Sunday, 29 October 2017

याँङ्शिला फोटो ग्यालेरी





यस पोष्टमा याँङ्शिलामा बिविध सामाजिक सांस्कृतिक कार्यक्रमका तस्विरहरु, प्राकृतिक बिपदका तस्विरहरुका साथै ब्याक्तिगत रुपमा हाम्रो याँङ्शिलाका गाउँ घरहरुको तस्विरहरु सङ्कलन गरेर यहाँ राखेको छु ।

यहाँ संग्रहित तस्विरहरु सामाजिक सञ्जाल फेसबुकको फेसबुक समुह Hamro Satisale र फेसबुक पेज   याँङ्शिला सतिसाले र अन्य केही ब्याक्तिगत फेसबुक प्रोफाइलबाट साभार गरिएको छ । आशा गर्छु यहाँ राखिएका यि तस्विरहरुबाट तपाँईहरुको ब्याक्तिगत जीवनमा कुनै पनि किसिमको नकरात्मक असर पर्ने छैन । यदी त्यस्तो अबस्था आएमा यो पोष्ट जहाँ कही देख्नु हुन्छ तुरन्तै त्यही पोष्टको तल वा सिधै ब्लगमा आई हटाउनको लागी भन्न सक्नुहुनेछ ।
धन्यबाद














सतिसाले: बाढी पहिरो

सतिसाले: बाढी पहिरो



सतिसाले: बाढी पहिरो

सतिसाले: बाढी पहिरो पछी स्थानियबासीहरु पुननिर्माणमा












सतिसाले कालोपानी फुटबल ग्राउण्ड





सतिसाले १ नं धारा गौचरन



सतिसाले १ नं धारा माथिबा












































































यस पोष्टमा याँङ्शिलामा बिविध सामाजिक सांस्कृतिक कार्यक्रमका तस्विरहरु, प्राकृतिक बिपदका तस्विरहरुका साथै ब्याक्तिगत रुपमा हाम्रो याँङ्शिलाका गाउँ घरहरुको तस्विरहरु सङ्कलन गरेर यहाँ राखेको छु ।

यहाँ संग्रहित तस्विरहरु सामाजिक सञ्जाल फेसबुकको फेसबुक समुह Hamro Satisale र फेसबुक पेज   याँङ्शिला सतिसाले र अन्य केही ब्याक्तिगत फेसबुक प्रोफाइलबाट साभार गरिएको छ । आशा गर्छु यहाँ राखिएका यि तस्बिहरुबाट तपाँईहरुको ब्याक्तिगत जीवनमा कुनै पनि किसिमको नकरात्मक असर पर्ने छैन । यदी त्यस्तो अबस्था आएमा यो पोष्ट जहाँ कही देख्नु हुन्छ तुरन्तै त्यही पोष्टको तल वा सिधै ब्लगमा आई हटाउनको लागी भन्न सक्नुहुनेछ ।
धन्यबाद ।

Saturday, 28 October 2017

पाइल्स (बेर्ने-मलद्वारको बिमार) को नालीबेली


*साभार: यौनका कुरा फेसबुक पेज*

हर्षा, पाइल्स, बबासिर, हेमोरोइड्स तथा मूलब्याधी आदि नामबाट परिचित यो रोगअन्तर्गत मलद्वार तथा मलाशयका भित्ताहरूमा स्थित रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका शृंखलाबद्ध समस्याहरू पर्छन् । योग, आयुर्वेद, युनानी र परम्परागत चिनियाँ चिकित्सा (टी.सी.एम.) जस्ता हजारौं साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरूमा यो रोगलाई अत्यन्त कष्टदायी रोगका रूपमा सूचित गरिएको छ । मानवतालाई प्राचीन समयदेखि नै प्रताडित गर्दै आएको यो रोगबाट आज पनि विश्व जनसंख्याको ७० प्रतिशत हिस्सा जीवनको कुनै न कुनै कालखण्डमा संक्रमित हुने गरेका छन् । संक्रमित भएकामध्ये १० प्रतिशत दीर्घरोगी भएका छन् भने ९० प्रतिशत रोगी सरसफाइ, खानपान र औषधीय प्रबन्धले ठीक भएका छन् । ठीक नहुनुको मुख्य कारणमा बेलामा उपचार नपाउनु, रोगका बारेमा जानकारी नहुनु तथा हेरविचारमा कमी हुनु आदि छन् । संक्रमित हुनेमा ४५ देखि ६५ उमेर समूहका व्यक्ति बढी छन् भने, कृष्ण वर्ण भएकामा भन्दा श्वेत वर्ण भएका मानिसमा धेरै पाइएको छ ।
यो रोग हुँदा मलाशय तथा गुदद्वारका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने, शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरिका तन्तुहरूसहित तलतिर खस्ने गर्छन् । तल खसेका नशा र तन्तुहरू गुज्मुजिएर अंगुरको झुप्पाझैं मासु पलाएजस्तो देखिने र सुन्निएका नशाहरू फुटेर रक्तस्राव हुन्छ ।

पाइल्सका प्रकार

यो रोगलाई रोगोत्पत्ति क्षेत्रका आधारामा आन्तरिक, बाह्य एवं संयुक्त पाइल्स गरेर तीन समूहमा बाँडिएको छ । मलद्वारमा अवस्थित प्याक्टिनेट लाइनभन्दा तलबाट उब्जिएको पाइल्स भए बाह्य, माथिबाट उब्जिएको भए आन्तरिक र दुवै क्षेत्रबाट उब्जिएको भए संयुक्त पाइल्स भनिन्छ ।

पाइल्सलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ गरेर चार श्रेणीमा विभाजन गरिएको छ । प्रथम श्रेणीको पाइल्समा शिराहरू सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर बाहिर नआउने हुन्छ । द्वितीय श्रेणीको पाइल्समा सुन्निएका नशाहरू मल त्याग गर्दा मात्र बाहिर आउँछन् तर मलत्याग पछि पुन: आफ्नै स्थानमा जान्छन् । तृतीय श्रेणीको पाइल्समा शिराहरूको डल्लो बाहिर आउने तर आफै यथास्थानमा नजाने, हातको सहाराले भित्र पसाए मात्र जाने हुन्छ भने चौथो श्रेणीको पाइल्समा सुन्निएको नशाका डल्ला मलद्वार बाहिरै रहन्छन् ।

आन्तरिक पाइल्स

आन्तरिक पाइल्सलाई रक्तस्रावी पाइल्स पनि भनिन्छ । रक्तस्रावी पाइल्स हुँदा रोगीलाई धेरै दुख्दैन तर नशाहरू फुटेर एक्कासि रक्तस्राव हुन्छ । रक्तस्राव पनि सामान्य, मध्यम र तीव्र गरी तीन प्रकारले हुने गरेको छ । सामान्य रक्तस्राव हुँदा रगत दिसासँग लागेर मात्र आउँछ, मध्यम रक्तस्राव हुँदा रगतका थोपा–थोपा तप्किने गरी रक्तस्राव हुन्छ भने तीव्र रक्तस्रावमा रगत छिर्का हालेर बाहिर आउँछ ।

बाह्य पाइल्स

बाह्य पाइल्स हुँदा रोगीलाई बढी पीडा हुन्छ तर रक्तस्राव धेरै हुँदैन । दिसा कडा भए रक्तस्राव पनि हुन सक्छ । यो पाइल्स लामो समयसम्म निको नभए गुदद्वारको वरिपरि क्र्याक (फिसर) आउने, घाउ हुने र घाउ बढ्दै गएर घाउको मुख अन्तै गएर खुल्ने (फिस्टुला) घाउ पाक्ने, पिप बग्ने तथा घाउको नयाँ मुखबाट दिसा निस्कने र अन्ततोगत्वा गुदद्वार खस्ने एवं गुदद्वार तथा मलाशयको क्यान्सरसम्म हुन सक्छ ।

लक्षणहरू

यो रोग सुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा खलास नहुने र अलिअलि दुख्नेजस्ता लक्षण देखा पर्छन् । रोग बढ्दै जाँदा मलाशयका रक्त नलीहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तस्राव हुन्छ । सुन्निएका रक्त नलीहरू र वरिपरिका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पाजस्तो मासुका डल्ला–डल्लीहरू गुदद्वार वरिपरि देखिन्छन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने, दिसा अड्केको अनुभव हुने, उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्यागपछि पनि पेट सफा नभएको भान हुने आदि हुन्छ । मासी पर्ने, मलद्वार वरिपरि चिलाउने तथा दिसा बस्दा दुख्ने आदि लक्षण पनि यो रोगमा देखा पर्छन् ।

कारणहरू

यो रोगको मुख्य कारण भनेको पेटमा दबाब पर्ने कुनै पनि काम जसले इन्टरनल हेमरोइडल भेनस प्लेक्सेस (गुदद्वार भित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिन्छन् । यसरी पेटलाई दबाब पर्दा यी नसाहरूमा चाप बड्न गई फैलिन पुग्छन् । नसाहरू फैलदा यिनमा रगत बढ्न गई आपसमा गुजमुजिएर गिर्खा–गिर्खी बन्न पुग्छन् । यी गिर्खाहरू बिस्तारै आफ्नो ठाउँ छोडेर अन्य तन्तुहरूसहित तलतिर खस्न थाल्छन् ।

यसरी गुदद्वार तथा मलाशयका नशामा दबाब बढाएर पाइल्सको समस्या गराउने अधिकांश कारणमध्ये कब्जियतकै भूमिका मुख्य छ । लामो समयसम्म कब्जियतको समस्या हुनुमा व्यक्तिगत जीवन शैली आहार, विहार र दिनचर्या जिम्मेवार छ । विशेषत: गरिष्ठ भोजन, नुन, खुर्सानी, मसला बढी प्रयोग गरेको, तारे–भुटेको अमिलो–पिरो हालेको, माछा–मासु, अण्डाको अत्यधिक सेवन, दूध तथा मैदाका परिकारहरू, चाउचाउ बिस्कुट, पाउरोटी, जंकफुड, चिप्स, कुरकुरे, पाउ, गुदपाकजस्ता संरक्षित खाद्यान्न, बोतल तथा बट्टामा बन्द खानेकुराहरू लामो समयसम्म राखेका खानेकुराहरू मैदा, बेसनका परिकार आदि खानाले हुन्छ । यसैगरी समयमा खाना नखाने, भोक लागेको बेला नखाने, राति अबेर खाने, आवश्यकताभन्दा बढी खाने भोक लागेका बेला नखाने, भोकभन्दा बढी खानेहरूमा पनि पहिले कब्जियत र त्यसपछि पाइल्सको समस्या देखिएको छ । यसैगरी दिसा लागेको बेलामा दिसा नगर्ने दिसाको वेगलाई रोक्ने, कब्ज भएको बेला जबरजस्ती बलपूर्वक मल त्याग्न खोज्ने आदि बानीले पनि पाइल्स जन्माउँछ ।

यसका अतिरिक्त गरूङ्गो भारी उचाल्नाले, कलेजोको रोग (लिवर सिरोसिस भए) गुदद्वारको क्यान्सर भए, आउँ, मासी तथा डाइरियाजस्ता पेटका समस्या हुँदा, गुदामैथुन गर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरू, मोटोपन भएकाहरूमा पाइल्सको समस्या बढी देखिएको छ । साइक्याट्रिक औषधिको सेवन गर्ने, राति जागा रहनेहरूमा, उभिएर काम गर्नेहरू जस्तै ट्राफिक, पुलिस, कन्डक्टर, कुल्ली, मजदुहरू, भारोत्तोलक खेलाडीहरूमा बढी देखिएको छ । यो रोग वंशानुगत कारणले पनि हुन्छ ।

उपचार

पाइल्सको उपचार गर्नुभन्दा पहिले रोगका कारणहरूको विस्तृत जानकारी हुनुपर्छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य सन्निहित समस्याका बारेमा पनि जानकारी हुनु जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग–अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधि अपनाउनुपर्ने हुन्छ ।

अधिकांश पाइल्सबाट छुटकारा पाउनका लागि कब्जियतबाट छुटकारा पाउनुपर्छ । अन्य कारणले भएको पाइल्स भए पनि पेटको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यसका लागि मल त्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ । पाइल्स हुन नदिन र भएकाहरूलाई ठीक गर्न जीवनशैली परिवर्तन सबैभन्दा महत्वपूर्ण हुन्छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरी ठीक–ठीक समायोजन गर्नु हो ।

–पाइल्स भएकाहरूले तारे, भुटेको, अमिलो, पिरो, माछा, मासु, अण्डा, घिउ, पनीर, मख्खन र मैदाबाट बनेका वस्तुहरू खानुहुँदैन । नुन, खुर्सानी बढी हालेको, बोतल तथा बट्टाबन्द खाद्यान्नहरू, जंगफुड तथा कार्बोनेटेड ड्रिंक्स, अजिनोमोटो तथा अन्य हानिकारक रसायन हालिएको खानेकुरा खानु हुँदैन । चिया, कफी, इनर्जी ड्रिंक जस्ता उत्तेजक पेय पदार्थ पनि पिउनुहुँदैन ।

–बिहानको नास्तामा फलफूल लिने बानी बसाल्नुपर्छ । रातिको खानामा अन्नको सहभागिता नगराउनु राम्रो हुन्छ । पाइल्स एक्टिभ र रक्तस्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नुपर्छ । सकिन्छ भने केही दिन उपवास गर्नुपर्छ ।

–मौसम, सुन्तला, नास्पाती, खरबुजा, काँक्रा, आँप, बेल, बेलौती, मेवा, अंकुरित मुंग, चना, मेथी र भिजाएको छोकडालाई ताजा दहीसँग मिसाएर खानाले कब्जियत कम हुन्छ र पाइल्समा पनि फाइदा पुर्‍याउँछ ।

–ठोस भोजन दिनको एकपटक मात्र लिनु राम्रो मानिन्छ । बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका राम्रो मानिन्छ । मास र खेसरीबाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जियत तथा पाइल्सलाई राम्रो गर्छ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । तरकारीको सुप वा २ सय ५० ग्राम उमालेको सब्जीसँग ताजा मोही मात्र खाँदा पाइल्समा राम्रो हुन्छ ।

–गाई, बाख्रा, ऊट वा घोडाको दूध बिहान नास्तापछि र सुत्नुअघि सेवन गर्नु राम्रो हुन्छ । भैंसीको दूध तथा दुग्ध परिकार पाइल्सका लागि राम्रो होइन ।

–चिकु, केरा, स्याउ, अंगुर, लिचीजस्ता फलहरूले कब्जियत तथा पाइल्समा राम्रो गर्दैनन् । आलु, पिँडालु, तरुल, सुठुनी, भान्टा, चुकन्दर, ओल, सिमल तरुल, राजमा, सेतो चना, मास, भटमासजस्ता कन्दमूल तथा दलहनको प्रयोग नितान्त वर्जित छ ।

पाइल्सका रोगीहरूले खानुपर्ने आहार

–बिहान ५:३० बजे–जागरण तथा तीन गिलास मन तातोपानीको सेवन ।

–बिहान ७ बजे–गाई अथवा बाख्राको दूधसाग आधा मुठी कालो तिल चपाएर खाने ।

–बिहान ८ बजे– मेवा, तरबुजा, काँक्राको सलाद १ सय ग्राम, उमालेको मुंग ३० ग्राम, भिजाएको किसमिस र छोकडा २० ग्राम, ताजा दही २० ग्राम र एउटा भिजाएको अन्जिर ।

–बिहान ११ बजे– दुईवटा चोक्करसहितको आटाको रोटी ५० ग्राम मसला, खुर्सानी नहालेको सब्जी, २ सय ५० मि.लि. मेथीको धूलो अथवा हिङ हालेको ताजा मोही, १ सय ग्राम गहुँको पानी दलिया ।

–दिउँसो १:३० बजे–मौसमी, सुन्तला, आँपको रस

–साँझ ६:३० बजे– ३ सय ग्राम उसिनेको सब्जी (लौका, बन्दा, ब्रोकाउली, काउली, घिरौला, स्कुस, चुच्चेकरेला आदि) वा हरियो सागसब्जी र ताजा मोही अथवा भेज सुप २ सय ५० मिलिलिटर ।

–राति १० बजे १ गिलास दूध ।

व्यायाम व्यवस्थापन

अङ्ग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रात:भ्रमण आदि हल्का व्यायाम विधिहरू पाइल्सका लागि अत्यन्त आवश्यक व्यायाम हुन् । कब्ज हुन नदिनका लागि अग्निसार, कपालभाती, विपरीत करणी जस्ता क्रिया विधि, पवनमुक्तासन, ताडासन, त्रियकताडासन, उत्थितपादासन, मण्डुकासन, ससकासन, भुजङ्गासन, सर्वाङ्गासन, बज्रासन, सुप्तबज्रासन, धनुरासन र सर्वासनजस्ता आसन विधि जालन्धर, उड्यान र मूलबन्धजस्ता बन्ध विधि अश्वनी, ज्ञान र चिनमयजस्ता मुदा विधि शीतली, शीतकारी, भ्रमरीजस्ता स्वासन विधि एनिमा (बस्ती) लघु तथा गुरू शंख प्रक्षालनजस्ता सोधन विधिको नियमित अभ्यास गरिरहनुपर्छ ।

–रक्तस्राव नरोकिउन्जेल र घाउ तथा पीडा कम नहुन्जेल कुनै पनि योग विधि गर्नु हुादैन । रक्तस्राव रोकिएपछि प्राकृतिक उपचार गर्नु राम्रो हुन्छ ।

–पाइल्स रोगलाई ठीक गर्नका लागि आन्द्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई २–३ दिनसम्मको थेरापिटिक उपवासमा राख्नुपर्छ । उपवासमा फलफूलको जुस, मह तथा कागती पानी आदि प्रशस्त दिनुपर्छ । उपवास गरेपछि १०–१५ दिनसम्म फलाहार वा सागसब्जी मात्र सेवन गराउनुपर्छ ।

–बिहान–बेलुका २–३ वटा भिजाएका अन्जिर खाने र भिजाउन प्रयोग गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्छ ।

–त्रिफला चूर्ण, इसागोलको झुसी, पञ्चसकार चूर्णजस्ता औषधि राति सुत्ने बेलामा एक–एक चम्चा दूध वा तातोपानीसाग खानाले कब्जियतमा राम्रो गर्छ ।

–केही दिनसम्म सख्खरमा बेलको गुदी मिसाएर खाँदा पनि पाइल्स ठीक हुन मद्दत गर्छ ।

–रक्तस्राव भैरहेको अवस्था छ भने बरफले गुदा मालिस गर्नुपर्छ ।

–रक्तस्राव नभएको अवस्थामा भने तातो कटिस्नान (ठूलो खड्कुलो, बाटा अथवा ताउलोमा सहन सक्ने तातोपानी हालेर बस्ने उपचार) लिनुपर्छ ।

–मल त्यागपछि गुदालाई राम्रोसँग धोई तातोपानीले सेक्नुपर्छ । आन्तरिक घाउमा एन्टी सेप्टिक क्रिम वा क्षारीय मल्हम लगाउनुपर्छ । मासुका गिर्खा बाहिर आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टी बाँधिदिनुपर्छ ।

–भेस्लिनसँग कपूर मिलाएर मासुका गिर्खामा लगाए पनि यो रोगमा फाइदा पुर्‍याउँछ ।

–रक्तस्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । त्यसपछि कटिस्नान वा मेहनस्नान गर्नुपर्छ । दिनको दुई पल्ट माटोको पेडुपट्टी लगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ ।

–पाइल्स भएर मासुका गिर्खा बाहिर आइरहेका छन् भने खुकुलो खालको कट्टु लगाउनुपर्छ । पीडा वा चिलाइ बढी भए बरफ पानीमा सुती कपडा भिजाएर लगौंटीजस्तो बनाएर लगाउनुपर्छ ।

–यति गर्दा पनि पाइल्स निको नभए आर्युवेदीय क्षारसूत्र वा एलोपेथिक रबरब्यान्ड लाइगेसन वा इन्डोस्कोपिक स्क्लेरोथेरापी वा बढेको मासुका गिर्खा सुकाउने इन्जेक्सन वा सजर्री (अप्रेसन) गर्नुपर्ने हुन्छ ।

सावधानी तथा बच्ने उपायहरू

–मलको त्यागको क्रमलाई नियमित तथा सामान्य गर्नु कब्जियत तथा पाइल्स निवारणको पहिलो आयाम हो । यसकारण बिहान–बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौं ।

–दिनमा कमसेकम ३–४ लिटर पानी पिउँदा खानामा मसिनो–मीठो भन्दा खस्स्रो–मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । रेसा र चोकरयुक्त खाद्यपदार्थ, सागसब्जी, फलफूल, सलाद खाने बानी बसालौं ।

–लामो समय कुर्सीमा नबसौं । बस्नैपर्ने भए पनि ३०– ३० मिनेटको अन्तरमा आसन परिवर्तन गरौं ।

–भारी वस्तु उठाउँदा पनि पेटमा बल पर्नु हुँदैन ।

–गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाइराइडिजजस्ता विशेष रोग भएकाहरूले सावधानी अपनाऔं ।

–श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔं ।

–गरिष्ठ भोजनको सेवन नगरांै ।

–मद्यपान, धूम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौं । मानसिक समस्या, स्नायुको समस्या वा अन्त:स्रावी ग्रन्थिका रोगको औषधि खाँदा सावधानी अपनाऔं ।

Friday, 27 October 2017

मरिच किन खाने ? सुकेको मरिचको लुकेको महत्व जान्नुस्



 Source: By OSNepal, California, USA

पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच ।मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ। सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । यसको उपयोग मुख्यतया निम्नानुसार गरिन्छ।

ज्वरो एवं रुघाखोकी लागेमा

मरिच उत्तेजना, सुगन्ध र स्फूर्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वासप्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा मरिचको धुलोलाई एक गिलास पानीमा मिलाएर पकाउने र सेलाएपनि बिरामीलाई खान दिएमा यसले ज्वरो छुटाउन मद्धत गर्छ र क्रमस ज्वरो कम हुदै जान्छ । दुधमा मिसाएर यसको सेवन गर्दा पनि बिरामीलाई आराम मिल्छ । महमा मरिच मिलाएर बिहान बेलुका सेवन गरेमा केही दिनमै रुखाखोकी निको हुन्छ । मरिचले पिनासको समस्या समेत ठिक गर्छ ।

दात दुखे एवं किराले खाएमा

भिटामिन के, क्याल्सियम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा किराको आक्रमणबाट छुटकारा मिल्छ । छालाको लागि समेत लाभकारी मरिचले रोग एवं संक्रमणबाट बचाउछ ।

आँखा दुख्ने एवं रतन्धो भएमा

गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ । त्यस्तै धुलो मरिचलाई दहीमा फुराएर सुत्ने बेलामा आखामा लगाउनाले पनि रतन्धोको समस्याबाट उन्मुक्ति पाइन्छ ।

पायल्स एवं अर्थराइटिस भएमा

पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो । जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी हुन्छ । त्यस्तै मरिचलाई तीलको तेलमा पकाएर हातगोडामा लगाउने हो भने अर्थराइटिसका बिरामीलाई धेरै नै आराम मिल्छ ।

खाना अपच भएमा

तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्या टाढै हुन्छ । चियाको लत हुनेहरुले यसलाई मिलाएर बिहान बेलुका सेवन गर्ने हो भने अपचको समस्या सधैको लागि टाढै हुन्छ । यी र यस्ता कैयन समस्याको लागि मरिचको प्रयोग गरिन्छ । तपाइमा कुनै रोग एवं संक्रमण छैन भनेपनि मरिचलाई मसलाको रुपमा प्रयोग गरेर यसको लाभ लिन सक्नुहुन्छ ।



.

Wednesday, 25 October 2017

मानव शरीर तथा पाचन प्रणाली सम्बन्धी जानकारी


1. हाम्रो शरीर सम्बन्धी तथ्य


DECEMBER 9, 2011

सधैं बयस्क र सुन्दर देखिन मन पर्ने तथा लामो आयु सम्म बाँचिरहन मन लाग्ने मानिसका प्राकृतिक गुण हुन। दिर्घायु रहन निरोगी हुन पर्दछ, निरोगिताको लागि आफ्नो शरिरको बिशेष रुपले हेरचाह गर्दै यसको कार्य प्रणाली हरुको बारेमा बिशेष जानकारी राख्नु पर्दछ; यो प्रणालीलाई सहज र सबल राख्न यसको सहयोगी को भूमिका निभाउनु पर्दछ, भन्नुको अर्थ उपयुक्त आहार-बिहार र स्वस्थ आनी-बानीको अवलंबन गर्नु पर्दछ ।

के हामी सोंचेका हुन्छौ त ? हाम्रो शरीर र यसका प्रकृयाहरु कति जटिल छन् ? हामीलाई चलायमान राख्न र दैनिक कार्य सहज सम्पादन गर्न यी संयन्त्रले रातोदिन कसरी कृयाशिल रहन्छन ?? के कहिल्यै सोंचेका छौ, मुटु किन धड्कन्छ ? परेला किन झप्किन्छ ? आँसु किन आउँछ ? तिर्खा किन लाग्छ ? पसीना किन निस्किन्छ ? भोक किन लाग्छ ? थकानको किन महसुस हुन्छ ? निद्रा किनलाग्छ ? र्‍याल किन निस्कन्छ ? यो सबै को बारेमा जानकारी छ भने हामी आफ्नो शरिरको पनि अवस्य अरुले भन्दा बढि ख्याल राखेका छौ ; जसलाई जानकारी छैन, जानकारी राख्नु पर्ने रहेछ भन्ने कुराकोमहशुस दिलाउने पंङ्तिकार कोशीस रहने छ । यसको सुरुवात हाम्रो शरीर सम्बन्थि यि तथ्यहरुबाट सुरु भई क्रमस: अगाडि बढ्नेछ।

मानवशरिर र तथ्य
हाम्रो शरिर १०,००,००,००,००,००० (दश खरव) कोषहरु, २०६ हड्डिहरु, ६०० मांशपेशिहरु तथा २२ वटा आन्तरिक अंगहरुले बनेको छ र यसलाई सुव्यबस्थित र सकृय राख्न ११ वटा प्रणालिहरुले अनवरत काम गरिरहेका हुन्छन।
प्रती बर्ग इन्च मानव छालामा १,९०,००,००० (एक करोड नब्बे लाख) कोशहरु हुन्छन र प्रत्येक घण्टा १०,००,००० (दश लाख) कोशहरु साटिन्छन ।
औशत मानव शिरमा १,००,००० (एक लाख) रौं हरु हुन्छन।
हाम्रो शरिरमा भएको नशाहरु लाई एउटै लाइनमा अन्तिमा बिन्दु सम्म तन्कायो भने ६०,००० माइल लामो हुन्छ।
औसत मान्छेको जीवन भरिमा मुटु २५,००,००,००,००० (२५ अरब) चोटि धड्किन्छ ।
हाम्रो जिभ्रोमा ९,००० स्वाद ग्रन्थिहरु हुन्छन।
हाम्रो आँखा एक बर्षमा झन्डै १,००,००,००० (एक करोड) चोटि झिम्किन्छ ।
हाम्रो मगजको औसत तौल १.३६० किलो ( एक किलो ३६० ग्राम) हुन्छ ।
शरिरमा भएका सम्पूर्ण हड्डिमा एक चौथाइ पैतलामा मात्रै हुन्छन।
प्रत्येक सेकेन्डमा झन्डै ८0,00,000 (असी लाख) रक्तकोष हरु मर्ने गर्छन् भने त्यही संख्यामा पैदा पनि हुन्छन।
एक थोपा रगतमा झन्डै ५०,००,००,००० (पचास लाख) रक्त कोष हुन्छन यी कोषहरुलाई शरिरको पुरा चक्कर लगाउन २० सेकेन्ड लाग्छ।
रक्तकोषहरु मज्जा Bone Marrow मा पुग्नु पहिले शरिरको झन्डै २ लाख ५० हज्जार चक्कर लागाउछन, रक्तकोषहरु त्यही बाट पैदा हुन्छन र त्यही यिनिहरुको अन्त्य पनि हुन्छ।
रक्तकोष हरु झन्डै ४ महिना जिवीत रही शरिरको भ्रमण गरी रहन्छन यो अवधिमा यीनिहरु झन्डै ६००,००,००,००,००,००० (६०० खरब) कोश हरुलाई पोषण दिन्छन।
बर्षभरिमा हामी झन्डै ५००kg खाना खान्छौं भने प्रत्येक दिन १.७ लिटर र्याल (Saliva) पैदा हुन्छ। प्रत्येक दिन झन्डै ११.५ लिटर पाचन् घोल तयार हुन्छ भने १०० मि लि जती बिसर्जित हुन्छ। घाँटिको लम्बाइ २५ से.मी. को हुन्छ।
प्रत्येक दिन आधा लिटर पानी हामीले श्वास प्रश्वास कृयामा गुमाउँ छौं।
मानिसको दाहिने फोक्सो बायाँ भन्दा अलिकती ठुलो हुन्छ।
हामीले सामान्य अवस्थामा १२ देखी १५ चोटि श्वास लिन्छौं
लोग्ने मान्छेमा भन्दा महिला र बच्चामा श्वास प्रश्वास प्रकृया छिटो हुन्छ।
हाम्रो शरिरको सबै भन्दा सानो हड्डी कानमा हुन्छ भने सबै भन्दा ठुलो हड्डी तिघ्रामा हुन्छ यसलाई femur भनिन्छ।
हड्डिहरु मासी/मज्जाले भरिएका हुन्छन, यही मासी बाट श्वेतकोष, र रक्तकोशहरुको जन्म हुन्छन् र रक्त प्रबाहमा मिसिन्छन।
एउटा मात्र अरु सँग नजोडिएको हड्डी HYOID हो यो घाँटिमा हुन्छ।
हड्डिमा भएको बिकाशले नै मान्छे बढ्ने हो, यसको बिकास केटामा १८ बर्ष र केटीमा १६ बर्षामा रोकिन्छ।
२ वटा रक्तनलिहरुले निरन्तर मिर्गौलालाई रक्त प्रबाह गराइ रहन्छन।
दुइवटा किड्निहरुले प्रत्येक दिन १७० देखी २०० लिटर सम्म रगतलाई छानेर पिसाब बनाउछ। यो छान्ने कार्य नेफ्रोन्सले गर्दछ।
मिर्गौलाबाट २ वटा रक्त बाहिनिहरुले प्रोषण रक्तप्रावहमा पुर्याउछन। भने २ वटा मुत्रबाहिनी ले छानिएको पिसावलाई मुत्र थैलिमा पुर्याउँछन।
पिसाव थैलिले आस्थाइ तवरले पिसावलाई बिसर्जनको लागि संग्रह गर्छ।
विभिन्न जैविक तत्वको मेटाबोलिजम प्रकृया हुँदा जुन अनावश्यक पदार्थ हरु निस्किएको हुन्छ त्यो पनि रगतमा पुगेको हुन्छ यिनिहरुलाई त्यहाँ बाट छुट्याउने काम कलेजो, फोक्सो, किड्नी, र छालाले गर्छन्।
फोक्सोले धेरै भएको कार्वनडाइ-अक्साइड, कलेजोले प्रोटिन नियन्त्रण गर्छ भने यो प्रकृयामा युरिकएसिड र युरिया निर्माण हुन्छन र छालाले बढीभएको पानी, नुन, युरिया र युरिक एसिडलाई बाहिर निकाल्दछ। यसै गरी मिर्गौलाले पनि रगतमा भएको पानी, नुन, युरिक एसिडलाई बाहिर पठाउने काम गर्छ।
छालामा दुई तहहरु हुन्छन्, बाहिरी तहलाई एपिडर्मी, र भित्री तहलाई डर्मिज भनिन्छ। छालाको अर्को काम वाटरप्रुफिङ पनि हो डर्मी मा हुने तेल ग्रन्थिले पानी र ओसलाई भित्र जान र भित्र भएको पानीलाई बाहिर आउन दिदैन।
छालाले नै अतिसुक्ष्म जीवहरुलाई (माईक्रोओर्गनिस्म) र धुलोको कणलाई हाम्रो शरीर भित्र छिर्न दिदैन।
छालाले शरिरको तापक्रम जोगाएर राख्छ। शरिरको तापमान बढेको खण्डमा छलामा भएका पसिना ग्रन्थिहरु सकृय भई, तातो बाहिर निकाल्दछन।
पाचन् प्रकृयामा जव पहिले प्रोटिनलाई पचाउँदा एमोनिया र नाइट्रोजेनस-बिकारको निर्माण हुन्छ, जुन अती बिसाक्त रसायन हुन यिनलाई तुरुन्तै कालेजोले युरिया र युरिक एसिडमा वदलि दिन्छ, (जुन एमोनिया भन्दा काम हानिकारक हुन्छ।)र त्यसलाई रक्तप्रवाहमा पठाइ दिन्छ। अनी मिर्गौलाले यसलाई छान्ने काम गर्छ।
Kids Konnect बाट सभार गरिएको ।

हाम्रोपाचन प्रणालि

AUGUST 15, 2011

आधुनिक स्वास्थ्य विज्ञान अनुसन्धान र अन्वेषणहरुबाट स्थापित सिध्दान्तहरुमा आधारित छ । अस्वस्थ हुनुमा प्रदुषण, विकिरण, फोहर मैला, परजिवी, सुक्ष्म जीव, जिबाणु, बिषाणु, आदी कारक तत्व मान्दछ आधुनिक स्वास्थ्य विज्ञान । वर्तमान उपचार पध्दतिमा आधुनिक स्वास्थ्य तथा औषधी विज्ञानले ठुलो क्षेत्र ओगटेको पनि छ। यसको लोकप्रियाता को चर्चा तर्फ नलागी हामी यो ब्लग लेखनको उध्देश्य तर्फ लागौं- “रोग लागे पछी औषधी गर्नु भन्दा रोग को नै बाटो छेकिदिनु वेश” भन्ने चर्चित उखानलाई चरितार्थ गराउँदै पाचन् प्रणालिको चिनारी बाट बिषय प्रवेश गरौं ।

पाचन प्रणालि चित्र:- From Google Image

हामीलाई प्यास लाग्छ, पानी पिउँछौ तर प्यास किन लाग्छ थाहा छैन। भोक लाग्छ खाना खान्छौं, तर भोक किन लाग्छ थाहा छैन, हाम्रो शरिरको लागि खाना को के महत्व छ, हाम्रो शरिरले त्यस खानालाई कसरी ग्रहण गर्छ, कुन कुन अंगको के भूमिका हुन्छ पाचन कृयामा भन्ने पनि थाहा हुँदैन । त्यसैले आम-जनता जसको लागि संजालको सुबिधा पुगेको छ, आफ्नो शारिरिक गतिविधिको बारेमा जान्ने होस्- ब्लग लेखनको अभीप्राय यही हो।

शारिरिक प्रणालि मध्येमा प्रवेश र निष्कासनको (Input-Output) इकाइ हो पाचन प्रणालि। हामीले खाएको चिज-बस्तुलाई विभिन्न रसायनिक प्रकृया बाट ताप र उर्जामा परिणत गर्नु यो प्रणालिको मुख्य काम हो। पाचन प्रणालि मुखबाट सुरु भएर सानो आन्द्रामा पुगेर टुङ्गिन्छ। खाना मुखबाट अगाडि बढेपछि पाचन् मार्गमा पाचन्-रस सँग मिसिने र सानो तत्वहरु मा टुक्रिने कृया भईरहन्छ। काट्ने, टुक्र्याउने, पिस्ने, निल्ने, पचाउने, पोषण शोष्ने, र अवषेश फाल्ने यस प्रणालिका प्रकृयागत चरणहरु हुन। मुखले चपाएको खाना जिभ्रोबाट अगाडि धकेलिएपछी खाना-नलिमा पुग्दछ, खाना नलीले घाँटी र आमासयको सम्बन्ध गराउँछ, यो नली आमासयमा खुल्ने ठाउँमा एउटा ब्रिताकार मांशपेशी हुन्छ जुन खानाको संपर्कमा आएपछि खुल्छ र पास भएपछी बन्द हुन्छ अगाडि बढेको खाना आमासयमा पुग्दछ, र यो पाचन् प्रकृयामा सबै भन्दा लामो समय यस स्थानमा रहन्छ।

खाना अगाडि सार्ने काम मांशपेशी खुम्चिने र तन्किने कृयाबाट पैदा हुने कंपनले गर्दछ । खाना अगाडि बढ्ने क्रममा पाचन मार्गका प्रत्येक अङ्गमा रहेका ग्रन्थिहरुबाट त्यस खनामा पाचन् रस पनि थपिदै जान्छन। पाचन रसहरुले खानामा आद्रता र तैलियता ल्याइ अगाडि बढ्नमा सहयो ग पुर्याउँछन् भने खानलाइ पचाउने काममा पनि यीनिहरुको उल्लेख्य भूमिका हुन्छ।

खाइएको खाना आमासयमा पुगेपछी त्यहाँ निस्कासन हुने हाइड्रोक्लोरिक एसीड को संपर्कमा आउँछ त्यसपछि निस्कृय रुपमा रहेको पेप्सिनोजिन सक्रिय हुन्छ र यसले पेप्सिन तयार गर्दछ, यती कृया हुँदा सम्म खाना एक तरल घोलमा परिणत भै सकेको हुन्छ भने पाचन् प्रकृया झण्डै आधा पुरा हुन्छ। (यो युटुव बाट लिएको क्लिप्स हो, यसमा पाचन कार्यको छोंटो एनिमेशन प्रस्तुत गरिएको)

आमासय बाट पचेर बाँकी रहेको खानामा ग्यास्ट्रिक जुस र हाइडोक्लोरिक एसीड सँग मिलेपछी बन्ने घोल काइम (Chyme) पाइलोरिक ब्रीत्तबाट डुडेनममा पुग्दछ, यो घोलमा कलेजो बाट तयार भई पित्त थैलिमा संग्रहित पित्त मिसिन आउँछ भने प्याँङ्कृयाजमा तयार भएको प्याँङ्कृयाटिक रस (Pancreatic Juice – जसमा ३ प्रकारका इन्जाइमहरु हुन्छन्) पनि मिसिन्छ। यसपछी पाचन् प्रणालिको अहम कृया जसमा खानामा रहेको चिल्लो र बोसो युक्त तत्वहरु निकै धेरै संख्यामा टुक्रिने कार्य पुरा हुन्छ। ट्रिप्सिनले प्रोटिनलाई पचाउँछ, कार्बोहाइड्रेड पचेर ग्लूकोज र चिल्लो पदार्थ/फ्याट बाट फ्याटियासिन र गिलिसोरल तयार हुँदै एमिनो एसीड बन्दछ । यसरी डुडेनम मा खाना पच्ने मुख्य कार्य पुरा हुन्छ ।

तयार भएका सबै पोषण ra खानामा नपचेको तत्व र सानो आन्द्रामा पुग्दछ। सानो आन्द्रामा ल्याक्टोज, माल्टोज र सुक्रोज ग्लूकोजमा, प्रोटिन एमिनो एसीडमा परिवर्तन भएपछि पाचन् प्रकृया पुरा हुन्छ।

झण्डै ६ मिटर लम्बाइ भएको सानो आन्द्राको भित्ताहरुले, तयार भएको पोषण ग्रहण गर्दछ र रक्त प्रबाहबाट सम्पूर्ण शरिरमा पुग्दछ। बाँकी नपचेका खानाका अवषेशहरु, र मरेका कोषहरु ठुलो आन्द्रा तर्फ धकेलिन्छन् र यि कोलोनमा निष्कासनको लागि तयारी अवस्थामा रहन्छन र दिशा बाट बिसर्जित हुन्छन ।

इराकमा एक नेपाली युवतीको मृत्यु






नवराज तामाङ
प्रवास सम्वाददाता
२०७४ कार्तिक ७ मंगलबार , प्रवास




इराक । इराकको बासरामा नेपाली युवती लक्ष्मी बल तामाङ मृत्यु भएको छ ।

मकवानपुर जिल्ला कैलाश गाउँपालिका-२,बैकुन्ठका स्थानीय लक्ष्मी रोजगारीका सिलसिलामा भारतको बाटो हुदै इराक बासरामा घरेलु काममा त्यहाँ दलाल मार्फत् पुर्‍याएको थिए । मृत्युको कारण भने अझै खुल्न नसकेको उनका आफन्त बताए ।

साँढे दुई बर्ष अगाडि इराकको बासरा पुगेकी तामाङ सुरुका दिनदेखि नै काम गरेको घरमा केही गार्‍हो भएको बताउदै आएपछि सहजै घरेलु हिंसामा परेको बुझिन्छ । उनका पति अशोक तामाङ भन्छन् गत बैशाखदेखि सम्पर्क विहिन भएको अचानक लक्ष्मीले आत्महत्या गरेको खबर उनका आफन्त मार्फत पति अशोक र बुबा लाल मोक्तान पाएको र मृतकका आफन्तले लक्ष्मी कार्यरत घरमा फोन गर्दा उनलाई आफुहरुले टिकट काटी नेपाल पठाइसकेको जवाफ दिइएको आफ्न्तले बताए । लक्ष्मीले आत्महत्या नगरेको घरेलु हिंसा परि मृत्यु भएको वा गराइएको हुन सक्ने हुँदा सम्बन्धि निकायलाई मृतकका परिवारजनले सत्य तथ्य खोजतलास गरि लास नेपाल ल्याइदिन अनुरोध समेत गरेका छन् । लास ल्याउन विभिन्न माध्यमहरुसँग बुझ्दा झण्डै नेपाली ३ लाख भन्दा बढी रकम लाग्ने पनि उनका आफन्तले बताए।

इराक स्थित नेपाल दूतावास नभएकाले पाकिस्तान स्थित भएका नेपाल राजदुतावासले हेर्ने हुँदा इराकमा रहेका नेपालीहरुलाई पर्ने गरेका समस्या समयमा सुल्झाउन गार्‍हो भएको सम्बन्धित निकायका कर्मचारीहरुको भनाई छ । पछिल्लो समय नेपालबाट विभिन्न सेटिङ मिलाउदै भारतका बाटो हुदै इराकको कुर्दिस्तान लगायत विभिन्न भागमा रोजगारी लागि ठूलो संख्यामा नेपाली पुगेका छन् । पछिल्लो पटक कुर्दिस्तान इराकसंगै रहनेकी इराकबाट छुट्टिने भन्नेमा जनमतसंग्रह भएको थियो । छुट्टिनु पर्छ भन्नेमा जनमतको बहुमत आएपछि हाल ३ महिनाका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्दछन् ।

साभार: सैलुङ्गे अनलाइन


Wednesday, 11 October 2017

मस्तिष्कको मलामी - हाङयुग अज्ञात

हाङयुग अज्ञात






नेपालमा जन्मेका गौतम बुद्ध प्लेटोभन्दा अगाडिका दार्शनिक हुन्। तर, गौतम बुद्धलाई भगवान मानेर आयौं हामीले। उता एथेन्समा प्लेटोलाई दार्शनिकभन्दा अर्को थोक मानिएन।
युरोपको सिङ्गो दर्शनशास्त्र नै प्लेटोले धानेको तर्क गर्ने विद्वानहरू प्रशस्तै छन्। प्लेटोपछिका युरोपेली दार्शनिकहरूले कि त प्लेटोका विचारलाई काटेर लेखेका छन्, कि भने प्लेटोकै विचारलाई विकसित गरेका छन्।
हामी व्यक्तिलाई भगवान बनाउन सधैं आतुर हुन्छौं। हरेक महान् व्यक्तिहरूले दिएका वाणीहरूमा समाज परिवर्तन गर्ने चाहना निहित हुन्छ। त्यसलाई विमर्शमा ल्याउने जाँगर सायद हामीले देखाएनौं कि भन्ने लाग्छ मलाई।
मस्तिष्कका वैज्ञानिक (न्युरोसाइन्टिस्ट) हरू भन्छन्, व्यक्ति-भगवानको अस्तित्व (धर्म), कला, साहित्यजस्ता विषयहरूमा दाहिने मस्तिष्कले काम गर्छ भने गणित, विज्ञान र तर्कशास्त्रजस्ता विषयहरूलाई देब्रे मस्तिष्कले हेर्ने गर्छ। हामीले देब्रे मस्तिष्क थोरै चलाउँदै रहेछौं जस्तो लाग्छ। पछिल्लोपटक त देब्रे मस्तिष्क चलाउनेहरू पनि दाहिने मस्तिष्क चलाउने भएर निस्किए। तर, यसमा वैज्ञानिकहरू भन्छन्, 'मान्छेको उमेर पाको हुँदै गएपछि देब्रेभन्दा दाहिने मस्तिष्क धेरै चल्न थाल्छ।'
बुढो हुँदै गएपछि कम्युनिष्ट नेताहरूले भगवानप्रति आस्था राख्नु, बुढो हुँदै गएपछि व्यापारी, डाक्टर र इन्जिनियरहरूले साहित्य लेख्न थाल्नुलाई यसैको उदाहरण मानिन्छ। बुढो मस्तिष्कहरू नै देशका नीति-निर्माणमा हावी छन्, राजनीतिक दलहरू तिनै बुढो मस्तिष्कले सन्चालित छन्। युवा मस्तिष्कहरू वैदेशिक रोजगारका नाममा दास झैं बेचिएका छन्। नेपालमा भएका युवा मस्तिष्कहरू गजल र कविता लेख्नमा व्यस्त छन् (अर्थात् दाहिने मस्तिष्क चलाउन व्यस्त छन्), कि भने नेपाल बन्द गर्न प्रयोग भएका छन्। युवा मस्तिष्क जो रचनात्मक हुने गर्छ- त्यसको सही प्रयोग राजनीतिशास्त्रले बिल्कुलै गर्न सकिरहेको छैन।
युरोप र अमेरिका अँध्यारोमा बाँचिरहेको बेला एसियाको विकास उचाईमा पुगिसकेको थियो। इश्वी सम्बत् ६ देखि १०१२ को करिब हजार वर्षको समय विश्वको दर्शन, व्यापार, राजनीति, कला र साहित्य एसियामा केन्द्रित थियो। भारत र चीन उहिलेदेखिकै विकसित देशहरू हुन्। भारत र चीनको छिमेकी भएर पनि उनीहरू सँगसँगै अगाडि बढ्न सकेनौं हामीले। हामीले निर्माण गर्न खोजिरहेको समाज सधैं अन्यौलमा रुमल्लिरहेको छ।
हामीले आधुनिक नेपालको परिकल्पना त गर्‍यौं तर, नेपालको भौगोलिक, साँस्कृतिक, जातीय, वर्गीय चरित्रहरूलाई पहिचान गरेर सबैलाई अगाडि लैजाँदा मात्रै नेपालको समग्र विकास हुन्छ भन्ने चेतना हामीमा पलाएन।
म सधैं सोच्ने गर्छु- ४८ सालको आम चुनावले बहुमतको सरकार बनाउन इजाजत दिएको गिरिजाप्रसाद कोइरालाको सरकारलाई ढाल्ने खेल नखेलिएको भए, सडकका रेलिङ भत्काएर, टायर बालेर र चक्काजाम गरेर उपद्रो मच्चाउनुको साटो पाँच वर्षपछि आउने आम चुनावलाई पर्खिने राजनीतिक संस्कार प्रतिपक्षीले बसाउन सकेको भए? सम्भवत: यतिबेला नेपाल सही ट्र्याकमा आइसक्ने थियो।
अझ म सोच्ने गर्छु- ३६ सालको जनमत सङ्ग्रहमा जनताहरूले पैसा र जाँडरक्सीमा नबिकेर बहुदललाई जिताएका भए? सायद हामी आत्मनिर्भर भइसक्ने थियौं। १७ सालकै राजनीतिक दुर्घटना नभइदिएको भए झन् हामी दुई शक्तिशाली छिमेकी देशहरूकै छेउछाउ पुग्ने थियौं। कस्तोसम्म भएको छ भने निर्दलीय व्यवस्थाका भक्तसेवकहरू नै बहुदलीय व्यवस्थाका व्याख्याता भएर निस्केका छन्। प्रजातन्त्रका असली योद्धाहरूलाई पन्छाउने काम भएको थियो। अवसरवादी राजनीतिशास्त्र नै हाम्रो चिन्तन प्रणालीमा घुसेको छ।
राजनीतिक दर्शनशास्त्रको बुझाई हाम्रो सधैं कमजोर रह्यो। अझ भन्नैपर्दा नेपालको कम्युनिष्ट आन्दोलनले जन्माएका राजनीतिक दर्शनशास्त्रका अध्येता र व्याख्याता निर्मल लामा, मोहनविक्रमसिंह र वैद्यहरूलाई समाप्त पार्ने काम राजनीतिक संगठकहरूले नगरिदिएको भए नेपालले राजनीति रूपमा सफलता हासिल गरिसक्ने थियो। अर्कोतिर, प्रजातान्त्रिक (लोकतान्त्रिक) धारमा प्रदीप गिरीहरू जस्ता विचारकहरूको स्थिति उस्तै निरिह छ, संगठकहरूले राजनीतिक विचारकहरूलाई सधैं ओझेलमा राख्न चाहन्छन्। राजनीतिशास्त्रले हजारौं वर्षपछिको समाजको परिकल्पना गर्नुपर्छ तर, नेपालमा निर्वाचनका लागि मात्रै चिन्तन गरिन्छ। यस्तो चिन्तनले राजनीतिमा 'डनपथ' विकसित हुन्छ र एउटा मान्छेको अकालमा 'इन्काउन्टर' गर्नुपर्ने बाध्यता आइलाग्छ।
अमेरिका दुई सय वर्षमै विश्वको शक्तिशाली राष्ट्र बन्यो। कतिपय राजनीतिशास्त्रका विद्वानहरू भन्छन्, 'अमेरिकामा संसारभरिका विशेषज्ञहरूलाई विभिन्न विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा सरकारले काम दिएर राखेको छ। उनीहरू विश्वको जुनसुकै ठाउँको भए पनि, जुनसुकै नश्ल र साँस्कृतिक समुदायबाट आए पनि उनीहरूले आविष्कार गरेको या बाँडेको ज्ञान अमरिकी समाजको लागि हो।'
अझ अमेरिकीहरू भन्छन्, 'उनीहरूको हरेक काम विश्व मानव समुदायको लागि नै हो।'
म्यागसेसे पुरस्कार विजेता महावीर पुनले देखेको 'आविष्कार केन्द्र'को सपनालाई हाम्रो राजनीतिक दर्शनशास्त्रले सहयोग गरेन।
हाम्रो राजनीतिक दर्शनशास्त्रले महावीर या अरू कोहीलाई सुरूमै प्रश्न गर्ने गर्दछ- त्यो कुन दलको मान्छे हो? त्यो कुन जातिको हो? त्यो पूर्वको हो कि पश्चिमको हो? त्यो मधेसको हो कि पहाडको हो? महिला हो कि पुरुष हो? यस्ता प्रश्नहरूको अगाडि उभिँदा मलाई लाग्छ- आजभन्दा दुई हजार वर्ष पहिले ग्रीकेली प्रजातन्त्रले तल्लो वर्ग, दास र महिलाहरूलाई मताधिकारबाट वन्चित गरेजस्तै त होइन अहिले हामीले अभ्यास गरिरहेको गणतन्त्र?
अर्को विचार र दर्शनलाई, अर्को समुदाय र नश्ललाई, अर्को आस्था र आदर्शलाई वर्जित गरेर जानु विभिन्न रूपले विविधतामा बाँचिरहेको नेपाली समाजमा ठीक होइन भन्ने लाग्छ मलाई। वर्जना, साँध-सीमाना र दमनले जन्माउने दर्शनको अन्तिम रूप भनेको आतङ्कवाद हो।
मर्ने बेला बुद्धले एउटा पानी नचल्ने समाजबाट तिरष्कृत शुद्रको घरमा भोजन गरेका थिए। यही कारण मान्छेको वर्ण विभाजनमा विश्वास राख्ने शंकराचार्यले बौद्धग्रन्थ जलाए। मलाई लाग्छ, आजको समयमा हामीले शंकराचार्यजस्तो असहिष्णु हुनु हुँदैन।
हिन्दुदर्शनशास्त्र गरुड पुराणमा हैन, उपनिषदहरूमा छ। प्रमुख एघार उपनिषदहरूमा शुद्ध दर्शन पाइन्छ। यी उपनिषदमा पाइने दर्शनहरूलाई विमर्श गर्न सकेको अवस्थामा नेपालमा महान दार्शनिकहरू जन्मिसकेका हुन्थे। तर, कर्मकाण्डलाई मात्रै प्राथमिकता दिँदै आइयो। किरात जातिमा पाइने मुन्धुमहरूमा निहित दर्शनहरूको अध्ययनले नेपाली समाज नै विकसित भएर जाने हो। लिम्बू जातिमा पाइने सृष्टिमुन्धुममा पुस्ता हस्तानतरणको दर्शन पाइन्छ। जर्मन दार्शनिक सोफेन आवरले आफ्नो दर्शनको विकास उपनिषदबाट गरेका थिए। तीन हजार वर्ष नेपालमा राज्य चलाउने किरात जातिको अहिलेको स्थिति हेर्दा पत्याउनै मुस्किल पर्छ। किरातहरूले यति लामो समयमा निर्माण गरेको सभ्यता, कला र साहित्य कुन स्वाँठ शासकले नष्ट गर्‍यो होला!
समयको गर्तमा हराएका वेदहरू बेलायती राजले खोजेर भारतीयहरूलाई सुम्पेको इतिहास पढ्दा र हड्सन नामका बेलायती अनुसन्धानकर्ताले लिम्बू मुन्धुमको पाण्डुलिपि बेलायतको म्युजियममा लगेर संरक्षण गरेको थाहा पाउँदा गजब लाग्छ, युरोपियनहरूको देब्रे मस्तिष्क चलेकै हो। तीतो सत्य त बौद्धिक संस्कार नै बसाउन सकेनौं हामीले। राजनीतिक दलको सिफारिसमा त्रिभुवन विश्वविद्यालयले कोटाका आधारमा डक्टरेटको शोधपत्रमा अनुमति दिन्छ। प्रज्ञा प्रतिष्ठानमा बसेर बौद्धिक कसरत गर्न पनि राजनीतिक दलको आशिर्वाद चाहिन्छ।
कहिले निर्माण गर्न सकौंला हामीले राजनीतिक हस्तक्षेप मुक्त नेपाली बौद्धिक समाज र संस्कार? महावीर पुनले जस्तो कतिन्जेल विदेशमा मजदुरी गरिरहेका नेपालीहरूसँग याचनामा ओठ च्यातिरहनु पर्ने हो हामीले? कहिलेसम्म युवा मस्तिष्कको मृत्युमा मलामी गइरहनु पर्ने हो? यसको उत्तर कहिँ सुदूर भविष्यमा जरुर होला।

प्रकाशित मिति: शनिबार, चैत्र २६, २०७३ ११:५१:२८

देशले रगत मागे मलाई बली चढाऊ, - गोपाल योञ्जन

गोपाल योञ्जन
देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा, ऊ नेपालीकी छोरी

बुढेसकालका लाठी देशयज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुसी देखिन्छिन्
ती काँगडाका सन्तान अझै मरेका छैनन्
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन्
पाउँदिन केही पनि रगत-स्तनको साटो
आउँदैन माग्न उसलाई हो नेपालीकी छोरी

यमराजको शीर छिनाउने सारा पृथिवीका सन्तान
बघिनीको दूध हैन तर नेपालीको स्तन
सक्दिनँ म त बाँच्न निर्धा भएर एकछिन
बरू शहिद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर भएर मर्छौँ गोली त ऊ सहन्छे
माग्दिनन् सुनका अक्षर ऊ नेपालीकी छोरी