Wednesday 25 October 2017

मानव शरीर तथा पाचन प्रणाली सम्बन्धी जानकारी


1. हाम्रो शरीर सम्बन्धी तथ्य


DECEMBER 9, 2011

सधैं बयस्क र सुन्दर देखिन मन पर्ने तथा लामो आयु सम्म बाँचिरहन मन लाग्ने मानिसका प्राकृतिक गुण हुन। दिर्घायु रहन निरोगी हुन पर्दछ, निरोगिताको लागि आफ्नो शरिरको बिशेष रुपले हेरचाह गर्दै यसको कार्य प्रणाली हरुको बारेमा बिशेष जानकारी राख्नु पर्दछ; यो प्रणालीलाई सहज र सबल राख्न यसको सहयोगी को भूमिका निभाउनु पर्दछ, भन्नुको अर्थ उपयुक्त आहार-बिहार र स्वस्थ आनी-बानीको अवलंबन गर्नु पर्दछ ।

के हामी सोंचेका हुन्छौ त ? हाम्रो शरीर र यसका प्रकृयाहरु कति जटिल छन् ? हामीलाई चलायमान राख्न र दैनिक कार्य सहज सम्पादन गर्न यी संयन्त्रले रातोदिन कसरी कृयाशिल रहन्छन ?? के कहिल्यै सोंचेका छौ, मुटु किन धड्कन्छ ? परेला किन झप्किन्छ ? आँसु किन आउँछ ? तिर्खा किन लाग्छ ? पसीना किन निस्किन्छ ? भोक किन लाग्छ ? थकानको किन महसुस हुन्छ ? निद्रा किनलाग्छ ? र्‍याल किन निस्कन्छ ? यो सबै को बारेमा जानकारी छ भने हामी आफ्नो शरिरको पनि अवस्य अरुले भन्दा बढि ख्याल राखेका छौ ; जसलाई जानकारी छैन, जानकारी राख्नु पर्ने रहेछ भन्ने कुराकोमहशुस दिलाउने पंङ्तिकार कोशीस रहने छ । यसको सुरुवात हाम्रो शरीर सम्बन्थि यि तथ्यहरुबाट सुरु भई क्रमस: अगाडि बढ्नेछ।

मानवशरिर र तथ्य
हाम्रो शरिर १०,००,००,००,००,००० (दश खरव) कोषहरु, २०६ हड्डिहरु, ६०० मांशपेशिहरु तथा २२ वटा आन्तरिक अंगहरुले बनेको छ र यसलाई सुव्यबस्थित र सकृय राख्न ११ वटा प्रणालिहरुले अनवरत काम गरिरहेका हुन्छन।
प्रती बर्ग इन्च मानव छालामा १,९०,००,००० (एक करोड नब्बे लाख) कोशहरु हुन्छन र प्रत्येक घण्टा १०,००,००० (दश लाख) कोशहरु साटिन्छन ।
औशत मानव शिरमा १,००,००० (एक लाख) रौं हरु हुन्छन।
हाम्रो शरिरमा भएको नशाहरु लाई एउटै लाइनमा अन्तिमा बिन्दु सम्म तन्कायो भने ६०,००० माइल लामो हुन्छ।
औसत मान्छेको जीवन भरिमा मुटु २५,००,००,००,००० (२५ अरब) चोटि धड्किन्छ ।
हाम्रो जिभ्रोमा ९,००० स्वाद ग्रन्थिहरु हुन्छन।
हाम्रो आँखा एक बर्षमा झन्डै १,००,००,००० (एक करोड) चोटि झिम्किन्छ ।
हाम्रो मगजको औसत तौल १.३६० किलो ( एक किलो ३६० ग्राम) हुन्छ ।
शरिरमा भएका सम्पूर्ण हड्डिमा एक चौथाइ पैतलामा मात्रै हुन्छन।
प्रत्येक सेकेन्डमा झन्डै ८0,00,000 (असी लाख) रक्तकोष हरु मर्ने गर्छन् भने त्यही संख्यामा पैदा पनि हुन्छन।
एक थोपा रगतमा झन्डै ५०,००,००,००० (पचास लाख) रक्त कोष हुन्छन यी कोषहरुलाई शरिरको पुरा चक्कर लगाउन २० सेकेन्ड लाग्छ।
रक्तकोषहरु मज्जा Bone Marrow मा पुग्नु पहिले शरिरको झन्डै २ लाख ५० हज्जार चक्कर लागाउछन, रक्तकोषहरु त्यही बाट पैदा हुन्छन र त्यही यिनिहरुको अन्त्य पनि हुन्छ।
रक्तकोष हरु झन्डै ४ महिना जिवीत रही शरिरको भ्रमण गरी रहन्छन यो अवधिमा यीनिहरु झन्डै ६००,००,००,००,००,००० (६०० खरब) कोश हरुलाई पोषण दिन्छन।
बर्षभरिमा हामी झन्डै ५००kg खाना खान्छौं भने प्रत्येक दिन १.७ लिटर र्याल (Saliva) पैदा हुन्छ। प्रत्येक दिन झन्डै ११.५ लिटर पाचन् घोल तयार हुन्छ भने १०० मि लि जती बिसर्जित हुन्छ। घाँटिको लम्बाइ २५ से.मी. को हुन्छ।
प्रत्येक दिन आधा लिटर पानी हामीले श्वास प्रश्वास कृयामा गुमाउँ छौं।
मानिसको दाहिने फोक्सो बायाँ भन्दा अलिकती ठुलो हुन्छ।
हामीले सामान्य अवस्थामा १२ देखी १५ चोटि श्वास लिन्छौं
लोग्ने मान्छेमा भन्दा महिला र बच्चामा श्वास प्रश्वास प्रकृया छिटो हुन्छ।
हाम्रो शरिरको सबै भन्दा सानो हड्डी कानमा हुन्छ भने सबै भन्दा ठुलो हड्डी तिघ्रामा हुन्छ यसलाई femur भनिन्छ।
हड्डिहरु मासी/मज्जाले भरिएका हुन्छन, यही मासी बाट श्वेतकोष, र रक्तकोशहरुको जन्म हुन्छन् र रक्त प्रबाहमा मिसिन्छन।
एउटा मात्र अरु सँग नजोडिएको हड्डी HYOID हो यो घाँटिमा हुन्छ।
हड्डिमा भएको बिकाशले नै मान्छे बढ्ने हो, यसको बिकास केटामा १८ बर्ष र केटीमा १६ बर्षामा रोकिन्छ।
२ वटा रक्तनलिहरुले निरन्तर मिर्गौलालाई रक्त प्रबाह गराइ रहन्छन।
दुइवटा किड्निहरुले प्रत्येक दिन १७० देखी २०० लिटर सम्म रगतलाई छानेर पिसाब बनाउछ। यो छान्ने कार्य नेफ्रोन्सले गर्दछ।
मिर्गौलाबाट २ वटा रक्त बाहिनिहरुले प्रोषण रक्तप्रावहमा पुर्याउछन। भने २ वटा मुत्रबाहिनी ले छानिएको पिसावलाई मुत्र थैलिमा पुर्याउँछन।
पिसाव थैलिले आस्थाइ तवरले पिसावलाई बिसर्जनको लागि संग्रह गर्छ।
विभिन्न जैविक तत्वको मेटाबोलिजम प्रकृया हुँदा जुन अनावश्यक पदार्थ हरु निस्किएको हुन्छ त्यो पनि रगतमा पुगेको हुन्छ यिनिहरुलाई त्यहाँ बाट छुट्याउने काम कलेजो, फोक्सो, किड्नी, र छालाले गर्छन्।
फोक्सोले धेरै भएको कार्वनडाइ-अक्साइड, कलेजोले प्रोटिन नियन्त्रण गर्छ भने यो प्रकृयामा युरिकएसिड र युरिया निर्माण हुन्छन र छालाले बढीभएको पानी, नुन, युरिया र युरिक एसिडलाई बाहिर निकाल्दछ। यसै गरी मिर्गौलाले पनि रगतमा भएको पानी, नुन, युरिक एसिडलाई बाहिर पठाउने काम गर्छ।
छालामा दुई तहहरु हुन्छन्, बाहिरी तहलाई एपिडर्मी, र भित्री तहलाई डर्मिज भनिन्छ। छालाको अर्को काम वाटरप्रुफिङ पनि हो डर्मी मा हुने तेल ग्रन्थिले पानी र ओसलाई भित्र जान र भित्र भएको पानीलाई बाहिर आउन दिदैन।
छालाले नै अतिसुक्ष्म जीवहरुलाई (माईक्रोओर्गनिस्म) र धुलोको कणलाई हाम्रो शरीर भित्र छिर्न दिदैन।
छालाले शरिरको तापक्रम जोगाएर राख्छ। शरिरको तापमान बढेको खण्डमा छलामा भएका पसिना ग्रन्थिहरु सकृय भई, तातो बाहिर निकाल्दछन।
पाचन् प्रकृयामा जव पहिले प्रोटिनलाई पचाउँदा एमोनिया र नाइट्रोजेनस-बिकारको निर्माण हुन्छ, जुन अती बिसाक्त रसायन हुन यिनलाई तुरुन्तै कालेजोले युरिया र युरिक एसिडमा वदलि दिन्छ, (जुन एमोनिया भन्दा काम हानिकारक हुन्छ।)र त्यसलाई रक्तप्रवाहमा पठाइ दिन्छ। अनी मिर्गौलाले यसलाई छान्ने काम गर्छ।
Kids Konnect बाट सभार गरिएको ।

हाम्रोपाचन प्रणालि

AUGUST 15, 2011

आधुनिक स्वास्थ्य विज्ञान अनुसन्धान र अन्वेषणहरुबाट स्थापित सिध्दान्तहरुमा आधारित छ । अस्वस्थ हुनुमा प्रदुषण, विकिरण, फोहर मैला, परजिवी, सुक्ष्म जीव, जिबाणु, बिषाणु, आदी कारक तत्व मान्दछ आधुनिक स्वास्थ्य विज्ञान । वर्तमान उपचार पध्दतिमा आधुनिक स्वास्थ्य तथा औषधी विज्ञानले ठुलो क्षेत्र ओगटेको पनि छ। यसको लोकप्रियाता को चर्चा तर्फ नलागी हामी यो ब्लग लेखनको उध्देश्य तर्फ लागौं- “रोग लागे पछी औषधी गर्नु भन्दा रोग को नै बाटो छेकिदिनु वेश” भन्ने चर्चित उखानलाई चरितार्थ गराउँदै पाचन् प्रणालिको चिनारी बाट बिषय प्रवेश गरौं ।

पाचन प्रणालि चित्र:- From Google Image

हामीलाई प्यास लाग्छ, पानी पिउँछौ तर प्यास किन लाग्छ थाहा छैन। भोक लाग्छ खाना खान्छौं, तर भोक किन लाग्छ थाहा छैन, हाम्रो शरिरको लागि खाना को के महत्व छ, हाम्रो शरिरले त्यस खानालाई कसरी ग्रहण गर्छ, कुन कुन अंगको के भूमिका हुन्छ पाचन कृयामा भन्ने पनि थाहा हुँदैन । त्यसैले आम-जनता जसको लागि संजालको सुबिधा पुगेको छ, आफ्नो शारिरिक गतिविधिको बारेमा जान्ने होस्- ब्लग लेखनको अभीप्राय यही हो।

शारिरिक प्रणालि मध्येमा प्रवेश र निष्कासनको (Input-Output) इकाइ हो पाचन प्रणालि। हामीले खाएको चिज-बस्तुलाई विभिन्न रसायनिक प्रकृया बाट ताप र उर्जामा परिणत गर्नु यो प्रणालिको मुख्य काम हो। पाचन प्रणालि मुखबाट सुरु भएर सानो आन्द्रामा पुगेर टुङ्गिन्छ। खाना मुखबाट अगाडि बढेपछि पाचन् मार्गमा पाचन्-रस सँग मिसिने र सानो तत्वहरु मा टुक्रिने कृया भईरहन्छ। काट्ने, टुक्र्याउने, पिस्ने, निल्ने, पचाउने, पोषण शोष्ने, र अवषेश फाल्ने यस प्रणालिका प्रकृयागत चरणहरु हुन। मुखले चपाएको खाना जिभ्रोबाट अगाडि धकेलिएपछी खाना-नलिमा पुग्दछ, खाना नलीले घाँटी र आमासयको सम्बन्ध गराउँछ, यो नली आमासयमा खुल्ने ठाउँमा एउटा ब्रिताकार मांशपेशी हुन्छ जुन खानाको संपर्कमा आएपछि खुल्छ र पास भएपछी बन्द हुन्छ अगाडि बढेको खाना आमासयमा पुग्दछ, र यो पाचन् प्रकृयामा सबै भन्दा लामो समय यस स्थानमा रहन्छ।

खाना अगाडि सार्ने काम मांशपेशी खुम्चिने र तन्किने कृयाबाट पैदा हुने कंपनले गर्दछ । खाना अगाडि बढ्ने क्रममा पाचन मार्गका प्रत्येक अङ्गमा रहेका ग्रन्थिहरुबाट त्यस खनामा पाचन् रस पनि थपिदै जान्छन। पाचन रसहरुले खानामा आद्रता र तैलियता ल्याइ अगाडि बढ्नमा सहयो ग पुर्याउँछन् भने खानलाइ पचाउने काममा पनि यीनिहरुको उल्लेख्य भूमिका हुन्छ।

खाइएको खाना आमासयमा पुगेपछी त्यहाँ निस्कासन हुने हाइड्रोक्लोरिक एसीड को संपर्कमा आउँछ त्यसपछि निस्कृय रुपमा रहेको पेप्सिनोजिन सक्रिय हुन्छ र यसले पेप्सिन तयार गर्दछ, यती कृया हुँदा सम्म खाना एक तरल घोलमा परिणत भै सकेको हुन्छ भने पाचन् प्रकृया झण्डै आधा पुरा हुन्छ। (यो युटुव बाट लिएको क्लिप्स हो, यसमा पाचन कार्यको छोंटो एनिमेशन प्रस्तुत गरिएको)

आमासय बाट पचेर बाँकी रहेको खानामा ग्यास्ट्रिक जुस र हाइडोक्लोरिक एसीड सँग मिलेपछी बन्ने घोल काइम (Chyme) पाइलोरिक ब्रीत्तबाट डुडेनममा पुग्दछ, यो घोलमा कलेजो बाट तयार भई पित्त थैलिमा संग्रहित पित्त मिसिन आउँछ भने प्याँङ्कृयाजमा तयार भएको प्याँङ्कृयाटिक रस (Pancreatic Juice – जसमा ३ प्रकारका इन्जाइमहरु हुन्छन्) पनि मिसिन्छ। यसपछी पाचन् प्रणालिको अहम कृया जसमा खानामा रहेको चिल्लो र बोसो युक्त तत्वहरु निकै धेरै संख्यामा टुक्रिने कार्य पुरा हुन्छ। ट्रिप्सिनले प्रोटिनलाई पचाउँछ, कार्बोहाइड्रेड पचेर ग्लूकोज र चिल्लो पदार्थ/फ्याट बाट फ्याटियासिन र गिलिसोरल तयार हुँदै एमिनो एसीड बन्दछ । यसरी डुडेनम मा खाना पच्ने मुख्य कार्य पुरा हुन्छ ।

तयार भएका सबै पोषण ra खानामा नपचेको तत्व र सानो आन्द्रामा पुग्दछ। सानो आन्द्रामा ल्याक्टोज, माल्टोज र सुक्रोज ग्लूकोजमा, प्रोटिन एमिनो एसीडमा परिवर्तन भएपछि पाचन् प्रकृया पुरा हुन्छ।

झण्डै ६ मिटर लम्बाइ भएको सानो आन्द्राको भित्ताहरुले, तयार भएको पोषण ग्रहण गर्दछ र रक्त प्रबाहबाट सम्पूर्ण शरिरमा पुग्दछ। बाँकी नपचेका खानाका अवषेशहरु, र मरेका कोषहरु ठुलो आन्द्रा तर्फ धकेलिन्छन् र यि कोलोनमा निष्कासनको लागि तयारी अवस्थामा रहन्छन र दिशा बाट बिसर्जित हुन्छन ।

No comments:

Post a Comment