ढाका कपडा पहिचानको उद्यम
–सुम्निमा चाम्लिङ
धरानः व्यापार, व्यवसाय तथा उद्यम गर्नेहरु धेरैको उदेश्य केवल मुनाफा कमाउने र सम्पती जोड्ने मात्र हुनसक्छ । यसक्षेत्रका थोरैले मात्र आफ्नो समुदाय र मुलुकको मौलिक पहिचान लाई उद्यमको रुप दिएर त्यस्लाई देश, विदेशमा फैल्याउने र त्यसैबाट आम्दामी पनि गर्ने फराकिलो उदेश्य राखेका हुन्छन् । उद्यमी र व्यवसायीका भिडमा त्यस्ता सोच भएकाहरु छुट्याउन गाह्रै हुन्छ । यसैविचमा यमुना तुम्सा लिम्बु (२८) ले उनको उद्यममा आउनेहरु विच वेग्लै उद्यमी महिलाको परिचय बनाएकी छिन् ।
धरान–१२ चतरा लाइनमा चौविसे सम्यक ढाका वुटिक सञ्चालन गर्दै आएकी धनकुटा चौविसेकी यमुनाको सोच फराकिले छ । उनि आफुले सञ्चालन गर्दै आएको उद्यम लाई नेपालको पहिचान मान्छिन् । ढाका उद्योग संचालन गरेर मौलिकता संरक्षण गर्ने काम गरिहेकी मान्छिन् । आफ्नौ समुदायले परापूर्वकाल देखी मौलिक पहिरनको रुपमा लगाउँदै आएको ढाका आफै बुन्ने परम्परा लाई आफुले व्यवासय बनाएकोले समुदायको पहिचानका लागि पनि केही गरिरहेकी छु भन्नेमा उनलाई गर्व छ । ढाका कपडाको लोकप्रियता फैलदैं गएर यस्को अन्तर्राष्ट्रिय बजार बढ्ने र त्यस्लो मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने कुरामा सचेत छिन् । भन्छिन् ‘त्यसैले सबै भन्दा राम्रो उद्यम र व्यवसाय यही लाग्न थालेको छ ।’ उनले मौलिक ढाकाको उत्पादनलाई प्रर्वद्धन गर्ने भनि गएको वर्ष देखी धरान १२ चतरालाईनमा चौबिसे सम्यक ढाका बुटिक संचालन गरेकी हुन् । आफ्नो मौलिक संस्कार सस्कृति र पहिचानलाई जोगाउनुपर्दछ भन्ने मान्यता राख्ने उनले ढाका उद्योग स्थापना गर्छु भन्ने सोचेकी भने थिइनन् । ढाका उद्योग संचालन गर्नुअघि उनी स्नातकोत्तर डिग्री अध्ययन गर्दै थिइन् ।करिब दुई वर्ष अघि किरात लिम्बु जातीको महान चाड चासोक तङनामको समयमा लिम्बु जातीको मौलिक पहिरन मेख्ली लगाउने उनको इच्छा अधुरो रह्यो । पुर्वको विभिन्न शहरमा ढाकाको मेख्ली बनाउने स्थान खोजेपनी नपाएपछी नै उनी व्यवसायी बनेकी हुन् । ढाका कपडाको अभावलाई थोरै भएपनी पुरा गर्ने उदेश्यले उनी करिब तिन महिना ढाका बुन्ने तालीम सिकीन् । सीप आर्जन गरेपछी उनले ढाका उद्योग स्थापना गरेकी हुन् । कक्षा १२ सकाएपछी रिजल्ट आउने समयमा उनले हेन्डीक्राफ्ट अन्तर्गत कुरुसले बनेको सामानहरु र टेलरको ज्ञान हासील गरेको हुनाले उनलाई ढाका बुन्ने काम पनी सजिलो गरी सिकेको उनले बताईन् । आधारभुत ज्ञान पाएपछी विभिन्न बुटाहरु बनाउन सकिने उनको अनुभव रहेको छ ।अहिले त उनी झारपात,फुल,हरेक चिजमा बुटाहरु देख्ने गरेको उनी सुनाउछीन् ।मास्टर्स डिग्री सकाएकी उनले विभिन्न ठाउंमा जागिर खाने सक्थिन् तर उनले भने हराउदै गएको मौलीकतालाई जोगाउदै आर्थीक उपार्जन गर्ने अठोट गरीन् । आफु संगै कयौ महिलाहरुलाई स्वावलम्बी बनाउने काम समेत गरेकी छिन् । ढाका उद्योगलाई आधुनीकीकरण गरेर उत्पादन गर्न सके युवाहरुलाई आर्कषण गर्न सकिने उनको बुझाई छ ।
उनको उद्योगमा ढाका साडी, रुमाल, टाई, चप्पल, ब्याग, गलबन्दी, टोपी, लिम्बु जातीको पहिरन (मेख्ली, तागाबा दौरा सुरुवाल, सिलामसाक्मा साथै लिम्बु गरगहना) लगायत अर्डर अनुसारको सामानहरु उत्पादन हुने गरेको छ । उनको उद्योगमा न्युनतम ५० रुपैयादेखी २५ हजार रुपैयाको सामाानहरु रहेको छ । काठ वा बाँसको तानको प्रयोग गरेर बनाईएको ढाका मौलिकतासँगै जोडिएका कारण पनि यसको माग बढ्दै गएको उनको भनाई छ । १ लाख रुपैया लगानीमा दुई वटा तान,धागो र एउटा मेशिन खरिद गरी सुरु गरेको व्यवसाय अहिले २० लाखको लगानी बढाउन सफल भएकी छिन् । उद्योग संचालन संगै तालीम समेत प्रदान गर्दै आएकी छिन् । सोचेको भन्दा राम्रो आम्दानी गर्दै आएको उनले सुनाईन् । अर्डरहरु धेरै आउने हुनाले काम थेग्न मुस्किल समेत हुने गरेको उनी बताउछीन् । माग अनुसारको उत्पादन र्पुयाउन नसक्दा व्यवसायीले सोचेजति आम्दानीसमेत गर्न नसकेको उनको अनुभव छ ।
स्वदेशमा मात्र नभएर विदेशमा समेत उत्पादीत सामान निर्यात गर्दै आएकी छिन् । ढाका उत्पादनबाट उनले अहिले मासिक लाखौ आम्दानी गर्दै आएकी छिन् । ढाका कपडा उत्पादन गर्ने महिलाहरुले न्यूनतम ६ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उद्योगमा सिकेका महिलाहरुले अहिले आफ्नै घरमा तान बुनेर मासिक आम्दानी गर्दै आएका छन् । उनीहरुले बुनेको तानलाई उद्योगले खरिद गरीदिने गरेको लिम्बुले बताईन् । पछिल्लो समय युवतीहरुदेखी महिलाहरु समेतको यो क्षेत्रमा आर्कषण बढ्दै गएको छ । उद्योगको व्यवसायीक रुपमा प्रचारप्रसार नगरेपनी यो उद्योगमा स्वत ग्राहकहरु भने बढ्दै गएको उनले बताईन् । पछिल्लो समय भने उनले सामाजीक संचालको माध्यमबाट आफेनो प्रचारप्रसार गरिरहेकी छिन् । यस मार्फत देश तथा विदेशबाट माग आउने गरेकोले उनी निकै उत्साहीत छिन् । पढाई संगै व्यवसायलाई लान सकेकाले थप सहज भएको उनले सुनाईन् ।
ढाकाको माग उच्च भएपनी आवश्यक कच्चा पदार्थ पुर्वमा नपाइने भएकाले राजधानी पुग्नुपर्ने बाध्यता भने रहेको छ । आवश्यक कच्चा पदार्थको अभाव हुदा अर्डर अनुसारको काम गर्न अप्ठ्यारो हुने गरेको छ । ढाकाको कपडा बनाउन सजिलो नहुने भएकाले जनशक्तीको भने अभाव रहेको छ । हातले बुन्नुपर्ने हुनाले ढाकाको सामान थोरै मूल्य बढी हुने गरेको छ । स्नातकोत्तर तह अध्ययन गरेकाले पनी ढाका उद्योग संचालन गरेकोमा उनलाई धेरैले हौसला प्रदान गरेकाले अझ उत्साहीत छन् । महिलाहरु घरको कामसंगै आर्थीक रुपमा समेत सक्षम हुन जरुरी रहेको उनी बताउछीन् । विपन्न महिला,एकल महिलाहरुलाई शुल्कमा विशेष छुट प्रदान गरी यस क्षेत्रमा प्रोत्साहन गर्दै आएको उनले बताईन् । गत साउनमा हङकङमा लिम्बु जातीको फेसन प्रतियोगीतामा उनले बनाएको पहिरन उत्कृष्ट समेत भएको थियो । यसले उनलाई थप उचाईमा पुर्याउने काम भएको छ । यस पेशाले उनलाई देश तथा अन्तराष्ट्रिय स्तरसम्म महिला उद्यामीको रुपमा चिनीने गरेको छ ।
मौलीक भेषभुषा संरक्षण संगै आर्थीक रुपमा समेत सबल हुन पाएकोमा गर्व गर्छीन् । आगामी दिनमा थप उत्पादन बढाउने र प्रचारप्रचार गर्दै यो क्षेत्रलाई निरन्तरता दिने उनको योजना छ । देशको मौलीक पहिचान रहेको ढाकालाई संरक्षण र प्रर्वद्धन गर्न सकनुपर्दछ । राज्यले ढाका कपडा उद्योगका लागी प्रोत्साहन स्वरुप अनुदान तथा क्रणहरु सहज रुपमा उपलब्ध गराए यस क्षेत्रमा आउन प्रोत्साहन मिल्ने थियो । ढाका कपडामा आधुनीकरण गर्दै युवा पुस्तामा आर्कषण बढाउन सक्नुपर्दछ ।
समाचार साभार: Morningtimes Daily
No comments:
Post a Comment