनि सोच्नुपर्ने कुरा संगीत त समाजमा जोडिएको हुन्छ । कस्तो समाजबाट कस्तो संगीत उठ्छ त? कस्ले कसरी बजाइरहेका छन् ?जो संगीतको पेशामा लागेका छन,तिनले त्यसको प्रयोग गरेका छन कि छैनन् ? हामीले हाम्रै गाउ-ठाउबाट उठेको संगीत प्रयोग गरेका छौ कि छैनौ? माननीय मुख्य कुरा यहि हो।
• भाषा फरक हुँदा संस्कृति पनि स्वभावतः बेग्लै बन्छ। फरक भासाले जन्माउने "टोन" नै फरक हुन्छ। भुगोलले पनि फरक पारिहाल्छ।
• हाम्रा गाँउघरमा गाइने "लोरी" बच्चालाई सुताउन प्रयोगमा आउने संगीत हो।
- कोसेली २०७५/असार /९
यो लेख बिबश बेनाम ज्युको फेसबुकबाट साभार गरीएको हो ।
No comments:
Post a Comment