![]() |
| Nepal International Theatre Festival 2019(INTF) को ‘माङ्गेना’ को एक दृश्य |
यो हप्ता नाटक महोत्सव चलिरहेको छ । नायिका तथा रङ्कगर्मी सिर्जना सुब्बा लगायत धेरै रङ्गकर्मीहरूले निम्तो दिरहनु भएको हो । तर व्यस्तताको वाबजुद नियमित नाटक हेर्न सकिरहेको छैन ।
तर, माङ्गेना चार कारणले हेरियो । पहिलो कारण –आफू पनि रङ्गकर्मबाट चलचित्रसम्मको यात्रामा निस्किएको । दोस्रो– मलाई नाटक हेर्न खुब मन पर्छ । तेस्रो माङ्गेनाका लेखक मेरो भतिज साहित्यकार जितेन पन्धाकको अनुरोध र चौथो– मोफसलको नाटक काठमाडौमा हेर्ने उत्कट चाहना । नाटक ६ः०० बजे साँझ चल्ने भनिएता पनि झण्डै ६ः३० मात्र अन्तिम घण्टी बज्यो । घण्टी बजाएर नाटक सुरु गर्ने मण्डला थिएटरको आफ्नै शैली हो । हलको आयतन लगभग १२० जनाको हुनुपर्छ । खाली सिट देखिएन । स्वयमसेवकहरू उभिरहेका थिए ।
लेखकनाटक चल्नुभन्दा अगाडि दिईने ब्रिफिङ सुनियो । प्रायः सबैले फोन साईलेन्ट मोडमा राखे र हल्ला न्युनिकरण भयो । हल अँध्यारोले छायो । नाटक सुरु भयो । यतिन्जेल टिकटसँग दिइएको ब्राउस पढिभ्याएको थिएँ । साथमा नायिका सुमी लिम्बू हुनुहुन्थ्यो । २–३ जना विदेशी दर्शक पनि देखें । चलचित्रका दर्शकभन्दा अलि फरक गेटअपमा दर्शक देखें । कपाल लामो पालेका, जुङ्गा चुस्स पालेका सामान्य लाग्ने पुरुष र साधारण गेटअपमा महिलाहरू ! नेपालको वर्तमान नाटकका एक नक्षत्र सुनिल पोख्रेल पनि सधैंभन्दा चिटिक्क र गजक्क भई बसिरहेका ।
नाटक सुरु भयो । प्रायः हरेक दृष्यमा लिम्बू सांस्कृतिपरक सजावट । लिम्बू संस्कृतिपरक आँगन, घर, अनुहार, भेषभुषा र लवज । आधा लिम्बू भाषा र आधा खस नेपाली भाषा । आधा उपलब्ध प्रोपर्टीको प्रयोग र आधा साङ्केतिक ।
लिम्बूहरूको सांस्कृतिक दर्शनको पक्षबाट सोचिएको, लेखिएको, निर्माण गरिएको र अभिनय गरिएको माङ्गेन्ना म लिम्बू स्वयमलाई पनि रमाईलो त लाग्यो नै । अन्य जाति–भाषीलाई यसको यो नविनतम पक्ष रमाईलो नहुने कुरै भएन ।
नाटक सुरु हुनपूर्व नै माङ्गेनाको अर्थ सोचिरहेथें । केहि कुरा ब्राउसर पनि उल्लेख थियो नै । र, मलाई थाहा थियो– माङ्गेना विशेषतः लिम्बू नारीहरूको ढलेको शीर (अपमान)लाई उठाउने कृतज्ञपूर्ण क्षमा माग पनि हो ।
माङ्गेनामा च्याब्रुङ, पालाम, याराक (धाननाच), हाक्पारे, ख्यालीसम्म सुन्न देख्न पाईन्छ । अझ, थेबा–युमाहरूले बजाउने काँसको थालको आवाजसम्म सुन्न पाईन्छ । नाटक हेर्न बाँकी हुनेहरूलाई ध्यानमा राखेर यहाँ कथा र यसको सम्पूर्ण बेली बिस्तार म लेख्दिनँ । मात्र केहि नाटकका बारेमा अपडेट राख्छु ।
नाटक जीवन अभिव्यक्तिको लय हो । लयसँग ताल र सुर हुन्छ । मिठासपन हुन्छ । भाईब्रेसन हुन्छ । गति हुन्छ । सौन्दर्य हुन्छ । दर्शन हुन्छ । कला हुन्छ । जो म खोजिरहेथें नाटकभर !
लिम्बूहरू सङ्गीतसँग नजिक छन् । पालाम, ख्याली, हाक्पारे, लवज आदि यिनिहरूको मूख्य लय हो । यि लयहरूको भरपूर प्रयोग छ नाटकमा । लयसँग ताल हुन्छ । यति–गति हुन्छ । च्याब्रुङ बजेको छ । कासको थाल बजेको छ । बोल्दा–हिँड्दा, उठ्डा–बस्दा, काम गर्दा, खाँदा–पिउँदा सबैमा यति–गतिको तालमेल छ ।
नाटक मोफसलका रङ्गकर्मीहरुको प्रस्तुति भए पनि केन्द्रको भन्दा कमसल लाग्दैन । अभिनय, विषयवस्तु, प्रस्तुति, सम्वाद सबै सशक्त छ । केहि कमजोरी पनि छन् । जस्तो कि पालाम गाउन सुरु गर्दा पुरुष र नारीले एकै चोटी म्युजिक ट्र्याकमा गीत उठाए जस्तो एकैचोटी सुरु हुँदैन । अर्को विषयवस्तुमा सिधै प्रवेष नगरी अन्त्यतिर मात्र माङ्गेनाको विषयमा केन्द्रित छ । धेरै गायन चरित्रसँग सम्बन्धित हुनाले गायनसँग सुमधुर गला–कला भएका कलाकार सामेल पनि भए अझ राम्रो हुनेथियो । थिएटरको समस्याले पनि होला, दृष्य परिवर्तनमा समय लाग्ने र भने जस्तो सज्जावट नपुगेको भान हुन्छ ।
नाटकले सत्तेहाङपन्थीको विषयको पनि उठान गरेको छ । सत्तेहाङपन्थीहरूले गर्दा वास्तविक लिम्बू संस्कारमा धक्का पर्छ । मगनी जाँदा सत्तेहाङपन्थीको तरिकाले गरिएको कारण मगनी गरिएकी लिम्बूनीको माईतीलाई अपमानाभाष हुन्छ र उसले ठेट लिम्बू संस्कृतिको सुर्केपङ नदेखेपछि रिसाएर खेदाउँछ । यसरी चेलीहरूको मगनीमा आएका पाहुनाहरूलाई खेदाउनु चेलीहरूको अपमान हो भन्ने लिम्बू संस्कृतिमा व्याप्त मान्यता छ । र, चेलीको झुकेको शीरलाई उठाउन माईतीले फेरि माङ्गेना गरेपछि नाटक सकिन्छ । यो लिम्बूहरूको महान दर्शन हो । नारीवादी कृतज्ञता हो ।
अर्कोतर्फ, लिम्बूनीहरूले स्वेच्छाले अरु जात–धर्मकासँग बिहे गरे पनि माईतीहरूले स्वीकार्ने दर्शनलाई पनि झल्क्याईएको छ । सहनाई बजाउने दमाईसँग भागेर जाने चेलीलाई समेत सईज्जत खोजेर मनाउने–मान्ने आशय नाटकले दिएकोछ ।
यो सालाखाला टिपोट मात्र हो । बसेरै हेर्दा नाटकमा हुने रस रिभ्यूबाट प्राप्त गर्न सम्भव हुँदैन । ईलामको दक्षिण भेगका चुलाचुली थिएटरका निर्देशक चेतन आङथुपोले ५० मिनेटको नाटकमा आफ्ना कलाकारलाई सफलपूर्वक उभ्याएका छन् । नाटकको प्राण लेखन हो, जो सफल छ । जसलाई सबैले सजीव बनाएका छन् ।
साभार: नयाँ अनलाईन डटकम






जन्मिदा धेरैको हेयको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कारण हो, दुवै हातखुट्टा नभएर पनि उहाँले गरिरहेको संघर्ष र प्राप्त सफलता ।
आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उहाँले निकै पछि थाहा पाउनुभयो । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्नुहुन्छ, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’
उहाँ अहिले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजन गराउने काममा सक्रिय हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उहाँ सम्मानित पनि हुनुभयो । नेपाली साहित्यका विद्यार्थी उहाँ साहित्य क्षेत्रमा पनि रुचि राख्नुहुन्छ । जीवनका भोगाइहरुलाई शब्दहरुमा उतार्ने कोशिस गर्ने गरेको उहाँ बताउनुहुन्छ । आफैले कोरेका गजलका केही हरफ उहाँले सुनाउनुभयो–



