Sunday, 4 February 2018

धस्कुटे सडक निर्माण कार्यको गा.पा.प्रमुख द्वारा स्थलगत अनुगमन





केराबारी गाउपालिका वडा नं ५ धुस्कुटे जाने बाटाेकाे गाउपालिका प्रमुख राेहित बहादुर कार्की र गाउपालिकाकाे सब ईन्जिनियर टिका लिम्बुबाट अाैपचारिक रुपमा अाज अनुगमन भएकाे छ । उक्त बाटाे वडाकाे रु २ लाखमा ट्रयाक अाेपन कार्य भई रहेकाे र उक्त रकम अपुग भएकाेमा बाँकि भएकाे सम्पुर्ण रकम गाउपालिकाकाे तर्फबाट उपलब्ध गराउने कुरा गाउपालिका प्रमुख राेहित बहादुर कार्की ज्युले गर्नु भएकाे छ । यस महान कार्यमा प्रतक्ष्य संलग्न भई स्थलगत अनुगमन गरी अपुग रकम उपलब्ध गराउन पहल गर्नुहुने गाउपालिका प्रमुख अादरणिय दाई राेहित बहादुर कार्की ज्यु लाई वडा नं ५ तथा मेराे ब्यक्तिगत तर्फबाट मुर-मुरी धन्यबाद दिन चाहन्छु।

- बिमल राई, 

Saturday, 3 February 2018

साबिक याँङ्शिला ८ धुस्कुटे सडक निर्माण कार्य शुरु - बिमल राई







साबिक याङ्गशिला ८ हाल केराबारी ५ धुस्कुटे का जनता बर्षाैं देखि  बाटाेकाे समस्या भाेग्दै अाएका थिए । अब अाएर उक्त बाटाेकाे समस्या हल हुने भएकाे छ । अाज बाट फुलबारी चाैक देखि धुस्कुटे सम्मकाे ट्रयाक अाेपन कार्य शुरु भएकाे छ । यस ट्र्याक अाेपन कार्य शुरु भएसगै धुस्कुटे बासी हर्षित भएका छन् । अब ट्रयाक अाेपन काे कार्य सकिए लगत्तै बाटाेकाे स्तर उन्नती गरेर तुरुन्तै साना तथा मझाैला सवारी साधन सहजै अावत जावत गर्न सक्नेछ।

साभार: Bimal Rai, Facebook

Sunday, 28 January 2018


लोकसेवामा मलाई प्रश्नः बिरामीले आई लभ यु भने के गर्नुहुन्छ?




इन्द्र थेगिम, २०७४ माघ ९ <<< यहाँ क्लिक गर्नुहोला >>>




स्वास्थ्य सहायकका लागि लोकसेवामा मलाई सोधिएको अर्को प्रश्न थियोः डाक्टर श्रीमान् पाए जागिर हाप्नु हुन्छ? किन?


बिहान करिब पाँच बजेतिर नै धरान बजारको भानुचोक बस स्ट्याण्डमा दश–बाह्र जना भेला भयौं। हामी सबै स्वास्थ्य परिचारिका सहायक पाँचौं तहका लागि लोकसेवाको लिखित परिक्षामा नाम निकालेर मौखिक परिक्षाका लागि पूर्वान्चल जिल्ला सदरमुकाम धनकुटातिर हानिँदै थियौं।


परिक्षा सामना गर्न हामी सबै केटीहरु उत्सुक थियौं। पालैपालो बसमा चढ्यौं, एकैछिनमा भित्रको सिट भरियो। प्यासेन्जरहरु हल्ला गर्दै छतमा चढ्न भ्याउँदा नभ्याउँदासम्म बस उकालो लाग्यो, लक्ष्मी सडक, जीरो प्वान्ट हुँदै धनकुटातर्फ।


केही साथीहरु नाइट ड्युटी गरेर आएका हुँदा सिट पाउना साथ भुसुक्कै निदाएका थिए भने केही चाहिं गाडीको मात लाग्ला भनेर एन्टी भमिटिङ औषधी र कागतीको जोहो गर्दै थिए। बाँकी बिन्दास रमाउने हामीहरु झ्यालबाट बसको छतमा उक्लेर धुलोसरी हल्लाखल्ला गर्दै अन्ताक्षरी गाउन थाल्यौं। खुब रमाई रमाई एउटा गीत भुईंमा खस्न नदिई अर्को शुरु गाउनुको मज्जा लियौं।


लगभग पैंतालिस मिनेटपछि निकै रमणीय चिसो कुहिरोले ढाकेको बस्ती भेडेटारमा एकैछिन बिसाएपछि ओरालो लागेको बसले सिंसुवा भन्ने अर्को पर्यटकीय स्थल, नमस्ते झरना, तमोर नदी हुँदै पुर्यायो धनकुटा बजार। त्यहाँ हामी सबै बसबाट उत्रियौं। छेवैको सानो छाप्रे होटलमा बसेर चिया नास्ता गर्यौं।


लोकसेवाको पूर्वान्चल क्षेत्रीय निर्देशनालयको कार्यालय जिल्ला अस्पताल नजिकै हुँदा सजिलोसँग पुगियो। त्यहाँ पुगिसकेपछि भने हामी अलि गम्भिर भयौं। धेरै जसोले लोकसेवा आयोगमा सोधिने सामान्य ज्ञानको किताब पल्टाएर हेर्न थाले।


तर म जस्तै अरु दुई चार जना भने पढेको कुरा सोधिंदैन भन्नेमा निर्धक्क रह्यौं।


मौखिक परिक्षाका लागि डाक्टर, प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालयका हाकिम र क्षेत्रीय कार्यालयका हाकिम गरी जम्मा चारजना तैनाथ थिए। तोकिएको समयमै परिक्षा धमाधम शुरु भैहाल्यो।


अब हामी सबै के प्रश्न सोधिएको थियो भनेर जान्न आतुर भयौं। एकजना साथी परिक्षा कक्षबाट निलोकालो भएर निक्लिन् अनि त्यस्तो ठिहिर्याउने जाडोमा पनि एक गिलास चिसो पानी घ्वाट् घ्वाट् पारिन्। हामी सबैजना उनि भएतिर झुम्मियौं।


‘ओइ, के भो? किन रातो भएकी? के के सोधे?’


उनीमाथि एकैचोटी प्रश्नको वर्षा भयो।


उनले लामो स्वास फेरिन, अनि भनिन्– ‘थुक्क केटी हो, फुर्सद मिलाएर त्यत्रो लोकसेवा आयोगको किताब पढेको सबै बेकार भयो। मुर्दारहरुले कस्तो नसोचेको, उत्तर दिनै नमिल्ने उत्ताउलो प्रश्न सोधेर मरे। म त निलोकालो भएर बोल्नै सकिनँ।’


भर्खरै उमेर पुगेका उरन्ठेउला ठिटीहरु न पर्यौं, अझ बढी उत्सुक भएर एक पछि अर्को गरी निस्कने सबै केटीहरुबाट प्रश्नको ब्यहोरा बुझ्यौं।


पालो गन्तीमा मेरो नाम बोलाइयो। हुन त मलाई लोकसेवा पास गरेर सरकारी काम गर्ने कुनै इच्छा थिएन। यतिबेला जागिर भन्दा प्यारा मेरा साथीहरू लागिरहेको थियो। पास गर्ने साथीहरु सबै विभिन्न अस्पतालमा पोस्टिङ हुँदा, सधैंभरीलाई छुट्टिनु पर्छ भन्ने मात्र पीर थियो। एक किसिमले भन्नुपर्दा म अनुभव गर्न मात्र लोकसेवा आयोगमा लडिरहेकी थिएँ। मेरो स्थायी बसोबास नै धरान भएको हुँदा त्यहाँस्थित बिपि प्रतिस्ठान हस्पिटलमा दिएको स्थायी जागिरको परिक्षा नतिजा कुरिरहेकी थिएँ।


हल्का नर्भसनेस् त छँदैथियो। तैपनि निर्धक्क भएर परिक्षा कक्षभित्र छिरें। सरकारी अफिसभित्र सरकारी मान्छेहरु देख्दा अनौठो अनुभव गरें। ती चारै जना भद्र भलाद्मीले ज्याकेटमा ढाका टोपी ढल्काएको देख्दा निक्कै रोचक लाग्यो। एकजना ख्याउटे लाग्ने कलिलो उमेरका मान्छेले मलाई कुर्सी देखाउँदै बस्ने इशारा गरे। बाँकी तिन जना चाहिँ जुंगा पालेका र भुँडे देखिन्थे। मनमनै अन्दाज लगाएको थिएँ कि ख्याउटे व्यक्ति पक्कै पनि जिल्ला अस्पतालको चिकित्सक हुनुपर्छ। नभन्दै उनको परिचयबाट पत्ता लाग्यो।


प्रश्नहरु बर्सिन थाले।


‘तपाईं लोकसेवामा किन लड्न आउनु भएको?’


‘लिम्बु थरको हुनुहुँदो रहेछ, ताप्लेजुङ वा तेह्रथुममा पोस्टिङ परे काम गर्नुहुन्छ हुन्न?’


‘नर्स आफैं बन्न चाहेको कि आमा बाले बनाउन चाहेका हुन्?’


‘डाक्टर श्रीमान् पाए के जागिर हाप्नु हुन्छ? किन?’


‘बिरामीको सेवा गर्दागर्दै उनले आई लभ यू भनेमा के गर्नुहुन्छ?’


यस्तै यस्तै बकम्फुसे प्रश्न आउने क्रममा अर्को जनस्वास्थ्य हाकिमले एउटा प्रश्न सोधे– ‘रजस्वला भएको बेला पुरुष र स्त्रीबीच संसर्ग भएमा गर्भ रहन्छ कि रहँदैन?’


यो प्रश्नपछि हामी माझ एकैछिन सन्नाटा छायो। म मिश्रित भावले बोल्न नसके जस्तो कालोनिलो भएँ। यतिबेला मैले ती चारै जना पुरुषलाई सम्पूर्ण रूपमा सग्लो लोग्ने मान्छे देखें। यस्तो लाग्यो, म अब यस्तो हिंस्रक घेराभित्र परें जहाँ चुपचाप बस्नु या रुनु बाहेक कुनै बिकल्प छैन। आफसे आफ स्वास एकदम फुलेर आयो अनि घाँटी ख्याप्प सुके जस्तो भयो। म मौन भएर ती चारै जनालाई नियालिरहेकी छु तर बोली पटक्क फुरेको छैन।


ती पुरुष लाग्ने लोग्ने मान्छेहरुले मेरो अनुहार बदलिएको हेर्दा कति मज्जा माने, कति रमाए भन्ने कुरा मैले उनीहरुको अनुहारको भाव पढेरै थाहा पाएँ। जनस्वास्थ्य हाकिम मेहता थरका थिए। उनी दाँत देखाउँदै मुखमा पान चापाइरहेका थिए, जसले उनी तराईबासी हुन् भन्ने प्रस्ट झल्कन्थ्यो।


म मौन बसेको देखेर उनीहरुको मनोबल स्वतः बढ्ने पक्का थियो। जेसुकै भनुन् भनेर मैले त्यो हाकिमको आँखामा आँखा जुधाएर फिस्स हाँसें र उल्टो प्रश्न सोधें– ‘हजुरको बिहा भएको कति वर्ष भयो?’


‘बच्चाबच्ची कति छन्?’


यति सोधेपछि कोठामा गलल्ल हाँसो छुट्यो। तुरुन्तै उत्तर दिए– ‘आमाबुबाले बुहारी छानिदिए। बिहे भएको एघार महिनामा छोरी भयो। अर्को एघार महिनाभित्र अर्की छोरी भयो। पाँच साल भयो बिहा भएको।’


मैले आफुलाई केही नभएजस्तो गरी भन्न लागें– ‘उसो भए तपाईंका दुवै छोरीहरु श्रीमती रजस्वला भएकै बेला संसर्ग भएर जन्मेका हुन्? कि पाँच वर्षसम्म ती छोरीहरुकी आमा महिनामा एक पटक रजस्वला हुन्छे भन्ने कुरा थाहा छैन? मैलेभन्दा तपाईंको प्रश्नको सही र सटिक उत्तर तपाईंकै श्रीमतीले दिन सक्छिन्।’


फेरि कोठामा सन्नाटा छायो। मलाई औडाहा भएर आयो अनि जुरुक्क उठेर सोधें– ‘अरु प्रश्न पनि थियो कि म जाउँ हजुर?’


सबै पुरुष अनुहार अवाक देखिए। जानु भन्ने संकेत पाएपछि म सुस्तरी बाहिरिएँ। ढोका छेउ पुगेपछि एकफेर फनक्क फर्केर हेरें। अघिको अट्टहास बेकार खेर गए जस्तो देखियो।


हाकिम साहेब गोजीमा हात राखेर म बाहिरिन्जेल अन्तै हेरिरहेको देखें।






प्रकाशित ९ माघ २०७४, मंगलबार | 2018-01-23 12:32:33





इन्द्र थेगिम हङकङमा रहेर साहित्य लेख्छिन्


@indielim


इन्द्र थेगिमबाट थप

Wednesday, 3 January 2018


यसरी बनाइन्छ ‘वाचिपा’



लोकल कुखुराको तिते

भोजपुर — लोकल कुखुराको तिते जति स्वादिलो हुन्छ, तयार पार्न पनि एकदमै सजिलो छ । पहिलोपल्ट थाहा पाउँदै हुनुहुन्छ भने अनौठो पनि लाग्न सक्छ । स्थानीयहरुका अनुसार कुखुराको प्वाँख डढाएको धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टा मिलाएर पकाइन्छ ।
आवश्यकताअनुसार नुन, तेल र मसला प्रयोग गर्नैपर्छ। कुखुरा काटेपछिको रगत मिसाउँदा अझ स्वादिलो हुन्छ। कतिपयले प्वाँख डढाएको धूलोमा रगत र भात पनि मुछेर सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टासँगै पकाउने चलन पनि छ। यसलाई स्थानीय भाषामा ‘वाचिपा’ भन्ने गरिन्छ। वाचिपा बनाउन कुखुराको भाले भए काइदा हुन्छ। नहुँदा धेरै प्वाँख भएको कुखुरा भए पनि हुन्छ। प्वाख डढाउनलाई दाउरा बालेको आगोको ज्वाला चाहिन्छ। पकाउँदा पनि दाउराको आगो नै प्रयोग गर्दा झनै स्वादिष्ट हुन्छ। यो खाना सामान्य त तितो हुने भए पनि छुट्टै स्वादको हुन्छ। स्थानीय र अर्गानिक खाना भएकाले पकाउँदा पनि अर्गानिक सामग्री नै प्रयोग हुन्छ। कम खर्चिलो पनि हुन्छ। पकाउनलाई २० देखि ३० मिनेट समय भए पुग्छ।
जुनसुकै मौसममा घुम्न आउनेले यसको स्वाद लिन सक्छ। भोजपुर आदिवासी किरात राई समुदायको बाहुल्य रहेको जिल्ला पनि हो। प्राय: घरमा वाचिपा पाक्छ। चाडवाड अर्थात् अन्य जुनसुकै बेला घरमा कुखुरा काटेको बेला तिते बनाएन भने मासु खाएजस्तै नहुने भन्दै कुखुरा काटेपछि अनिवार्य वाचिपा बनाउँछन्। यो उनीहरुको संस्कारसँग जोडिएको खानेकुरा पनि हो। पित्रि पुज्दा वाचिपा पकाएर चढाउने परम्परा नै छ। अतिथि सत्कार गर्नपरे यही खाना पकाएर चखाउने गर्छन्। गैरकिरात आदिवासीहरुले पनि पकाएर खाने गर्छन्। अर्को नाम ‘आदिवासी खाना’ पनि हो। यसलाई औषधिका रुपमा पनि लिइन्छ। एकोहोरो तथा गाह्रो कामको थकान भएर जिउ दुखेको छ अर्थात् रुघाखोकी, चिसोले छोएको छ भने वाचिपा खाँदा निको हुन्छ।
कान्तिपुरमा प्रकाशित : मंसिर २६, २०७४ १७:५९

Tuesday, 31 October 2017

कविता: मैले बोल्दा यो देशको नक्शा हल्लिन्छ - : धर्मेन्द्र नेम्बाङ,




आँखाको ढकनिमा, क्षितिजमा, परिधिमा
।छु।हेर्छु।छ।

टाँगेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्शा
कुद्दै आएर शासकहरू बसेको थुप्रिनु । एउटा अतिरिक्त बैठक जस्तो
आफ्नो शासकीय जीवनको अतीत र भविष्यको लेखाजोखा
लेखाजोखाबाट सर्भेक्षण
दर्शकदीर्घा अथवा कचहरी नाटकमा म थपिएको छ

म अथवा नयाँ समय

माइनेट पक्रिनेवाला म

यहाँ म अथवा माइनेट बुक अथवा टिप्पणी कर्ता ।



दृष्य नं १ खुल्दा

आक्रमण हमला युद्ध । युद्ध हमला आक्रमण

नुवाकोट…..काठमाण्डौ….ललितपुर……भक्तपुर…..कीर्तिपुर….

….मकवानपुर….बाइसे….चौविसे….अरू अरू

मुख्य झलकहरू चलिरहनु

आवाजमा बन्दुकको, तोप पड्केको, सैनिक परेड

झिलिकझिलिक कुदिराखेको रङ्गमा रातोको विशेष नेतृत्व

रातोले पेलेको छ ।



म टिप्पणी गर्न शुरु गर्छु ।

यदि म पृथ्वीनारायण शाह भएको भए । अनेकीकरणको पक्षमा लड्ने थिएँ । कब्जा गरेको देशहरूलाई स्वायत्तता प्रदान गर्ने थिएँ । कम्ती सम्बद्धता केन्द्रमा राखेर अरू तत्तत् देशमा जिम्मा लगाउँने थिए । यो अनेकीकरण सिद्धान्तको लडाइँ हुने थियो । यसको अभ्यास गर्ने थिए ।



मैलै एति बोल्दैगर्दा पर्दामा देशको नक्शा हल्लिन्छ ।

हल्लिएको दृश्यपानमा

प्रशिक्षणमा बोल्नु पृथ्वीनारायण

सही गर्नु डाडाँकाडाँमा

कतिपय देशहरू सम्बन्धन लिन कुदेर आइपुग्नु

खोला खोल्सा नाघेर, खोला खोल्सा जस्तै लामबद्ध

डाडाँमा उक्लिनु । स्वस्वायत्तताको प्रमाणपत्र गोजिमा राख्दै फर्किनु ।



दृष्य नं. २ खुल्दा

विजयी अभियान दृष्यहरूमा पुग्नु काँगडा….सतलज….कुमाउ…गडवाल…टिस्टा..

अंग्रेजसँगको युद्धको झाँकिहरू, पराजित हुदै गएको नेपाल,

खिन्न हुनु योद्धाहरू बलभद्र कुवर…भक्ति थापा…अमरसिंह थापा…

सुगौलि सन्धि, खिन्न हुनु भीमसेन थापा

दरवारिया झैझगडा, रणेन्द्रको मृत्यु देखिनु

हेर्दाहेर्दै पर्दामा रातो रङ्ग मलिन हुँदै जानु ।



म आसनबाट उभिएर टिप्पणी थाल्छु ।

यदि म भीमसेन थापा भएको भए इन्डियासँग अनाक्रमणको सन्धि गर्ने थिए । भारतमा अंग्रेजलाई टिकाउन मद्दत गर्ने थिए । देशभित्र बहुदलिय प्रजातन्त्र लागु गर्ने थिए ।



मैले एति बोल्दाबोल्दै देशको नक्शा हल्लिन्छ ।

कहिले ठूलो कहिले सानो देखिनु देश

नागरिकहरूमा श्रम, सिप, मिहिनेत थपिनु

हलो, जुवा काँधमा बोकेर बारीमा हिडेकोहरू

कुटो कोदालो पाखुरामा बोकेर हिडेकोहरू

माथि डाँडामा हेर्नु

मोटो घाटोहरू दुब्लो पातलो

दुब्लो पातलोहरू मोटो घाटो देखिनु

भीमसेन थापा भाइभारदारहरू लिएर गाउँघरतिर हात हल्लाउँदै गर्नु

भाषण मच्चाउँनु झुपडि ताकेर

भीमसेन प्रथम निर्बाचित प्रधानमन्त्रीको सपथ लिदै गर्नु

रङ्गहरू किनारा किनारामा हलचल गरिबस्नु ।



दृष्य नं. ३ खुल्दा

आत्महत्यामा भीमसेन थापा, अरू हत्याहरू काटमारहरू

माथवरसिङ थापा..गगनसिङ भण्डारी…फत्तेजङ चौतारिया…दामोदर पाण्डे…

..विरकिशोर पाण्डे…रणजङ पाण्डे…अभिमान सिङ राना…अभिमानसिङ बस्नेत..अरूअरू

कोत हत्याकाण्ड, काटमारमा मान्छे चिच्याएको कहालिएको आवाज

लस्करै लासहरू आँगनभरि तन्किनु ।

रातो आलो रगतको नदि सुनसान बगिरहनु ।



म टिप्पणी गर्न शुरु गर्छु ।

यदि राजा राजेन्द्र म भएको भए । जंगवहादुर र राज्यलक्ष्मि दुवैलाई जेल चलान गर्ने थिए । भाइभारदारको हत्याको विश्लेषणमा विधिको शासन अगाडि बढाउँथे । संबैधानिक राजतन्त्र अगाडि राखेर अभ्यास गर्थे । सम्बिधान सभाको चुनाव गरेर सम्बिधान बनाउँथे ।



मैले एति बोल्दैगर्दा देशको नक्शा हल्लिन्छ ।

हल्एिकोमा

राजा…जनता कानुनको डोरिले बाँधिनु

राजा संसद भवन तिर फर्केर हिडिरहेको देखिनु

प्रक्रियाले आवतजावत गरिरहनु

जनताहरू संसद भवनतिर ताकेर कुदिरहनु ।

रङ्गहरू आफ्नै प्रणालिमा खेलिरहनु



दृष्य नं. ४ खुल्दा

कोत हत्याकाण्ड ….. श्री ३ को सपथ….राणा परिवारको रोलक्रम….

पारिवारिक हत्याकाण्ड……

राष्ट्रिय ढुकुटिमा राणा परिवारको किचनबाट जोडिएको पुल..

सुक्खा गाउँघर….ख्याउँटिएको जनताहरू….

चार शहिदको हत्याकाण्ड…..

हतोत्साही छ बाहिरतिरको रङ्ग ।



म टिप्पणी गर्न शुरु गर्छु

यदि म जंगवहादुर भएको भए । शक्तिको विकेन्द्रिकरण गरेर सत्ता सञ्चालन गर्ने थिए । चुनावी प्रक्रियामा देशलाई पुर्याउने थिए । राजगद्धि उत्तराधिकारी चरम विवादको व्याख्या गर्दै गणतन्त्रको घोषणा गर्ने थिए । ढुकुटीलाई शिक्षा, श्वास्थ, खानेपानी, उधोगमा प्रयोग गर्ने थिए ।



मैले एति बोल्दा बोल्दै देशको नक्शा हल्लिन्छ

हल्लिएकोमा राष्ट्रपतिको भोट माग्नजंगबहादुर गाउँ गाउँ कुद्दै गर्नु

कान्छि, जेठी रानी, सुरेन्द्र भोट खसाल्नु लाइनमा लाग्दै गर्नु

काठमाण्डु र गाउँघर बाटोले सिधै जोडिएको बन्नु

बाटोमा भीड ओहोर दोहोर गरिरहनु ।



दृष्य नं. ५ खुल्दा

चार शहिदहरू….सातसालको क्रान्ति….आम निर्बाचन…..प्रधानमन्त्रिको सपथ

जेल चलान…..भाषण…..सभा नारा जुलुस चलिरहनु ।

विभिन्न रङ्गमा



म टिप्पणी गर्न शुरु गर्छु

यदि म विपी कोइराला भएको भए । राजा महेन्द्रलाई साइजमा राख्ने थिए । गौतम बुद्धको दर्शनलाई राजनीतिमा मार्ग निर्देशक शिद्धान्तको रुपमा प्रयोग गर्ने थिए । विश्वव्यापि नेपाली दर्शनको विक्रिवितरण गर्ने थिए । यो दर्शनको मुल्य उपयोग गरेर विश्वको अघि एउटा समृद्ध शक्तिशालि राष्ट्र बनाएर देखाइदिने थिए । वि. सं. २०२५ साल जेठ १४ गते प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्दै राजनीतिबाट सन्यास लिएर कविता लेख्ने थिए ।



मैले एति बोल्दै गर्दा देशको नक्शा हल्लिन्छ

हल्लिएको दृष्यमा बिपी कोइरालाले विभिन्नतामा बुद्धको फोटो हस्तान्तरण गर्नु

देश इन्द्रेणी जस्तै खुल्नु

भूमिकाले विभिन्न जाति वर्गहरू मोटाउदै गर्नु

अराष्ट्रिय मन्चमा भाषण मच्चाइरहनु

केन्द्रमा बहुल रङ्ग चलमलाउँदै गर्नु ।



दृष्य नं. ६ खुल्दा

पन्चायतको घोषणा…..नेताहरू थुन्दा तालाचाबी ढोकामा मार्दै गरेको आवाज….

दललाई झटारो हानेर लखेटदै गरेको दृष्यहरू बग्नु….

सडकमा सैनिकहरू परेड खेल्नु….

जनताहरू सुक्तै जानु….गाउँघर मलिन देखिनु…

शोक मग्न रङ्गहरू…



म टिप्पणी गर्न शुरु गर्छु

यदि म राजा महेन्द्र भएको भए । नेपालको सीमा वरीपरि पर्खाल लगाउने थिए । पर्खालदेखि माथि तारजालि लगाउने थिए । अबैध कारोवार, अपराधिक गतिविधि रोक्ने थिए ।



मैले एति बोल्दैगर्दा देशको नक्शा हल्लिन्छ

हल्लिएको नक्शामा

सिमेन्ट, बालुवा, गिटि, इटा, तारजालि, रड मुछतै चलाउँनु

पर्खाल ढडिदै गएको दृष्य बन्नु

नागरिकहरू सहानुभूतिको हाँसो हाँस्नु ।



छवटा दृष्यहरू छन इतिहासको कुर्सी या देशको रंगमन्चमा । एउटा खाली बुद्धको हुनसक्छ । कुर्सी त्यागको नमुना । एक स्नेप फोटो खिच्छन । र कराउँछन ।

अब के हुन्छ ?



म टिप्पणीमा कराउँछु

मैले बोलिरहँदा यो देशको नक्शा यसरी नै हल्लिरहन्छ ।

इतिहासको समिक्षा गर्दा यो देशको भूगोल हल्लिरहन्छ ।

बरु कविता खेल्नु एएउटा

फेसबुकको शासक कवि समुहमा पठाउँनु

दर्शकहरूले आफै लाइक कमेन्ट चढाउँनु ।



(शीर्षक पृथ्वीनारायण शाहको मुक्तक

मैले बनायाको विसाल देश ख्वै ?

मैले विसायाको विशाल केश ख्वै ?

भन्नेहरू जे जे भनुन, अलि खोया विर्के चडाया हुँ

मैले चडायाको अलिकति शेष ख्वै ?

शीर्षक भीमसेन थापाको कविता

मलाई खदाउनेहरू हो

खेदिएर त हेर खेदिन कति गाह्रो छ ।

शीर्षक राजेन्द्रको गीत

वारी कान्छि पारी जेठी

बीचैमा परियो

शीर्षक जङ्गबहादुरको कथा

अग्रगमन प्रतिगमन मात्र हैन रैछ जिन्दगी

सुख सुविधा काम बासनाको भोग चलन पनि रैछ जिन्दगी

विपी कोइरालाको कविता

ए साथीहरू हो लागिदेऊ, कुदिदेऊ, कराई देऊ

मेरो विचारले यहाँ काम पाउनु पर्छ ।

शीर्षक महेन्द्रको गीत

प्रजातन्त्रको कुरा गर्नेहरूलाई लैलै

राखे मैले शुन्दरी जेलैमा)



कविहरूको सिर्जनात्मकतामा लाइक कमेन्ट उफ्रिरहन्छ ।

। आजलाई।म पनि । त्यहिफ्रिज । भइदिन्छु ।

Monday, 30 October 2017

सेवा नै धर्म हो सके सहोयोग नसके शेयर गरीदीनु होला है त

 अनिल सुब्बा


डुडामारीमा दुर्घटना परी गम्भीर अबस्थामा रहेका अनिल लिम्बु सुब्बालाई सके सहयोग गर्नुहोस नसके एक-एक शेयर गर्नुहोला

घाइते अनिल सुब्बाको बुवा टिकाराम सुब्बाको तर्फबाट देश बिदेशमा रहनुहुने सबै नेपाली दाजु-भाई दिदी-बहिनीहरुप्रती आफ्नो छोराको ज्यान बचाईदिनु भनी सहयोगीहरुबाट हित फैलाउदै हुनुहुन्छ । कृपया बुवाको मन दुखलाई बुझिदिनु अर्थात सुनिदिनु होला Please यो नम्बरमा बुझ्न सक्नु हुनेछ ।
टेलिफोन नम्बर---
(समिर राई ------------9808294991)
(कुलीप्रसाद राई -----9806063190)
(गणेश राई ------------9813409436 धन्यबाद
https://m.facebook.com/story.php?story_fbid=717248838473332&id=647456108785939

ब्राम्हणले राज्य संचालन गर्दासम्म मुलुक संकटमा

शाही वंसको शासनकाल पछि परिवर्तन भएको राजनीति कहिल्यै दिगो बन्न सकेन । सरकार बनाउने र गिराउने खेलमै समय सकिदै आयो । शात्ताको नेतृत्व कसले र कहिले गर्ने भन्नेमै नेताहरु लाग्नुले समृद्ध नेपाल र नेपाली जनाको जीवनस्तर दिन प्रतिदिन खस्किदै गएको छ ।
बिश्ववनाथ अधिकारी



बषौं बर्ष राणाहरुले देशको शासन शत्ता हातमा लिए । अन्ततः राणा र साह वंसहरुको नेतृत्व नेपालबाट सकियो र राजनीतिक दलहरुले नेतृत्व गर्दै ब्राम्हणहरुको हातमा राज्य शत्ता आयो । तर, क्षेत्रीले चलाएको जस्तो राज्य शत्ता पछिल्लो परिवर्तनबाट जन्मिएको बाहुनवादले चलाउन सकेनन् । र, सम्भव पनि थिएन ।





नेपालमा ब्राम्हणले शक्ता संचालन गर्नु उचित मानिदैन र सम्भव पनि छैन । जब जब ब्राम्हणले देशको शासन शक्ता हातमा लिन्छन् तब तब देशमा कुनै न कुनै किसिमको संकट अवश्य नै देखा पर्छ । र, परि पनि रहेका छन् ।





नेपालमा जहिले सम्म ब्राम्हणहरुले राज्यसत्ता चलाउछन् त्यस समयभर देशमा शन्त्ति कहिल्यै आउदैन । यस पीडा र समस्यालाई विश्वनाथ अधिकारीले गीतका माध्यमबाटै यसरी भनेका छन् ।





ब्राम्हण मूर्ख क्षेत्री कातर् कृपाणीभो राष्ट्र ।
देव धुनी नभैकन शान्तिको बर्षा हुदैन ।
शान्तिको बर्षा नभै अन्न बाली हुन्न ।
अन्न बाली नभएत प्राणी रहदैन् ।
शान्त्ति गर शान्त्ति गर नह ग्रह देव ।
मानव हामी शरण पर्छौैं, शरणमा लेऊ ।
सुर्य पुत्र शनि सर तिम्रो ध्यान गर्छौं ।
हामीलाई दुख नहोस भनी शरण पर्छौं ।
फुल ग्रह शक्ति शाली राहु जवर जण्डल ।
हाम्रो सबै आपत बिपत पार खण्ड खण्ड ।



क्रान्ति गर्न ब्राम्हणहरु अगाडि सरेका छन् तर शान्त्ति गर्न चै सर्दैनन् । किन नेपालमा आजसम्म शान्त्ति भएको छैन त ? कारण यहि हो । ब्राम्हणले राज्य संचालन गर्न नेपालको सन्दर्भमा सम्भव छैन । होला उनीहरुको हितमा फाईदै होला तर जनता र राष्ट्रका निम्ति यो शासन सत्ता राष्ट्रहित विपरित रहेको छ । आजका दिनसम्म जति ब्राम्हणहरुले देशको शासन गरे कहिँ सफल भएको उदाहरण छैन, देख्नुभएको छ ?





राज्य संचालनमा जबसम्म क्षेत्री आउँदैनन् तबसम्म मुलुकको दिको विकास, शान्त्ति र संविधान नेपालमा सम्भव छैन । आज संविधान आएको छ तर खै कार्यान्वयन भएको ? यहि उदाहरण हेरौ हामीलाई काफि हुन्छ ।





बेदमा भनेको छ “क्षेत्र स धि रसी क्षेत्र सी जोनी रसी” भनेर ।



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणमा रहेका बेला तत्कालीन समयमा भनेका छन् । यो नेपाल उच्च शिर हो । यो उच्च शिर भनेको शिवजिको टाउको भनेको हो । कासिमा विश्वनाथ भनेको लिङ्ग हो । अरु कहि पनि छैन शिर भगवान शंकरको शिर कहि पनि छैन् । नेपालको पशुपतिमा मात्रै छ ।





आज सिन्धुपाल्चोक किन प्रकृतिको निशानामा छ । संस्कार संस्कृतिको मान्यता छैन त्यहाँ त्यसैले बेला बेला प्रकृतिक बिपति परिरहन्छ ।


राज्यमा पनि ठ्याक्कै त्यस्तै छ । रत पटक पटक समस्या आइरहेको छ । राज्य रोहण गर्नेले क्रान्ति मात्रै गर्न जानेको छन । शान्ति गर्न जानेको छैन् । बाहुनका छोरा मात्रै छन् क्रान्ति चलाउने ।





संविधान बनाउने भनेर दुई दुई पटक निर्वाचन गरे । तर अझै पुर्णतामा पुर्याउन सकेका छैनन् । यो त नाट कै भयो नी । स्पष्ट कुरा गरेर भन्दा पनि कविता र गितका माध्यमबाट भन्दा केहि लाग्छकी भनेर यसरी गितबाट सम्झाउछु ।





कमीलाले माटो बोकी डाडाँ बनाई दिन्छ ।
मौरिले रस ल्याई घारै भरी दिन्छ ।
मिल नेपाली हो मिल नेपाली ।
नेपाली सबै मिले संविधान दिर्घायु बन्छ ।
मिल नेपाली हो मिल नेपाली ।
नेपाली नमिलेमा संविधान दिर्घायु बन्दैन् ।
मिल नेपाली हो मिल नेपाली ।





कमीलाको बल जति गर नेपाली…मौरिको मतोजस्तो मिलाउ नेपाली ।



अहिले कम्युनिष्ट विचार भएकाहरुले देशको शासन गरिरहेका छन् । यी कम्युनिष्टहरु भनेका सबै मंगोलियनहरु हुन । अब यिनीहरुले ७ पुस्ता भोग चलन गर्छन् । त्यसपछि नयाँ पुस्ता आउनेछन् उनीहरु राता बर्णका हुनेछन् । उनीहरुले ११ पुस्ता राज्य संचालन गर्ने छन् । जे होस अनेक विषय र बाहनामा नेतृत्वो पंत्ति अल्झिरहेको हामी सबैले देखेकै छौं । यसै गरी बलजस्ति अगाडि बढ्न खोजे मुलुक झन संकटको अवस्थामा पुग्ने छ । त्यसैले वास्तममा देश संमृद्ध र जनताको हितमा रहेर सोच्ने अहिलेका नेताहरुले हो भने लोभ लालच नगरि क्षेत्रीलाई राज्य संचालनको जिम्मा दिनु उपयुक्त माध्यम हुनेछ ।

काठमाण्डु टुडे २०७३ कार्तिक १२ गते १२:२५ मा प्रकाशित