Wednesday 25 October 2017

इराकमा एक नेपाली युवतीको मृत्यु






नवराज तामाङ
प्रवास सम्वाददाता
२०७४ कार्तिक ७ मंगलबार , प्रवास




इराक । इराकको बासरामा नेपाली युवती लक्ष्मी बल तामाङ मृत्यु भएको छ ।

मकवानपुर जिल्ला कैलाश गाउँपालिका-२,बैकुन्ठका स्थानीय लक्ष्मी रोजगारीका सिलसिलामा भारतको बाटो हुदै इराक बासरामा घरेलु काममा त्यहाँ दलाल मार्फत् पुर्‍याएको थिए । मृत्युको कारण भने अझै खुल्न नसकेको उनका आफन्त बताए ।

साँढे दुई बर्ष अगाडि इराकको बासरा पुगेकी तामाङ सुरुका दिनदेखि नै काम गरेको घरमा केही गार्‍हो भएको बताउदै आएपछि सहजै घरेलु हिंसामा परेको बुझिन्छ । उनका पति अशोक तामाङ भन्छन् गत बैशाखदेखि सम्पर्क विहिन भएको अचानक लक्ष्मीले आत्महत्या गरेको खबर उनका आफन्त मार्फत पति अशोक र बुबा लाल मोक्तान पाएको र मृतकका आफन्तले लक्ष्मी कार्यरत घरमा फोन गर्दा उनलाई आफुहरुले टिकट काटी नेपाल पठाइसकेको जवाफ दिइएको आफ्न्तले बताए । लक्ष्मीले आत्महत्या नगरेको घरेलु हिंसा परि मृत्यु भएको वा गराइएको हुन सक्ने हुँदा सम्बन्धि निकायलाई मृतकका परिवारजनले सत्य तथ्य खोजतलास गरि लास नेपाल ल्याइदिन अनुरोध समेत गरेका छन् । लास ल्याउन विभिन्न माध्यमहरुसँग बुझ्दा झण्डै नेपाली ३ लाख भन्दा बढी रकम लाग्ने पनि उनका आफन्तले बताए।

इराक स्थित नेपाल दूतावास नभएकाले पाकिस्तान स्थित भएका नेपाल राजदुतावासले हेर्ने हुँदा इराकमा रहेका नेपालीहरुलाई पर्ने गरेका समस्या समयमा सुल्झाउन गार्‍हो भएको सम्बन्धित निकायका कर्मचारीहरुको भनाई छ । पछिल्लो समय नेपालबाट विभिन्न सेटिङ मिलाउदै भारतका बाटो हुदै इराकको कुर्दिस्तान लगायत विभिन्न भागमा रोजगारी लागि ठूलो संख्यामा नेपाली पुगेका छन् । पछिल्लो पटक कुर्दिस्तान इराकसंगै रहनेकी इराकबाट छुट्टिने भन्नेमा जनमतसंग्रह भएको थियो । छुट्टिनु पर्छ भन्नेमा जनमतको बहुमत आएपछि हाल ३ महिनाका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्दछन् ।

साभार: सैलुङ्गे अनलाइन


No comments:

Post a Comment